09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौंः मन्त्री भण्डारी

राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौंः मन्त्री भण्डारी


काठमाडौं, ७ असोज ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक तथा श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आप्रवास नीति बनाउने अवस्थामा पुगेको भन्दै त्यसको लागि गृहकार्य गरिरहेको बताए।

उनले वैदेशिक रोजगारमा जानेलाई रोक्न नसकिने भएकाले बरु नीतिगत रुपले व्यवस्थापन गर्न आवश्यक रहेको बताए। 
 


रुसी नौसेनालाई लक्षित गरी युक्रेनद्वारा मिसाइल आक्रमण

रुसी नौसेनालाई लक्षित गरी युक्रेनद्वारा मिसाइल आक्रमण


एजेन्सी । रुसी नौसेनालाई लक्षित गरी युक्रेनले मिसाइल आक्रमण गरेको छ । बीबीसीका अनुसार युक्रेनले क्रिमियास्थित बल्याक सि फ्लीटमा नौसेनाका अधिकारीहरूबीच छलफल चलिरहेको बेला मिसाइल आक्रमण गरेको हो । 

युक्रेनी सेनाले यो आक्रमणमा दर्जनौँ मारिएको दाबी गरेको छ । तर, रुसले भने एक जना मात्र सम्पर्क बिहीन भएको बताएको छ । बेलायत र फ्रान्सले दिएको स्ट्रोम स्याडो मिसाइल आक्रमण गरिएको युक्रेनी सेनाले बीबीसीलाई बताएका छन् । 


वैदेशिक रोजगारीः खाडी मुलुक जानेमा कमी, युरोप जाने बढे

वैदेशिक रोजगारीः खाडी मुलुक जानेमा कमी, युरोप जाने बढे


काठमाडौं, ७ असोज । पछिल्लो समय रोजगारीका लागि खाडी देश जाने नेपालीको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार खाडी जानेको संख्यामा कमी आएपनि युरोपेली मुलुकमा जानेको संख्या भने बढेको छ । गत वर्षको तुलनामा मलेसियाबाट कम संख्यामा माग आएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक तथ्यांकअनुसार साउन र भदौमा वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा ३२ हजारले घटेको छ । गत वर्षको साउन र भदौमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३९ हजार रहेकामा यस वर्षको साउन र भदौमा एक लाख ६ हजारमा सीमित भएको छ ।

मलेसियाबाट कम माग आएकाले रोजगारीका लागि जानेको संख्या घटेको हो । तर, माल्टा पोल्यान्ड र रोमानियाजस्ता युरोपेली मुलुकमा जानेको संख्या भने बढेको छ । 


क्यानडाबाट भारतीय भिसा बन्द

क्यानडाबाट भारतीय भिसा बन्द


एजेन्सी । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ। अर्को सूचना जारी नभएसम्म भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ। 

 बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ। बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ।

 उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।


भारतीय लोकसभाः ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस

भारतीय लोकसभाः ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस


एजेन्सी । भारतको लोकसभामा महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने प्रस्तावसहित महिला आरक्षण विधेयक पेस भएको छ । संसद्को नयाँ सत्र शुरु भएको पहिलो दिन आज मङ्गलवार महिलालाई आरक्षण दिने ‘नारी शक्ति वन्दन ऐन’ मा संवैधानिक संशोधनको प्रस्ताव लोकसभामा पेस भएको बीबीसीले जनाएको छ । आजै नयाँ संसद् भवनमा पनि पहिलो पटक लोकसभाको बैठक बसेको हो ।

प्रस्ताव पेस गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलालाई संसदमा आरक्षण दिन यसअघि प्रयासहरू भए पनि सफल नभएको भन्दै अब ऐन संशाेधनमार्फत महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने बताए । 

ऐन संसोधन भएमा आउँदो वर्ष हुने लोकसभा चुनावमा भारतीय सङ्घीय संसद्को तल्लो सदनमा कुल सांसदको ३३ प्रतिशत सिट महिलाका लागि सुरक्षित हुनेछ । नयाँ कानुनअनुसार भारतको लोकसभामा एक सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।


ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु


एजेन्सी ।  ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन्।

अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन्। 

ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ। विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ।
 


कश्मिरमा भिडन्त, भारतीय सेनााका थप एक जवान मारिए

कश्मिरमा भिडन्त, भारतीय सेनााका थप एक जवान मारिए


एजेन्सी । भारतको कश्मिरस्थित अनन्तनागमा चार दिनदेखि चरमपन्थी र सुरक्षाकर्मीबीच भिडन्त जारी छ। अनन्तनागको गडुल कोकेरनागमा चौथे दिन शुक्रबार पनि बिहानैदेखि भिडन्त चलिरहेको छ। बिहीबार चरमपन्थीको गोली लागेर एकजना जवान घाइते भएका थिए। समाचार अनुसार घाइते ती जवानको मृत्यु भएको छ। 

स्थानीय प्रहरीका अनुसार दुईदेखि तीनजना चरमपन्थीको समूह राजौरीसम्म फैलिएको पिर पञ्जालको घना जंगलमा लुकेका छन्। भारतको कश्मिरमा दोस्रो दिन पनि भिडन्त, बुधबार मारिएका थिए कर्णेल, मेजर र डीएसपी यिनीहरुमध्ये एकजना लश्कर-ए-तैय्यबाका कमान्डर उजैर खान पनि रहेको बताइएको छ।

उनीहरुकै हमलामा बुधबार भारतीय सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धौन्चक र जम्मु-काश्मिर पुलिसका डीएसपी हुमान्यू भट मारिएका थिए। 

उक्त भिडन्तपछि सेनाका कमान्ज, स्निफर डग्स, ड्रोन र हेलिकप्टर चरमपन्थीलाई खोज्न जुटेका छन्। 

सैन्य अधिकारीका अनुसार चरमपन्थीहरुलाई ४ किलोमिटरको दायरामा घेरिएको छ। चरमपन्थीहरुले मंगलबार सर्च अभियानमा रहेका सेना र प्रहरीमाथि हमला बोलेका थिए। 

कोकेरनागको इन्काउन्टरस्थलमा सेनाले चरमपन्थीहरुको सम्भावित स्थान पत्ता लगाउन ड्रोनको सहयोग लिइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुरक्षाबलले चरमपन्थीलाई घेरेर राखेका छन्। 


डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु

डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु


एजेन्सी । सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ। 
दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, ‘दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ। स्रोतले सुरक्षाको कारण देखाउँदै नाम नखुलाउन आग्रह गरेको थियो।’

सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए। सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको पाँच महिना लामो युद्धमा हजारौं मानि मारिएका छन् भने लाखौं विस्थापित बनेका छन्।

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ।


किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता


एजेन्सी ।  उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे। यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।
 


रुस लागे किम जोङ उन 

रुस लागे किम जोङ उन 


एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेलमा रुस प्रस्थान गरेका छन् । दक्षिण कोरियाली मिडियालाई उद्धृत गर्दै सीएनएनले किम जोङ रुसको भ्लादिभोस्ताेक सहर प्योङयाङको भ्रमण गर्ने जनाएकाे छ ।

कोरोनापछि किम जोङको यो पहिलो विदेश यात्रा हाे । अमेरिकी अधिकारीका अनुसार यस अवधिमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार आपूर्ति र युक्रेन युद्धमा सैन्य सहयोगका विषयमा कुराकानी गर्नेछन् ।

सेप्टेम्बर १० देखि १३ सम्म हुने इस्टर्न इकोनोमिक फोरममा भाग लिन दुवै नेताले भ्लादिभोस्तोकस्थित सुदूर पूर्वी संघीय विश्वविद्यालयको क्याम्पसकाे भ्रमण गर्नेछन्। अधिकारीहरुका अनुसार किम जोङले रुसको प्रशान्त महासागर फ्लीटको नेभल बेस पियर ३३ को भ्रमण पनि गर्न सक्नेछन् ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom