16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


बाबुलाई मारेपछि विश्वविद्यालय गएर थप १४ जनाको गोली हानी हत्या

बाबुलाई मारेपछि विश्वविद्यालय गएर थप १४ जनाको गोली हानी हत्या


एजेन्सी । चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स  विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्।
चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक गरेको छैन।

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार दिउँसो प्रागबाट १३ माइल पर हुस्तैनमा एक व्यक्ति गोली लागेको अवस्थामा मृत फेला परेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यहाँको प्रहरीले सन्दिग्ध व्यक्ति प्राग विश्वविद्यालयमा लेक्चर लिन दिउँसो २ बजे आउँदैछन् भन्ने सूचना सामाजिक सञ्जालबाट पाएको थियो।

चेक प्रहरी प्रमुख मार्टिन भोन्द्रासेकका अनुसार सन्दिग्ध व्यक्ति क्लास लिन आउने सूचनाका आधारमा प्रहरीले विश्वविद्यालयको आर्ट्स भवन पूरै खाली गराएको थियो। तर, गोली अर्कै भवनमा चलेको उनले बताए।
 


चीनमा भूकम्प, मृत्यु हुनेको संख्या ११६ पुग्यो

चीनमा भूकम्प, मृत्यु हुनेको संख्या ११६ पुग्यो


एजेन्सी । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ। 

यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ। उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। 
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्रमध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।


 


इजरायलले हमास समूहविरुद्धको लडाइँलाई निरन्तरता दिने

इजरायलले हमास समूहविरुद्धको लडाइँलाई निरन्तरता दिने


एजेन्सी । इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताए । उनले  अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने बताएका बीबीसीले जनाएको छ ।

यस्तै, इजरायली विदेश मन्त्री एलि कोहेनले तत्कालका लागि युद्धविराम हुनु भनेको हमासका लागि उपहार भएको र यसले इजरायलमाथि फेरि खतरा उत्पन्न गर्ने बताए ।


कच्चा तेलको मूल्यमा लगातार गिरावट

कच्चा तेलको मूल्यमा लगातार गिरावट


एजेन्सी । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो । 

तेल उत्पादनलाई कटौति गरेर मूल्य थमौति हुने आशा गरेर बसेका देशहरुलाई तेल उत्पादकहरुका विभिन्न संगठनले साथ नदिएपछि बजारमा आपूर्ति बढ्न गई मूल्य लगातार तल झरिरहेको हो । 

पछिल्लो २४ घण्टामा पनि कच्चा तेलको मूल्यमा गिरावट नै देखिएको छ । केही साताअघिसम्म प्रति ब्यारेल झण्डै ९० डलर आसपास रहेको डब्लूटीआई क्रूडको मूल्य घटेर प्रति ब्यारेल ६८ डलरमा झरिसकेको छ । 


अष्ट्रेलियाले आप्रवासी प्रवेश आधा घटाउने

अष्ट्रेलियाले आप्रवासी प्रवेश आधा घटाउने


एजेन्सी । अष्ट्रेलियाले दुई वर्षभित्र आप्रवासनको संख्या आधाले घटाउने भएको छ । मुलुकको अध्यागमन प्रणाली संकटमा परेको निष्कर्ष निकाल्दै अष्ट्रेलियाले मुलुकको आप्रवासन संख्या घटाउने भएको हो ।अष्ट्रेलियाले वार्षिक २ लाख ५० हजारले आप्रवासन कटौती गर्न लागेको हो । यसका निम्ति अष्ट्रेलियाले कम दक्ष विद्यार्थीहरुका निम्ति प्रवेशाज्ञामा पनि कडाइ गर्ने भएको छ ।
सोमबार नयाँ नीति सार्वजनिक गर्दै गृहमन्त्री क्लेनर निलले भनेका छन्, ‘विगतको सरकारले अध्यागमन प्रणाली ध्वस्त बनाएपछि हामीले अध्यागमन प्रणाली सुधारका लागि १० वर्षे आप्रवासन रणनीति अघि सारेका छौँ ।’
अष्ट्रेलियामा आप्रवासन ह्वात्तै बढ्दा त्यहाँ आवास तथा पूर्वधारमा सरकारलाई दबाब बढिरहेको छ । सन् २०२३ मा मात्रै अष्ट्रेलियामा ५ लाख १० हजार मानिस पुगेका थिए । यो संख्यालाई कम्तीमा पनि ५० प्रतिशतले घटाउने सरकारी योजना रहेको गृह मन्त्रीको भनाइ छ ।
आप्रवासी संख्या कम गर्नका निम्ति भाषा परीक्षाको मापदण्ड कडा बनाउनेदेखि विद्यार्थी भिसा सकिएर फेरि सोही भिसामा आवेदन दिएकाहरुका निम्ति कडा प्रावधान अघि सारिने गृहमन्त्रीको भनाइ छ । विद्यार्थी भिसा नै थप गर्दै करिब ६ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्षयार्थी अष्ट्रेलियामा बसिरहेको तथ्यांक रहेको छ ।

दक्ष कामदारका लागि दिइने भिसामा पनि निकै सुधार गर्ने योजनामा सरकार रहेको छ । नयाँ नीति मार्फत कामदारमाथिको शोषण हटाउन र आवश्यक संख्यामा आवश्यक कामदार भित्र्याउन सहयोगी हुने गृहमन्त्रीको भनाइ छ ।


जम्मु-काश्मिरमा आगामी सेप्टेम्बरसम्ममा निर्वाचन गराउनू: सर्वोच्च

जम्मु-काश्मिरमा आगामी सेप्टेम्बरसम्ममा निर्वाचन गराउनू: सर्वोच्च


एजेन्सी । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डिवाइ चन्द्रचुडले सन् २०२४ को सेप्टेम्बरसम्म विधानसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार संविधानको धारा ३७० हटाएको विषयलाई चुनौती दिने रिटमा सर्वोच्चले फैसला सुनाउँदै जम्मु-काश्मिरमा सन् २०२४ को सेप्टेम्बरसम्म निर्वाचन गराउन आदेश दिएको हो ।

सर्वोच्चले भारत सरकारको धारा ३७० हटाउने निर्णयलाई वैध मानेको छ । सर्वोच्चले जम्मु–काश्मिरलाई विशेषाधिकार नहुने बताएको हो । -बीबीसीहिन्दीबाट  


गाजाका आधाभन्दा बढी जनसंख्या भोकमरीमा

गाजाका आधाभन्दा बढी जनसंख्या भोकमरीमा


एजेन्सी । इजरायलको लगातारको बमबारीका कारण गाजाबाट विस्थापित भएका हजारौं सर्वसाधारण प्यालेस्टाइनको रफाहमा कष्टपूर्ण जीवन बाच्न बाध्य भएका छन् । चिसो रातमा उनीहरुले खुल्ला आकाशमुनि रात बिताउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको करिब ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । विस्थापितमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत तथा मानवीय मामिला हेर्ने निकायको सम्पर्कमा आएका छन् । गाजाकोे दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक रूपमा विस्थापित सर्वसाधारण रहेको बीबीसीले उल्लेख गरेको छ ।


लिबियाले १४७ गैर कानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

लिबियाले १४७ गैर कानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो


एजेन्सी । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैर कानुनी आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।  २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्य सागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।
 


भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु


एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ। दुईजना भारतीय वायुसेना (आइएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगनाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आइएएफ अधिकारीहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्लानजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन्।

एसपी रोहिणीले दिएको जानकारीअनुसार यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुईजना सवार थिए। विमानमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ। दुर्घटनाबारे अनुसन्धान जारी छ। 


बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यकः नेतन्याहु

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यकः नेतन्याहु


एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन्।
उनले कतारको मध्यस्थतामा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखि गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताए। 
शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो। नेतन्याहुकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन्।  

उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तिब्रताका साथ लडाई शुरु गर्न निर्देशन दिएको बताए। इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिव एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ।