09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य


काठमाडौं, २ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६  तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो।

नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। पेट्रोल प्रति लिटर ८६ पैसा‌ र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ। नेपाल आयल निगमका अनुसार यही मूल्य कायम रहिरहे निगमलाई आगामी १५ दिनमा लगभग ६० करोड नाफा हुनेछ। अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ।


 रास्वपाले शुक्रबार बोलायो बैठक, उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने

रास्वपाले शुक्रबार बोलायो बैठक, उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने


काठमाडौं, २ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।

बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने जनाइएको छ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे औपचारिक निर्णय गरेको छैन ।

यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो । तर, उपराष्ट्रपतिको निर्वाचनमा भने गठबन्धनका उम्मेदवारलाई भोट नदिने रास्वपाले संकेत गरेको छ ।


बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो 

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो 


काठमाडौं, १ चैत । बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर बुधबारदेखि लागु भएको छ ।  वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था संघले १ चैतदेखि  कर्जामा एक प्रतिशत र निक्षेपमा शून्य दशमलब चार प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबारदेखि लागु भएको हो । 

उक्त निर्णय लागु भएसँगै बैंकहरुले अब कर्जामा पाँच प्रतिशतसम्म ब्याज लिन पाउने भएका छन् भने निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । 

विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ । नेपाल वित्तीय संस्था संघ फाइनान्सले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।


बजेट घाटा डेढ खर्ब नाघ्यो

बजेट घाटा डेढ खर्ब नाघ्यो


काठमाडौं, १ चैत । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड रूपैयाँ नाघेको छ। फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन भने छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ।  

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ। यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशत छ भने बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत छ।   चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। तर, लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् दुई खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ।   

सुरुआती विनियोजित बजेटको तुलनामा आठ महिनाको बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत मात्रै छ। अर्थात् फागुन मसान्तसम्म सरकारले कूल सात खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ। यस अवधिमा सरकारको चालु खर्च ५१ दशमलव ४६, पूँजीगत खर्च २२ दशमलव १५ र वित्तीय व्यवस्थातर्फको खर्च ३७ दशमलव ४१ प्रतिशत छ। चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म छ खर्ब आठ अर्ब ८४ करोड ४५ लाख बराबर छ।  

त्यस्तै, पूँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२ दशमलव १५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ। महालेखा नियन्त्रकको तथ्यांक हेर्दा आठ महिना अवधिमा पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ।  

फागुन मसान्तसम्ममा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२ दशमलव सात प्रतिशत बराबर मात्रै छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको छ। जसमध्ये आन्तरिक राजस्व संकलन ४१ दशमलव ५३ प्रतिशत अर्थात् पाँच खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ।   


तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको भाउ

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं, ३० फागुन ।  सुनको मूल्य एकैदिन तोलामा १६ सय रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ, यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ४ हजार एक सयमा छापावाल सुन र एक लाख ३ हजार ६ सयमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
 


सात महिनामा झण्डै ७ खर्ब रेमिट्यान्स भित्रियो

सात महिनामा झण्डै ७ खर्ब रेमिट्यान्स भित्रियो


काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ।

यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो।
माघ एक महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याँकले देखाउछ। पछिल्ले केहि महिनादेखि मासिक रुपमा १ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिदै आएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ पुगेका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

माघसम्ममा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।


ब्याजदर घटाउने बैंकहरुको तयारी

ब्याजदर घटाउने बैंकहरुको तयारी


काठमाडौं, २५ फागुन ।  वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए।

हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।
 


दक्षिण कोरिया उडान गर्दै नेपाल एयरलाइन्स

दक्षिण कोरिया उडान गर्दै नेपाल एयरलाइन्स


काठमाडौं, २१ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ ।

दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो । निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।
निगमले हाल भारतका तीन गन्तव्य आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।
 


वित्तीय संस्थामा विशेष सुरक्षा प्रबन्ध मिलाउन परिपत्र

वित्तीय संस्थामा विशेष सुरक्षा प्रबन्ध मिलाउन परिपत्र


काठमाडौं, २० फागुन । गृह मन्त्रालयले वित्तीय संस्थामा विशेष सुरक्षा प्रबन्ध मिलाउन परिपत्र गरेको छ। सरकारले देशभरका बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनमा परिपत्र गरेको हो।
पछिल्लो समय बैंक, लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएका ऋणीले समयमै चुक्ता गर्नुको साटो आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले परिपत्र गरेको जनाइएको छ ।
खराब ऋणमा संलग्न, बैंकिङ कसुर र ठगीमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो वित्तीय संस्थामाथि आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी मुख्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।
बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र सावधानीका लागि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको गृहका प्रवक्ता जितेन्द्र बस्नेतले बताएका छन् ।


पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौं, १६ फागुन । विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 
विशेषले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री तथा कांग्रेस सांसद टेकबहादुर गुरुङसहित नौ जनामाथि भ्रष्टाचार कसुर स्थापित गर्दै सजाय सुनाउने मिति तोकेको हो । २५ फागुनका लागि सजाय निर्धारणको फैसला सुनाउने मिति तोकिएको हो । गुरुङ पछिल्लोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित सांसद् हुन् । उनलाई मेला सञ्चालकको हैसियतमा मुद्दा चलाइएको थियो ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि थियो ।  उक्त क्रममा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom