10 Ashwin, 2080 / 27 September , 2023
काठमाडौं, १७ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।
काठमाडौं, २१ माघ । पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसस पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका धेरैजसो स्थानमा पानी परिरहेको हो। काठमाडौं उपत्यकामा पनि अहिले फाटफुट वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले देशभर मौसम बदली गराई वर्षा तथा हिमपात गराइरहेको हो। उक्त प्रणाली गत बुधबार बेलुका नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हो। मौसमविद् प्रधानांगका अनुसार राति पूर्वदेखि पश्चिमसम्मै वर्षा भए पनि देशका पश्चिमी प्रदेशहरूतिर अलि बढी वर्षा भएको छ। कतै कतै असिना पनि परेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचटयाङरअसिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
यसैगरी आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २१ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ २२ गते (शनिबार)
दिउँसो : देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ माघ २३ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना
रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
काठमाडौं, १९ पुस । वैदेशिक रोजगारमा जाने युवाहरु दैनिक पीडित भएका छन् ।
उनीहरुले कोभिड–१९ को भ्याक्सीन लगाएको प्रमाणीकरण नहुँदा पीडित बनेका हुन् । म्यानपावर कम्पनीले भ्याक्सिनको प्रमाणीकरण कागाजात (क्यूआर कोड) सम्बन्धित निकायाले प्रमाणीकरणमा ढिलाई गर्दा पीडित बनेका हुन् ।
बिभिन्न निकायामा प्रमाणीकरणका लागि सम्बन्धित खोप लगाएको पालिकामा सम्पर्क गर्दा समेत उनीहरुलाई बिभिन्न बहाना बनाएर कर्मचारीहरुले प्रमाणीकरणमा ढिलाई गर्ने गरेका छन् ।
वैदेशिक रोजगारमा जाने दैलेख स्थायी ढेगाना भएका दुर्गा सापकोटाले खोप लगाएको कागाजात प्रमाणीकरण गर्न अनलाईन मार्फत फारम भरी सम्बन्धित निकायमा पुग्दा कर्मचारीले कहिले इन्टरनेट को समस्या त कही के बहाना बनाई नीज पीडित भएको भन्दै न्यूज आजकोलाई बताए । उनले भने, ‘म पालिकामा पटक–पटक पुग्दा समेत मेरो काम गरिदिएन ।’ त्यस्तै लुम्बीनि प्रदेश गैडहवा घर भएका द्वय बिरु कुमाल र गोबिन्द कुमाललाई पनि यस्तै पीडा भएको छ ।
उनीहरुले पनि अनलाईन मार्फत फारम भरी सम्बन्धित निकायमा पुग्दा समेत आज १ हप्ता सम्म आफ्नो काम नभएको बताए । उनीहरुले म्यानपावर कम्पनीले बारम्बार सो भ्याक्सीन प्रमाणीकरणको कागाजात मागेको बताए । उनीहरुले भने,‘अबत म्यानपावर कम्पनीबाट भिषा सकिन लाग्यो भन्दै फोन आइरहेको छ ।’ सम्बन्धित निकायाको लाप्रवाहीले गर्दा हजारौ युवाहरुको बिचल्लि काठमाडौंमा देख्न सकिन्छ । कुमालका अनुसार कसैको दुई मिनेटमा क्यूआर कोड अर्थात खोप प्रमाणीकरण कागजात प्रिण्ट भएको छ ।
पहुँच र आफ्ना भएको ठाउँमा मात्र काम हुने हो भने हामी जस्ता युवाहरुको भविश्य के हुन्छ भन्ने प्रश्न कुमालले न्यूज आजको सँग राखेका थिए । सँच्चिकै वैदेशिक रोजगारमा जाने युवाहरु पीडित कहीलेसम्म हुने यो सरकार र सम्बन्धित निकायलाई न्यूज आजको प्रश्न रहेको छ ।
काठमाडौं, १५ पुस । देशभरको मौसममा क्रमिक सुधार आएको छ । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । बुधबार दिनभर देशका धेरैजसो ठाउँमा पानी परेको थियो ।
उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाडौंसहित देशका केही ठाउँमा घाम लाग्ने छ । पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।
यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ । काठमाडौंको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो ।
अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो । आज भने दिउँसो घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
यस्तै, आज काठमाडौंको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौं, १४ पुस । काठमाडौंको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात शुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका अनुसार बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको छ ।
आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, १४ पुस । देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ भने देशका धेरैजसो स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।
महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसैका कारण देशभर मौसम बदली तथा वर्षा र हिमपात भइरहेको हो।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छः देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १४ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १५ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
काठमाडौं, १३ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज बिहानैदेखि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज र भोलि देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
बुलेटिनअनुसार आज दिउँसो बिहान १०ः११ बजेदेखि साँझ ६ बजेसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।
यसैगरी राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना पनि छ।
यस्तै भोलि बुधबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
यस्तै राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना पनि छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १३ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १४ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १५ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।
काठमाडौं, १८ मंसिर । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको जनाएको छ। सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर र उत्तर पूर्वतर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।
सो चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। तर यसको अप्रत्यक्ष प्रभावले आज रातीबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने विभागले शनिबार बिहान ७ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै जानकारी दिएको हो।
महाशाखाले प्रदेश नं १ र २ तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र यी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको स्पष्ट पारेको छ।
आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राती र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातीबाट कमजोर बन्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं, १७ मंसिर । देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै देशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) को प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १७ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।
राती : कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर १८ गते (शनिबार)
दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ मंसिर १९ गते (आईतबार)
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।
काठमाडौं, १२ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको थियो ।
महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिए ।
सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ । यस आर्थिक वर्ष ०७८/७९ मा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाईकलसहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies