09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान

सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान


काठमाडौं, १२ भदौ । सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले शुक्रबार सार्वजनिक सूचना निकालेर रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको हो । 

बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा आग्रह गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको छैन । 
 


यस्ता छन् अमेरिकी पूर्व राष्ट्रपति ओबामालाई मनपर्ने गीतको सूची 

यस्ता छन् अमेरिकी पूर्व राष्ट्रपति ओबामालाई मनपर्ने गीतको सूची 


एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफूलाई मनपर्ने गीतको सूची सार्वजनिक गरेका छन् । 
उनले हरेक वर्ष आफूलाई मनपर्ने वर्षका उत्कृष्ट किताब र चलचित्रको सूची पनि सार्वजनिक गर्ने गर्दछन् ।  जसमा सो वर्ष रिलिज भएका गीत, चलचित्र र किताबहरु पर्ने गर्दछन् । 

ओबामाले इन्स्टाग्राममा वर्ष २०२० का मनपर्ने गीतहरुको सूची सार्वजनिक गर्दै लेखेका छन्, “पछिल्लो केही महिना परिवारसँगै बसेर गीत सुन्दै बिताएको छु । यसमध्ये मलाई मनपर्ने केही समर कलेक्सन तपाईसँग सेयर गर्न चाहन्छु । यस हप्ताको डेमकन्भेन्सनमा प्रस्तुती दिएका कलाकारहरुको सहित । सधैजस्तो, यो विभन्‍न युग पार गर्दै आएका विभिन्‍न विधाका मिश्रणहरु छन् । मलाई लाग्छ कि यहाँ सबैका लागि केही छ( आशा छ तपाईले रमाइलो गर्नुभयो ।”


राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने पक्राउ

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने पक्राउ



काठमाडौं, २ भदौ। राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सन ललितपुरको नखिपोट बस्ने इशाक लिम्बुलाई पक्राउ गरेको हो । 

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार जातीय गाली गलौज गर्दै झण्डा र नेताहरुको फोटो जलाएको फोटो ज‍लाएको गीत भिडियो सार्वजनिक गरिएको थियो ।
युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । 


फोक्सोको क्यान्सर देखिएपछि बलिउड अभिनेता सन्जय दत्त अमेरिका प्रस्थान

फोक्सोको क्यान्सर देखिएपछि बलिउड अभिनेता सन्जय दत्त अमेरिका प्रस्थान



एजेन्सी । बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर तेस्रो चरणमा पुगिसकेको र उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । श्वास फेर्न कठिन भएपछि ६१ वर्षीय दत्त गएको शनिबार मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको थियो।

उनलाई फोक्समो क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डिस्चार्ज भएका हुन्। स्रोतलाई उधृत गर्दै दैनिक भाष्करको अनलाइन संस्करणले मंगलबार नै उनी अमेरिका प्रस्थान गरिसकेको जनाएको छ।

मंगलबार दिउँसो नै उनले इन्स्टाग्राममार्फत उपचारका लागि आफूले फिल्मबाट छोटो ‘ब्रेक’ लिने जानकारी दिएका थिए। उनले परिवार र साथीहरु आफूसँगै रहेको भन्दै आफ्ना समर्थकलाई दुखी नहुन भनेका थिए। साथै सबै जनाको शुभकामनाले आफू छिटै फर्कने विश्वास पनि व्यक्त गरेका थिए।

उनकी श्रीमती मान्यता र दुई बच्चा बन्दाबन्दीका कारण पाँच महीनादेखि दुबईमै रोकिएका छन्। दत्तकी पहिली श्रीमती ऋचा शर्माको क्यान्सरकै कारण मृत्यु भएको थियो।


कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो



काठमाडौं, २० साउन ।  कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगर महानगरपालिका–५ आदर्श टोलका ती पुरुष ज्वरो तगथा स्वास प्रश्वासमा समस्या आएपछि उनी कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो।

मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ५८ पुगेको छ । 


सुशान्तसिंह राजपूतको भिसेरा रिपोर्ट सार्वजनिक

सुशान्तसिंह राजपूतको भिसेरा रिपोर्ट सार्वजनिक


 

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको भिसेरा रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टमा सुशान्तको शरीरमा कुनै पनि प्रकारको विष नपाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत १४ जुनमा उनी मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले आत्महत्या गरेको बताइएको थियो। २५ जुनमा आएको पोस्टमार्टम रिपोर्टमा पनि उनले आत्महत्या गरेको उल्लेख गरिएको थियो। 


कोरोना परीक्षणको रिर्पोट आएपछि बोलीन् मनीषा कोइराला

कोरोना परीक्षणको रिर्पोट आएपछि बोलीन् मनीषा कोइराला


काठमाडौँ  , जेठ २३ ।  लोकप्रिय नायिका मनीषा कोइरालाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । पछिल्लो समय भारतमा रहेकी उनी लकडाउनमा पनि उतै फसेकै बेला सीमाना विबादमा आफ्नो मातृभूमिप्रति राखेको धारणाका कारण भारतीयहरुको आलोचनामा परे लगत्तै नेपाल आएर क्वारेन्टाइनमा बसेकी हुन् । 

उनी बुबा र आमा सहित भैरहवाको बेलहिया नाका भएर मंगलबार निजी गाडीमा नेपाल आएकी हुन्। उनको परिवार नै राजनीको एक गोप्य होटलमा सेल्फ९क्वारेन्टाइनमा बसेका छन्।न्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्ने बताउँदै मनिषाले हालै गरेको परिक्षणमा आफ्नो रिर्पोट नेगेटिभ आएको मनिषाले जनाएकी छिन् । 

मनीषा र उनका आमाबुवा गोरखपुरसम्म विमानमा आएर त्यहाँबाट स्थलमार्ग हुँदै बेहलिया नाका आएपछि नेपाल आर्मीको स्कटिगंमा उनीहरु नाकाबाट काठमाडौँ पुगेका थिए । 
 


 लोकपिय गीतकार रत्नशमशेर थापाको निधन 

 लोकपिय गीतकार रत्नशमशेर थापाको निधन 


काठमाडौं,१५ जेठ, । लोकपिय गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उनको  बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएका उनले  १२ बजे नर्भिक अस्पतालमा अन्तिम स्वास फेरका हुन् ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् । थापाको कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।


बर्थडेकै बेला नवाजुद्धिनलाई पत्नीले पठाइन् डिभोर्स म्यासेज

बर्थडेकै बेला नवाजुद्धिनलाई पत्नीले पठाइन् डिभोर्स म्यासेज


नयाँदिल्ली ,जेठ ७ - बलिउडका प्रभावशाली अभिनेता नवाजुद्धिन सिद्धिकीको   मंगलबार जन्मदिन ।४६ औँ जन्मदिनको उत्वसका बेला नवाजुद्धिन भने पत्नी आलियाबाट सम्बन्धबिच्छेदको सूचनाको सामना गरिरहेका छन् । हालै इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै आलियाले आफूले सम्बन्ध बिच्छेदको सूचना नवाजुद्धिनलाई पठाएको खुलासा गरेकी छन् । मोबाइल म्यासेज र इमेल मार्फत पनि डिभोर्सको लागि सूचना पठाएको आलियाले बताएकी छन् ।

तर नवाजुद्धिनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनले पत्नी आलियालाई पनि कुनै जवाफ नफर्काएको बताइएको छ । नवाजुद्धिन लकडाउनका बावजद उत्तर प्रदेशसस्थित आफ्नो गाउँ पुगेका छन् । जहाँ उनकी आमा बिरामी छिन् ।

पत्नी आलिया भने उनको साथमा छैनन् । ११ वर्षको वैवाहिक सम्बन्ध तोड्दै डिभोर्सको लागि आवेदन दिएको आलियाको भनाइ छ । यसका लागि आलियाले कानुनी उपाय अपनाइसकेकी छन् । उनीहरुका दुई छोरी समेत छन् ।अन्नपुर्ण पोष्टमा खबर छ ।  

आलियाले अन्तर्वार्ताको क्रममा आफूहरुबीच एक दशकदेखि नै सम्बन्ध बिग्रिएको पनि खुलासा गरेकी छन् । तर के कारणले सम्बन्ध बिग्रिएको भन्ने बारे उनले केही भन्न चाहेकी छैनन् । आलियाले भनेकी छन्, ‘मैले पहिले नै डिभोर्स गर्नुपर्ने थियो,’

उनले पहिले नै सम्बन्ध तोड्नुपर्ने महसुश गरेको बताएकी हुन् । नवाजुद्धिनकी बहिनीको केही महिनाअघि मात्रै मृत्यु भएको थियो । अहिले आमा पनि सिकिस्त छिन् । यस्तो बेला उनी मुम्बइबाट उत्तर प्रदेश पुगेका छन् । जन्मदिनको बेलामा नवाजुद्धिनकी पत्नीबाट आएको यस्तो खबरले उनीहरुको सम्बन्धबारे थप टिप्पणी हुन थालेको छ ।


पूरा हुँदै साकिराको सपना

पूरा हुँदै साकिराको सपना


 काठमाडौं, माघ १६-कोलम्बियन पप स्टार साकिरा फेब्रुअरी २ मा आफ्नो ४३ औँ जन्मदिन मनाउँदैछिन्।यो जन्मदिनमा उनको बाल्यकालदेखिको सपना साकार हुने भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

साकिरा फ्लोरिडाको मियामीको हार्डरक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज सेयर गर्दैछिन्।सुपर बाउल हाफटाइम सोमा आफ्नो प्रस्तुती दिनु उनको बाल्यकालदेखिको सपना थियो।

२०२० को सुपर बाउल सोका लागि जेनिफर र साकिरा जनवर अन्तिममा रिहर्सल सुरु गर्दैछन्।सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक इभेन्ट हो। २०१९ च्याम्पियनसिपको बिजेता इङ्ल्यान्ड पेट्रिय्याट्स हो।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom