09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


चर्चित गायक तथा संगीतकार तुला पर्वतको हाम्रो चीतवनको भिडियोको चौतर्फी चर्चा

चर्चित गायक तथा संगीतकार तुला पर्वतको हाम्रो चीतवनको भिडियोको चौतर्फी चर्चा


काठमाडौं, असार २४ । गायक तथा संगीतकार तुला पर्वतको नयाँ गीत हाम्रो चितवनको यतिबेला चर्चा सुरु भएको छ । चितवनको सेरोफेरोमा डुबेर तयार गरेको पाँच मिनेट लामो भिडियोमा उनले समग्र नेपाललाई आफूले अटाएको बताउँछन् । यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु बजारमा ल्याईसकेका पर्वतले नै यस गीतमा शब्द, संगीत, आवाज र अभिनय समेत गरेका छन् ।

अभिनयमा उनलाई प्रशंसा पौडेलले साथ दिएकी छिन् । कामको शिलशिलाका परदेशीएका चितवनका तुलाले हरेक मानिसको बालापनलाई एक पटक झझल्क्याउने गरी यो गीत गाउँदा सबैको बालापनलाई ताजा गराउने काम गर्छ ।   संजय घिमिरेले निर्देशन गरेको भिडियोको निर्देशन कन्सेप्ट स्वयम गायककै हो । जसको छायांकन उमंग शाही टूकेले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ । भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याएको हो ।


बिमल राज क्षेत्री र रितुको 'शुक्रबार साझ'मा देखियो यस्तो प्रेम रोमान्स, हेर्नुहोस् भिडियो

बिमल राज क्षेत्री र रितुको 'शुक्रबार साझ'मा देखियो यस्तो प्रेम रोमान्स, हेर्नुहोस् भिडियो


काठमाडौँ , असार २२ । लोकप्रिय गायक बिमलराज क्षेत्री र गायका  रितु थापाको आवाजमा रहेको गीत शुक्रबार साझ सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाइरहेको छ । बिमलको पछिल्लो गीत बुट्टे रुमालले पाएको चर्चा सेलाउन नपाउँदै बिमलले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै अहिले उक्त गति करिब ५० हजार दर्शकले हेरिसकेका छन् ।

करिव दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय बिमलको शुक्रबार साँझ बोलको गीतमा प्रल्हाद सुवेदीका शब्द तथा संगीत रहेको छ । गीतको भिडियोलाई रञ्जित कुमार क्षेत्रीले निर्देशन गरेको भिडियोमा आरुसी मगर र सन्दिप पौडेलको अभिनय रहेको छ ।  गीतमा आरुसी मगर र सन्दीप पौडेल गज्जबसँग खुलेका छन् । 

 

 


 


 चलचित्र रामकहानी युट्युवमा सार्वजनिक, आयो ट्रेण्डिगंको तेस्रो स्थानमा 

चलचित्र रामकहानी युट्युवमा सार्वजनिक, आयो ट्रेण्डिगंको तेस्रो स्थानमा 


काठमाडौँ , असार २२ ।  सुदर्शन थापा पूजा शर्माको प्रेमकथामा आधारित चलचित्र रामकहानी युट्युवमा सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर दर्शकको मन जित्न सफल फिल्म बनाउन माहिर निर्देशक सुर्दशन थापाले निर्माण गरेको चलचित्र रामकहानी युट्युवमा सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको निर्माण यूनिटले जनाएको छ ।

महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवादको यो चलचित्रमा हास्य कलाकारहरूलाई अभिनय गराएर सुदर्शनले अलिकति फरक स्वाद दिने प्रयास गरेका छन् । चलचित्रको कथा निर्देशक थापा स्वयंको हो ।

सौरभ लामाको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादनको यो चलचित्र काठमाडौं, पोखरा, रौतहट, कतार आदि स्थानमा खिचिएको छ ।  २ करोड रुपैयाँ लगानी भएको रामकहानीले युवापुस्ताको कथा बोल्ने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर राना आदि कलाकारहरुको अभिनय रहेको छ ।


अञ्जली अधिकारीले प्रेमीसँग रोमान्स गरेको भिडियोको चर्चा

अञ्जली अधिकारीले प्रेमीसँग रोमान्स गरेको भिडियोको चर्चा


काठमाडौं, असार १८ ।   ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतमा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेम देखाइएको छ । भिडियोमा मोडल प्रदिप लामा र अन्जली अधिकारीको अभिनय रहेको छ ।  सन्जिव पुडासैनीको संगीत, रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द रहेको  रोमान्टिक गीतका गायक हुन्  भिम श्रेष्ठ ।

अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोमा  मानन्धरकै छायांकन तथा र प्रविन भट्टको सम्पादन रहेको छ । यो समाचार तयार गर्दासम्म सार्वजनिक भिडियोलाई करिब १ लाख २० हजार दर्शकले हेरिसकेका छन् । डेब्यू गीतले पाएको चर्चाबाट गायक श्रेष्ठले अत्यन्त खुशी भएको प्रतिक्रिया दिउका छन् । 


आयुष्मा र प्रयुषाको मेरी बहिनी भिडियोको चर्चा

आयुष्मा र प्रयुषाको मेरी बहिनी भिडियोको चर्चा


काठमाडौँ, असर १८  –   नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’बाट पुरस्कृत ११ वर्षे आयुष्मा तिवारीको बाल गीत मेरी बहिनीको भिडियो सार्वजनिक भएको छ । प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । पछिल्लो समय बालबालिकाहरु विदेशी कार्टुन र गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमा नै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको हो । 

जसमा एउटी दिदीले आफ्नी सानी बहिनीको बाल स्वभाव, श्रृजनशिलता, लगायतका आनी बानीलाई वर्णन गरेको कुरालाई नजिकबाट केलाइएको  छ । मिलन श्रेष्ठ र केशव पाण्डेले एनिमेशन गरेको भिडियोलाई साना साना नानीहरुलाई लक्षीत गरेर निर्माण गरिएको आयुष्माले बताइन् । अत्यन्त जिज्ञासु स्वभावकी आयुष्माले सृजना गरेको मेरी बहिनी बोलको गीत सार्वजनिक गरिएसँगै बालबालिकाका लागी प्रेरक भइरहेको प्रतिक्रिया आइरहेको छ।

 


 ‘कोही न कोही’ बोलको गीतको भिडियोमा देखियो यस्तो प्रेम वियोग

 ‘कोही न कोही’ बोलको गीतको भिडियोमा देखियो यस्तो प्रेम वियोग


काठमाडौं, असार १८ -  गायक कृष्ण लामाको ‘कोही न कोही’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा जोन छन्त्यालको शब्द रहेको छ भने रमेशराज भट्टराईको संगीत रहेको छ । गीतको भिडियोलाई श्रवन भट्टराईले छायाङ्कन गरेका छन् भने शिव पुरीको सम्पादन रहेको छ । जसमा पारिदि झा, कृष्ण लामा, आरोहि सुबेदी र लभन्सीको दमदार अभिनय रहेको छ ।

दिलिप श्रेष्ठले निर्देशन गरेको भिडियोमा वैँशालु उमेरमा एउटा प्रेमीले प्रेमीकासँग गरेका वाचा र उनकै लागी बाँच्ने मर्ने कुरालाई जिवन्त शैलीमा देखाइएको छ । भिडियो सार्वजनिक गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । हेर्नुहोस् यो रमाइलो भिडियो


राशिफल : साउन ३२ गते बुधबार

राशिफल : साउन ३२ गते बुधबार

भदौ १२, २०७४

१. मेष : व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक यात्रा हुनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । रोजगारमा स्थानान्तरण हुनेछ । बुद्धि बढ्नेछ ।


२.वृष : व्यापार व्यवसायमा सुधार हुनेछ । धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शारीरिक स्फूर्ति बढ्नेछ ।

३. मिथुन : आफन्तको सहयोगले मान प्रतिष्ठा बढ्नेछ । नवीन कार्यको थालनी हुनेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । विजय प्राप्त हुनेछ । चिन्ता बढ्नेछ ।

४. कर्कट : व्यावसायिक अन्योलता रहनेछ । घरायसी समस्या बढ्नेछ । बौद्धिक संघर्ष बढ्नेछ । पारिवारिक चिन्ता बढ्नेछ । तरल पदार्थको व्यवसाय शुभ रहनेछ ।

५. सिंह : आक्रोश बढ्नाले मानप्रतिष्ठामा असर पार्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । दैवीशक्तिमा विश्वास बढ्नेछ । कार्यमा सुस्तता आउनेछ ।

६.कन्या : अनुसन्धानमूलक कार्य सफल हुनेछन् । आर्थिक कारोबारमा मनमुटाव बढ्न सक्छ । वैदेशिक यात्रा हुनेछ । मानसिक विचलन उत्पन्न हुनेछ ।

७. तुला : धन आर्जन हुनेछ । सामाजिक सद्भाव बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । भाग्योदय हुनेछ । शत्रु सक्रिय रहे पनि विजय प्राप्त हुनेछ । आम्दानी बढ्नेछ ।

८. वृश्चिक : सम्मान प्राप्त हुनेछ । व्यावसायिक निर्यात बढ्नेछ । सञ्चित धन खर्च हुनेछ । पति÷पत्नीबीच विवाद बढ्नेछ । शारीरिक आलस्यता बढ्नेछ ।

९. धनु : आय आर्जनमा अवरोध आउनेछ । नेतृत्व क्षमता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बोलीको प्रशंसा हुनेछ । शुभ समाचार प्राप्त हुनाले हर्ष बढ्नेछ ।

१०. मकर : मान्यजनको सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा सचेत रहनुहोला । धार्मिक आस्था बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । चिन्ता बढ्नेछ ।

११. कुम्भ : अध्यापनमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । शारीरिक थकान बढ्नेछ । कीर्ति बढ्नेछ।

२. मीन : स्वास्थ्य समस्या बढ्नेछ । आर्थिक समस्या हुनेछ । मनमा द्विविधा बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभाव बढ्नेछ । हर्ष बढ्नेछ ।


‘राम्रो रचना'का स्रष्टाको सम्झना

‘राम्रो रचना'का स्रष्टाको सम्झना


काठमाडौं : दुई शताब्दी पुरुषमध्ये एकले अर्कोलाई सम्मान गरेका छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अर्का शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरेलाई शनिबार सम्मान गरेका हुन् । साहित्यकार कृष्णप्रसाद पराजुलीको ८३औं जन्मजयन्तीका अवसरमा यो मौका जुरेको हो ।

जन्मजयन्तीमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाले साहित्यकार पराजुलीलाई सम्झिएका हुन् । कार्यक्रममा साहित्यकार पराजुलीको स्मृतिमा उनका परिवारले स्थापना गरेको ‘रमाइला नानी' बालसाहित्य पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिएको हो । २१ हजार राशि र सम्मानपत्र सहितको उक्त पुरस्कार पहिलोपटक प्रदान गरिएको हो ।

प्रमुख अतिथिका रूपमा निम्त्याइएका शताब्दी पुरुष जोशीले राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र र पुरस्कार प्रदान गरेका हुन् । यसअघि उनले साहित्यकार पराजुलीद्वारा लिखित ‘नेपाली लोककथाको फन्को' कृति विमोचन गरेका थिए । भृकुटी प्रकाशनले कृति प्रकाशित गरेको हो । कार्यक्रममा लोकार्पित पुस्तकबारे प्राध्यापक चूडामणि बन्धुले टिप्पणी गरे भने प्राध्यापक ठाकुर पराजुलीले सम्मानित व्यक्तित्व राष्ट्रकवि घिमिरे र साहित्यकार पराजुलीको साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।

सभाध्यक्षका रूपमा बोल्दै प्राध्यापक गोपीकृष्ण शर्माले राष्ट्रकविको सम्मान एक स्तुत्य काम भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि भुवनहरि सिग्देल र प्रभा भट्टराईले कविता वाचन गरेका थिए । पुरस्कार संस्थापकका तर्फबाट बालसाहित्यका स्रष्टा शाश्वत पराजुलीले यसको औचित्यबारे प्रकाश पारेका थिए ।


मदन पुरस्कारका लागि नाै कृति

मदन पुरस्कारका लागि नाै कृति


काठमाडौं : मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि नौवटा कृतिको सूची प्रकाशन गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका लागि प्राप्त एक सय ९५ पुस्तक मध्येबाट ‘ श्रेष्ठ सूची' सार्वजनिक गरेको मदन पुरस्कार गुठीले जानकारी गराएको छ । गुठीले गत वर्षबाट उत्कृष्ट पुस्तकहरूको छनोट गरी सूची प्रकाशन गर्न थालेको हो ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आइतबार जारी विज्ञप्तिमा पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा', राज सरगमको ‘छाउघर' (उपन्यास), शरद पौडेलको ‘तपन' (उपन्यास), जय छाङ्छाको ‘दोहाको सिधा उडान' (नियात्रा), घनश्याम कँडेलको ‘धृतराष्ट्र' (खण्डकाव्य) लाई उत्कृष्ट कृतिभित्र छनोट गरेको छ ।

सूचीमा हरि अधिकारीको ‘प्रतिनायक', सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई' (कविता), राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा' (कथा), नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ' (कविता) लाई उत्कृष्ट कृतिको रूपमा छनोट गरेको छ । यीमध्येबाट एउटा कृति मदन पुरस्कारका लागि छनोट हुने गुठीले जनाएको छ ।


राष्ट्रकवि सम्मानित

राष्ट्रकवि सम्मानित


काठमाडौं : सिन्धुली बाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पतीलाई सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पतीलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल' ले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नेपाली साहित्यको धरोहरका रूपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट बुधबार सम्मान गरिएको हो।

उक्त अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाव्यकार उमानाथ शास्त्रीजस्ता साहित्यकारलाई जन्म दिएको स्मरण गर्दै त्यहाँका साहित्यकारबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताए । उनले सिन्धुली जिल्ला टेक्ने आफ्नो चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका स्रष्टाहरूको योगदानलाई भुल्न नसकिने बताए ।

प्रतिष्ठानका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यिक व्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारको तर्फबाट सम्मान गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसार साहित्यकारको एकै ठाउँमा बस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताए ।

कार्यक्रममा साहित्यकारले राष्ट्रकविसँग अन्तरसंवाद पनि गरेका थिए । उनीहरूले राष्ट्रकविले जीवनकालमा प्राप्त गरेका पदक, सम्मानपत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना स्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom