09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक

करको दर हेरफेर, कसले कति तिर्नुपर्छ कर ?

करको दर हेरफेर, कसले कति तिर्नुपर्छ कर ?

काठमाडौं, १ असार । चालु आर्थिक वर्ष २०८०–८१ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर हेरफेर भएको छ।  आगामी र्थिक वर्षमा एकलको हकमा ५ लाख रुपैयाँसम्म र दम्पतीको हकमा ६ लाख रुपैयाँसम्मको करयोग्य रकममा १ प्रतिशत अर्थात क्रमशः ५ हजार र ६ हजार रुपैयाँ कर तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ। 

यसैगरी ५ लाख रुपैयाँभन्दा बढी ७ लाख रुपैयाँसम्मको करयोग्य रकममा एकल व्यक्तिले १० प्रतिशत अर्थात २० हजार रुपैयाँ र ६ लाख रुपैयाँभन्दा बढी ८ लाख रुपैयाँसम्म दम्पतीको हकमा १० प्रतिशत अर्थात २० हजार रुपैयाँ कर तिर्नुपर्नेछ। 

७ लाखभन्दा बढी १० लाखसम्मको करयोग्य आयमा एकल व्यक्तिले तथा ८ लाखभन्दा बढी ११ लाखसम्मको करयोग्य आयमा दम्पत्तिले २० प्रतिशत कर तिर्नुपर्नेछ । 

१० लाखभन्दा बढी बीस लाखसम्मको करयोग्य आयमा व्यक्तिले तथा ११ लाखभन्दा बढी २० लाखसम्मको करयोग्य आयमा दम्पत्तिले ३० प्रतिशत कर तिर्नुपर्नेछ ।  यस्तै, २० लाखभन्दा माथि ५० लाखसम्मको करयोग्य आयमा व्यक्ति तथा दम्पतीले ३६ प्रतिशत कर तिर्नुपर्नेछ। 

त्यस्तै ५० लाख रुपैयाँभन्दा माथि जुनसुकै करयोग्य रकममा एकल वा दम्पतीले ३९ प्रतिशतसम्म कर तिर्नुपर्नेछ। ६० लाख करयोग्य आय हुनेले तिर्नुपर्ने जम्मा कर रकम १८ लाख ५५ हजार रुपैयाँ हुने विभागले जनाएको छ। 

ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो 

ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो 

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । निगमले पत्रकार सम्मेलनमार्फत मूल्य घटाएकोबारेमा जानकारी गराएको हो ।

यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

घटेर आयो पेट्रोलको भाउ 

घटेर आयो पेट्रोलको भाउ 

काठमाडौं, ३१ असार । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ। आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगम (एनओसी)का प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

नयाँ दर आएपनि एनओसीले यहाँको लागि कायम हुने मूल्य सार्वजनिक गर्न बाँकी छ। गत असार १८ बाट एनओसीले मुलुकभर पेट्रोलियम पदार्थकाे बहुदर कार्यान्वयनमा ल्याएको छ। 

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा हाल भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ। यो क्षेत्रमा डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसाका कारोबार भइरहेको छ।  

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १६९ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रूपैयाँमा कारोबार भइरहेको छ। काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको १७० रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ। यो क्षेत्रमा डिजेल र मट्टीतेल प्रतिलिटर १५० रूपैयाँमा कारोबार भइरहेको छ।  भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ।

हवाई भाडा घट्यो, कहाँको कति ?(सूचीसहित)

हवाई भाडा घट्यो, कहाँको कति ?(सूचीसहित)

काठमाडौं, १९ असार ।  हवाइ इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घटाएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गरेर हवाई भाडा घटाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि लागू हुने प्राधिकरणले बताएको छ ।

नयाँ भाडादर अनुसार, यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं भद्रपुर उडानका लागि अब ४ हजार ८५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

निगमले सोमबार साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिकिलो लिटर ११५ अमेरिकी डलर (प्रतिलिटर करिब १५ रुपैयाँ)ले घटाएको छ ।

डिजेल, पेट्रोल र मट्टितेलको भाउ घट्यो

डिजेल, पेट्रोल र मट्टितेलको भाउ घट्यो

काठमाडौं, १८ असार । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।

मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा ७.५, दोस्रो वर्गमा ६ र तेस्रो वर्गमा ५ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ, दोस्रो वर्गका क्षेत्रमा १६९ र तेस्रो वर्गका क्षेत्रमा १७० रुपैयाँ तोकिएको छ। यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर १७५ रुपैयाँ थियो।

यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४७.५ रुपैयाँ, दोस्रो वर्गका क्षेत्रमा १४९ र तेस्रो वर्गका क्षेत्रमा १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ११५ अमेरिकी डलरले मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

भारतबाट घटेर आयो  पेट्रोल र एलपीजी ग्याँसको मूल्य 

भारतबाट घटेर आयो  पेट्रोल र एलपीजी ग्याँसको मूल्य 

काठमाडौं, १७ असार । पेट्रोल र एलपीजी ग्याँसको मूल्य घटेर आएको छ । आइओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार औसत मूल्य पठाउने गर्दछ ।
आयल निगमका अनुसार पेट्रोल प्रति लिटर १४ पैसा र एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेर आएको छ । जुलाई १ मा पठाएको मूल्य अनुसार ग्याँस बेच्दा निगम अहिले बीइपीमा छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हरेक वर्ष यो महिनामा एलपीजी ग्याँसको मूल्य न्यून विन्दुमा रहने गर्दछ भने भदौ लागेपछि विस्तारै भारतीय बजार तथा युरोपेली बजारमा समेत माग बढ्दै जाने हुँदा मूल्य पनि घट्दै जाने गर्दछ ।

नयाँ मूल्य सूची अनुसार डिजेलमा प्रति लिटर २ रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा घटेर आएको निगमले जनाएको छ । हवाई इन्धनमा धेरै नाफा भएर घटाउन दबाब आएपछि निगमले हालै मात्रै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ मूल्य घटाएको थियो । हवाई इन्धनको मूल्य समायोजना गर्दा समेत निगमलाई १ पाक्षिक रुपमा १ अर्ब ६३ करोड नाफा रहेकोमा पछिल्लो समय डिजेलमा समेत मूल्य घटेर आएकाले यो नाफा अहिले १ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको प्रवक्ता ठाकुरले बताए ।

पछिल्लो समय निगम नाफामा जान थालेपछि आइओसीको सबै बक्यौता भुक्तानी गरिसकेको छ भने सरकारलाई तिर्न बाँकी ६ अर्ब ३० करोड समेत निकट भविष्यमै तिर्न सक्ने देखिन्छ । निगमले पछिल्लो समय नाफामा जान थालेकाले बिक्री मूल्यका १ प्रतिशत मुल्य स्थिरीकरण कोषमा राखिने प्रवक्ता ठाकुरले बताए । निगम नोक्सानीमा रहँदा सोही कोषबाट २१ अर्ब रुपैयाँ रकम चलाएको थियो ।
 
ललिता निवास प्रकरणका तीन आरोपीद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

ललिता निवास प्रकरणका तीन आरोपीद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं, १४ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन्। 
तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । 
यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम छन्। उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ।

अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौंमा

अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौंमा

काठमाडौं, १२ असार । लिबाबा समूहका संस्थापक चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन्।

बंगलादेशबाट बोइङ बिमान ७३७ चार्टर विमान चढेर उनी २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी पर्यटक भिसामा नेपाल प्रवेश गरेको जनाइएको छ। उनीसँग एउटा टोली पनि नेपाल आएको छ।

नेपाल रहँदा ज्याक माले विभिन्न उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ। 
 
ऋण नतिर्ने बहानामा बैंकिङ्ग सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाहीको माग

ऋण नतिर्ने बहानामा बैंकिङ्ग सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाहीको माग

काठमाडौं, ११ असार । ऋण नतिर्ने बहानामा बैंकिङ्ग सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न बैंक तथा वित्तीय संस्थाका स‍ंघहरुले आग्रह गरेका छन्। वित्तीय क्षेत्रका ४ वटा संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका हुन्।
आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेकोमा संघहरुले निन्दा गरेका छन्। यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी–ग्राहकको सुरक्षाका लागी माग गरेको छ।
ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति–सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न माग गरेको छ।

भूकम्प पछिको समय होस वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितीमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउन खटिएको विज्ञप्तिमा उल्लेख छ।
मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैर–कानुनी हुने र ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनुपर्ने जनाएको छ।
साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने जनाएको छ।

Prabhu Side Bar

Sidebar Middle
Sidebar Bottom