11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, २८ असार । पूर्वी नेपालमा आगामी दुई दिन बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेशका एक-दुई स्थानमा भारी वर्षासमेत भएको छ । 
आज रातभरी प्रदेश १ र बागमती प्रदेशमा वर्षा भइरहेको छ । प्रदेश १ का सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा आज बिहान मध्यमदेखि भारी वर्षा मापन भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले बिहान २ बजे ट्वीट गरेर पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ ।

यसैगरी गएराति बागमती प्रदेशको मकवानपुर र आसपासका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
कोशी र बागमती प्रदेशका ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको  छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

२०८० आषाढ २८ गते (बिहीबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

२०८० आषाढ २९ गते (शुक्रबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही  र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ३० गते (शनिबार)

दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको साथै मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 


प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन


काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सिता दाहालको नर्भिक अस्पतालमा निधन भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।

उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उनको निधनको खबरसँगै प्रधानमन्त्री दाहाल अहिले नर्भिक अस्पताल पुगेका छन् ।

उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने सचिवालयले जानकारी दिएको छ । उनको शव २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने सचिवालयको भनाई छ ।


 


बढ्यो वर्षा, बुधबारसम्म सबै प्रदेशमा पानी पर्ने सम्भावना

बढ्यो वर्षा, बुधबारसम्म सबै प्रदेशमा पानी पर्ने सम्भावना


काठमाडौं,२५ असार । आजदेखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको हो। 

अहिले बिहान पनि कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको उनले बताइन्।

बागमतीअन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको जानकारी उनले दिइन्। ‘विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसमेत ३ दिन (बुधबारसम्म) सबै प्रदेशमा वर्षा हुनेछ। 


त्यसअन्तर्गत आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। 

यसैगरी राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 


सबै प्रदेशमा पानी पर्ने सम्भावना(मौसमपूर्वानुमानसहित)

सबै प्रदेशमा पानी पर्ने सम्भावना(मौसमपूर्वानुमानसहित)


काठमाडौं, २४ असार । सबै प्रदेशमा आज पानीपर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अहिले बिहान पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण हुँदा वर्षा केही कम हुने र उत्तर सर्दा वर्षा बढ्ने गर्छ।  यसैबीच आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको छ ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी मंगलबारसम्म यस्तो छ वर्षाको सम्भावना–

असार २४ आइतबार (आज)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानण्मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

असार २५ सोमबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी  र गण्डकी प्रदेशलगायत सहित देशका तराईका धेरै स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

असार २६ मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशलगायत देशका तराईका केही  स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

मौसमी भाषाको अर्थ–

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।


धौलिगंगा बाँध खोलिने, महाकाली किनारमा नजान आग्रह

धौलिगंगा बाँध खोलिने, महाकाली किनारमा नजान आग्रह


काठमाडौं, २३ असार । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।


देशैभर वर्षाको सम्भावना

देशैभर वर्षाको सम्भावना


काठमाडौं, २२ असार । अझै तीन दिन देशभर मौसम बदली र वर्षा जारी रहने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । 
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले (शुक्रबार बिहान) पनि कोशीका तराईसहित केही भूभाग, बागमती र कर्णालीका एक-दुई स्थानमा वर्षा भइरहेको छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
यस्तै राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघगर्जन÷चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद् महर्जनले आइतारसम्म वर्षा जारी रहने र मौसम नसुध्रिने सम्भावना रहेको बताइन्। ‘लगातार झरी त हुँदैन, तर वर्षा जारी रहने सम्भावना छ’, उनले भनिन्। 

हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको यो बुलेटिन–


ललिता निवास प्रकरणमा थप दुई पक्राउ 

ललिता निवास प्रकरणमा थप दुई पक्राउ 


काठमाडौं, १८ असार । । ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा समरजंग कम्पनीका तत्कालिन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन छन्। महर्जन भने नक्कली मोही बनेका थिए।

जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहरण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा रहेको देखिएको हो।

आइतबार ब्युरोले बाबुराजा महर्जन, शिवजी भट्टराई र घमन कुमार कार्कीलाई पक्राउ गरेको हो। उनीहरु मोही र कर्मचारी हुन्।

प्रहरीले यसअघि मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

जग्गा प्रकरणमा यसअघि १७५ जनालाई विपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरिसकेको छ। प्रहरीले अहिले उक्त प्रकरणमा सरकारी कागजात किर्तेको अनुसन्धानका लागि आरोपित पक्राउको क्रम जारी राखेको छ।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउपुर्जी लिइसकेको छ।

त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पुर्जी लिएको हो।


 


नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालन

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालन


काठमाडौं, १८ असार । नारायगढ–मुग्लिन सडक दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो।
अहिले पहिरो पन्छाई सडक दुवैतर्फ गाडी चलाउन हुनेगरी खुलाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालक घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


आज राष्ट्रिय धान दिवस मनाइँदै

आज राष्ट्रिय धान दिवस मनाइँदै


काठमाडौं, १५ असार । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
   
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
  
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
   
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
  
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
  
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
 


त्रिपुरेश्वरको उद्योग विभागका शाखा अधिकृत र सहयोगीविरूद्ध भ्रष्टाचारको मुद्दा

त्रिपुरेश्वरको उद्योग विभागका शाखा अधिकृत र सहयोगीविरूद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं, ११ असार । उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 
उनीहरूले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। सूचनापछि खटिएको टोलीले उनीहरूलाई १२ हजार घुससहित पक्राउ गरेको थियो। 
अनुसन्धानबाट उनीहरूले घुस लिएको पुष्टि भएपछि अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom