09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायबलको आईपीओमा आवेदन दिने अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायबलको आईपीओमा आवेदन दिने अन्तिम दिन


काठमाडौं, १० साउन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २७ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

नेपाली धितोपत्र बोर्डबाट रिलायबल नेपाल लाइफले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति पाएको छ। कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। 

कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो। सीडीएससीका अनुसार हिजो साउन ९ गते साँझसम्म यो आईपीओमा विदेशमा रहेका २५ हजार ५९४ आवेदकबाट कुल १८ लाख ५२ हजार ५३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.५४ गुणाले बढी आवेदन हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

विदेशमा रहेका श्रमिकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। 

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। 


नेपालको वैदेशिक व्यापार घट्यो

नेपालको वैदेशिक व्यापार घट्यो


काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष ३ खर्ब रुपैयाँले आयात घटेको छ। आर्थिक वर्ष ०७९/०८० मा १६ प्रतिशतले आयात घटेको हो। आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्व रुपैयाँको आयात मात्रै भयो।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निर्यात २१.४४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सबैभन्दा धेरै २ खर्ब रुपैयाँको रहेकोमा १ खर्ब ५७ अर्ब रुपैयाँमा सिमित भएको छ। आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार पनि घटेको छ। अघिल्लो वर्ष २१ खर्ब २० अर्बको वैदेशिक व्यापार रहेकोमा अहिले १७ खर्ब ६८ अर्ब रुपैयाँमा सिमित भएको छ।


व्यक्तिगत घर कर्जा सीमा २ करोड

व्यक्तिगत घर कर्जा सीमा २ करोड


काठमाडौं, ७ साउन । रियल स्टेट कर्जालाई अनुत्पादक क्षेत्र मानेर जोखिम भार बढाएको राष्ट्र बैंकले आवासीय घर कर्जामा भने केही लचिलो बनेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दैै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएको हो । यसअघि व्यक्तिगत घर कर्जाको लागि डेढ करोड रुपैयाँसम्म मात्र उपलब्ध गराउँदै आएको थियो । आवासीय घर कर्जास्वरुप उपलब्ध गराइएको रकम रियल स्टेट कर्जा अन्तर्गत गणना गर्नुपर्दैन ।

राष्ट्र बै‌ंकले शेयर  धिताे कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जाेखिम भारसम्बन्धी व्यवस्था पुनरावलाेकन गर्ने जनाएकाे छ । अहिलकाे विद्यमान व्यवस्था अनुसार यी क्षेत्रहरुमा जाने कर्जामा १ सय ५० प्रतिशत जाेखिम भार कायम गर्नुपर्छ । सराेकारवालाले यसलाई १ सय प्रतिशतमा झार्नुपर्ने माग गर्दै आएका थिए । जाेखिम भार माग गरे बमाेजिम कायम हुन्छ कि हुँदैन भन्ने यकिन गर्न भने केन्द्रिय बै‌ंककाे निर्देशन नै कुर्नुपर्ने हुन्छ ।
 


विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने

विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने


काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले भारत बाहेका अन्य तेस्रो मुलुकको भ्रमणमा जाने नेपाली नगरिकलाई २५ सय डलरसम्म सटही सुविधा उपलब्ध गराउने भएको छ। 

राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१  को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो। विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले डलर सटही सुविधा घटाएर १५ सय डलर कायम गरेको थियो। ५ सय डलर बराबरको वर्षको दुईपटकसम्म सटही सुविधा पाउँदै आएकोमा अब २५ सम्म सटही सुविधा दिने घोषणा राष्ट्र बैंकले गरेको छ।

विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।


मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ)

मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ)


काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षको तुलनामा १.१ प्रतिशतले घटाएर ११.५ प्रतिशतमा सिमित गरेको छ।


भारतले लगायो चामल निर्यातमा रोक

भारतले लगायो चामल निर्यातमा रोक


काठमाडौं, ४ साउन । स्वदेशी बजारमा चामलको आपूर्ति बढ्दै गएपछि भारत सरकारले गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ।

बिहीबार विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा गैर-बासमती सेतो चामलको निर्यातमा रोक लगाइएकाे जनाएकाे छ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ।


अर्थले सबै मन्त्रालय, विभागलाई पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

अर्थले सबै मन्त्रालय, विभागलाई पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन


काठमाडौं, ४ साउन । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।


चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

‘वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन गर्नुपर्ने वा नयाँ तर्जुमा गर्नुपर्ने भएमा अर्थ मन्त्रालयको सहमति लिई साउन मसान्तभित्र अनिवार्य रूपमा तयार गरी लागू गर्नु हुनेछ । सो कार्यविधि स्वीकृत भएको सात दिनभित्र वेवसाइटमा राख्नुपर्नेछ’, मार्गदर्शनमा भनिएको छ ।
 


विमानस्थलबाट बरामद भएको सुनको तौल १५५ केजी

विमानस्थलबाट बरामद भएको सुनको तौल १५५ केजी


काठमाडौं, ४ साउन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकले जोखेको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५ केजी देखिएको छ ।
राजस्व अनुसन्धान विभागले सुन भएको पोका आज नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले सुनको पोका जोखिसकेको छ । बरामद भएको सुन पोकासहित जाेख्दा १५५ केजी निस्किएको छ । यद्धपी सुनमा बेरिएको कपडा, कार्टुन र स्कुटरकाे ब्रेक सु निकाल्दा भने सुनको परिमाण कम हुने अनुमान गरिएकाे छ।

ताैल लिँदा १६० वटा ब्रेक सु भेटिएको थियो । तीमध्ये एक ब्रेक सु बाहेक अन्य सबैमा सुन रहेको फेला परेकाे छ ।सुन भेटिएका ब्रेक सुबाट सुन निकालेर ताैल लिइने भएकाे हाे । 

राजस्व अनुसन्धान विभागले पोकाभित्र रहेको सुनकाे यकिन ताैल मापन गर्न केन्द्रिय बैंकलाई लिखित निवेदन दिनुपर्नेछ ।


 


सुनको भाउ ऐतिहासिक उचाइमा

सुनको भाउ ऐतिहासिक उचाइमा


काठमाडौं, ४ असार । सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साउन ४ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा पुगेको छ । यो सुनको भाउमा हालसम्मकै उच्च विन्दु हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि जेठ १९ गते, सुन नेपालको सुन इतिहासकै उच्च मूल्यमा कारोबार भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो ।

सुनको भाउ निरन्तर तीनदेखि उकालो लागेको हो । बुधबार पनि सुन तोलामा ६०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख ३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएको हो । यतिबेला चाँदी प्रतितोला एक हजार ४९५ रुपैयाँमा किनबेच हँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।


विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने


काठमाडौं, २ असार । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो।

‘वैदेशिक भ्रमणको प्याकेज विक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफुसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखांकनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ।’

प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्। कार्यविधिअनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन।

प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ।

तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom