14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।
निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन। निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। यो सहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ।


 


ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर(पूर्णपाठसहित)

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर(पूर्णपाठसहित)


काठमाडौं, ३ फागुन । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो।

दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको सर्वोच्च अदालतका प्रवक्ता धनबहादुर कार्कीले अलालतको फैसला सुनाउने क्रममा बताए।

उनका अनुसार अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ। सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए। उनले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको बताए।

अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री समशेर राणालाई भने सफाइ दिएको छ।

बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन्।

छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोड भन्दा बढी हानि नोक्सानी गरेको अदालतले ठहर गरेको छ। 

उनीहरुसँग दामासाही ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ। अदालतले ललिता निवास जग्गा प्रकरणमा विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ।
 


वैदेशिक लगानी प्रतिबद्धता घट्यो

वैदेशिक लगानी प्रतिबद्धता घट्यो


काठमाडौं, ३ फागुन । नेपालकाे औद्योगिक क्षेत्रमा माघ महिनामा वैदेशिक लगानी प्रतिबद्धता घट्न पुगेको छ । उद्योग विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघ महिनामा नेपालको औद्योगिक क्षेत्रमा लगानी प्रतिबद्धता घट्न पुगेको हो ।

विभागका अनुसार माघ महिनामा १५ वटा विभिन्न विदेशी कम्पनीहरूले नेपालमा ३४ करोड बराबरको लगानी स्वीकृति लिएका छन्, जुन लगानी विदेशी कम्पनीहरूले साना उद्योगहरूमा मात्रै गर्नेछन् । माघ महिनाको लगानी स्वीकृति मध्ये ५३ प्रतिशत पर्यटन क्षेत्र, ३३ प्रतिशत उत्पादन क्षेत्र र २० प्रतिशत सेवा क्षेत्रमा रहेको छ ।

जबकी अघिल्लो पुस महिनामा भने विभिन्न २७ वटा कम्पनीहरुले १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रूपैयाँ बराबरको विदेशी लगानीको स्वीकृति लिएका थिए । पुस महिनाको लगानी स्वीकृति भने ५ वटा मझौला उद्योगमा पनि रहेको थियो ।

विभागका अनुसार माघ महिनामा विभिन्न ३ वटा विदेशी कम्पनीले ८४ करोड ७० लाख बराबरको शेयर खरिदको लागि स्वीकृति लिएका छन् भने २ वटा विदेशी कम्पनीहरुले प्रविधि हस्तान्तरणको स्वीकृति लिएका छन् । पुस महिनामा ७ वटा विदेशी कम्पनीहरुले २६ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको शेयर खरिद स्वीकृति लिएका थिए भने ४ वटा विदेशी कम्पनीले प्रविधि हस्तान्तरणको स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको माघ महिनाको अन्त्यसम्म २४१ वटा कम्पनीहरुले २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको नेपालमा लगानीको लागि स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकअनुसार माघ महिनामा नेपालमा लगानी गरेका विभिन्न विदेशी कम्पनीहरूले ३३ करोड २२ लाख ९५ हजार ३२० रूपैयाँ बराबरको नेपाली, ८७ लाख ४९ हजार ९४२ अमेरिकी डलर र ४० लाख ४५ हजार ५८८ बराबरको भारतीय रूपैयाँ रोयल्टी बापत लगेका छन् । त्यस्तै, सेवा शुल्क वापत ४६ लाख १७ हजार २ सय रुपैयाँ बराबरकाे भारतीय रूपैयाँ विभिन्न विदेशी कम्पनीले नेपालबाट लगेका छन् ।
 


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा रवि लामिछाने र गितेन्द्रबाबु राईमाथि छानबिन शुरु

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा रवि लामिछाने र गितेन्द्रबाबु राईमाथि छानबिन शुरु


काठमाडौं, २ फागुन ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको छ ।
माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको विषय हालै सार्वजनिक भएकाे छ । चिट्ठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ ।

राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । लामिछाने राईका व्यापारिक साझेदार हुन् । ग्यालेक्सी फोरके टीभीमा राईसँग लामिछाने साझेदार थिए । विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई, एभरेस्ट, एनआईसी एशिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिट्ठी लेखेको छ ।

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरबाट बरामद भएको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएकाे सार्वजनिक भएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकहरूलाई पत्र पठाएकाे विषय पनि बाहिर आएकाे हाे । 
 


नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छ : आईएमएफ टोली

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छ : आईएमएफ टोली


काठमाडौं, १ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ ।

टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्ष सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फीति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ ।

टोली प्रमुख किण्डाले सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा जोड दिए । यसका साथै आसन्न लगानी सम्मेलनमा विद्यमान चुनौतीका सम्भावनालाई पहिल्याएको उनको भनाइ थियो ।

टोलीले अर्थमन्त्री डा। प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीसँग छलफल गरेको थियो । छलफलमा कोषका एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक गुल्डे वल्फलगायत सहभागी थिए ।


अघि बढ्यो ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया

अघि बढ्यो ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया


काठमाडौं, १ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया अघि बढाएको हो।

ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन पनि कार्यालयले भनेको छ।

यी हुन् ती ११ निर्माण कम्पनीः


मौद्रिक नीतिको समीक्षा : के-के भयो परिवर्तन?

मौद्रिक नीतिको समीक्षा : के-के भयो परिवर्तन?


काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले मुद्दति निक्षेपको ब्याजदर तथा ब्याजदर ‘करिडोर’ कार्यान्वयनमा नयाँ व्यवस्था गरेको छ।

“ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ”, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ, “संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ।”

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थतन्त्रको आन्तरिक एवं बाह्य स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थालाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरलाई यथावत राखिएको छ। 

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ।


सरकारले बजेटको आकार २ खर्बभन्दा बढीले घटायो (पूर्णपाठ)

सरकारले बजेटको आकार २ खर्बभन्दा बढीले घटायो (पूर्णपाठ)


काठमाडौं, २९ मंसिर । अर्थमन्त्री डा‍.प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटको आकार घटेको बताएका छन् । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उनले चालु आवको बजेटको आकार संशोधन गरेर घटाइएको बताएका हुन् ।

अर्थमन्त्री महतका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, कुल विनियोजनको ८७.३७ प्रतिशत हो । गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, अर्थ वार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब हाराहारीमा घटाइएको छ।


वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर

वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर


काठमाडौं, २९ माघ ।  अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । विभिन्न २० वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदरमा अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केही बैंकले भने स्थिर राखेका छन् । बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।


नयाँ ब्याजदर अनुसार सबैभन्दा सस्तो कृषि विकास बैंकमा देखिएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ६.४४३ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै संस्थागत निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने बताइएको छ ।

फागुनका लागि बैंकहरूको ब्याजदर ८.१५ प्रतिशतभन्दा बढी छैन । कुमारी बैंकको ८.०१ प्रतिशत र हिमालयन बैंकको ८.१५ प्रतिशत छ । बाँकी १८ बैंकको भने ब्याजदर ८ प्रतिशतभन्दा कम छ । ब्याजदर स्थिर राख्नेमा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंक छन् ।

अन्य १६ बैंकले भने ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ ।

कृषि विकास बैंक : ६ दशमलव ४४ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक : ७ दशमलव ३५ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंक : ७ दशमलव ३५ प्रतिशत

प्राइम कमर्सियल बैंक : ७ दशमलव ४ प्रतिशत

नेपाल बैंक : ७ दशमलव २५ प्रतिशत

सानिमा बैंक : ७ दशमलव ५१ प्रतिशत

प्रभु बैंक : ७ प्रतिशत

नेपाल इन्भेस्टमेन्ट बैंक : ८ प्रतिशत

एनएमबी बैंक : ८ दशमलव ५ प्रतिशत

ग्लोबल आईएमई बैंक : ७ दशमलव ६ प्रतिशत

नबिल बैंक : ७ दशमलव ७६ प्रतिशत

नेपाल एसबीआई बैंक : ८ दशमलव १ प्रतिशत

कुमारी बैंक : ८ दशमलव ०१ प्रतिशत

एनआइसी एशिया बैंक : ८ प्रतिशत

हिमालयन बैंक : ८ दशमलव १५ प्रतिशत

लक्ष्मी सनराइज बैंक : ८ प्रतिशत

माछापुच्छ्रे बैंक : ८ प्रतिशत

एभरेष्ट बैंक : ८ प्रतिशत

सिद्धार्थ बैंक : ८ प्रतिशत

सिटिजन्स बैंक : ८ दशमलव २५ प्रतिशत


इन्फिनिटी लघुवित्तद्वारा AML/CFT & Quality Growth Training देशभरका सातै प्रदेशमा भव्यताको साथ सम्पन्न 

इन्फिनिटी लघुवित्तद्वारा AML/CFT & Quality Growth Training देशभरका सातै प्रदेशमा भव्यताको साथ सम्पन्न 


काठमाडौं , २८ माघ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नं. १ देखि प्रदेश नं. ७ सम्मका ४३ वटा जिल्लका ९५ ओटै शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth  तालिम सञ्चालन गरेको छ ।

सम्पूर्ण प्रदेशमा कार्यक्रम वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा Quality Growth का विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलिका विशेष रणनिती, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनिती र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका कर्जा असुलि एवं अनुगमन तथा सुपरीवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । 

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए । 

कार्यक्रम विभिन्न मितिमा विभिन्न जिल्लाहरु जस्तै बाराको सिमरा, महोत्तरीको बर्दिवास, सुनसरीको ईटहरी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, कैलालीको अत्तरीया र बाँकेको कोहलपुर गरि नेपाल अधिराज्यभर विभिन्न सात स्थानमा भब्यताको साथ कार्यक्रम सम्पन्न भएको विभागीय प्रमुख नयन देवकोटाले बताए ।