09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


सुनचाँदीको भाउ वृद्धि

सुनचाँदीको भाउ वृद्धि


काठमाडौं, १० असार । लगातार गिरावट भएको सुनचाँदीको भाउ आइतबार वृद्धि भएको छ । असार १० गते, सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी रुपैयाँमा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन तोलामा ७०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

 


धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न निर्देशन

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न निर्देशन


काठमाडौं, ५ असार । सङ्घीय संसद्को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ ।  मङ्गलवार बिहान बसेकाे समितिको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो । धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किँदै गएपछि यस सम्बन्धमा छलफल गर्न सङ्घीय संसद्को अर्थ समितिले आज बैठक डाकेको थियो ।

समितिले गएको जेठ २९ गते नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ४३ वटा कम्पनीलाई आशयपत्र र १८ वटा कम्पनीलाई लाइसेन्स नै दिइसकेको अवस्थामा संसदीय समितिले त्यसलाई रोक्न भनेपछि अन्योल भएको थियो । नयाँ ब्रोकर एसोसिएशनले असन्तुष्टि जनाउँदै अर्थ समितिलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, १ असार । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।

उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ । सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । अब निगमले आइओसीलाई तिर्ने बक्यौता २ अर्ब भारुमा सिमित भएको छ ।


असारमा बैंकहरूको ब्याजदर यथावत 

असारमा बैंकहरूको ब्याजदर यथावत 


काठमाडौं, ३० जेठ । नेपाल बैंकर्स संघले असारमा बैंकको ब्याजदर थपघट नगर्ने भएको छ । मंगलबार बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय भएको हो ।

बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो । 
 


मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान पहिलोपटक भैरहवामा अवतरण

मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान पहिलोपटक भैरहवामा अवतरण


काठमाडौं, ३० जेठ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

 यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेकाे हाे । नेपाल एयरलाइन्सको मलेसिया- भैरहवा-काठमाण्डुको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया-काठमाण्डु ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।
 


सांसदहरुलाई गोजीमा हाल्न ५ करोड दिएको होइनः अर्थमन्त्री

सांसदहरुलाई गोजीमा हाल्न ५ करोड दिएको होइनः अर्थमन्त्री


काठमाडौं, २९ जेठ ।  संसदीय क्षेत्र विकास पूर्वाधारका लागि ५ करोड छुट्याएका अर्थमन्त्री डा प्रकाशशरण महतले यसको बचाउ गर्दै सम्बन्धित निर्वाचन क्षेत्रमा छुटेका योजनाहरुको विकासका लगिा विनियोजन गरेको बताएका छन्। 
प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महतले उक्त दाबी गरेका हुन्। 
‘संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई कोष–कोष–कोष भनेर सांसदहरुले आफ्नो गोजीमा राख्नलाई राखिएको हो भनेर प्रश्न उठाए, त्यो होइन। यो संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रम हो,’ मन्त्री महतले भने।
 


संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री


काठमाडौं,२९जेठ ।  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् । संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो ।

बजेटमाथिको छलफल आइतबार सकिएको थियो । बजेटको सत्तारुढ दलका सांसदहरूले नै प्रश्न उठाएका छन् । 

अर्थमन्त्री डा. महतले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । बहुमतले पारित भएपछि साउन १ गतेबाट बजेट लागु हुनेछ । 


इमानदार भएर काम गर्न कठिन रहेछ: अर्थमन्त्री 

इमानदार भएर काम गर्न कठिन रहेछ: अर्थमन्त्री 


काठमाडौं, २३ जेठ ।  बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिएका छन्।

प्रमुख प्रतिपक्ष नेकपा एमाले, रास्वपा, राप्रपासहित विपक्षी दलहरुले संचारमाध्यममा आएका समाचारका आधारमा अनधिकृत व्यक्तिलाई राखेर करका दर हेरफेर गरेको भन्दै प्रश्न उठाएपछि अर्थमन्त्री डा.महतले बजेट निर्माणको सन्दर्भमा उठेका प्रश्नमा जवाफ दिएका हुन् ।

संसदमा जवाफ दिने क्रममा अर्थमनत्री डा.महतले इमानदार भएरका गर्न कठीन भएको बताए। उनले भने, ‘इमानदारितामा एक इन्च पनि हल्लिएको छैन, इमानदार भएर काम गर्दा कठिन हुने रहेछ ।’

अर्थमन्त्री डा.महतले  कुनै पनि प्रभावबाट मुक्त भएर, पारदर्शी ढंगबाट काम गरेको दाबी पनि गरेका छन् ।  ‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन । विभिन्न फोरमबाट सुझाव दिए। हामीले सुनेका पनि छौं,’ उनले भने, ‘इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ। एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ। हामी त्यसलाई सत्यता ठान्छौँm तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौं।’

यस्तै मिडियामा असत्य खबर सार्वजनिक भएको पनि अर्थमन्त्री महतले बताए। आफूले इमानदार भएर बजेट ल्याए पनि प्रश्न उठाइएको भन्दै उनले दुःख व्यक्त गरे।


सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं, १९ जेठ । नेपाली बजारमा आज सुनको मुल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
 


सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउमा फेरि नयाँ रेकर्ड


काठमाडौं, १७ जेठ । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बजेट मार्फत प्रति दशग्राममा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा १२ हजार ७५० रुपैयाँ पुर्याएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बैशाख २१ गते सुनको भाउ अधिकतम १ लाख ११ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । उक्त रेकर्ड करिब एक महिनापछि जेठ १७ गते तोडिएको हो ।
अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ बुधबार १ हजार ५०० रुपैयाँले बढेको हो । लगातार ५ दिन गिरावट आएको सुनको भाउ बजेट मार्फत भन्सार दर बढे लगतै मंगलबार बढेको थियो । मंगलबार २ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो । पछिल्लो दुई दिनमा मात्रै सुनको भाउमा ३ हजार ९०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजावी सुनको भाउ १ लाख ११ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएको थियो ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom