16 Kartik, 2077 / 1 November , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

संपादकीय


 घट्यो सनुको मूल्य, छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ

घट्यो सनुको मूल्य, छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ


काठमाडौं, २३ भदौ । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुनचाँदीको भाउ स्थिर रहेको थियो।

यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो।


 सडकबाट उठाइएका दृष्टिविहीन भन्छन्, ‘हामीलाई उठाएर सरकारले के पाउँछ ?

 सडकबाट उठाइएका दृष्टिविहीन भन्छन्, ‘हामीलाई उठाएर सरकारले के पाउँछ ?


काठमाडौं माघ ११ - आज माघ १० गते शुक्रबार प्रकाशित मुख्य दैनिक पत्रिकाले काठमाडौंका सडकहरुमा दृष्टिविहीनहरुले गीत गाएर माग्न नपाउने व्यवस्था, मुलुकको अर्थतन्त्र रेमिट्यान्स आयमा निर्भर रहे पनि रेमिट्यान्स पठाउने नेपालीले भोग्नु परेको ठगीको मार, भ्रष्टाचारको नियती एवं नेकपाले लागू गरेको आचारसंहितालगायतका विषयमा सम्पादकीय लेखेका छन् । 

काठमाडौंका सडकहरुमा हिजोआज दृष्टिविहीनहरुले निर्बाध गीत गाएर माग्न नपाउने व्यवस्था गरेको विषयमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । ‘दृष्टिविहीनसित केको दुश्मनी ?’ शीर्षमा लेखिएको सम्पादकीयमा भनिएको छ– महानगरको आदेशमा आएका प्रहरीहरुले उनीहरुको माइक र स्पिकर खोस्छन्, झपार्छन् र आइन्दा यसरी सडकमा नगाउन चेतावनी दिन्छन् । महानगरले बुधबार मात्रै रत्नपार्क र सुन्धारा क्षेत्रका सडक छेउमा गीत गाउने सात दृष्टिविहीन समूहको माइक र स्पिकर खोसेको छ । त्यसपछि ‘ह्वाइट केन’ को सहारामा महानगरपालिकाका पुगेको दृष्टिविहीनको समूहलाई त्यहाँका कर्मचारीले सडक छेउछाउमा गीत गाएर नमाग्न सतर्क गराएका छन् । सडकबाट उठाइएका दृष्टिविहीनले सोधका छन्,  हामीलाई उठाएर सरकारले के पाउँछ ?’ लोक कल्याणकारी राज्य र समाजवादउन्मुख संविधानको भावनाअनुकूल ठह¥याउन सकिँदैन ।

मुलुकको अर्थतन्त्र रेमिट्यान्स आयमा निर्भर रहे पनि रेमिट्यान्स पठाउने नेपाली कामदारजति संस्थागत ठगीको मार सायदै अरु कुनै पेसा व्यवसायका मानिसले भोग्नु नपरेको उल्लेख गर्दै आजको कारोबार दैनिकले ‘वैदेशिक रोजगार व्यवसाय कि ठगी ?’ शीर्षकमा सम्पादकीय लेखेको छ । म्यानपावर ज्याजती रोकिनुपर्नेमा जोड दिँदै सम्पादकीयमा भनिएको छ– वैदेशिक रोजगारीमा जानका लागि दलाल वा म्यानपावरलाई रकम बुझाएर घर न घाटको अवस्थामा पुग्नुपर्ने विडम्बना पनि छ । यसरी, वैदेशिक रोजगारीका दुवै पक्ष जटिल भए पनि ठगीको क्रम कहिल्यै नियन्त्रण हुन नसक्नु दःुखद पक्ष हो । 
आजको नयाँ पत्रिकाले सत्ताधारी नेकपाले जारी गरेको आचारसंहिताको बारेमा टिप्पणी गर्दै ‘असंगत आचारसंहिता’ शीर्षमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सरकारका अनेक जिम्मेवारीमा रहेका, रहन प्रयास गरिरहेका र गुटका कार्यकर्ताले मात्र सरकारको बचाउ गरेर नपुग्ने भएपछि नेकपा नेतृत्व सरकारको आलोचना नगर्न पद्धतिको प्रश्न उठाइरहेको छ ।  सत्तालम्पट, सिद्धान्त र विचारधाराबाट उहिल्यै बिदावारी लिइसकेका तथा सत्ताका दलाललाई आफ्ना वरपर राखेर शक्ति अभ्यास गरिरहेका नेताहरुका लागि यो आचारसंहित लागू हुने सम्भावना नभएको स्वयं उनीहरुको दैनिक कार्यव्यापारले देखाइरहेका छन् । 

त्यस्तै दक्षिण एसियाका धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपालको उपस्थिति निरन्तर रहेको उल्लेख गर्दै आजको नागरिक दैनिकले ‘भ्रष्टाचारको भारी’ शीर्षमा सम्पादकीय लेखेको छ । ‘राजनीति मुहान नै भ्रष्टाचारको कारक बन्न पुगेको छ,’ सम्पादकीयमा भनिएको छ, यसलाई नियन्त्रण गर्न क्रियाशील हुनुपर्नेमा ऊ आफैं यसको सहयोगी बन्न पुगेको छ,’ सम्पादकीयमा भनिएको छ । 

भ्रष्टाचारका सन्दर्भमा अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारबाहेक अन्य कसुर देखिएमा कारबाहीको निम्ति लेखिपठाउन सक्ने गरी अख्तियारले नीतिगत दायरा फराकिलो बनाउन खोजेको उल्लेख गर्दै अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भ्रष्टाचारमा शून्य सहनशील नीतिलाई मूर्तरुप दिनका लागि सरकारबाट प्रस्तावित मस्यौदामा संसद्ले बृहत गृहकार्य गरी बृहत प्रकृतिका निर्णयमा अनुसन्धान गर्ने बाटो खोल्नुपर्नेमा जोड दिइएको छ ।  


आजको गोरखापत्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय तहमा भ्रष्टाचार बढेको बताएको विषयलाई सम्पादकीय बनाएको छ । आयोगमा स्थानीय तहमा भएका भ्रष्टारका उजुरीको चाङ लाग्ने गरेको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ– भ्रष्टाचार कम गर्न नागरिक चेतना अभिवृद्धि, पारदर्शीता, सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्छ । स्थानीय तहलाई उपयुक्त हुने कानुन र कार्यविधि निर्माणमा व्यावहारिक पक्षलाई पनि ध्यान दिनुपर्छ । 

सरकार पछिल्लो समय कानुन निर्माणको तीव्रतामा रहेको उल्लेख गर्दै आजको नेपाल समाचारपत्रले सरकारले तयार गरेको मस्यौदा विषयमा आज जनताले जानकारी पाउनुपर्नेमा जोड दिएको छ । ‘विधेयकको व्यथा’ शीर्षकमा लेखिएको सम्पादकीयले मिडियाले सार्वजनिक गरेपछि मात्र जनताले जानकारी पाएर विरोध गर्ने वातावरणको सिर्जना हुन नदिन सरोकार राख्ने सबै निकायसँग छलफल गर्नु आवश्यक औंल्याएको छ । 

नेपालले वैदेशिक लगानी आकर्षित गर्न कानूनी संरचना सुधार गर्नुका साथै लगानी सम्मेलनसमेत गरेका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको उल्लेख गर्दै आर्थिक अभियानले ‘वैदेशिक लगानीको बढ्दो प्रतिबद्धता’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २७ अर्बभन्दा बढी लगानीको प्रस्ताव आएको छ,’ सम्पादकीयमा भनिएको छ, ‘यस्तो वैदेशिक लगानीको प्रतिबद्धता व्यक्त गर्नेलाई आश्वस्त पार्ने गरी नीति अंगीकार गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा परिणत गराउन कुनै कसर पनि बाँकी राख्नु हुँदैन ।’


  उखु किसान फेरि काठमाडौं आउनु नपरोस् !

  उखु किसान फेरि काठमाडौं आउनु नपरोस् !


काठमाडौ  पुस २० गते आइतबार प्रकाशित सबैजसो मुख्य दैनिक पत्रिकाले सरकार र उखु किसानबीच भएको सम्झौता कार्यान्वयनको विषयलाई सम्पादकीय बनाएका छन् । किसानका विषयलाई विशेष प्राथमिकता दिएर दैनिक पत्रिकाले किसानसँग गरिएका सम्झौताका सबै बुँदा इमान्दारीपूर्वक कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।

आफ्नो उखु दिएबापत् चिनी उद्योगका मालिकले रकम भुक्तानी नदिएको भन्दै संघीय राजधानीमा  आन्दोलनरत किसान र सरकारबीच भएको सम्झौता कार्यान्वनमा जोड दिँदै नागरिक दैनिकले ‘पालो सम्झौता कार्यान्वनयनको’ शीर्षको सम्पादकीय लेखेको छ । ‘बल सरकारको कोर्टमा छ । उसले चाह्यो भने चिनी उद्योगीहरुलाई कानुनी दायरमा ल्याएर किसानको बाँकी रकम भुक्तानी गराउनेमात्र हैन, कारबाहीसमेत गराउन सक्छ,’ सम्पादकीयमा भनिएको छ, ‘त्यसैले अब आफूले निमुखा किसानसमक्ष व्यक्त गरेका प्रतिबद्धता पूरा गरेर सरकारलाई आफू साँच्चै गरिब र विपन्न र किसानमैत्री छु भन्ने प्रमाणित गर्ने उपयुक्त अवसर समेत आयएको छ ।’ 

त्यसैगरी कान्तिपुर दैनिकले पनि ‘उखु किसान फेरि काठमाडौं आउनु नपरोस्’ शीर्षकमा सम्पादकीय लेख्दै सरकारले उद्योगीलाई जिम्मेवार बनाएर सम्झौता कार्यान्वनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ । ‘वर्षौ उधारोमा करोबार गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ सम्पादकीयमा भनिएको छ, ‘त्यस्तो वातावरण निर्माणका लागि उखु उद्योगीलाई जिम्मेवार बनाउन सरकार यो सम्झौता कार्यान्वयनमा दृढ हुुनुपर्छ । सम्झौता जुनसुकै हलतमा कार्यान्वन गराउनुपर्छ ।’

चिनी उद्योगी र उखु किसानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ पत्रिकाले ‘सहमति कार्यान्वनमा इमानदार बन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सरकारले अहिले किसानसित भएको उधारो सहमतिलाई छिटै नगदमा परिणत गर्न सकारात्मक पहल गर्न जरुरी छ । उद्योगीले पनि दम्भ परित्याग गरी किसानमैत्री व्यवहार गर्न ढिलो गर्नु हुँदैन ।


त्यस्तै गोरखापत्र दैनिकले उद्योग मन्त्रालय र उखु किसानबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनको कष्टकर दैनिकीबाट विश्राम लिएर उखु किसान घर फर्कने भएको उल्लेख गर्दै सम्झौता कार्यान्वयनमा जोड दिएको छ । ‘फेरि पनि उनीहरुको माग पूरा नहुने अवस्था आउने भएमा सरकारसँग भएको र प्रजिअसँग भएको सहमतिको तात्विक भिन्नता नरहने भएकाले कुनै पनि अवस्थामा किसानले बक्यौता पाउने इमान्दारीपूर्वक काम हुनु आवश्यक छ,’ सम्पादकीयमा भनिएको छ । 

नेपाल समाचारपत्रले पनि सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वनलाई जोड दिँदै ‘उधारो नबनोस् सम्झौता’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– कृषकलाई उत्साहित गर्न नयाँ समर्थन मूल्य तोक्नुपर्छ, भारत र अन्यत्रबाट आयात हुने चिनीको कालोबजारी रोक्दै समस्या नबल्झिने वातावरण सिर्जना गर्न राज्य गम्भीर हुनुपर्छ । किसानसँगको पछिल्लो सम्झौता उधारो बन्नुहुँदैन ।

कारोबार दैनिकले उखु किसान र सरकारबीच अन्ततः उधारोमै सहमति भएको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– उद्योग मन्त्रालयको नेतृत्वले किसानको विद्रोहपछि पनि क्रमभंगता गर्न सकेन, उधारो प्रवृत्तिलाई नै निरन्तरता दिए । उखु किसानको संवेदनशील विषयमा उधारोमै सहमति गराएर गराईनु बिडम्बना हो । अब अर्को अग्नी परीक्षा शुरु भएको छ कि निर्धारित मितिभित्र भुक्तानी दिन नसके यसलाई इतिहासका पानामा अर्को गद्दारीका रुपमा लेखिनेछ ।

अन्नपूर्ण पोस्टले राष्ट्रि बालीको उत्पादन घट्दै गएको उल्लेख गर्दै ‘धान र धन’ शीर्षकामा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– यो आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ५९ हजार टनले राष्ट्रिय बाली धानको उत्पादनमा कमी आएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको धानको उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जिडिपीमा एक प्रतिशत गटबढ हुन्छ । यो देशको अर्थतन्त्रका लागि दुखद् हो । 

कोटेश्वर–कलंकी सडक खण्डको विस्तार सम्पन्न भएपनि त्यो सडकमा दुर्घटना बढेको उल्लेख गर्दै आर्थिक अभियानले ‘चक्रपथ विस्तारमा सावधानी’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘पहिलो चरणको विस्तार सम्पन्न भएपछि त्यो सडकमा दुर्घटना बढेको छ । सडक पार गर्न निकै समस्या रहेको यात्रुको  गुनासो रहेको छ । तर, यसमा सुधार ल्याउन अझै पनि सडक विभाग सक्षम रहेको देखिँदैन,’ सम्पादकीयमा भनिएको छ ।


आजको सम्पादकीय : सूचना–प्रविधि कानुनको जोखिम ‘मौलिक अधिकारमा लगाम’

आजको सम्पादकीय : सूचना–प्रविधि कानुनको जोखिम ‘मौलिक अधिकारमा लगाम’


काठमाडौं, पुस १५ - आज प्रकाशित मुख्य दैनिक पत्रिकाले विशेषगरी सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अंगिकार गरेका प्रावधान, वैदेशिक लगानीको वातावरण एवम् उखु किसानले नपाएको भुक्तानीका विषयमा सम्पादकीय लेखेका छन् । 

नागरिक दैनिकले सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्को समितिले कडा दण्डसजाएका प्रावधान राखेर पारित गरिएको विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– संविधानमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता राख्नुको अर्थ हो– हाम्रो लोकतन्त्र उदार छ । तर, अहिले जुन किसिमका कानुन तयारी भइरहेको छ, त्यसले लोकतन्त्रको मर्म समाप्त पार्दै छ । नागरिकले आफूलाई लागेका कुरा व्यक्त गर्न नपाउने लोकतन्त्र खोक्रो लोकतन्त्र हुन्छ । पटकपटक भएका आन्दोलनको उद्देश्य खोक्रो लोकतन्त्र होइन । 

त्यसैगरी अन्नपूर्ण पोस्ट्ले पनि बहुमतको आधारमा पारित गरिएको ‘सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले अंगिकार गरेका प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गरेको उल्लेख गर्दै ‘सूचना–प्रविधि कानुनको जोखिम’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– विधेयकले कानुनी रुप लिएमा नागरिकका आवाज कुन्ठित हुने आशंका व्यप्त छ । यो कानुनको दुरुपयोग हुनसक्ने र नागरिकले चर्को सजायको भागिदार हुने सम्भावना पनि उत्तीकै छ । त्यसकारण कुनै विधेयकमा हस्ताक्षर गर्नुपूर्व त्यसले पार्न सक्ने सम्भावित प्रभाव र परिणामबारे घोत्लिनु जरुरी छ ।  

त्यस्तै आजको आर्थिक अभियानले पनि ‘मौलिक अधिकारमा लगाम’ शीर्षकमा ‘सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले अंगिकार गरेका प्रावधानको विरोधमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– प्रधानमन्त्रीलाई असीमित अधिकार दिने गरी राज्यका अंगहरु केन्द्रिकृत गरिँदै छन् । यसले सरकार बहुमतको नाममा कतै निरंकुशतातिर लम्कँदै गरेको त छैन भन्ने आशंका उब्जाएको छ ।


नेपाल समाचारपत्रले पनि ‘अभिव्यक्ति स्वतन्त्रता’ कै विषयलाई लिएर विधेयकको विरोधमा सम्पादकीय लेखेको छ । ‘विधेयक संविधानको मर्म र भावनाविपरित भएको र यसले नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने लोकतन्त्रवादीहरुको चिन्तनलाई आधारहीन मान्न सकिन्न, सम्पादकीयमा भनिएको छ, ‘नियमनका नाउँमा स्वतन्त्रताको घाँटी निमोठ्ने काम भयो भने त्यो गम्भीर चिन्ताको विषय हुन्छ ।’

मुलुकका केही उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच डेडिकेटेड र ट्रंक लाइनको महसुलसम्बन्धी केही महिनायता सुरु भएको विवाद चर्किँदै गएको उल्लेख गर्दै कारोबार दैनिकले ‘डेडिकेटेड प्रकरणमा कसको बदमासी ?’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– डेडिकेटेड र ट्रंकलाइन प्रकरणमा थप अध्ययन गरेर कमजोरी पत्ता लगाई जिम्मेवार व्यक्तिहरुमाथि कारबाही अघि बढाउनु जरुरी छ ।

गोरखापत्रले आज चिनी कम्पनीलाई बेचेको उखुको बक्यौता भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानले आफ्ना मागको सुनुवाइ नभएपछि आन्दोलनलाई काठमाडौँ केन्द्रित गरेको विषयमा सम्पादकीय लेखेको छ । ‘गुलियोको तीतो कथा’ शीर्षकमा लेखिएको सम्पादकीयमा उखु किसानको मागलाई सम्बोधन गर्नेगरी दीर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिइएको छ । 

त्यसैगरी नयाँ पत्रिकाले पनि उखु किसानकै विषयलाई उजागर गर्दै ‘सरकार उद्योगीतिर कि किसानतिर ?’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘किसानलाई उखुको उचित मूल्य नदिइएका कारण या तोकिएकै मूल्य पनि महिनौँ या वर्षौसम्म भुक्तानी नदिएका कारण उनीहरु चर्को मारमा परेहा छन्, सम्पादकीयमा भनिएको छ, ‘प्रधानमन्त्रीसमेत यस मामिलामा गम्भीर हस्तक्षेप गर्न नसकेर थन्किएका छन्, प्रधानमन्त्री तथा किसानको प्रतिनिधित्वको दाबी गर्ने सत्तारुढ दलले उनीहरुको यो आँसुले पिर्नुभन्दा पहिल्यै चेतेको राम्रो हुनेछ ।’ 

कान्तिपुर दैनिकले वैदेशिक लगानीका लागि उचित वातावरण बनाउनुपर्नेमा जोड दिँदै ‘लगानी घट्नु र लाभांश बढ्नुका संकेत’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– तीव्र प्रतिस्पर्धात्मक विश्व बजारमा नेपालले विभिन्न मुलुकका लगानीकर्तालाई प्रोत्साहन गर्न वैदेशिक लगानीका अवरोधहरु चीर्न सक्नुपर्छ, त्यसका लागि नीति नियमदेखि कार्यआचरणसम्ममा ठोस सुधार गर्न  खाँचो छ ।


एनआईसी बैंकको नयाँ शाखा पोखरामा

एनआईसी बैंकको नयाँ शाखा पोखरामा


काठमाडौं, फागुन ९ । पोखरामा एनआईसी एशिया बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले  पोखरा महानगरपालिका वडा नं.२९, पावरहाउस चोकनेर उक्त शाखा विस्तार गरेको हो । 

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले गरेका थिए । 
 


अख्तियारमाथि प्रश्नचिन्हः भ्रष्टाचारको अखडा  

अख्तियारमाथि प्रश्नचिन्हः भ्रष्टाचारको अखडा  


काठमाडौं, फागुन ४ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस प्रकरणमा विवाद भएपछि पदबाट राजीनामा दिए ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएको सार्वजनिक भएपछि संघीय संसदले पाठकलाई महाअभियोग लगाउने तयारी गरेको थियो । तर महाअभियोग नलाउँदै पाठकले राजीनामा दिए । पाठकले पदबाट दिएको राजीनामा राष्ट्रपतिबाटसमेत स्वीकृत भएको छ ।

संसदबाट महाअभियोग नलाउँदै पाठकले राजीनामा दिएपछि घुस लिएको विषय साम्य भएको छ । तर पाठकले घुस लिएर स्वीकार गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । उनले विवाद मिलाइदिने भन्दै घुस लिएर पनि काम गर्न नसकेपछि यो विषय छताछुल्ल भयो । सार्वजनिक भएको भिडियोमा पाठकले आफूले घुस लिएर जीवनमै ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

पाठकले घूस लिएर पनि विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट भएको भेटघाटका क्रममा घुस लिएको स्वीकार गरेको भिडियोमा स्पष्ट छ । यो विषयले गर्दा अरु मात्र होइन, आफ्नै श्रीमतिलेसमेत गाली गर्ने गरेको पाठकले बताएका छन् । भिडियोमा केही आवाजहरु बीचबीचमा काटिएका छन् । गोप्य रुपमा गरिएको रेकर्ड भएकाले भिडियो धमिलो भएपनि पाठकसँगको कुराकानी स्पष्ट छ ।

उक्त सार्वजनिक भएको भिडियोमा पाठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्त बन्नेसमेत दाबी गरेका छन् । त्यसपछि सबैलाई ठीक पार्नेसमेत चेतावनी उनले दिएका छन् । सो भिडियोमा कुराकानी गर्ने ब्यक्तिले पाठकलाई घुस लिएर पनि केही नहुने भन्दै ढुक्क हुन गरेको आग्रहपछि अझै खुशी देखिन्छन् । भिडियोमा कुरा गर्ने ब्यक्ति पनि २ नम्बर प्रदेशकै भएको कुराकानीमै स्पष्ट छ ।

महोत्तरी स्थायी घर भएका पाठकले यसअघि पनि आफू निकटस्थहरूसँग आफूलाई भविश्यको प्रदेश प्रमुखका रुपमा प्रस्तुत गर्ने गरेका थिए । त्यसैको तयारीमा पाठकले दुई नम्बर प्रदेशमा गएर बाटो तथा पुल उद्घाटनसमेत गर्ने गरेका थिए ।

०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुल्लेआम घुस लिने गरेको खुलासा भइसकेको छ । यसअघि पक्राउ गर्नुपर्ने ब्यक्तिसँग पाँच लाख रुपैयाँ घुस लिन अख्तियारमै कार्यरत एक प्रहरी नायव उपरीक्षकलाई निर्देशन दिएको समेत खुलासा भएको छ । पाठकले अनुसन्धान अधिकारीलाई बोलाएर सिधै रकम बार्गेनिङ गर्न लगाउने गर्थे ।

२०१४ साल बैशाखमा महोत्तरीमा जन्मेका पाठक शान्तिनगर, काठमाडौंमा बस्दै आएका छन् । त्रिभुुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका पाठक अख्तियारमा जानुअघिसम्म नजराना लिने सरकारी वकिलका रुपमा परिचित थिए ।

०३९ सालमा शाखा अधिकृतबाट करिअर सुरु गरेका उनी ०४९ सालमा उपन्यायाधिवक्ता बनेका थिए भने ०५४ सालमा सहन्यायाधिवक्तामा बढुवा भई ०६६ सालमा नायब महान्यायाधिवक्तामा बढुवा भएका थिए । भ्रष्टाचार रोक्ने काम गर्ने ब्यक्ति आफै घुस लिएको प्रमाणित भइसक्दा पनि पदबाट राजीनामा दिएर निस्किएपछि छुट दिनुले भविष्य गलत नजिर बस्छ । त्यसैले कानूनसम्मत् नमिल्ने भएमा कानून संशोधन गरेर भए पनि पाठकलाई तत्काल जेल हाल्नुपर्छ ।

अख्तियार प्रमुखदेखि पदाधिकारीहरु आफै भ्रष्टाचारी हुन् भन्ने आलोचकहरुको भनाइलाई तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की हुँदै एकपछि अर्को प्रकरणले अदुअआमाथि नै प्रश्नचिन्ह खडा भएको छ । अदुअआ भ्रष्टाचार रोक्ने संस्था होइन, भ्रष्टाचार गर्ने अखडा हो भन्ने आलोचकहरुको आरोप पनि मिथ्या भएको छ । अब अदुअवा विघटनतर्फ लैजानुपर्छ । 


हैकम चलाउने पति होइन, साथी चाहिन्छ

हैकम चलाउने पति होइन, साथी चाहिन्छ


५ वर्षअघि नै भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रशारण भइसकेको आमिर खानले सञ्चालन गर्ने ‘सत्यमेव जयते’ कार्यक्रममा भारतमा लामो समयदेखि महिलाका अधिकारको क्षेत्रमा काम गरिरहेकी कमला बशिनले बोलेको कुरा अहिले पनि फेसबुकमा धेरै जनाले शेयर गर्ने गरेका छन्। जसमा उनले पुरूषले आफूलाई सर्वशक्तिमान ठान्ने गरेकाले महिला र पुरुषबीच भेदभाव हुने गरेको र पुरूषले महिलामाथि हिंसा गर्ने गरेको बताएकी छन्।

उनका अनुसार म पुरूष भएकै कारण सबैभन्दा बलियो छु, त्यस कारण म सही छु भन्ने सोचाईका कारण उनीहरुले महिलामाथि हिंसा गर्ने गरेका हुन्। प्रकृतिले बच्चा जन्माउने र स्तनपान गराउनसक्ने बाहेक महिला र पुरुषबिच कुनै किसिमको भेदभाव नगरेको भन्दै उनले भनेकी छन्– ‘पुरुषलाई खाना नबनाउ, बच्चा नहेर, घरको काम नगर भनेर प्रकृतिले छुट्याएको छैन। पुरूष पनि ममतामयी बन्न सक्छन्, अनि महिला क्रुर पनि बन्न सक्छन्। महिला भएकै कारण कोमल हुनुपर्छ र पुरूष भएकै कारण रूनुहुदैँन भन्ने दुबै किसिमको मान्यता गलत हो। ’

अर्को प्रसंगमा उनले भनेकी छन्– ‘आफू सर्वशक्तिमान छु भन्ने सोच पुरूषमा रहिरहे उसले कमजोर ठानेका महिलाहरुमाथि हिंसा गरिरहन्छ र जति धेरै हिंसा गर्दै जान्छ, त्यतिनै मात्रामा उसभित्र रहेको मानवता संकटमा पर्दै जान्छ अनि अन्त्यमा उसको अस्तित्व नै नामेट हुनसक्छ।’

यो प्रशंग सगैँ अब जोडौँ हाम्रो समाजको कुरा। हाम्रो समाजमा एउटा भनाई छ, पति र पत्नी एक रथका दुई पांग्रा हुन्। यसको मतलब हुन्छ, समान, बराबरी, न कोही बढी न कोही कम। एउटा पांग्राले रथ नचलेजस्तै पति वा पत्नीबिना घरबार पनि सम्भव छैन। बृहत् नेपाली शब्दकोषमा ‘पति’ शब्दको परिभाषा यसरी दिइएको छः कुनै वस्तु वा व्यक्तिको धनी। कुनै विवाहित स्त्रीको लोग्ने। राष्ट्रको सर्वोच्च शासक। पाशुसत दर्शनानुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त। यस अनुसार पति भनेको सर्बश्रेष्ठ व्यक्ति हो, ऊ मालिक हो, उभन्दा माथि कोही पनि छैन भन्ने बुझिन्छ। मालिक भनेको शासक हो। शासकले जहिले पनि शासन नै गरिरहन खोज्छ। कोही आफूभन्दा माथि आउन मात्र खोज्यो भने त्यसलाई दबाउन खोज्नु शासकको धर्म हो। यसअर्थमा शाब्दिक रुपमा पती शासक हो।

हाम्रो समाजमा पती र पत्नीलाई एक रथका २ पांग्रा भनिए पनि व्यवहारिक त्यो हुन सकेको छैन।  कमला बशिनले भनेको जस्तो म पुरूष भएकै कारण शासक हुँ किनकी म सर्वशक्तिमान छु भन्ने मानसिकताले यसरी जरो गाडेको छ कि चाहेर पनि उनीहरुले आफ्नी पत्नीको अस्तित्वलाई आफूजतिको अर्थात बराबरीका रुपमा स्वीकार्न सकिरहेका छैनन्। मान्नुहोस् या नमान्नुहोस् यो हाम्रो समाजको यर्थात हो, कटु सत्य हो। त्यही भएर त कानुनी रुपमा धेरै अधिकार पाए पनि यथार्थमा महिलाहरु बराबरीको लडाईँ लडिरहन अझै बाध्य छन्।

कतिले तर्क दिनुहोला, महिला र पुरुष कहिले पनि बराबरी हुँदैनन्। प्रकृतिले नै महिला र पुरुषलाई फरक बनाइदिएको छ। महिलाले बच्चा जन्माउन सक्छे भने पुरुषले सक्दैनन्। बास्तवमै यो कुरा सही हो, त्यही भएर त महिलाले प्रकृतिले दिएको कुरामा बराबरी नखोजी समाजले छुट्याइदिएको कुरामा बराबरी खोजिरहेका छन्। महिला भएकै कारण उसले घरभित्रको काम गर्नुपर्छ, महिला भएकै कारण उसले राति हिँड्न हुँदैन, महिला भएकै कारण ऊ सानो स्वरमा बोल्नुपर्छ, महिला भएकै कारण उसले परिवारको मानमर्यादामा ध्यान दिनुपर्छ, महिला भएकै कारण घर सम्हाल्नुपर्छ अनि पुरुष भएकै कारण ऊ राति हिँड्दा इज्जत जाँदैन, पुरुष भएकै कारण उसले घरभित्रको, घर सम्हाल्ने काम गर्नुपर्दैन, पुरुष भएकै कारण जति ठूलो स्वरमा बोले पनि उसलाई कसैले केही भन्दैन आदि।

माथि उल्लेखित कामहरु पुरुष  महिला जसले भ्याउँछ त्यसले गर्ने हो, महिला वा पुरुष भएकै कारण यो गर्ने र यो नगर्ने भनेर छु्ट्याउने अधिकार कसैलाई छैन। समझदारीमा सबै काम दुबैले मिलेर गर्ने हो।

आजकल सामाजिक सञ्जालहरुमा महिलाका विषयमा धेरै कुराहरु पोष्ट हुन्छन्। महिलाहरु महान हुन्छन्, महिलाहरु घर पनि सम्हाल्छन्, बच्चा सम्हाल्छन्, कार्यालय सम्हाल्छन्, समाज अनि पुरै देश सम्हाल्छन्। हो महिलाहरु जे काम पनि गर्न सक्छन् तर यसको मतलब यो होइन कि उनीहरुलाई फूर्क्याएर सबै जिम्मेवारी थोपरिदिने। समानता उनीहरुलाई पनि चाहिन्छ भन्ने लाग्ने हो भने व्यवहारिक रुपमा त्यसको अनुभूति गराउन सक्नुपर्छ। स्वतन्त्रता र समानता भन्ने कुरा तपाईँले अरुलाई दिने होइन, स्वयम् व्यक्तिले अनुभव गर्ने कुरा हो।

आजकल खास गरेर शहरमा बस्नेमध्ये केही बाहेक अधिकांश पती र पत्नी दुबै जनाले जागिर खान्छन्। पती जागिर खाने अनि पत्नीचाहीँ घरै बस्नेहरु एकाद बाहेक छैनन्। दुबै पति पत्नी कामकाजी भएपछि घर चलाउने जिम्मा पनि दुबैको हो। यसमा समानता, असमानता, महिला अधिकार लगायतका कुराहरु जोड्न आवश्यक नै छैन तर हाम्रो समाज हाम्रो अगाडि छ, जसले हामीलाई हाम्रो लिंगका आधारमा नै हाम्रो कामको बाँडफाँड गरिदिएको छ र हामी चित्त बुझे पनि नबुझे पनि सरासर त्यही कुरा मान्न तयार छौँ। नमानेर के गर्नु समाजको विरुद्धमा बोल्नेहरुको हालत कस्तो हुन्छ नदेखेको होर?

ऊबेला समाजले तोकिदिएको कुरा अहिले पनि लागू गर्न खोज्ने र त्यो कुरा नमान्दा समाजविरोधी, संस्कारविरोधीको संज्ञा दिने यो समाज सुध्रनुपर्छ। आखिर समाज भन्ने छुट्टै कहाँ छ र यँहा ? तपाईँ हामी नै होइनौ र समाज भनेका। पहिले पतीहरु बाहिर हलो जोत्थे, खेत खन्थे र पत्नीहरु खाना बनाउँथे, भाँडा माझ्थे। बरू पहिला उनीहरु मिलीजुली काम गर्थे तर अहिले जमाना फेरिएको छ। खास गरेर शहरी भेगमा बस्नेहरु पती र पत्नी दुबैले एकै किसिमको काम गर्ने गर्छन् अर्थात दुबैजना अफिसमा काम गर्छन्। यो परिवेशमा पनि महिलाले अर्थात पत्नीले चाहीँ अफिसको काम गरेर घरको काम गर्नुपर्ने बाध्यता नै छ, जुन कुरामा मलाई आपत्ति छ। पति पत्नी कार्यालयमा चाहीँ एकै किसिमको काम गर्ने अनि घरको खाना बनाउने, भाँडा माझ्ने काम पत्नीले अर्थात महिलाले नै गर्नुपर्ने बाध्यता किन? पतीले चाहीँ सघाउने मात्र रे? के उसको चाही घर होइन र, के उसको पनि समान दायित्व होइन र घर चलाउने? ऊ चाहीँ बाहिरको मान्छे हो र पत्नीलाई सघाउन भन्ने।

कार्यालयबाट घर पुगेपछि पती चाहीँ टिभी हेरेर वा इन्टरनेट चलाएर बस्ने अनि पत्नी चाहीँ जति थकाई लागे पनि हतार हतार लुगा फेरेर बालबच्चालाई खाजा दिएर खाना बनाउनतिर लाग्ने। ठिक छ पत्नीले आफ्नो दायित्व पुरा गर्नु गलत होइन तर पत्नीलाई त्यही कुरा बाध्यता, अनि पतीलाई चाहीँ अप्सन। एक रथका दुई पांग्राबिच यो असमानता किन?

यो सोच कसले स्थापित गरेको ? एउटै काम गरेर आउने दुई जनाबीच यति भेदभाव? अनि अर्को अचम्म लाग्ने कुरा, पतीले खाना बनाउने, लुगा धुने, बालबच्चा हेर्ने काम गर्दा यो समाजले नै त्यो कुरा पचाउन नसक्ने? ओ हो फलानाकी श्रीमती, फलानाकी बुहारी त आफ्नो श्रीमानलाई सबै काम लगाएर आफू बस्छे ? कस्ती संस्कार नभएकी रहिछे रे। उफ् समाज। छोरा भएकै कारण उसले घरको काम गर्न नपर्ने अनि केही काम गर्दा पनि दोष चाहीँ छोरी मान्छेले पाउनुपर्ने।

केही दिन अघि मेरा एक मित्रले बढो गर्वका साथ भन्नुभयो, मैले त मेरी पत्नीलाई पुरा स्वतन्त्रता दिने गरेको छु। उसलाई खान, लाउन, हिँड्न केही कुरामा पनि रोकटोक गर्दिन। अनि किचेनमा पनि म उसलाई पुरा सहयोग गर्छु। उसको कुरा सुनेर सुरुमा त मलाई एकदम खुसी लाग्यो तर पछि यसो सोच्दै गएँ अनि लाग्यो –स्वतन्त्रता, समानता भन्ने कुरा अनुभव गर्ने हो, कसैले दिने होइन। न त पतीले पत्नीलाई दिने हो न त बाबुले छोरीलाई न त बुहारीलाई नै। अनि फेरि लाग्यो–ए बाबा पत्नीलाई यसो गर्न दिन्छु र उसो गर्न दिन्छु भन्नु स्वतन्त्रता दिएको नभई उसलाई बन्धनमा राखेको चाहीँ हो नत्र नैसर्गिक अधिकारका रुपमा पाएको स्वतन्त्रता  दिने तपार्इँ को हो?, पती पत्नी एक रथका २ पांग्रा पनि भन्ने अनि फेरि म पत्नीलाई यति स्वतन्त्रता दिन्छु भन्ने। हामी दुबै मिलेर काम गर्छौ भन्नुहोस् न बरु, त्यो चाहीँ हो नारीले खोजेको समानता । यस्तो कुरा गर्दा म अतिनै नारीवादी जस्तो देखिन्छु होला तर मैले भन्न खोजेको एउटै कुरा भनेको नारी र पुरुष बराबरी हुनुपर्‍यो। कोही कसैको मालिक वा कोही कसैको दास होइन। बराबरी, समान। अनि मात्र हुन्छ, व्यवहारिक रुपमा विकास। जबसम्म म पति हुँ अर्थात म मालिक हुँ भन्ने अहम सोच पुरुषमा रहन्छ तबसम्म नारीहरु कहिले पनि माथि पुग्न सक्दैनन्। अहिले सम्बन्धविच्छेद हुनुको एउटा कारण भनेको पुरुषहरुले आफ्नो सोच बदल्न नसक्नु पनि एक हो। जब घरमा पत्नीले बराबरीको कुरा गर्न थाल्छे उनीहरुभित्र भएको पुरुषबादी तत्वले आफ्नी पत्नीले आफू बराबर अधिकार खोजेको स्वीकार गर्न सक्दैनन्। जसका कारण झगडा हुने, मनमुटाव हुने र अन्त्यमा सम्बन्धविच्छेदसम्म हुने गरेका धेरै उदारहणहरु हाम्रो समाजमा आइरहेका छन्।

एकजना अलि बुज्रुक महिलाले यही नारीपुरुष समानताको विषयमा कुरा हुँदै गर्दा मलाई भनेको सन्दर्भ यहाँ जोडौँ। उनका पतीलाई उनले तरकारी ल्याइदिनुस् वा केही भनेर काम अह्राएको मन पर्दैन रे, कारण उनको पुरूषवादी सोच, हैकमवादी सोच। उहाँ जस्ता पत्नी भएर मलाई अह्राउने भन्ने सोच भएका धेरै पुरुषहरु हाम्रो समाजमा छन् अनि तरकारी ल्याइदिएर के के गरेँ भनेर फूर्ति लगाउनेहरु पनि यहाँ छन्। मलाई यी २ वटै वर्गमा पर्ने पुरुषहरु मन पर्दैन। दुबैजना मिलेर किचेनमा काम गर्दा, पत्नीसँग र पत्नीबिना पनि परेको बेला खाना बनाउने र परिवारलाई खुवाउने र त्यसो गर्दा उसलाई हिनताबोध हुनुको सट्टा गौरब लाग्ने पुरुष अर्थात जिवनसाथी चाहान्छन् अहिलेका महिला।

हामीले खोजेको भनेको न कम हो न बढी। बराबरी मात्र हो। गरिदिएँ वा लौ दिँए यति भनेर विरासतमा दिएको जस्तो नभई यो तिम्रो अधिकार हो, मेरो जति हक छ तिम्रो पनि उतिनै हक छ भन्ने सोच खोजेको हो। हामीलाई यस्तो जिवनसाथी चाहिएको हो, जोसँग हरेक काम गर्दा सहज होस्, एकअर्काप्रति सानो ठूलोको भावना नआओस्। घरको काम तिम्रो हो भन्ने सोच नआओस अनि बाहिरको काम तिम्रो हो भन्ने सोच पनि नआओस्। जसले जे देख्छ त्यो काम एकअर्काको बाटो नहेरी गर्न सकियोस्। हैकम चलाउने बानी दुबैमा नहोस्। शब्दकोषको अर्थ जस्तो मालिक पति होइन जीवनभर साथीको व्यवहार गर्ने जिवनसाथी खोजेको हो।


मध्यरातसम्म उम्मेदवारी दर्ता, यस्तो देखियो तस्विरमा

मध्यरातसम्म उम्मेदवारी दर्ता, यस्तो देखियो तस्विरमा


जनकपुर—  २ नम्बर प्रदेशमा हुन गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका  लागि बुधवार विहान १० बजेबाट शुरु भएको उम्मेद्वारी दर्ता राती १२ सम्म पनि सकिएन ।
 बुधवार राती ११ बजे मुख्य निर्वाचन अधिृकतको कार्यालय जनकपुरमा पुग्दा धमाधम उम्मेद्वारी दर्ता भैरहेको थियो । 
उम्मेद्वार आफै थकित थिए र कर्मचारी पनि उस्तै मुद्रामा देखिन्थे । तर, २० बर्षपछि हुन लागको स्थानीय तहको चुनावको रौनक चाहीँ कायमै थियो । 

बाहिर उम्मेद्वारका समर्थकको भीड थियो । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । राती साढे ११ बजे मुख्य निर्वाचन अधिृकतको कार्यालय रातोपाटीको टोलीसँग कुरा गर्दै एक जना उम्मेद्वारका समर्थक भन्दै थिए, ‘हाम्रो उम्मेद्वारी दर्ता चाडो गराउन भनेर विहान ११ बजे नै आएका थियौँ । तर, अहिले राती ११ बज्दा पनि पालो पाइएन् ।’ 

उम्मेदवारी दर्ताका लागि ६ वटा टेवल राखिएको थियो । तर, जनकपुर उपमहानगरपालिकाका २४ वडाका सवै उम्मेद्वारीका लागि दर्ता संख्या कम देखियो । दिउँसो पनि दर्तामा निकै भीड थियो । केही पार्टीका उम्मेद्वारहरुले कर्मचारीमाथि आरोप लगाएका थिए । जस्तो कि एक जना राजपाका समर्थकले भनेका थिए, ‘तीन दलका उम्मेद्वार आउदा चाडो दर्ता गरियो । राजपालाई हस्ताक्षर मिलेन, फोटो मिलेन भनेर जानी जानी ढिला गरियो ।
निर्वाचन कार्यतालिका अनुसार २१ गते उम्मेद्वारको मनोनयन दर्ता, त्यसै दिन उम्मेद्वारको सूचि प्रकाशन, २२ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, २२ गते नै मनोनयन पत्र जाँच गर्ने, २३ गते मनोनयन भएकाको नामवली प्रकाशन गर्ने, २३ गते नै उम्मेद्वारको नाम फिर्ता लिने कार्यतालिका छ ।
 २४ भदौमा उम्मेद्वारको अन्तिम नामवली, त्यसैदिन उम्मेदवारलाई चिन्ह र असोज २ मा मतदान हुनेछ  |

 

 


कर्णेल गंगाराज मुकारुङको जीवन : त्यसपछि प्रहरीचौकी पुर्याए

कर्णेल गंगाराज मुकारुङको जीवन : त्यसपछि प्रहरीचौकी पुर्याए


गंगाराजमुकारुङ राईनेपाली सेनाका कर्णेल हुन् । कर्णेल राईले काठमाडौंको छाउनीमा रहेको आर्मी हस्पिटलको प्रशासन रजिष्ट्रारको भूमिका निर्वाह गर्दै आएका छन् । 

९२ वर्षअघि चन्द्रशमशेरको पालामा निर्मित मिलिट्री हस्पिटलमा ६३५ शय्या छन् । हस्पिटलमा २ सय चिकित्सक र त्यति नै स्टाफ नर्स कार्यरत छन् । कर्णेल राईसँग मेरो जीवनका लागि कुराकानी गरिरहँदा अस्पतालमा ४ सय ५५ बिरामी उपचाररत थिए ।

उनी तेस्रो गीतिसंग्रह प्रकाशन तयारीमा छन् । ‘इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो’ जस्तो लोकप्रिय गीत लेख्दै आएका गीतकारसमेत रहेका कर्णेल गंगाराज मुकारुङ राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
विशेषतः दालभात, तरकारी र कुखुराको मासु मन पर्छ । खानका रेष्टुरेन्ट यदाकदा पुग्ने गर्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःम, सेकुवा रोजाइमा पर्छन् । पकाउने रुचि भए पनि ढंग छैन । तर पनि सामान्य खाना पकाउँछु । 

मेरो पोसाक
सकेसम्म कटनको पोसाक मन पर्छ । पोसाक ‘लुज’ हुनुपर्छ । लगाउँदा सजिलो हुनुपर्छ । पोसाकमा वार्षिक खर्च १०÷१५ हजार रुपैयाँ होला । नीलो सर्ट, खैरो रङको पाइन्ट मन पर्छ । समय छैन भने रेडिमेड किन्ने गर्छु नत्र कपडा किनेरसमेत सिलाउने बानी छ । तर, धेरैजसो रेडिमेड पोसाक नै किन्दै आएको छु । यात्रामा निस्कँदा पिक्याप लगाउन सजिलो लाग्छ । 

मेरो फिटनेस
समय भएमा एक÷डेढ घन्टा हिँड्छु । दिन बिराएर कार्यालयमा एक घन्टा जिम गर्छु । एक घन्टा साउना लिन्छु । डाइटिङ छैन । 

मेरो अध्ययन
एलेन ठुले राईको ‘लोहोरुङ राईहरू’ नामक किताब पढ्दै छु । जीवनी, संस्मरण विधाका किताब पढ्न जाँगर चल्छ । गीतिसंग्रह प्रकाशन तयारीमा जुटेको छु । मेरो निजी पुस्तकालयमा झन्डै दुई सय किताब होलान् ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । आठ÷नौ जिल्लाबाहेक नेपालका सबै जिल्ला पुगेको छु । झन्डै २० देश घुमेको छु । घुमेकामध्ये इजरायल असाध्यै मन पर्यो । सफासुग्घर, अनुशासित देश हो– इजरायल । एकपटक जापान र अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ । 

मेरो फुर्सद
अत्यन्तै व्यस्त छु । अस्पतालमा परेकाले बिदा लिन पाउँदिनँ । महिनामा दुई दिनभन्दा बढी बिदा लिन पाइँदैन । फुर्सद भइहालेमा पत्रपत्रिका पढ्ने, सानी नातिनी छन्, उनीसँग खेलेर रमाउँछु । काठमाडौंमै रहेकाले परिवारलाई धेर÷थोर समय दिन पाएको छु । २० वर्षपहिले हलसम्म पुगेर चलचित्र हेर्ने गर्थें । प्रविधि विकाससँगै हिजोआज घरमै हेरिन्छ । महिनामा एकपटक मुस्किलले रेष्टुरेन्ट पुगेर खाइन्छ । 

मेरो खेलकुद
फुटबल असाध्यै मन पर्छ । घरमा सबैले क्रिकेट हेरे पनि मचाहिँ बुझ्दिनँ । हेर्न अल्छी लाग्छ । ‘सिभिल लाइफ’ मा क्याम्पस पढ्दासम्म खेलें । सैनिक जीवनमा पनि क्षेत्रीयस्तरसम्म फुटबल खेलेको थिएँ । ब्राजिल, अर्जेन्टिना र जर्मनीका फुटबल टिम मन पर्छन् । 

मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गरेको छु । आइफोन फाइभ भाइले उपहार दिएका हुन् । अर्को साधारण सेट हो । यसको सात÷आठ हजार परेको थियो । 
फुर्सदमा भाइबर, फेसबुक, मेसेन्जर प्रयोग गर्छु ।

मेरो टीभी
टीभी हेर्दा समाचारले प्राथमिकता पाउँछ । कार्यालयबाट फर्केपछि बेलुका टीभी हेर्ने साइत जुर्छ । घरमा रहेको सोनीको ३३ इन्चको टीभी छ । 

मेरो चलचित्र
पछिल्लो समय ‘छक्कापन्जा’ हेरेको थिएँ । त्यतिबेला हेरेको माइतीघर, सिन्दुर र मासुम असाध्यै मन परेको थियो । सबै कलाकार मन परे पनि दयाहाङ राईको अभिनय जीवन्त लाग्छ । टेलिशृंखलाका कलाकार पनि मन पर्छन् । 

मेरो रोग
युरिक एसिड पारिवारिक रोग नै हो । उच्च रक्तचापले समातेपछि औषधि सेवन गर्दै आएको छु । सालिन्दा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । 
दैनिक शारीरिक अभ्यास गर्ने र खानपानमा ध्यान दिए तन्दुरुस्ती रहन सकिन्छ । म बेलुका दुई रोटीमात्रै खान्छु । बिहान एक गिलास दूध पिउँछु ।

मेरो भाषणशैली
कुशल वक्ता नभए पनि आफूले गर्न खोजेको विषयवस्तु प्रस्तुत गर्छु । सुन्नेले मैले भन्न खोजेको विषयवस्तु बुझिन्छ भन्छन् । आफूलाई थाहा नभए पनि भाषण गर्दा ‘अँ, अँ’ भन्छु कि जस्तो लाग्छ । आक्रामक भाषण कहिल्यै गर्दिनँ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन तर कहिलेकाहीं सम्बन्धितले नबुझ्दा वा मैले बुझाउन नसक्दा स्टाफ अफिसरमा सामान्य विवाद हुन्छ ।

मेरो मापसे
दैनिक नगरे पनि चाडबाड र साथीभाइबीच जमघटमा मापसे गर्छु । पहिले÷पहिले जे पनि खाइन्थ्यो, पछिल्लो समय भोड्का खाने गरेको छु । सामान्यतया दुई पेगसम्म खाने गर्छु । 

मेरो संगीत
आफू गीतकार भएकाले गीत असाध्यै सुन्छु । अंग्रेजीमा नयाँ, हिन्दीका पुराना गीत सुन्छु । नेपाली गीत धेरै सुन्ने बानी परेको छ । नारायणगोपाल, दीप श्रेष्ठ, राजेशपायल राई, मेलिना राई, अञ्जु पन्तलगायतको आवाज कर्णप्रिय लाग्छन् । 
गीतकार र सुनेका हिसाबले पनि गीत गुनगुनाउँछु । स्वर नभए पनि गीत गाउन मन लाग्छ । 

मेरो भूल
जीवनमा पश्चाताप लाग्नेगरी भूल गरेको सम्झना छैन । तर, कहिलेकाहीं अन्जानमै कार्यालयीय काममा आफूले भनेको सम्बन्धितले नबुझ्दा आफूले सामान्य भूल गरेको अनुभूति हुन्छ । 

हाम्रो गुरुआमा जयलक्ष्मी राई हुनुहुन्थ्यो । उहाँ कडा स्वभावको हुनुहुन्थ्यो । उहाँबाट धेरैपटक पिटाइ खाएको थिएँ । 

संवत् २०३५ तिर हुनुपर्छ । म भोजपुर फर्कन लागेकाले चिट्ठी लिन साथीको डेरा पुगेको थिएँ । त्यहाँ विवाद भइरहेको रहेछ । के विषयमा विवाद परेको थियो मलाई थाहा भएन । प्रहरी जम्मा भएका थिए । म त्यहाँ पुग्दा स्थानीयले यो मानिस पनि हो भनेर त्यत्तिकै अभियोग लगाएपछि मलाई प्रहरीचौकीसम्म पुर्याए । तात्कालिक समयमा गल्ती नै नगरी सजाय पाएको थिएँ ।

मेरो घर
म बस्दै आएको घर ०६५ मा बनाएको हुँ । घर आफ्नै कमाइले बनाएको थिएँ । धेरै पैसा थिएन । थोरैभन्दा थोरै पैसामा घर कसरी बनाउन सकिन्छ भनेर इन्जिनियरसँग सल्लाह गरें । त्यस्तै ३०÷४० लाख रुपैयाँ घर ठडिएको हो । वास्तुशास्त्र हेराइनँ । केवल घामपानीबाट ओतिन सकिने घर बनेको छ ।

मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा राम्रै छ । मेरो जन्मदिनमा ग्रहशान्ति गराउँछु । लगाइरहेको नीलम हो । ज्योतिषशास्त्रअनुसार माझीऔंलामा नीलम लगाउँदा राम्रो हुन्छ भनेर लगाएको हुँ । घरपरिवारमा धार्मिक संस्कारमा जोड थियो । परिवारले हिन्दु र किरात धर्मलाई आत्मसात् गरेको थियो । हिन्दु धर्मको प्रभाव अलि बढी थियो । त्यसको छाप ममा पनि छँदै छ ।

मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं तेल लगाउँछु । फेसियल गर्दिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । निबियाको ‘बडी स्प्रे’ प्रयोग गर्छु । दिन बिराएर साउना बस्छु ।

मेरो प्रेम
मैले प्रेमविवाह गरेको हुँ । त्यतिबेला श्रीमतीको दाजु मेरो साथी हुनुहुन्थ्यो । साथी भएपछि उहाँको घर गइन्थ्यो । त्यहाँ श्रीमतीसँग देखादेख भयो । देखादेख भएपछि मन परापर भयो । त्यसपछि बिहेको कुरा उठ्यो । कुरा चलाइयो । बुवाआमाले दिनुभयो भनेमात्रै म बिहे गर्छु भन्ने श्रीमतीको भनाइ थियो । लामो समय प्रेम गर्यौं । पछि माग्न गयौं । परिवारबाट हुन्छ भन्ने उत्तर आयो । त्यसपछि बिहे गर्यौं ।

मेरो सपना
मुलुक प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । हामी मिहिनेती र बहादुर पनि छौं । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि हामी दुःखी छौं । 
मैले बोल्न मिल्छ कि मिल्दैन तर मुलुक सञ्चालन गर्ने सिष्टम भएन कि भन्ने लाग्छ । हिजोआजको संस्कार ३०÷३५ वर्षअघिको भन्दा फरक छ । ३५ वर्षअघि काठमाडौंका सडकमा भेटिएका स÷साना वस्तु हामीले प्रहरीचौकीमा लगेर बुझाउँथ्यौं । हिजोआज भेटिएका पाउनु त परै जाओस्, हिँड्दाहिँड्दै खल्तीबाटै हराउन थालेको छ ।

तर, सिष्टममात्रै बसाउने हो भने नेपाललै संसारकै नमुना देश बनाउन सकिन्छ ।

मेरो परिवार
परिवारमा मसहित श्रीमती सम्झना खालिङ राई, छोरी आयामिका मुकारुङ राई, छोरो अनिकेत मुकारुङ राई र नातिकी छन् । छोरी स्नातकोत्तर अध्ययनरत छन् भने छोरोले दस जोड दुईको अध्ययन सकेको छ । 

मेरो मृत्यु
मृत्यु प्राकृतिक नियम हो । मृत्युदेखि डर लाग्दैन । 

घरछेउ (भोजपुर) मा खोला थियो । खोलामा दह बनेको हुन्थ्यो । हामी दहमा पौडी खेल्थ्यौं । स्कुल बिदाका दिन भतिज शरद मुकारुङ राईसँग पौडी खेल्न त्यही दहमा पुग्यौं । दह गहिरो थियो । म ‘स्वीमर’ हुँ । म दहमा पसें । शरद ‘ननस्वीमर’ थिए । उनी बाढीले बगाएको सुकेको भालुबाँस समातेर दहको छेउछेउ पौडिन थाल्यो । 

म दहमा भित्रबाहिर गर्दै गएँ । एकछिनपछि हेर्दा भजित देखिनँ । चिन्ता लाग्यो । दहबाहिर निस्केर चिच्याउँदा दहको सबैभन्दा गहिरो ठाउँमा फुत्त निस्केर उसले हात दियो । म समात्ने प्रयासरत छु । उसलाई पानीले घुमाउँदैघुमाउँदै म रहेको ठाउँमा ल्याइपुर्यायो । वनमाराको बुटा समातेर, बाढीले बगाएर ल्याएको निगालोको लठ्ठी दिएँ । उसले एक हातले लठ्ठी र अर्को हातले मलाई समात्यो । म पनि बुट्टासँग दहमा पसें ।

हामी दहबाट फुत्त निस्कन्छौं, डुबाइहाल्छ । किनकि उसले मेरो काँधमा टेकेको थियो । मलाई छोड न छोड म तँलाई निकाल्छु भन्दा पनि उसले छाडेन । दुवैले पानी खाएका थियौं । तर बाँच्ने दिन, म जति तल पुग्थें, ‘जम्प’ गर्नुपर्छ भन्ने मलाई थाहा थियो । मैले त्यसै गरें । म दहछेउको त्यस्तो ठाउँमा पुगेछु, खुट्टाको बूढीऔंलाले टेक्दा आँखाआँखासम्म पानी थियो । बिस्तारै घुमाउँदैघुमाउँदै मैले भतिजलाई उद्धार गरेको थिएँ ।

अस्पतालमै काम गर्ने भएकाले मृत्युसँग संघर्ष गरिरहेका धेरै बिरामी देखेको छु । मृत्यु पारिवारिक बोझ र आफूलाई हीनताबोध हुने नहोस् ।


सिया र सुन्नी विवादमा अमेरिकी भूमिका

सिया र सुन्नी विवादमा अमेरिकी भूमिका


काठमाडौँ । सिया र सुन्नीबीचको विभाजन इस्लाम इतिहासको सबैभन्दा ठूलो र पुरानो विवाद हो । यी दुई सम्प्रदायका सदस्यहरु शताब्दीयौँदेखि सहअस्तित्वमा छन् । तिनका धेरैजसो आधारभूत विश्वास र अभ्यासमा समानता पाइन्छ । तर ती नियम, रीति, धार्मिक पाठ र सङ्गठनहरु भने फरक छन् ।

तिनका नेताहरु पनि धेरैजसो आन्तरिक प्रतिस्पर्धामा देखिन्छन् । लेबनान र सिरियादेखि इराक र पाकिस्तानसम्म पछिल्लो समयका धेरै द्वन्द्वले यही साम्प्रदायिक विभाजनलाई जोड दिएका छन् । यसले समुदायहरुमै चिरा पारेको स्पष्ट देख्न सकिन्छ । 

को हुन् सिया ?
सियाले सम्पूर्ण मुस्लिमको लगभग १० प्रतिशत भाग ओगट्छन् र संसारभरी उनीहरुको सङ्ख्या १५ देखि २० करोड रहेको अनुमान गरिएको छ । सिया मुस्लिमहरु इरान, इराक, बहराइन, अजरबैजान र यमनमा बहुसङ्ख्याका रुपमा रहेको केही तथ्याङ्कमा उल्लेख गरिएको छ । 

त्यस्तै अफगानिस्तान, भारत, कुवेत, लेबनान, पाकिस्तान, कतार, सिरिया, टर्की, साउदी अरब, संयुक्त अरब इमिरेटमा पनि सियाहरु रहेका छन् । इस्लामको प्रारम्भिक इतिहासमा सियाहरुको उद्भव आन्दोलनका रुपमा भएको थियो । ‘सियात अली’बाट स्थापित आन्दोलनको नामपछि ‘अली पार्टी’को रुपमा विकसित भएको पाइन्छ । 

सियाहरुले सन् ६३२ मा मोहम्मद (अल्लाहको दूत अर्थात मुस्लिम समुदायका प्रवर्तक) को मृत्युपछि सम्पूर्ण मुस्लिम समुदायको ‘इमाम’को रुपमा साँचो उत्तराधिकारी अलि भएको दाबी गर्छन् ।

अलिको सन् ६६१ मा हत्या गरियो । उनको पाँच वर्षे ‘क्यालिफ’ कार्यकाल गृहयुद्धमा बित्यो । सियाहरु अलिका छोरा हसन र हुसेनलाई तिनको हक लाग्ने ठानिएको ‘क्यालिफ’ (धर्मको राजनीतिक नेतृत्व) लिनबाट वञ्चित गराएको विश्वास गर्छन् । 

सुन्नीले शासित देशहरुमा सिया समाजको सबैभन्दा गरिब तप्का हुने अवस्था छ । सियाले धेरैजसो आफूहरुलाई विभेद र दमनको पीडितको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘सुन्नी अतिवादी’हरु बारम्बार सिया सम्प्रदायकालाई मार्नु लायकको ‘धर्म भ्रष्टहरुको समूह’को रुपमा व्याख्या गर्ने गर्छन् । 

हुसेनको सन् ६४० मा हत्या गरियो । हुसेनलाई प्रतिस्पर्धी मुयावियाले विषको खुवाएर मारेको सियाहरुले विश्वास गर्छन् । मुयाविया सुन्नी उमायाद वंशबाट क्यालिफ भएका व्यक्ति हुन् । हसन सन् ६८१ मा प्रतिद्वन्द्वी उमायाद वंशसँगको युद्धमा मारिएका थिए । 

यही घटना घटेको दिनलाई लिएर सियाहरुले यो दिनलाई सहादत र शोक मान्ने दिनको रुपमा प्रचलनमा ल्याए । आजका मितिमा सिया इस्लामका तीन शाखा रहेका छन्, जसमा ‘जैदिज’, ‘इस्माइलिज’ र ‘इथ्ना असरिस’ रहेका छन् । 

यीमध्ये ‘इथ्ना असरिस’ सबैभन्दा ठूलो समूह हो । जसले मोहम्मदको धार्मिक नेत्तृत्व, आध्यत्मिक एकाधिकार र परालौकिक अगुवाइ गर्दै उनको बाह्र वर्षसम्म अगुवाइ गरेको विश्वास गरिन्छ । 

बाह्रौँ इमाम मुहम्मद अल–महदी सन् ८७८ मा एउटा मस्जिद मुनिको गुफाबाट अलप भएको सिया धर्मावलम्बीको विश्वास रहेको छ । इथ्ना असरिस यी अन्तिम इमाम नमरेको र समयको अन्त्यमा पृथ्वीमा न्याय स्थापनाका लागि फर्किने विश्वास गर्छन् ।

को हुन् सुन्नी ?
विश्वका डेड अर्बभन्दा बढी मुस्लिममा सुन्नीको सङ्ख्या बहुसङ्ख्यकमा रहेको छ । तथ्याङ्कहरुले ८५ देखि ९० प्रतिशतसम्म विश्वमा सुन्नी रहेको देखाएको छ । पश्चिम एसियाका इजिप्ट, जोर्डन र साउदी अरबको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या सुन्नी बहुल रहेको छ । 

सुन्नीहरु आफूलाई इस्लामको पुरातन हाँगा भएको मान्छन् । सुन्नि नाम ‘अहल्–अल–सुन्नाह’ पदावलीबाट लिइएको हो । जसको अर्थ ‘जनताको परम्परा’ (पिपुल्स अफ टे«डिसन) हुन्छ । यो सन्दर्भमा परम्पराले ‘हजरत महम्मद’ले भनेका, गरेका, स्वीकारेका वा विरोध गरेका कुराको अभ्यासलाई जनाउँछ ।

सबै मुस्लिमहरु सुन्नाह (परम्परा)बाट निर्देशित हुन्छन् । तर सुन्नीहरु यसको प्रधानतालाई जोड दिन्छन् । सियाहरु पनि मोहम्मदका ज्वाइँ र भतिजा अलीतर्फका वंशजको ज्ञानबाट निर्देशित हुन्छन् । 

सुन्निको जीवन न्यायिक विचारधाराको चार स्कुलबाट निर्देशित हुन्छ । जसमा प्रत्येक सुन्नाहको व्यावहारिक प्रयोग विकासमा केन्द्रित हुन्छन् ।

आजको तनावमा सम्प्रदायवादको भूमिका 

सुन्नीले शासित देशहरुमा सिया समाजको सबैभन्दा गरिब तप्का हुने अवस्था छ । सियाले धेरैजसो आफूहरुलाई विभेद र दमनको पीडितको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘सुन्नी अतिवादी’हरु बारम्बार सिया सम्प्रदायकालाई मार्नु लायकको ‘धर्म भ्रष्टहरुको समूह’को रुपमा व्याख्या गर्ने गर्छन् । 

आज पूरै मध्यपूर्वमा भइरहेको द्वन्द्वको विस्तरित रुपलाई अमेरिकाले साम्प्रदायिक र राजनीतिक सैन्य रुप प्रदान गरेकाले यो झनै बल्झिएर गएको हो ।

सन् १९७९ को इरानी क्रान्तिले सिया इस्लामको उग्र मुद्दा अघि सार्यो । यसलाई खाडीमा रहेको पुरातन सुन्नी शासकलाई चुनौतीको ठानियो । तेहरानको संस्थापन धार्मिक सरकारले आफ्नो सीमाभन्दा बाहिरका विभिन्न समूहहरुलाई समर्थन र सहयोग गर्ने नीति लिएपछि विश्वभरका अन्य सुन्नी समर्थित सरकार र आन्दोलनहरुले आफूलाई सिया सरकारले चुनौती दिन खोजेका रुपमा बुझ्यो । 

सिया बहुल क्षेत्रमा इरानको संस्थापनले लिएको नीतिलाई अमेरिकाले खुलेर विरोध गर्ने तथा सिया बहुल क्षेत्रमा रहेका विरोधीहरुमा आफ्नो घुसपैठ बढाउँदै उनीहरुलाई आर्थिक र सैन्य सहयोग जारी राखेका कारण नै हालको द्वन्द्व झनै विस्तारित भएको विश्लेषकहरुको बुझाइ रहेको छ । 

आज पूरै मध्यपूर्वमा भइरहेको द्वन्द्वको विस्तरित रुपलाई अमेरिकाले साम्प्रदायिक र राजनीतिक सैन्य रुप प्रदान गरेकाले यो झनै बल्झिएर गएको हो । सिया र सुन्नीको आफ्नो धार्मिक विभाजन र गहिरो अविश्वासबीच अमेरिकाले आगोमा घिउ थप्ने काम गरेकाले यो क्षेत्र र समु्दायका बीच शताब्दीयौँदेखिको असन्तुष्टी कम गर्ने प्रयासहरु भए पनि त्यसले सार्थक रुप लिन नसकेको हो । 

उदाहरणको रुपमा सिरियाली गृहयुद्धमा सिया धर्म सम्प्रदायका बसर–अल–असदको सरकारलाई समर्थन गर्ने हेजबुल्लाह लडाकु (छिमेकी लेबनानी सिया लडाकु समूह) र इरानको सैन्यले सिया सरकारलाई जोगाउन भूमिका खेलिरहेका छन् । 

उता साउदी अरबको सुन्नी सम्प्रदाय नेतृत्वको सरकारलाई सिरियाको सिया सम्प्रदाय समर्थित असद सरकार ढाल्न अमेरिका र अमेरिकासँग आबद्ध नाटोले आर्थिक र सैन्य सहयोग जारी राखेका छन् । साउदी अरेबिया र पश्चिमा राष्ट्रहरुले असद सरकार ढाल्न इस्लामिक स्टेट र सुन्नी जहादिस्ट समूहलाई सघाइरहेका छन् । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti