08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


उपत्यकाका नदी तथा खोलामा बाढी, ठाउँ–ठाउँमा डुबान(तस्बिरसहित)

उपत्यकाका नदी तथा खोलामा बाढी, ठाउँ–ठाउँमा डुबान(तस्बिरसहित)


२३ साउन । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाडौं उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएको छ । बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ ।


 


देशैभर अति भारी वर्षाः सतर्क रहन आग्रह(मौसमपूर्वानुमानसहित)

देशैभर अति भारी वर्षाः सतर्क रहन आग्रह(मौसमपूर्वानुमानसहित)


काठमाडौं, २३ साउन । देशका अधिकांश भू–भागमा मंगलबार बिहानै देखि भारी र अति भारी वर्षा शुरु भएको छ । बिहानै देखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 
बिहानै विज्ञप्ति जारी गर्दै विभागले काठमाडौं उपत्यका लगायतका कोशी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा हुने जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा कोसी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र वाग्मती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

धेरै भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने विभाग जनाएको हो ।  काठमाडौँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । यहाँका बागमती लगायतका सहायक नदिहरुमा पानीको बहाव उच्च हुँदा उपत्यकावासीलाई आवागमनमा समस्या भएको छ । 

नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 २०८० श्रावण २३ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशीमधेशबागमतीगण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेशबागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशीमधेशगण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

 २०८० श्रावण २४ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रहनेछ। कोशीमधेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

 २०८० श्रावण २५ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning / Advisory for next 24 hours)

कोशीमधेशबागमतीगण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेशबागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश, बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्नेगेग्रान बहावबाढीपहिरोभू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्यकृषिदैनिक जनजीवनसडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधाजोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


झन्–झन् बढ्दैछ डेंगुः  ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु

झन्–झन् बढ्दैछ डेंगुः  ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु



काठमाडौं, २२ साउन । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउँदै ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए। 

सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै उनले हालसम्म ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। 
सबैभन्दा बढि केस सुनसरीबाट रिपोर्ट प्राप्त भएको पनि उनले बताए।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको पनि बताए। डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। 

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए। 


यी पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

यी पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना


काठमाडौं, २२ साउन ।  देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।  नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।


सुन तस्करी प्रकरणः आरोपितलाई सीआईबीको हिरासतमा पठाइयो

सुन तस्करी प्रकरणः आरोपितलाई सीआईबीको हिरासतमा पठाइयो


काठमाडौं, २१ साउन ।  राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका क्विन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ । विभागले हिरासतमा भएका आरोपितहरु संकलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आइतबार जिम्मा दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो। उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेकोमा एक जना हाजिरी जमानीमा रिहा भएर बाँकी १७ ना हिरासतमा छन् ।


कतै हल्का, कतै भारी वर्षाको सम्भावना

कतै हल्का, कतै भारी वर्षाको सम्भावना


काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको शिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती र  गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका  साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


न्यून चापीय क्षेत्रको आंशिक प्रभावः यी ठाउँमा भारी वर्षाको सम्भावना 

न्यून चापीय क्षेत्रको आंशिक प्रभावः यी ठाउँमा भारी वर्षाको सम्भावना 


काठमाडौं, १२ साउन । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

शुक्रबारको मौसम

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
 


यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं,१० साउन । नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही   कोशी ,बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी  भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती  र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


देशभर आंशिकदेखि भारी वर्षा

देशभर आंशिकदेखि भारी वर्षा


काठमाडौं, ९ साउन । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली भएकाे छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । यसैगरी आज राति देशभर सामान्य बदली रहनेछ ।

सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।     


कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना


काठमाडौं, ८ साउन । आज कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मधेस प्रदेशसहित अरु थोरै ठाउँमा पानी परिरहेको छ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।