09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


महानायक राजेश हमालका भाइ राकेश हमालको निधन 

महानायक राजेश हमालका भाइ राकेश हमालको निधन 


काठमाडौ, साउन ७ । हानायक राजेश हमालका भाइ राकेश हमालको  निधन भएको छ । उनको  दिल्लीमा उपचारका क्रममा मृत्यु भएको हो ।

 लामो समय देखिकलेजोमा समस्या जेल्दै आएका  राकशेलाई केही दिन अघि  प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो ।   राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएका छन् । र उनका श्रीमती र दुई छोराछोरी छन् ।

 
 


गायक रामकृष्ण ढकालको आज जन्मदिन, भन्नुहोस् शुभकामना

गायक रामकृष्ण ढकालको आज जन्मदिन, भन्नुहोस् शुभकामना


काठमाडौं, साउन ७ ।  गायक गायक रामकृष्ण ढकाल आजबाट ४६ औं वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी समाजिक सञ्जालमा उनका शुभचिन्तक, कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन्  ।  

माया गर्नेको, बिहान उठ्ने बित्तिकै, ओराली लागेको लगायतका कैयौँ कालजयी गीतका यि सर्जक दर्जनौ पुरस्कारले पुरस्कृत भैसकेका छन् । उनी अहिले  गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायकको भूमिका निभाइरहेका छन् ।


अभिनेत्री ऐश्वर्या अर्जुनलाई पनि लाग्यो कोरोना

अभिनेत्री ऐश्वर्या अर्जुनलाई पनि लाग्यो कोरोना


काठमाडौँ,  साउन ६  । भारतमा महामारीकै रुप धारण गरेको कोरोनाले एकपछि अर्को गर्दै कलाकारहरुलाई पनि आक्रमण गरिरहेको छ । भारतीय लोकप्रिय अभिनेता अमिताभ वच्चनको परिवारमा संक्रमण देखिएपछि कैयौँ भारतीय कलाकारहरुमा पनि संक्रमण देखिनेक्रम जारी नै छ । 

जसमध्ये दक्षिण भारतीय फिल्मकी अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै भनेकी छिन् ‘हालै मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ, म घरमै क्वारेन्टिनमा छु, मेडिकल टिमले दिएको सबै सल्लाहको पालना गरिरहेकी छु  ।  ऐश्वर्याभन्दा पहिले अर्जुन सरजाका भतिजा ध्रुव सरजा र उनकी पत्नीमा पनि कोरोना देखिएको थियो ।


कोरोना कहरकाबिच शाहरुखले ढाके आफ्नो सिंगो घर प्लाष्टिकले

कोरोना कहरकाबिच शाहरुखले ढाके आफ्नो सिंगो घर प्लाष्टिकले


एजेन्सी ।  भारतमा कोरोना कहर बढीरहेका बेला भारतीय सुपरस्टार शाहरुख खानको परिवार भने घरबाहिर नै ननिस्किी घर भित्रमात्रै बसिरहेको छ ।

शाहरुख आफ्नो ५ तले बंगला मन्नत भित्र शाहरुख ३ सन्तान र पत्नि गौरी सहित बसिरहेका छन् ।  शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् ।

शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् ।


भिषण वर्षासँगै आएको बाढी र पहिरोले भत्कायो धादिङमा पृथ्वी राजमार्गको पुल

भिषण वर्षासँगै आएको बाढी र पहिरोले भत्कायो धादिङमा पृथ्वी राजमार्गको पुल


काठमाडौं, साउन ५ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले बगाएको छ । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार पुल भत्किएसँगै  पृथ्वी राजमार्गमा आवतजावत गर्ने सवारी ठप्प छन् । धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


ह्याण्डसम हिरो पुष्प खड्काको आज जन्मदिन

ह्याण्डसम हिरो पुष्प खड्काको आज जन्मदिन


काठमाडौं, असार ५ । आज नायक पुष्प खड्काको जन्मदिन हो । चलचित्र अझै पनिबाट डेब्यू गरेका पुष्पलाई जन्मदिनको अवसरमा बिहानैदेखि शुभकामना आइरहेको छ ।

 अझै पनि, दर्पणछायाँ २, दाल भात तरकारी, मारुरी, मंगलम, लगायतका चलचित्रमा काम गरेका पुष्प आजबाट ३१ वर्षमा लागेका छन् । कैयौँ म्यूजिक भिडियोमा काम गरेर वाहवाही बटुलेका यि ह्याण्डसमलाई हाम्रो पनि शुभकामना ।


 अभिनेता  प्रभाष र दीपिका पादुकोणका फ्यानका लागि आयो खुशीको खबर

 अभिनेता  प्रभाष र दीपिका पादुकोणका फ्यानका लागि आयो खुशीको खबर


 नयाँदिल्ली । साउथ फिल्मका सुपरस्टार भनी चिनिने बलिउडका प्रभावशाली अभिनेता प्रभाष दीपिका पादुकोणसँगै अभिनय गर्ने भएका छन् ।

नाग अश्विनले बनाउन लागेको फिल्ममा उनीहरु एउटै पर्दामा देखिने भएका हुन् । यसअघि पनि प्रभाषका शुभचिन्तकहरुले बलिउडका चर्चित अभिनेत्रीहरुसँग अभिनय गर्न सुझाव र सल्लाह दिने गरेका थिए ।

निर्देशक अश्विनको नयाँ फिल्म ‘महानती’मा प्रभाष र दीपिका सँगै अभिनय गर्ने भएका हुन् । वहुचर्चित फिल्म ‘बाहुबली’बाट चर्चामा आएका प्रभाषले उक्त फिल्म रिलिज भएपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।अन्नपुर्ण पोष्टमा खबर छ । 

हाल बलिउडकी चर्चित अभिनेत्री दीपिकासँगै फिल्ममा काम गर्ने समाचार आएपछि प्रभाषका प्रशंसकहरुले शुभकामना दिन थालेका छन् ।


ऐश्वर्या बिरामी भएपछि रेस्लर जोन सेनाले शेयर गरे ऐश्वर्याको तस्बिर

ऐश्वर्या बिरामी भएपछि रेस्लर जोन सेनाले शेयर गरे ऐश्वर्याको तस्बिर


  काठमाडौ, साउन ५ । रेस्लर तथा डब्लूडब्लूई स्टार जोन सेनाले आफ्नो इन्स्टाग्राममा बलिउड अभिनेत्री ऐश्वर्या रायको तस्बिर शेयर गरेका छन् ।सोसल मिडियामा नियमित शेयर गर्ने क्रममा उनले ऐश्वर्याको तस्बिर हालै पोस्ट गरेका हुन् । तर उनले यसबारे केही क्याप्सन लेखेका छैनन् । कोरोनाभाइरसबाट संक्रमित भएकी ऐश्वर्या राय अस्पताल भर्ना भएपछि अचानक जोन सेनाको यस्तो शेयरिङ आएको हो । ऐश्वर्या कोभिड–१९ को उपचारका लागि शनिबार मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी छन् ।

ऐश्वर्या अस्पताल भनाए भएपछि नै जोन सेनाले उनको तस्बिर पोस्ट गरेका हुन् । विश्वचर्चित रेस्लर जोन सेना बलिउडप्रति झुकाव राख्ने अमेरिकी सेलिब्रिटीको रुपमा चिनिन्छन् । जोन सेनाले यसअघि ऐश्वर्याका श्रीमान तथा बलिउड अभिनेता अभिषेक बच्चन र उनका बाबु अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि गत साता इन्स्टाग्राममा उनीहरुको तस्बिर शेयर गरेका थिए ।अन्न्पुर्ण पोष्टमा खबर छ । 

साथै सुशान्त सिंह राजपुत, ऋषि कपुर, इरफान खानको निधनमा पनि जोन सेनाले उनीहरुको तस्बि शेयर गरेका थिए । बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन, उनका छोरा अभिनेता अभिषेक, अभिषेककी श्रीमती तथा अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई गत साता कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । तर अमिताभकी पत्नी जया बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेभिट आएको थियो ।


फेरी शोकमा डुब्यो बलिउड, यि चर्चित निर्देशकको निधन

फेरी शोकमा डुब्यो बलिउड, यि चर्चित निर्देशकको निधन


काठमाडौ, साउन ४ । भारतीय चर्चित निर्देशक रजत मुखर्जीको निधन भएको छ । भारतीय मिडियाका अनुसार  लामो समयदेखि स्वास्थ्यमा समस्या जेल्दै आएका मुखर्जीले हालसम्म दर्जनो चलचित्रमा अभिनय गरिसकेका छन् । उनको निधनप्रति बलिउडका कलाकारले दुख ब्यक्त गरेका छन् ।

उनको निधनको खबर चलचित्र ‘रोड’ का अभिनेता मनोज बाजपेयीले पुष्टी  गरेका हुन् ।


प्रियंका चोपडा र उनकी सासु छन् साथीजस्ता, दुवैले गर्छन् मिलेर एकसाथ रमाइलो

प्रियंका चोपडा र उनकी सासु छन् साथीजस्ता, दुवैले गर्छन् मिलेर एकसाथ रमाइलो


एजेन्सी । भारतीय चर्चित नायिका प्रियंका चोपडाले आँफुभन्दा १० वर्ष कान्छा प्रेमीसँग विबाह गरेसँगै थप चर्चा कमाइन् ।

अहिले उनी आँफुभन्दा जम्मा १६ वर्ष जेठी सासुका कारण चर्चामा छिन् । पछिल्ला दिनमा प्रियंका आफ्नी सासु अर्थात निक जोनासकी आमा डेनसी मिलर जोनाससँग निकै नजिक छिन् ।

यी दुई सासुबुहारीको सम्बन्ध प्रशंसकहरुबीच निकै लोकप्रिय छिन् । प्रायः यी दुई मस्ती गरिरहेका हुन्छन् । यी दुईको सम्बन्ध सासु बुहारीको भन्दा साथी–साथीको जस्तो देखिनएको भन्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom