16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


नक्कली शरणार्थी प्रकरणः आजदेखि अभियुक्त पक्षबाट बहस 

नक्कली शरणार्थी प्रकरणः आजदेखि अभियुक्त पक्षबाट बहस 


काठमाडौं, २४ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका आजदेखि अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । पुर्वमहान्याधिवक्तादेखि नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष, पुर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार रहेका छन् ।


२८ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए नयाँ कीर्तिमान

२८ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए नयाँ कीर्तिमान


काठमाडौं । पर्वतारोही कामिरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेको नयाँ रेकर्ड बनाएका छन् ।

योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रोपटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
 


खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै


काठमाडौं,३१ वैशाख । बृहत् खोप अभियान अन्तर्गत आइतबार देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदैछ ।

जन्मने वित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपीभी, हेप बी हिब, ९ महिनाभित्र लगाउनुपर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप दिइनेछ ।

यसअघि गएको वैशाख १५ गते छुट खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन नै गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप छुटेको भए लगाउन अभिभावकलाई अनुरोध गरेका छन् । 


खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै


काठमाडौं,३१ वैशाख । बृहत् खोप अभियान अन्तर्गत आइतबार देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदैछ ।

जन्मने वित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपीभी, हेप बी हिब, ९ महिनाभित्र लगाउनुपर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप दिइनेछ ।

यसअघि गएको वैशाख १५ गते छुट खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन नै गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप छुटेको भए लगाउन अभिभावकलाई अनुरोध गरेका छन् । 


प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित


काठमाडौं, १७ वैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।

कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो ।   

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा आज बिहानैदेखि आंशिक बदली रहेको छ । अहिले उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।


कोतःधुकु आयल स्टोरमा सिल

कोतःधुकु आयल स्टोरमा सिल


काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ। बालाजु–ठमेल सडकको दायाँतर्फ सञ्चालनमा रहेको पेट्रोल पम्प मापदण्ड विपरीत रहेको भन्दे सिल गरिएको हो।

उक्त पेट्रोल पम्प पाँच वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको छ। कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको भन्दै उजुरी परेपछि फागुन १० मा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे नेपाल आयल निगमलाई सोधेको थियो।

निगमले मापदण्डबाहिरको पेट्रोल पम्प हटाउन साथ दिने बताएपछि महानगरपालिकाले आज (बिहीबार) कोतःधुक सिल गरिएको जनाइएको छ।
 


एसईई परीक्षा आजदेखि शुरु

एसईई परीक्षा आजदेखि शुरु


काठमाडौं,१७ चैत । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको छ। एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन। आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ।  यो वर्ष जापानमा पनि परीक्षा केन्द्र तोकिएको छ। जापानमा एसइईका लागि परीक्षा केन्द्र कायम गरिएको पहिलोपटक हो।

वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ। यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो। यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ। त्यसैले यसपटक जापानमा पनि परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए। उक्त विद्यालयका १४ जनाले एसइई दिँदै छन्। बोर्डका अनुसार जापानमा एसइई परीक्षा केन्द्र तोकिएको यो पहिलोपटक हो।

देशभरि कक्षा १० सञ्चालित कुल १२ हजार ८३ विद्यालयमध्ये प्राविधिक धारतर्फका ५ सय ५ छन्। यसपटक प्राविधिकतर्फका १५ हजार ४ सय ६१ परीक्षार्थी छन्। त्यस्तै ३३ जिल्लाका ६६ विद्यालयबाट संस्कृत अध्ययन गर्ने विद्यार्थीले ५६ वटा केन्द्रबाट एसइई दिँदै छन्।

‘कुल परीक्षार्थीमध्ये ३ लाख ४३ हजार ७९ सरकारी विद्यालयका र निजी विद्यालयका १ लाख ४२ हजार ३ सय १७ जना छन्,’ परीक्षा नियन्त्रक श्रेष्ठले भने, ‘यसपटक प्रश्नपत्र स्तरीकृत गर्नुका साथै दृष्टिविहीन ५५ परीक्षार्थीका लागि घरपायक पर्ने स्थानमा केन्द्र तोकिएको छ।’ उनका अनुसार सबैभन्दा बढी केन्द्र काठामाडौं (१ सय २३) तथा सबैभन्दा कम केन्द्र मनाङ र मुस्ताङ (एकएक) छन्। सबैभन्दा बढी परीक्षार्थी (१ लाख २ हजार) वाग्मती प्रदेशबाट छन्। सबैभन्दा कम परीक्षार्थी कर्णाली प्रदेश (३८ हजार ६ सय ८) बाट छन्।
 


मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति


काठमाडौं, १४ चैत । पैदल मार्चपास गरेर काठमाडौं आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ। प्रधानमन्त्री पुष्पकलम दाहाललेका निर्देशनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता समिति गठन गरिएको हो।

सरकारले गठन गरेको वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री दाहालसँग भेट्ने वातावरण बनाउने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसरा प्रधानमन्त्री दहालले पीडितसँग भेट्ने तयारी गरेका छन्।


एआईजीका लागि ४ डीआईजीको बढुवा सिफारिस

एआईजीका लागि ४ डीआईजीको बढुवा सिफारिस


काठमाडौं, १३ चैत । नेपाल प्रहरीका ४ डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिस भएका हुन् । उनीहरुलाई गृह मन्त्रालयको बढुवा समितिले  एआईजीको लागि  सिफारिस गरेका हो । 

 एआईजीको लागि  सिफारिस सिफारिस भएकाहरु मध्ये भण्डारी ६८.४६१२ नम्बर सहित पहिलो नम्बरमा छन् । गिरी ६८.२११२ नम्बरसहित  दोस्रो नम्बरमा छन् । 
 


टुँडिखेलमा घोडेजात्रा(तस्बिरहरु)

टुँडिखेलमा घोडेजात्रा(तस्बिरहरु)


काठमाडौं, ७ चैत । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।   त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरे । 
शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय हुनुभयो भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरे । 
यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो भने नेपाली सेनाको टुकडीले उहाँलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो । समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।     
     
घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ । कार्यक्रममा घोडेजात्राको इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो ।  यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडाँैको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो ।     
     
घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।  सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग  हुँदै आएको छ ।