काठमाडौं, श्रावण १ । नायिका क्याट्रिना कैफ आजबाट ३७ वर्षमा लागेकी छिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।
'२००३ को मे मा फिल्म बूम बाट बलिउडमा प्रबेश गरेकी क्याट्रिनाले आजकै दिन जम्दिन मनाउँदै आएकी छिन् । उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाइरहेकी छिन् ।
काठमाडौं । भारतीय चर्चित नायक फराहन अख्तरका सवारी चालकलाई पनि कोरोना संक्रमणको पुष्टी भएको छ । भारतीय मिडियाका अनुसार उनका सवारी चालकमा कोरोनाको संक्रमण पुष्टी भए लगत्तै आइसोलेसमा राखेर उपचार सुरु गरिएको छ ।
फरहनका घरका अरु सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
काठमाडौं, साउन १ । अश्लिल टिकटक पोष्ट गरेपछि एक महिला पक्राउ परेकी छिन् । घटना हो इजिप्टको मिश्रको । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ ।
सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।
नयाँदिल्ली, साउन १ । भारतको वलिउडका सुपरस्टार आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिंग सकाएपछि एक हजार करोड भारु बजेटमा बन्न गइरहेको पौराणिक कथामा आधारित चलचित्र ‘ महाभारत’ मा खेल्ने जि न्युजले जनाएको छ ।
तर यस ऐतिहासिक चलचित्रमा उनले भगवान कृष्ण वा वा कौरवको पक्षबाट युद्ध मैदानमा उत्रने कर्णको भुमिका मध्ये एउटा छान्ने भएका छन् । कौरवमा हस्तिनापुरका पंच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ । यो चलचित्र वलिवुडको इतिहासमै अहिले सममकै सबैभन्दा ठूलो बजेटको हुने बताइएको छ ।
चलचित्र उद्योगका ट्रयाकर रमेश बालाले ट्विट गरेका छन् , ‘यो चलचित्र निर्माण मुल्यका आधारमा हलिवुडका ‘दि लर्ड अफ दि रिंग्स’ वा ‘दि गेम अफ थ्रोन्स’ जस्ता नामुद चलचित्रको कोटीमा पर्नेछ ।
यस अघि यो महाभारत श्रंखला रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो । विश्वको चासो र आकर्षण तान्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय सतरका लेखकहरले लेखने संचार माध्यमले जनाएको छ ।
केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाइृ अन्तर्वार्ता दिने क्रममा आमिर खानले महाभाारतमा आफुलाई मनपर्ने पात्र ‘कर्ण’ को भएको बताएका थिए । तर उनले कृष्णको भुमिका निभाउनु पर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन् ।
उनले भनेका छन् , ‘ महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो । तर मलाई थाहा छ यस परियोजनाका लागि मैले जिवनको कमितमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ । मलाइ मनपर्ने पात्र कर्ण हो ।
तर मेरो शारिरीक बनोटका कारण त्यो भुमिका निभाउन पाउने कुरामा म निश्चित छैन । मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ । त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मनपर्छ । उनी कृष्णलाइ आफ्ने मानिसहरुलाई मार्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन् । ’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
काठमाडौं, असार ३१ ।महानायक राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन विनम्र अनुरोध गरेका छन् ।
राजेशले गएराती ९ मिनेट लामो भिडियो नै सार्वजनिक गरेर भनेका छन् ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।
’ सार्वजनिक भिडियोमा हमालले ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।
काठमाडौँ, असार ३० । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ ।
३–४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्जालमा मानिसहरु खनिन थालेपछि आफ्नो चिन्ता बढ्दै गएको उनी बताउँछिन् । हप्तौं यही विषयउपर खनिएको देख्दा आफू गलेको र डिप्रेसनको नजिक पुगेको उनले कान्तिपुरलाई बताइन् ।
उनले अन्तवार्तामा भनेकी थिइन्, राजेश हमाल हुन र ? राजेश दाइ मात्र महानायक भए त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेले। उनले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ । यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पुर्याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो । कान्तिपुर दैनिकमा खबर छ ।
अस्वभाविक पेलान भो । हो म शब्द चयनमा चुकेको हो । उनि मेरो मनपर्ने अभिनेता हो । मैले उहाँलाई चलचित्र क्षेत्रको खम्बा भनेर आदर पनि गरेको छु, उनले भनिन्, कुरा अस्वभाविक किसिमले यसरी मोडियो । १० दिनसम्म यही कुरा रु किन यस्तो घट्ना बढेको हो मैले त तुरुन्तै भोलिपल्ट नै माफी मागेको हो नि १ अहिले मन अलिकति गलेको छु, उनले भनिन् । उनको अभिव्यक्तिमाथि आएका प्रतिक्रिया शिष्ट र तार्किकमात्रै छैनन्, अश्लिल गालीगलौज पनि आएका छन् ।
काठमाडौँ । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) आइतबार एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ । डा प्रकाश न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले उक्त एल्बमको लोर्कापण गरेका हुन् ।
कोरोनाको कारण सोसियल डिस्टेन्सिङ कायम राख्नका लागि लोकार्पण कार्यक्रम भर्चुअल माध्यमवाट लोर्कापण गरिएको हो । तरंगको लोकार्पण पश्चात डा। केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, बरिष्ठ संगीतकार आलोक श्री , संगीतकार अम्बर तंबापो सुब्बा , रीमा श्रेष्ठ र कुशल गुरुंगले गीति एल्बम राम्रो बनेको प्रतिक्रिया दिदै शुभकामना व्यक्त गरेका थिए ।
नेपाली गीत संगीत क्षेत्रमा उदाउंदै गरेकी गीतकार कमला न्यौपाने लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनी पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंछिन् ।
चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत रहेको एल्बममा राम कृष्ण ढकाल (मेरो झण्डा), स्वरूप राज आचार्य (धुवा धुवा), मेलीना राई र अनुप रेग्मी (होली रंग), बानीका प्रधान (सुनौलो बिहानी) कर्ण बीर (रिमा रिमा), अनुप रेग्मी र मिलन नेवार (एक कदम) मा स्वर रहेको छ । हेर्नुहोस् भिडियो
एजेन्सी - बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चन पनि संक्रमित भएकी छन् ।यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।
ऐश्वर्या र जयाको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् । समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।
काठमाडौं। बलिउड चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिनित उक्त चलचित्र नेपालमा समेत छायाङ्कन गरिएको थियो । सार्वजनिक चलचित्रको ट्रेलरमा भक्तपुर दरबार क्षेत्रका दृश्य देखाइएको छ । ३० जुलाईमा जी ५ बाट रिलिज हुने यो चलचित्रमा मरिष्कासँगै विदयुत जामवाल लगायतका कलाकारको अभिनय छ ।
अभिनेत्री मरिष्काले आफू अभिनित पहिलो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन् । सौय दैनिकमा खबर छ । उनले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको लेखेकी छन् । उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुसीको क्षण रहेको जनाएकी छन ।