11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर


काठमाडौं, ६ असोज ।  काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका अवैध संरचनामा डोजर चलाएको छ । बिहीबार महानगरले अवैध रुपमा बनेका ती टहरामा ९फार्मेसी० मा डोजर चलाएको हो ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ३५ दिन अगाडि नै ती टहराका व्यवसायीहरुलाई सूचना दिएको थियो भने बुधबार पनि २४ घण्टे सूचना जारी गरेको थियो ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सुरु गरेको हो ।


चाडपर्वमा काठमाडौंको सुरक्षाः ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने

चाडपर्वमा काठमाडौंको सुरक्षाः ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने


काठमाडौं, ५ असोज ।  चाडपर्वको समयमा काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको जानकारी दिए । 


टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागले देखायो चासो

टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागले देखायो चासो


काठमाडौं, ४ असोज ।  काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा इक्षुमति खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ ।
विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ ।
टोलीले टुकुचा खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारेअध्ययन गर्नेछ । टुकुचा भूमिगत गर्न बनाइएको सो पूर्वाधार पुरातात्विक महत्वको हुनसक्ने अनुमान छ ।

करिब १३० वर्षअघि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान छ । सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्ने गरेको छ । यस्ता सम्पदालाई प्राचीक स्मारण संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने दायित्व विभागको हो ।


दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, कहाँको भाडा कति ?

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, कहाँको भाडा कति ?


काठमाडौं, ३१ भदौ । दशैंका लागि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ ।

यस पटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नेरगराउने सहमति भएको थियो ।


फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ


काठमाडौं, ३० भदौ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।
जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन् ।
 


तीन प्रदेशमा वर्षाः यस्तो शुक्रबारको मौसम पूर्वानुमान

तीन प्रदेशमा वर्षाः यस्तो शुक्रबारको मौसम पूर्वानुमान


काठमाडौं, १७ असार । देशका तीन प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। 
साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)    

हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ। 

२०७९ असार १७ गते (शुक्रबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 २०७९ असार १८ गते (शनिबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

२०७९ असार १९ गते (आईतबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

 


यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ

यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ


काठमाडौं, २१ जेठ । छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।

शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । अहिले उनलाई काठमाडौं ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । 

१२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

१५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी बताए । 
 


अझै केही दिन मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना

अझै केही दिन मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना


काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीयसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पानी पर्ने क्रम बढेको भएपनि मनसुन भने सुरू भइसकेको छैन ।

नेपालमा भारतको केरला हुँदै मनसुन भित्रने गर्छ । भारतमा नै मनसुन नआइसकेको अवस्थामा नेपालमा भित्रन अझै केही दिन लाग्ने उहाँको भनाइ छ । नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ मा बाहिरिने गर्छ ।


उपत्यका लगायत देशका धेरै स्थानमा विहानैदेखि मेघ गर्जनसहित वर्षा

उपत्यका लगायत देशका धेरै स्थानमा विहानैदेखि मेघ गर्जनसहित वर्षा


काठमाडौं, ८ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।  

आइतबार दिउँसो सम्म देशभर आंशिकदेखि  सामान्य बदली  रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  र  हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


आज आमाको मुख हेर्ने पर्व

आज आमाको मुख हेर्ने पर्व


काठमाडौं, १७ वैशाख ।  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom