10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


२०८० को सार्वजनिक बिदाको सूची जारी

२०८० को सार्वजनिक बिदाको सूची जारी


काठमाडौं, ३ चैत । सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित उक्त सूचीमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा पनि समावेश गरिएको छ। 

यस्तै, दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ। अब फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिइनेछ। यसअघि एकादशीसम्म चार दिन मात्र दशैं बिदा दिइन्थ्यो।
मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।


श्री एयरलाइन्सको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

श्री एयरलाइन्सको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण


काठमाडौं, २५ फागुन । काठमाण्डौबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इन्जिनमा आगो लागेको हो। इन्जिनमा आगो लागेपछि विमान फर्काए फेरि काठमाण्डौमै आकस्मिक अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

विमान अवतरण भइसकेको छ। विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ। 


पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना


काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशका केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च  पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको सम्भावना छ। देशका पहाडी भू-भागमा भने आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 
 


६ प्रदेशमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

६ प्रदेशमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना


काठमाडौं, १५ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती  देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 


पोखरा विमान दुर्घटनामा ३६ जनाको शव निकालियो

पोखरा विमान दुर्घटनामा ३६ जनाको शव निकालियो


काठमाडौं, १ माघ। पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३६ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।
यती एयरलाइन्सको कलसाइन एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
 


३०१ औं पृथ्वी जयन्ती(तस्बिरमा)

३०१ औं पृथ्वी जयन्ती(तस्बिरमा)


काठमाडौं, २७ पुस । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । बुधबार देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

 


गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै

गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै


काठमाडौं, १३ पुस। पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत,  केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सुरु भएको छ ।
ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र  व्यवस्थापन गर्ने काम अभियानकै रुपमा चलिरहेको छ ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो ।
प्राधिकरणले गत कात्तिकमा आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई  आफ्नो संरचना  निर्माण÷व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो ।
सोही अन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरु हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा  लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरु निकालिएको छ
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित  उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।
कार्यकारी निर्देशक घिसिङले विद्युतको तत्कालका लागि नाङ्गो तारलाई  फेर्ने, बाङ्गो र मक्किएका पोलहरु हटाएर राम्रा राम्रो पोलहरु राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए ।
‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको होे, मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरी नै सञ्चालन गरिरहेका छौं’, घिसिङले भने । उनले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताए । प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ । पोलहरुमा  लुप वनाएर राखिएका तार  तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरुले निजहरुको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नुपर्ने छ ।  
सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्नेछ ।  तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनुपर्ने छ ।
 


काठमाडौं महानगरले धोबीखोला किनारमा चलायो डोजर 

काठमाडौं महानगरले धोबीखोला किनारमा चलायो डोजर 


काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सडक मिचेर बनाइएको संरचनामाथि डोजर चलाएको छ । महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना भत्काएको हो । देवीनगर क्षेत्रमा सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको महानगरले जनाएको छ । 
तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको काठमाडौं महानगर प्रहरीले जनाएको छ । देवीनगर क्षेत्रमा अबैध रुपमा बनाइएका २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ । यसअघि नै महानगरले सो क्षेत्र खाली गर्न रेखांकन गरिसकेको थियो । 
 


नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द


काठमाडौं, ५ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।

आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए।

उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।

काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।
 


टर्किस दूतावास नेपालमा खोल्नका लागि दुवै मुलुक सहमत

टर्किस दूतावास नेपालमा खोल्नका लागि दुवै मुलुक सहमत


काठमाडौं, २५ मंसिर । टर्किस दूतावास नेपालमा खोल्नका लागि दुवै मुलुक सहमत भएका छन् । नेपाल र टर्कीका परराष्ट्रमन्त्रीहरु बीचको टेलिफोन संवादको दौरान टर्कीले नेपालमा दूतावास खोल्ने सम्बन्धमा दुवै मुलुक सहमत भएका हुन् । अहिले टर्कीले भारतमा रहेको आफ्नो दूतावासबाटै नेपालमा पनि काम गर्दै आइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का र टर्कीका परराष्ट्रमन्त्री मेवलट चाभुसोग्लुबीच भएको संवादमा नेपालमा द्विपक्षीय सहकार्य र चासोको विषयहरुसहित दूतावास खोल्ने सम्बन्धमा पनि सहमति भएको थियो ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom