16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


इजरायलसँग सम्झौताको नजिक पुगेको हमास समूहको दावी

इजरायलसँग सम्झौताको नजिक पुगेको हमास समूहको दावी


एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासका एक अधिकारीले इजरायलसँग सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । दुई पक्षबीच कतारमा वार्ता जारी छ।

वार्ता जारी रहेका बेला हमासका नेता इस्माइल हनियाले आफूहरु इजरायलसँग सम्झौताको नजिक रहेको बताएका हुन् ।  ‘हामीले कतारको माध्यमबाट आफ्नो कुरा राखेका छौं। हामी युद्धविराम सम्झौतामा पुग्ने क्रममा छौं।’, हमासका नेता इस्माइल हनियाले भनेका छन् ।
इजरायली पक्षबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बनाएका बन्धक छुटाउने विषयमा सम्झौता हुन लागेको बताएका थिए।
 


विश्व बजारमा बढ्यो तेलको मूल्य

विश्व बजारमा बढ्यो तेलको मूल्य


एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती  गर्न लागेको समाचार सार्वजनिक भएसँगे विश्वबजारमा तेल महंगिएको हो ।

इजरायल र हमासबीचको हिंसात्मक जारी द्वन्द्वले गर्दा मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ता कायमै छ । युद्धको अनिश्चितता कायमै रहेपछि मध्यपूर्वमा एक महिनायता तेलको भाउ ओरालो लागेको थियो ।

सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा  ब्रेन्ट क्रुडको भाउ ०.७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१८  डलरमा आएको थियो ।

तर अपरान्ह  २:३० बजेसम्ममा भने ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ०.६९ प्रतिशतले बढेर ८१.१७ डलरमा उक्लिएको छ । सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि ०.८२ प्रतिशतले बढेर ब्यारेलकै ७६.५१ डलरमा सेन्टमा पुगेको छ।

ओपेक प्लसले आगामी आइतबार बस्न लागेको बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने  भन्नेबारे विचार गर्न लागेको खबर सार्वजनिक भएको छ । जसका कारण कच्चा तेलको मूल्य साताको सुरुवाती दिनदेखि नै बढेको समाचार एजेन्सी रोयटर्सले बताएको छ ।

रोयटर्सले तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ओपेक  थप उत्पादन कटौतीबारे छलफल गर्न लागेको बताएको छ। तर ओपेक प्लस सदस्यहरू कटौतीमा सामेल हुने सम्भावना अस्पष्ट रहेको बताइएको छ । 


इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प

इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प


एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। बुधबार बन्दा समुद्री क्षेत्रमा ६.९ म्याग्नेच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएपनि यसबाट सुनामीको खतरा नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।
युरोपियन भूमध्यसागर भूकम्प विज्ञान केन्द्रले सुरूमा ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको बताएको थियो। पछि दक्षिणपूर्वी टापु एम्बोनबाट ३७० किलोमिटर पर केन्द्रविन्दु बनाएको भूकम्प ६.९ म्याग्नेच्युडको भएको बताएको हो।


उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्‍यो निन्दा

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्‍यो निन्दा


एजेन्सी । जी-७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ ।

जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै रुसलाई हतियार हस्तान्तरणप्रति जी-७ का विदेशमन्त्रीहरूले कडा निन्दा गरेका छन्, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।”

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा बताएका थिए ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । “विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यकतालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्त्वलाई एक पटक पुनः पुष्टि गरेका छन्”, जापानले भनेको छ । -एएफपी


 


ईयूले गाजालाई थप २ करोड ५० लाख यूरो सहयोग गर्ने

ईयूले गाजालाई थप २ करोड ५० लाख यूरो सहयोग गर्ने


एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली संघले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (२ करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन् । 

‘यसो गर्दा युरोपेली संघले गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गर्नेछ’, भोन डेर लेयेनले ब्रसेल्समा ईयुका कुटनीतिज्ञहरूसँग भनिन् ।

भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताइन् । 

इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताइन् । उहाँले भन्नुभयो, ‘हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो । भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्बिर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।’


इजरायल–गाजा युद्ध अन्त्यका लागि अनुरोध गर्न अमेरिकाद्वारा अस्वीकार

इजरायल–गाजा युद्ध अन्त्यका लागि अनुरोध गर्न अमेरिकाद्वारा अस्वीकार


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गरेका छन् । जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उनले अरब देशका नेताहरुले तत्काल युद्ध रोक्नुपर्ने बताए पनि त्यो सम्भव नरहेको बताएका बीबीसीले जनाएको छ । यही अवस्थामा युद्ध रोकेमा विद्रोही समूह हमास पुनः सङ्गठित भएर मध्यपूर्वको शान्ति अवस्थामा अवरोध ल्याइरहने ब्लिङ्केनको भनाइ छ ।

उहाँले अरब देशका नेताहरुसँग इजरायल–हमास युद्धमा सर्वसाधरणको ज्यान जाने क्रम रोक्ने उपाय खोज्नुपर्ने तर हमास विरुद्धको युद्ध रोक्न नहुने बताए । अरब देशका नेताहरुले भने इजरायलले युद्ध अपराध गरिरहेको भन्दै यसलाई आत्मरक्षा हो भनेर स्वीकार नगर्ने बताएका बीबीसीले जनाएको छ ।


खोकीको प्राणघातक औषधि बनाएको अभियोगमा कम्पनी प्रमुखसहित चार जनालाई जेल सजाय

खोकीको प्राणघातक औषधि बनाएको अभियोगमा कम्पनी प्रमुखसहित चार जनालाई जेल सजाय


एजेन्सी । इन्डोनेशियामा दुई सय जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुखसहित चार जनालाई जेल सजाय सुनाइएको छ । उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिबाना पनि गरिएको बीबीसीले जनाएको छ ।

आफी फार्मा नामको कम्पनीलाई विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको खोकीको झोल औषधि बनाएको अभियोग लगाइएको थियो । तर कम्पनी पक्षका वकिलहरूले हेलचेक्र्याइँ गरेको भन्ने अभियोगलाई अस्वीकार गरेका छन् । कम्पनीले सजायविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।

सरकारी वकिलहरूले आफी फार्माका प्रमुख आरिफ प्रासेट्या हाराहापलाई नौ वर्षको र अन्य प्रतिवादीलाई ७/७ वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए । सन् २०२२ यता खोकीको औषधि खाएका कारण मिर्गौलामा गम्भीर क्षति पुग्दा धेरैजसो पाँच वर्षभन्दामुनिको उमेरका दुई सय जना इन्डोनेशियाली बालबालिकाहरूको ज्यान गएको छ ।
 


गाजामा इजरायली बमबारीबाट मारिनेको संख्या ९ हजार नाघ्यो

गाजामा इजरायली बमबारीबाट मारिनेको संख्या ९ हजार नाघ्यो


एजेन्सी ।अक्टोबर ७ यता इजरायलको बमबारीबाट गाजामा मारिनेहरुको संख्या ९ हजार ६१ पुगेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये ३ हजार ७६० जना बालबालिका र २ हजार ३२६ महिला रहेको बताइएको छ। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १४ सय इजरायलीको ज्यान गएको थियो। त्यसको बदलामा इजरायलले गाजामा बमबारी सुरु गरेको थियो। इजरायलले अस्पताल र शरणार्थी शिविरमा समेत बम खसाएको छ। सो क्रममा सयौँको मृत्यु भएको छ।


रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्मारका अधिकारीहरू बंगलादेशमा

रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्मारका अधिकारीहरू बंगलादेशमा


एजेन्सी । रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्मारका अधिकारीहरू बंगलादेश पुगेका छन् । बंगलादेशमा झण्डै दश लाख रोहिङ्ग्या शरणार्थीहरू छन् । उनीहरुमध्ये धेरैजसो सन् २०१७ मा म्यान्मारको सेनाको हिंसात्मक कारबाहीपछि भागेका हुन् ।
राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या शरणार्थी भिडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् । उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास भए पनि सफल भइरहेको छैन ।
म्यान्मारले अप्रिलमा बंगलादेश र चीनबीच त्रिपक्षीय बैठकमा स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएको एएफपीले जनाएको छ ।


युद्ध विराम गर्न इजरायलको अस्वीकार

युद्ध विराम गर्न इजरायलको अस्वीकार


एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसंघले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गरेका हुन् । 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले अहिले युद्धको समय रहेको बताएकाछन् । उनले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताए । 

प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म आठ हजार तीन सय ६ जनाको ज्यान गइसकेको छ ।