09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए    

इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए    


एजेन्सी । इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय ८६ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।     
उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका छ महिनामा इरानबाट दुई लाख ८० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् । पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ ।    अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।     


जापानका युट्युबर सांसद निष्काशित

जापानका युट्युबर सांसद निष्काशित


एजेन्सी । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ। सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो।  

गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मङ्गलबार निष्काशन गरेको हो। सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ।  

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्काशित हुने पहिलो सांसद भएका छन्। यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न आदेश दिएको थियो तर उनले त्यसको वेवास्ता गरेका थिए। एकउन्न वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन्। उनी निष्काशित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन्।  

दुबईमा बसोबास गरिरहेको पूर्व व्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन्। मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन्। जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो।  
 


अमेरिकामा बालबालिकामा फैलियो कोभिड, चार हप्तामा एक लाख बढी संक्रमित 

अमेरिकामा बालबालिकामा फैलियो कोभिड, चार हप्तामा एक लाख बढी संक्रमित 


एजेन्सी । अमेरिकामा चार हप्ताको अवधिमा एक लाख बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो ।यस अघिका हप्ताहरुमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको सङ्क्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने सङ्क्रमण भइ नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरुले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर अनुसारको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


इराकमा बम विस्फोट, पाँच जनाको मृत्यु

इराकमा बम विस्फोट, पाँच जनाको मृत्यु


एजेन्सी । इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ। इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ। सो विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन्।

दियाला प्रान्तीय प्रहरीका मेजर अला अल–साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो। सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो।

सो सडक भएर हिँडीरहेका बटुवा चार जना घाइते भएका पनि उनले जानकारी दिए। यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।  इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ।

पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ।
 


लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह    

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह    


एजेन्सी । राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिए । 
    
उनले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिए । अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्ने उनले बताए ।      
विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उनले यी धारणा राखेका हुन् । 


जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोगको सम्भावना बढी    

जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोगको सम्भावना बढी    


एजेन्सी । रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ । संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र फौजदारी न्याय प्रणालीमार्फत पनि नजानिदो गरी जातीय भेदभावलाई बढावा दिने प्रवृत्ति विद्यमान रहेको पनि अनुसन्धानले देखाएको छ ।     
“जातिवादजस्ता दीर्घकालीन मनोसामाजिक तनावले रक्तचाप र हृदय रोगको लागि अन्य जोखिमको स्तर बढाउँछ,“ बोस्टन विश्वविद्यालय चोबानियनका चिकित्साशास्त्रका सहायक प्राध्यापक एवम् अनुसन्धाता शानशन शेहीले उल्लेख गर्नु भएको छ । यस्ता अनुसन्धानले जातीय विभेदको विभिन्न पक्षलाई उजागर गर्ने गरेको पाइएको छ ।     
 
 


सैनिको कारबाहीमा चार जना विद्रोही मारिए

सैनिको कारबाहीमा चार जना विद्रोही मारिए


एजेन्सी । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज (बिहीबार) जानकारी दिएका हुन् । 
कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले  ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ ।

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ । सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रूपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका  सैन्य तथ्याङ्कले देखाएको छ ।सिन्ह्वा
 


नयाँ दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ

नयाँ दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ


काठमाडौं, १५ फागुन । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई आइतबार बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ । सिसोदिया आम आदमी पार्टी (आप) का नेता हुन् । उनको गिरफ्तारीलाई आम आदमी पार्टीले तानाशाही भनेको छ ।

आपले भारतीय जनता पार्टी भाजपाले राजनीतिक प्रतिशोध साधेको आरोप  लगाएको छ ।  उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परे पछि नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सीबीआईको मुख्यालयभन्दा बाहिर र्यापिड एक्सन फोर्स तैनाथ गरिएको बीबीसी हिन्दीले जनाएको छ । 
 


अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँच जनाको मृत्यु 

अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँच जनाको मृत्यु 


एजेन्सी । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। 
गएको शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए) ले जनाएको बीबीसीमा उल्लेख छ। 
दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र उनको परिवारका एक जना सदस्य थिए । 


रुसले युक्रेनमा आक्रमण शुरु गरेको १ वर्ष पूरा

रुसले युक्रेनमा आक्रमण शुरु गरेको १ वर्ष पूरा


एजेन्सी । रुसले युक्रेनमा आक्रमण शुरु गरेको आज एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गरेका छन् । 

’डिफेन्डर अफ द फादरल्यान्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताए । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् । रुस–युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।

युरोपेली संघसहित सात देशको समूह ’जी सेभेन’ ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च ’जी सेभेन’ का मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।

भारतको बेङ्लोरमा ’जी सेभेन’ का अर्थ मन्त्रीहरूबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताए ।

दुई देशबीच युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने जनाएको छ । तर मानवीय क्षतिको पूर्ण विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom