07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


कोरोना परीक्षणको रिर्पोट आएपछि बोलीन् मनीषा कोइराला

कोरोना परीक्षणको रिर्पोट आएपछि बोलीन् मनीषा कोइराला


काठमाडौँ  , जेठ २३ ।  लोकप्रिय नायिका मनीषा कोइरालाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । पछिल्लो समय भारतमा रहेकी उनी लकडाउनमा पनि उतै फसेकै बेला सीमाना विबादमा आफ्नो मातृभूमिप्रति राखेको धारणाका कारण भारतीयहरुको आलोचनामा परे लगत्तै नेपाल आएर क्वारेन्टाइनमा बसेकी हुन् । 

उनी बुबा र आमा सहित भैरहवाको बेलहिया नाका भएर मंगलबार निजी गाडीमा नेपाल आएकी हुन्। उनको परिवार नै राजनीको एक गोप्य होटलमा सेल्फ९क्वारेन्टाइनमा बसेका छन्।न्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्ने बताउँदै मनिषाले हालै गरेको परिक्षणमा आफ्नो रिर्पोट नेगेटिभ आएको मनिषाले जनाएकी छिन् । 

मनीषा र उनका आमाबुवा गोरखपुरसम्म विमानमा आएर त्यहाँबाट स्थलमार्ग हुँदै बेहलिया नाका आएपछि नेपाल आर्मीको स्कटिगंमा उनीहरु नाकाबाट काठमाडौँ पुगेका थिए । 
 


 लोकपिय गीतकार रत्नशमशेर थापाको निधन 

 लोकपिय गीतकार रत्नशमशेर थापाको निधन 


काठमाडौं,१५ जेठ, । लोकपिय गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उनको  बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएका उनले  १२ बजे नर्भिक अस्पतालमा अन्तिम स्वास फेरका हुन् ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् । थापाको कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।


बर्थडेकै बेला नवाजुद्धिनलाई पत्नीले पठाइन् डिभोर्स म्यासेज

बर्थडेकै बेला नवाजुद्धिनलाई पत्नीले पठाइन् डिभोर्स म्यासेज


नयाँदिल्ली ,जेठ ७ - बलिउडका प्रभावशाली अभिनेता नवाजुद्धिन सिद्धिकीको   मंगलबार जन्मदिन ।४६ औँ जन्मदिनको उत्वसका बेला नवाजुद्धिन भने पत्नी आलियाबाट सम्बन्धबिच्छेदको सूचनाको सामना गरिरहेका छन् । हालै इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै आलियाले आफूले सम्बन्ध बिच्छेदको सूचना नवाजुद्धिनलाई पठाएको खुलासा गरेकी छन् । मोबाइल म्यासेज र इमेल मार्फत पनि डिभोर्सको लागि सूचना पठाएको आलियाले बताएकी छन् ।

तर नवाजुद्धिनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनले पत्नी आलियालाई पनि कुनै जवाफ नफर्काएको बताइएको छ । नवाजुद्धिन लकडाउनका बावजद उत्तर प्रदेशसस्थित आफ्नो गाउँ पुगेका छन् । जहाँ उनकी आमा बिरामी छिन् ।

पत्नी आलिया भने उनको साथमा छैनन् । ११ वर्षको वैवाहिक सम्बन्ध तोड्दै डिभोर्सको लागि आवेदन दिएको आलियाको भनाइ छ । यसका लागि आलियाले कानुनी उपाय अपनाइसकेकी छन् । उनीहरुका दुई छोरी समेत छन् ।अन्नपुर्ण पोष्टमा खबर छ ।  

आलियाले अन्तर्वार्ताको क्रममा आफूहरुबीच एक दशकदेखि नै सम्बन्ध बिग्रिएको पनि खुलासा गरेकी छन् । तर के कारणले सम्बन्ध बिग्रिएको भन्ने बारे उनले केही भन्न चाहेकी छैनन् । आलियाले भनेकी छन्, ‘मैले पहिले नै डिभोर्स गर्नुपर्ने थियो,’

उनले पहिले नै सम्बन्ध तोड्नुपर्ने महसुश गरेको बताएकी हुन् । नवाजुद्धिनकी बहिनीको केही महिनाअघि मात्रै मृत्यु भएको थियो । अहिले आमा पनि सिकिस्त छिन् । यस्तो बेला उनी मुम्बइबाट उत्तर प्रदेश पुगेका छन् । जन्मदिनको बेलामा नवाजुद्धिनकी पत्नीबाट आएको यस्तो खबरले उनीहरुको सम्बन्धबारे थप टिप्पणी हुन थालेको छ ।


पूरा हुँदै साकिराको सपना

पूरा हुँदै साकिराको सपना


 काठमाडौं, माघ १६-कोलम्बियन पप स्टार साकिरा फेब्रुअरी २ मा आफ्नो ४३ औँ जन्मदिन मनाउँदैछिन्।यो जन्मदिनमा उनको बाल्यकालदेखिको सपना साकार हुने भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

साकिरा फ्लोरिडाको मियामीको हार्डरक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज सेयर गर्दैछिन्।सुपर बाउल हाफटाइम सोमा आफ्नो प्रस्तुती दिनु उनको बाल्यकालदेखिको सपना थियो।

२०२० को सुपर बाउल सोका लागि जेनिफर र साकिरा जनवर अन्तिममा रिहर्सल सुरु गर्दैछन्।सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक इभेन्ट हो। २०१९ च्याम्पियनसिपको बिजेता इङ्ल्यान्ड पेट्रिय्याट्स हो।


चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा प्रर्दशनमा आउने

चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा प्रर्दशनमा आउने


काठमाडौं - चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमाघरमा आउँने भएको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता  बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् । चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन् ।विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माणरनिर्देशन गरिसकेका छन् । 


लिबियामा मारिएका सन्तोष श्रेष्ठको सम्झनामा...

लिबियामा मारिएका सन्तोष श्रेष्ठको सम्झनामा...


जिज्ञासु पन्त 

इटलीमा  पुगेर  कमाइ  गर्न  रमाएर  गयौ तिमी 
रोजगार दाताको सुन्दर कुरा पत्याएर गयौ तिमी !

मानवीय झेल विधिको खेलमा अनेक थरी भएर
युरोप  मुलुक  सुन्दर  सपना सजाएर गयौ तिमी !

युद्धग्रस्त अफ्रिकीदेश लिवियाको भूमिस्थानमा पुग्दा 
सुन्दर  ती  सपना आक्रमणमा ढलाएर गयौ तिमी !

सत्ताइस बर्षे जोवन तिम्रो सन्तोष श्रेष्ठ नाम थियो 
लमजुङ चिति तिनपिप्लेलाई कजाएर गयौ तिमी !

छयत्तर सालको असार सत्र लिवियाको कालो राति 
सोम प्रसाद बा आमाको सन्तान घटाएर गयौ तिमी !

तीन  दिदीबहिनी  र एउटा भाइ सन्तोष जेठो छोरो 
सुख दख  सुन्दर  भविष्यलाई नै लडाएर गयौ तिमी !

बाबु आमाको आर्शिवाद थापी साथीलाई अँगालो हाल्दै 
हवाई जहाजमा  चढन  हात  हल्लाएर गयौ तिमी !

दुई दिनको यो मानव चोला विधाताले जानेको खेल
काठको बाकसमा ज्यानलाई नचलाएर गयौ तिमी !

सन्तोष  श्रेष्ठले  मानव  साइनो  परदेशमा  बिसाइ 
असोज दस गते स्वदेश भूमि छलाएर गयौ तिमी !

प्रस्थानात्मालाइ चिरशान्ति कामना हार्दिक श्रद्धाञ्जली 
बैकुण्ठ बास होस तिम्रो सबैमा पलाएर गयौ तिमी !

नवीन  दिपक  शिव  समेत  धेरै तिम्रो शोकमा दा‌ैडे
मृत  तिमी  सर्कार सहयोग था नपाएर गयौ तिमी !


लिबियामा मारिएका सन्तोष श्रेष्ठको सम्झनामा...

लिबियामा मारिएका सन्तोष श्रेष्ठको सम्झनामा...


जिज्ञासु पन्त 

इटलीमा  पुगेर  कमाइ  गर्न  रमाएर  गयौ तिमी 
रोजगार दाताको सुन्दर कुरा पत्याएर गयौ तिमी !

मानवीय झेल विधिको खेलमा अनेक थरी भएर
युरोप  मुलुक  सुन्दर  सपना सजाएर गयौ तिमी !

युद्धग्रस्त अफ्रिकीदेश लिवियाको भूमिस्थानमा पुग्दा 
सुन्दर  ती  सपना आक्रमणमा ढलाएर गयौ तिमी !

सत्ताइस बर्षे जोवन तिम्रो सन्तोष श्रेष्ठ नाम थियो 
लमजुङ चिति तिनपिप्लेलाई कजाएर गयौ तिमी !

छयत्तर सालको असार सत्र लिवियाको कालो राति 
सोम प्रसाद बा आमाको सन्तान घटाएर गयौ तिमी !

तीन  दिदीबहिनी  र एउटा भाइ सन्तोष जेठो छोरो 
सुख दख  सुन्दर  भविष्यलाई नै लडाएर गयौ तिमी !

बाबु आमाको आर्शिवाद थापी साथीलाई अँगालो हाल्दै 
हवाई जहाजमा  चढन  हात  हल्लाएर गयौ तिमी !

दुई दिनको यो मानव चोला विधाताले जानेको खेल
काठको बाकसमा ज्यानलाई नचलाएर गयौ तिमी !

सन्तोष  श्रेष्ठले  मानव  साइनो  परदेशमा  बिसाइ 
असोज दस गते स्वदेश भूमि छलाएर गयौ तिमी !

प्रस्थानात्मालाइ चिरशान्ति कामना हार्दिक श्रद्धाञ्जली 
बैकुण्ठ बास होस तिम्रो सबैमा पलाएर गयौ तिमी !

नवीन  दिपक  शिव  समेत  धेरै तिम्रो शोकमा दा‌ैडे
मृत  तिमी  सर्कार सहयोग था नपाएर गयौ तिमी !


चर्चित कलाकारहरुले भरिएको कबड्डी कबड्डी कबड्डी आजबाट देशभर प्रर्दशनमा

चर्चित कलाकारहरुले भरिएको कबड्डी कबड्डी कबड्डी आजबाट देशभर प्रर्दशनमा


काठमाडौँ, असोज ३ । चलचित्र कबड्डी कबड्डी कबड्डी आजदेखि देशभर प्रर्दशनमा आएको छ । नामको आधारको हिट सिरिज फिल्म कबड्डीको तेस्रो सिरिज कबड्डी कबड्डी कबड्डी आज शुक्रबारदेखि अल नेपाल रिलिजमा आउने भएको छ। बिहीबार राजधानीमा प्रिमियर शोको आयोजना गर्दै यो फिल्म आजबाट रिलिजमा आउन लागेको हो।

 चर्चित निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म कबड्डीको तेस्रो सिरिज कबड्डी कबड्डी कबड्डीमा दयाहाङ राई, कर्मा, विल्सनविक्रम राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, लुनिभा तुलाधार, अरूणा कार्की, कविता आले, मणिकुमार राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । 


जाइराबाट   प्रशंसै प्रशंसा पाइन्  नम्रताले

जाइराबाट   प्रशंसै प्रशंसा पाइन्  नम्रताले


काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेतृ नम्रता श्रेष्ठ स्टारर फिल्म जाइराबाट उनले प्रशंसा पाएकी छिन्। फिल्म रिलिजकै बीचमा यसको ओरिजिनल साउन्ड ट्र्याक जिन्दगीको खेल सार्वजनिक गरिएको छ। टम्बल बिड ब्यान्डले तयार पारेको गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिसा श्रेष्ठको गेस्ट अपिरियन्स छ। गीतको भिडियो पद्मबहादुर श्रेष्ठ बाबुले गीत खिचेका हुन्।

 बदलाको कथामा आधारित फिल्ममा नम्रता मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा छिन्। फिल्ममा उनलाई एक्सन अवतारमा छिन्। आफ्नो चरित्रलाई आत्मसात गर्न आठ महिना लामो तालिम लिएर उनले मार्सल आर्टका सबै फर्म सिकेकी थिइन्। फिल्ममा मार्सल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रस्ट देखिन्छ। नेपाल समाचारपत्रमा खबर छ ।

यसमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुपविक्रम शाही, रेमणदास श्रेष्ठ, नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ। फिल्मका निर्देशक आशुतोषराज श्रेष्ठ हुन्।प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्म बाबु श्रेष्ठले खिचेका छन् भने लोकेश बज्राचार्यको सम्पादन छ। चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो।दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको फिल्मले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। फिल्म हेर्ने दर्शकले नम्रताको अभिनय र मेहनतको प्रशंसा गरेका छन्।


मदनमणि दीक्षितको राजकीय सम्मानका साथ आर्यघाटमा गरियो अन्त्येष्टि

मदनमणि दीक्षितको राजकीय सम्मानका साथ आर्यघाटमा गरियो अन्त्येष्टि


काठमाडौं  । वरिष्ठ साहित्यकार स्व। मदनमणि दीक्षितको पशुपति आर्यघाटमा बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो ।

स्व। दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत आर्यघाट गएका थिए ।

यसअघि, उनको शव श्रद्धाञ्जलिका लागि उनको निवास कालिकास्थानमा राखिएको थियो ।निवासमा श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।
निवासमा शौचालय जाँदा बेहोस भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गरेका थिए ।उनको जन्म १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो ।