11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न आदेश

सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न आदेश


काठमाडौं, २७ असार । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

त्यस्तै, अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो ।


६५ करोड बिगो दावी गर्दै बल्छी धुर्बे र राजु पौडेलसहित १० जनाविरुद्ध मुद्दा दर्ता

६५ करोड बिगो दावी गर्दै बल्छी धुर्बे र राजु पौडेलसहित १० जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं, २५ असार । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर)सहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार उनीहरुविरूद्ध अभियोगपत्र दायर गरेको हो । उनीहरुले वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

श्रेष्ठ र पौडेलसहित दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज

घिमिरेविरुद्ध पनि सट्टेबाजी वेभसाइट प्रचार गरेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।
 


मृत भेटिए कलाकार ताम्राकार  

मृत भेटिए कलाकार ताम्राकार  


काठमाडौं, २२ असार ।  कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्।  उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्। 
 


सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बालेन्द्र शाहको घोषणा

सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बालेन्द्र शाहको घोषणा


काठमाडौं, ३ असार । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि साेमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गरेका छन् ।

भारतीय चलचित्र 'आदिपुरुष' मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आइतवारसम्म पनि नहटाएकोले साेमबारदेखि काठमाडौं महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताए । 

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपालीको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नरहेको शाहको भनाइ छ ।


काठमाडौंमा भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी शो रोकियो

काठमाडौंमा भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी शो रोकियो


काठमाडौं, १ असार ।  नेपाली हलमा लाग्ने भनिएको भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी प्रदर्शन रोकिएको छ। बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक संवाद नहटाए काठमाडौं महानगरभित्र चल्न नदिने बताएपछि सुरक्षाको कारण देखाउँदै वितरकहरुले काठमाडाैं उपत्यकामा फिल्म प्रदर्शन रोकेका हुन्।  

क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका हलहरुले फिल्मको बिहानी शो रोकेका हुन्। फिल्म हलको छाता संस्था चलचित्र संघको निर्देशनमा शो रोकिएको बताइएको छ। अहिले बिहान ९ बजे नेपाल चलचित्र सङ्गको बैठक हुँदैछ।

सीतालाई भारतकी चेली बताइएको संवादले सो चलचित्रको आलोचना भइरहेको छ। केन्द्रीय चलचित्र जाँच समितिले भने जाँच पासको प्रमाणपत्र दिने क्रममा सो संवाद आवाजरहित बनाइएको जनाएको छ। 


वान एक्स बेटः हास्य कलाकार बल्छी धुर्बे र राजु मास्टरसहित ८ जना पक्राउ

वान एक्स बेटः हास्य कलाकार बल्छी धुर्बे र राजु मास्टरसहित ८ जना पक्राउ


काठमाडौं, ३२ जेठ ।  वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गरेको आरोपमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूमाथि सामाजिक सञ्जालका भिडियोमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको हाे।

पक्राउ परेकाहरूका बारेमा औपचारिक जानकारी गराएको छैन। स्राेतका अनुसार पक्राउ पर्नेमा राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा र सरोज घिमिरे छन्। उनीहरूमाथि सोधपुछ चलिरहेको बताइएको छ। उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको बताइएको छ।

बुधबार मात्र कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्कालाई विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टका रुपमा सक्रिय भएको आरोपमा पक्राउ गरिएको थियो। 

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ। सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाएकाे छ। तर अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन।
 


श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३


काठमाडौं, १३ जेठ । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि चुमेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी कमर्सियल पाइलट हुन्।


अभिनेता पल शाह जेलबाट रिहा

अभिनेता पल शाह जेलबाट रिहा


काठमाडौं, १५ फागुन । अभिनेता पल शाह जेलबाट रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर पल रिहा भएका हुन् ।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।  एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
 


पल शाहलाई सफाई, भोली छुट्ने

पल शाहलाई सफाई, भोली छुट्ने


काठमाडौं, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह छुट्ने भएका छन्। न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो। शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो।
उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए। एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो। नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो।


किम्फको बीसौं संस्करण आजदेखि

किम्फको बीसौं संस्करण आजदेखि


काठमाडौं, २२ मंसिर । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को बीसौं संस्करण बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु हुँदैछ । कमलकुमार निर्देशित फिल्म ‘बाघको बङ्गारा’ प्रिमियरसँगै किम्फ सुरु हुनेछ । विशेष वक्ताको रुपमा बलिउड अभिनेता तथा निर्देशक प्रकाश झा बुधबार काठमाडौं आइपुगेका छन् ।

झा अभिनित फिल्म ‘मटटोकी साइकिल’को आज बेलुका विशेष स्क्रिनिङ हुँदैछ । काठमाडौं आइपुगेका झाले बुधबार बेलुका चलचित्रकर्मीसँग भेटघाट गरे ।
आफू अभिनित उक्त फिल्मको स्क्रिनिङपछि झाले फिल्मबारे दर्शकसँग अन्तक्रिया गर्ने र भनाइ राख्ने भएका छन् । यस संस्करणको किम्फमा ३० देशका ६० फिल्म प्रदर्शन हुने भएका छन् ।

‘दिगो आरोहण’ नारासहित आयोजना हुने किम्फमा भाग लिन दुई दर्जन अन्तर्राष्ट्रिय फिल्म निर्माता काठमाडौं आइपुगेका छन् । यसपटक भौतिकरुपमै कार्यक्रम आयोजना गरिएकाले माहोल उत्साहजनक हुने आशा हिमाल एसोसिएसनले लिएको छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom