09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, २ जेठ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

मंगलबार आईओसीले डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटाएर पठाएको  नेपाल आयल निगमले जनाएको छ । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १र१ महिनामा पठाउने गरेको छ ।

नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य घटाउने कि नघटाउने भन्नेबारे छलफल हुने निगमले बताएको छ ।


विदेशमा रहेका श्रमिकलाई घोराही सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन

विदेशमा रहेका श्रमिकलाई घोराही सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन


काठमाडौं, २ वैशाख । वैदेशिक रोजगारीमा रहेका नेपालीले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ भर्ने आज जेठ २ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओ आवेदन दिने म्याद थप गरिएको छ। 

विदेशमा रहेका श्रमिकले घोराही सिमेन्टको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयले भने अब जेठ १७ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन्।

कम्पनीले गत वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुन आउने ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ अर्थात् १०० रुपैयाँ अंकित दरका कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। 

उक्त कुल कित्तामध्ये कम्पनीले ५ प्रतिशतले हुन आउने ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीयका लागि जारी गरेको छ। सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ। 

कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँ प्रिमियरबापत ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेकालाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियरबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको छ। 

घोराही सिमेन्टको आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन्। दाङकै  बिंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाले पनि यो आईपीओमा आवेदन दिन पाउनेछन्।

स्थानीयले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।  स्थानीयले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इन्डस्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


शोधान्तरमा उल्लेख्य सुधार आएको छः  प्रधानमन्त्री 

शोधान्तरमा उल्लेख्य सुधार आएको छः  प्रधानमन्त्री 


काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमहरूको कारण अहिले शोधान्तरमा उल्लेख्य सुधार आएको बताएका छन् । 

सोमबार  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित “अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा” कार्यक्रममा सम्बोधन गर्दै उनले विदेशी मुद्राको सञ्चिति बढेको र तरलता र ब्याजदरलगायतका अन्य कतिपय परिसूचकहरूमा समेत सुधार आएको बताए । 

उनले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन सक्दैन। सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको बताउँदै भने, “भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यबद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसका साथै भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौँ।”

मन्तव्यकाे पूर्ण पाठ

कार्यक्रमका अध्यक्षज्यू,

अतिथि गण,

सञ्चारकर्मी मित्रहरु,

उपस्थित आदरणीय महानुभावहरु।

 १. सर्वप्रथम म नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो चौंथो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गैरहेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै महाधिवेशनको सन्दर्भ पारेर “अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानको भावी कार्यदिशा” सम्वन्धी कार्यक्रम समेत आयोजना गरेकोमा म संगठनप्रति धन्यवाद व्यक्त गर्दछु।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ भने बजेट तर्जुमाको कार्य अघि बढाएको छ। यस सन्दर्भमा आजको यस अन्तर्क्रियामा मुलुकको अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्वोधन गर्दै मुलुकलाई विकास र समृद्धितिर कसरी डोर्‍याउने भन्नेबारेमा विज्ञहरुबाट प्राप्त गहन सुझावहरु महत्वपूर्ण रहने मैले विश्वास लिएको छु।

२. विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९को महामारी र पछिल्लो समयको रुस–युक्रेन युद्धबाट आपूर्तिमा आएको अवरोधले नेपालको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पर्न गयो। आर्थिक कृयाकलाप सुस्त हुन गएकोले आर्थिक वृद्धि पनि अपेक्षाअनुसार हुने अवस्था रहेन। गत आर्थिक वर्षमा शोधनान्तर घाटा उच्च रहेको थियो भने विदेशी विनियम सञ्चिति न्यून स्तरमा झरेको थियो। सरकारले अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न चालेका कदमहरुको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको छ र विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। त्यसैगरी तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको छ। 

३. अब हाम्रो ध्यान अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी छ। यस अघि भइआएका र गरिआएका कामको निरन्तरताबाट हामी अघि बढ्न सक्दैनौ भन्ने प्रष्ट छ। तसर्थ हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता छ। अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्ने लगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अंग, निजी क्षेत्र र सबै सरोकारवालाहरुले समन्वयात्मक पहल गर्नुपर्दछ।

४. हामीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल गर्न सफल भएका छौं। तर त्यसै मुताविक जनताको आर्थिक–सामाजिक स्तरमा परिवर्तन हुन सकेको छैन। यसबाट आमजनमानसमा एक प्रकारको निरासा र वितृष्णा पैदा भएको साँचो हो, जुन बिभिन्न माध्यमहरुबाट प्रकट भइआएको हामीले देखेका र महशुस गरेका छौं। हामीले व्यवस्था त बदल्यौं, अब हामी अवस्था बदल्नमा केन्द्रित हुनुपर्दछ। यसका लागि हामीले सबैजसो क्षेत्रमा फड्को मार्ने किसिमले, क्रम भंग गर्ने किसिमले काम नगरी आम नागरिकको अवस्था परिवर्तन हुनेवाला छैन। 

५. मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश तथा स्थानीय तहले सार्वजनिक सेवा प्रवाह र विकास–निर्माणका कार्यलाई अझ छिटो–छरितो र गुणस्तरीय बनाउन सक्ने आधार तयार भएको छ। तीन तहको नयां संरचनालाई कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने कानून, कार्यविधि र पूर्वाधार निर्माणका प्रमुख कार्यहरु सम्पन्न भएका छन्। अब जनशक्ति व्यवस्थापनको कार्यलाई उचित ढंगले सम्वोधन गरेपछि संघीय संरचनाबाट मुलुक र जनताले प्राप्त गर्नसक्ने लाभ उच्चतम स्तरमा पुग्ने निश्चित छ।  

६. मेरो नेतृत्वमा सरकार बनेपछि शुरु देखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएका छन् भने सुशासन, समृद्धि तथा समाजिक न्याय लक्षित बिभिन्न नीति र कार्यक्रमहरु कार्यान्वयन गरिएका छन्। सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको छ। विद्यालयहरुमा समयमै पुस्तक पुगेको छ। किसानहरुले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित हुँदैछ। 

७. अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन सक्दैन। सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको छ। यो कुरा पछिल्ला केही कारबाहीबाट प्रष्ट भएको छ। भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले बिभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसका साथै भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं। 

८. मुलुकमा अन्य क्षेत्रमा केही प्रगति भएता पनि उत्पादन र रोजगारी वृद्धितर्फ हामीले प्रगति गर्न सकेका छैनौं। यसैको फलस्वरुप उपभोग्य वस्तुहरुको ठूलो मात्रामा आयात गर्नुपरेकोले व्यापार घाटा चुलिँदै गएको छ। त्यसैगरी, रोजगारीको खोजीमा प्रतिदिन दुईहजारभन्दा बढी युवा विदेसिनुपरेको अवस्था छ। यसो हुनुमा हाम्रा नीति, योजना र कार्यक्रम तथा तिनको कार्यान्वयन प्रभावकारी हुन नसक्नु प्रमुख कारण रहेका छन्। यस अवस्थालाई मनन गरी अब हामीले हाम्रा नीति, योजना तथा कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने देखिएको छ। प्रभावकारी हुन नसकेका कतिपय कार्यक्रमहरुलाई खारेज गरेर नयाँ कार्यक्रम कार्यान्वयनतर्फ लाग्न आवश्यक छ।

९. कोभिड–१९ को महामारीले शिथिल बन्न पुगेको अर्थतन्त्रको पुनरोत्थानको लागि सरकारले वित्त नीतिमार्फत् र केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् चालेका कदमबाट अर्थतन्त्र चलायमान हुन लागेको बेला रुस–युक्रेन युद्धले पुनरोत्थानको लय अवरुद्ध गर्नुका साथै नयाँ चुनौती थपिदियो। यी चुनौतीहरुको सामना गर्ने क्रममा हाम्रा कतिपय संरचनाहरुमा रहेका कमजोरी र नीतिगत असन्तुलन पनि उजागर हुन आएका छन्। एक क्षेत्रको समस्या समाधान गर्न चालिएको कदमले अर्को क्षेत्रमा समस्या सिर्जना गरेको अवस्था पनि देखियो। आगामी दिनमा यस्ता कमी(कमजोरी हुन नदिन सतर्क हुन आवश्यक छ। 

१०. बैंकिङ क्षेत्रको विकास र विस्तारबाट मुलुकमा वित्तीय पहुँच बढेको छ। कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुगेको छ। तर बैकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव न्यून देखिन्छ। त्यसैगरी, सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत(साधनको उपयोग गर्ने, उपलव्ध स्रोत(साधन प्रत्यक्ष(अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने जस्ता समस्या पनि देखिएका छन्। अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन्। यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ।

११. हाम्रो अर्थतन्त्रले आन्तरिक र वाह्य कारणले सिर्जना भएको चुनौतीको उच्चतम बिन्दु पार गरिसकेको छ। आगामी परिदृश्य राम्रो रहेको  छ। पर्यटन पूर्वाधारमा गरिएको लगानी र कोभिड महामारी पछि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहल(पहलबाट आगामी शरदऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वको अवस्थामा फर्कने संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् उद्योगी(व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको छ। बैंकिङ क्षेत्रको तरलता बढ्दै जाने र कर्जाको ब्याजदर घट्दै जाने क्रमले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ।

१२. सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले संरचनागत सुधार गर्ने, बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने, अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिनेछ। यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जानेछ।

१३. कर्मचारी संगठनले आफू कार्यरत संस्थाको हितलाई प्राथमिकतामा राखी कर्मचारीको हकहितको लागि पहल गर्ने र कर्मचारीको योगदानमा वृद्धि गर्ने कुरामा जोड दिनुपर्दछ। नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकले यसैअनुरुप आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लानेछ भन्ने मैले विश्वास लिएको छु।  

अन्त्यमा, म पुनः एकपटक नेपाल राष्ट्रिय कर्मचारी संघ नेपाल राष्ट्र बैंकको चौंथो केन्द्रीय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु, धन्यवाद 


मौद्रिक नीति समीक्षा : बैंक दर घटाइयो, अब ब्याज दर पनि घट्ने (पूर्णपाठ)

मौद्रिक नीति समीक्षा : बैंक दर घटाइयो, अब ब्याज दर पनि घट्ने (पूर्णपाठ)


काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नीति लचकता अपनाएको छ। शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दर घटाउने निर्णय गरिएको हो।

राष्ट्र बैंकले बैंकदर १ प्रतिशत बिन्दुले घटाएर ७.५ प्रतिशत कायम गरेको छ। यसअघि बैंकदर साढे ८ प्रतिशत थियो। राष्ट्र बैंकले बैंक दरमा उपलब्ध हुँदै आएको दैनिक तरलता सुविधा ७ प्रतिशतमा सीमित गरेकाले अन्तरबैंक ब्याजदर १.५ प्रतिशत बिन्दुले घट्न पुगेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्दा ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्‍याएको छ।

सिडी रेसियो सुविधा ६ महिना थप गर्दा बैंकहरुलाई सहजीकरण गर्ने हुने देखिएको छ। राष्ट्र बैंकले पछिल्ला दुई त्रैमाशमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनर्कर्जा सुविधा दिने भएको छ।  यसको विधि र क्षेत्र एकीकृत निर्देशनमा आउने छ।

राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड ?पैयाँसम्मको कर्जालाई २०८० असारभित्र पुनसंरचना र पुर्नतालिकीकरण गर्ने सुविधा दिएको छ।

पूर्णपाठ


संघीय संसद् अधिवेशन आजदेखि

संघीय संसद् अधिवेशन आजदेखि


काठमाडौं, २४ वैशाख । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम  संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने जनाइएको छ ।

सदनको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्नुहुने विषय पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
 


सुनको मूल्यमा नयाँ रेडर्क, प्रतितोला १२ सयले बढ्यो

सुनको मूल्यमा नयाँ रेडर्क, प्रतितोला १२ सयले बढ्यो


काठमाडौं, २१ वैशाख । सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएको छ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ। साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।
 


ह्वात्तै बढ्यो सुनको भाउ 

ह्वात्तै बढ्यो सुनको भाउ 


काठमाडौं, २० वैशाख । सुनको भाउ ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  
 


आर्थिक वृद्धिदर १.८६ प्रतिशत मात्र

आर्थिक वृद्धिदर १.८६ प्रतिशत मात्र


काठमाडौं , १९ वैशाख ।  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशत हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक विभागले मंगलवार उक्त अनुमान सार्वजनिक गरेको हो।

सरकारले भने गत वर्षको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो। तर १.८६ प्रतिशत मात्र वृद्धिदर हुने अनुमान विभागको छ। आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।

नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको पनि विभागले जनाएको छ । आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुनेछ ।

 


 


तातोपानी नाका दुईतर्फी सञ्चालनमा    

तातोपानी नाका दुईतर्फी सञ्चालनमा    


काठमाडौं, १८ वैशाख । तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।     
     
आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए। 
    
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ ।     
     
 सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए । 
 


स्मार्ट टेलिकमको लाइसेन्स खारेज

स्मार्ट टेलिकमको लाइसेन्स खारेज


काठमाडौं ४ वैशाख । स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको घोषणा गरेको छ ।
स्मार्टले नवीकरण दस्तुरका रुपमा मात्रै कुल २० अर्ब, १३ करोड २७ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । तर, अहिलेसम्म ७५ करोड मात्रै तिरेर कम्पनीले नवीकरणका लागि तोकिएको ३ वैशाखसम्म आवेदन नै दिएन । 
लाल साहु डिस्ट्रिब्युटर प्रालि सिंगापुरको ७० तथा जिल्याटको १० प्रतिशतसहित सचिनलाल आचार्यको स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर रहेको कम्पनीको लाइसेन्स र सम्पत्ति प्राधिकरणले नियन्त्रणमा लिएको छ ।

दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार प्राधिकरणले कम्पनीको सेवा सञ्चालन र सम्पत्ति लिलामीको जिम्मा व्यवस्थापन समूहलाई दिएको छ ।

 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom