11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


मोरक्कोमा भूकम्प, २९० जनाको मृत्यु

मोरक्कोमा भूकम्प, २९० जनाको मृत्यु


एजेन्सी । मोरक्कोमा ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९० जनाको मृत्यु भएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको छ । 
यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ ।


 


बेलायतको दोस्रो ठूलो सहर टाँट पल्टियो 

बेलायतको दोस्रो ठूलो सहर टाँट पल्टियो 


एजेन्सी । बेलायतको दोस्रो ठूलो सहर बर्मिंघम टाँट पल्टिएको छ। बर्मिंघम सिटी काउन्सिल आफैँले सहर टाँट पल्टिएको घोषणा गरेको हो। काउन्सिलले एउटा सूचना जारी गर्दै नगरमा अत्यावश्यक सेवाबाहेकका सबै खर्चमा तत्कालै लागू हुने गरी रोक लगाइएको छ।
बेलायतको दोस्रो ठूलो सहर बर्मिंघमले सबै गैरआवश्यक खर्च रोकेको छ। कुल ९५४ मिलियनबराबर तलब दाबी जारी गरेपछि काउन्सिलले सहर टाँट पल्टिएको घोषित गरेको हो। काउन्सिलले दायर गरेको सूचनामा समान पारिश्रमिकको दाबीका कारण अहिलेको आर्थिक अवस्था नकारात्मक बनेको उल्लेख गरेको छ। 

सरल भाषामा भन्ने हो भने बर्मिंघम सिटी काउन्सिलले उक्त अवधिमा आफ्नो आर्थिक स्रोतभन्दा बढी खर्च गरेको छ । यो ठूलो कारण हो कि सहरले आफैँलाई टाँट घोषणा गर्दै अत्यावश्यक सेवाबाहेक सबै खर्चमा प्रतिबन्ध लगाएको छ।

बर्मिंघम सिटी काउन्सिलले दायर गरेको सूचनामा नयाँ समान तलब दाबीहरुको सम्भावित लागत ६५० मिलियन पाउन्ड (लगभग ८१६ मिलियन डलर) र ७६० मिलियन पाउन्ड (लगभग ९५४ मिलियन) बीचको हुनेछ भनी स्पष्ट उल्लेख छ। तर, काउन्सिलसँग त्यसलाई समेट्न पर्याप्त स्रोतसाधन छैन।

वर्ष २०२३–२४का लागि सहरले अब ८७ मिलियन पाउन्ड (१०९ मिलियन डलर) को घाटा हुने अनुमान छ। काउन्सिलले १० लाखभन्दा बढी मानिसलाई सेवा प्रदान गर्दछ।

बेलायतको यो सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरले गत वर्ष राष्ट्रमण्डल खेलकुद आयोजना गरेको थियो। अहिले यसको खराब आर्थिक अवस्थाले सबैलाई स्तब्ध बनाएको छ । यस वर्ष जुनमा यो खुलासा भयो कि  ७६० मिलियन पाउन्डसम्मको तलब भुक्तानी गर्नुपर्ने थियो। त्यसपछि सिटी काउन्सिलले यस विषयमा सरकारसँग वार्ता गरिरहेको जनाएको थियो।

जुनमा बीबीसीको प्रतिवेदनमा यो बिल सेवाहरुमा हुने सम्पूर्ण वार्षिक खर्चबराबर रहेको र हरेक महिना १ करोड ४० लाख पाउन्डले बढ्दै गएको पनि उल्लेख गरेको थियो।


अन्तर्राष्ट्रिय बजारमा फेरि बढ्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा फेरि बढ्यो कच्चा तेलको मूल्य


एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य उकालो लाग्न थालेको हो । आँधीका कारण त्यस क्षेत्रका लाखौँ मानिसको जनजीवन प्रभावित बनेको छ । 
चीनको सरकारी तेल कम्पनी चाइना नेसनल अफशोर आयल कर्पोरेसनले आफ्नो आफशोर प्रडक्सन प्लेटफर्ममा उत्पादन रोकेको छ। त्यहाँबाट १० हजार मजदुरलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ। 
यही कारणले चीनमा तेल उत्पादन प्रभावित बनेको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न पुगेको छ।  बुधबार बिहान अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड बढेर प्रतिब्यारल ९०.१९ डलर पुगेको छ। हिजो ब्रेन्ट क्रुड प्रतिब्यारल ८८.८२ डलर रहेको थियो।

डब्ल्यूटीआई क्रुड पनि बढेर प्रतिब्यारल ८६.८३ पुगेको छ। डब्ल्यूटीआई मंगलबार प्रतिब्यारल ८५.५४ डलर थियो। 
 


इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप

इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप


एजेन्सी । इजरायलको राजधानी तेल अविवमा इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन् । 

झडप शनिबार भएको थियो । इरिट्रियन दूतावासले आयोजना गर्ने कार्यक्रमको कार्यक्रमको बिरोध गर्न क्लब नजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरूबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो । झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन् । सिन्ह्वा


अस्ट्रेलिया गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह

अस्ट्रेलिया गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह


एजेन्सी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट शतर्क रहन चेतावनी जारी गरिएको छ।जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्न सक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो ।

बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ। त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जंगलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ। अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ।

अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १.५४ डिग्री सेन्टिग्रेड भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो। 
सिन्ह्वा
 


भारतले शनिबार अन्तरिक्षयान पठाउँदै

भारतले शनिबार अन्तरिक्षयान पठाउँदै


एजेन्सी । भारतले शनिबार पहिलोपटक सूर्य अभियानअन्तर्गत अन्तरिक्ष यान अन्तरिक्षतर्फ पठाउँदै छ । भारतीय अन्तरिक्ष संस्था इस्रोका अनुसार आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाको सतिस धवन स्पेस स्टेसनबाट सूर्यको अध्ययनका लागि पहिलो अभियानअन्तर्गत आदित्य–एल१ अन्तरिक्ष यान प्रक्षेपण गरिनेछ ।

इस्रोका प्रमुख सूर्य अभियानअगाडि पुजापाठमा होमिएका छन् । पीटीआईका अनुसार इस्रो प्रमुख एस सोमनाथ तिरुपतिस्थित चेंगलम्मा परमेश्वरी मन्दिरमा भगवानको पूजा गर्न पुगेका छन् ।

पूजापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका छन्, ‘पीएसएलभी–सी५७ आदित्य–एल१ मिसनको काउन्टडाउन आजदेखि सुरु भएको छ । यो भोलि बिहान ११ः५० बजे प्रक्षेपण गरिनेछ । स्याटेलाइटलाई आवश्यक स्थानमा पुग्न एक घण्टा लाग्नेछ । त्यसपछि आदित्य–एल१ लाई पृथ्वीबाट निश्चित बिन्दुमा पुग्न १२५ दिन लाग्नेछ । प्रक्षेपण गर्नुअघि, म चेङ्गलम्मा परमेश्वरी मन्दिरमा आशीर्वाद लिन आएको छु ताकि हामी यो महत्त्वपूर्ण मिसनमा पनि सफलता पाउन सक्छौँ ।’
 


चीनको नयाँ नक्साः भारतको अरुणाचल प्रदेशलाई समेत समेटियो

चीनको नयाँ नक्साः भारतको अरुणाचल प्रदेशलाई समेत समेटियो


एजेन्सी । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेत समेटेकाे छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।
अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’
ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ ।

The 2023 edition of China's standard map was officially released on Monday and launched on the website of the standard map service hosted by the Ministry of Natural Resources. This map is compiled based on the drawing method of national boundaries of China and various countries… pic.twitter.com/bmtriz2Yqe

— Global Times (@globaltimesnews) August 28, 2023

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त


एजेन्सी । फ्रान्सका केही भू-भागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो ।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ ।

गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होशियार रहन आग्रह गरिएको छ ।

स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् ।

राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गएकाे सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो ।


चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण


एजेन्सी । भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।


पाकिस्तानमा एक हप्ताभित्रै २१ चर्च जलाइए 

पाकिस्तानमा एक हप्ताभित्रै २१ चर्च जलाइए 


एजेन्सी । पाकिस्तानमा एक हप्तामा इसाई समुदायका २१ वटा चर्चमा तोडफोड मच्चाउँदै आगजनी गरिएको छ । पञ्जाब प्रान्तको जरानवालामा क्रिश्चियन समुदायले कुरानको अपमान गरेको भन्दै त्यहाँका मुस्लिम समुदायहरू रुष्ट बनेका हुन् ।

उनीहरूले गत हप्ताको बुधबारदेखि चर्चका साथै इसाई समुदायका मानिसहरूको घरमा पनि तोडफोड गरेका छन् । यतिबेला प्रहरीले चर्च तोडफोड र आगजनीको घटनामा संलग्न १७० मुख्य अभियुक्तमध्ये १६० जनालाई गिरफ्तार गरेको जानकारी दिएको छ ।

प्रहरीले चर्चमा तोडफोड मच्चाउने कसैलाई पनि नछाड्ने बताएको छ । गतहप्ता साल्भेसन आर्मी चर्च, सेन्ट पल क्याथोलिक चर्च  सबैभन्दा सुरुमा जलाइएको थियो । साथै कैयौँ चर्चमा तोडफोड र आगजनी भएको भिडियो पनि सार्वजनिक भएको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom