09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


चीनमा भयानक विस्फोट, कम्तीमा ३१ को मृत्यु

चीनमा भयानक विस्फोट, कम्तीमा ३१ को मृत्यु


एजेन्सी । चीनको उत्तरपश्चिमी निङ्जिया शहरको एक रेस्टुरेन्टमा ग्यास विष्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको  छ । समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यो विस्फोटको छानबिन गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङले आदेश दिएको जनाएको छ । 

विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी घाइते भएका सात जनाको उपचार भइरहेको छ । सुरक्षा सुधार गर्न वर्षौंको प्रयासको बाबजुद चीनमा ग्यास र रासायनिक विस्फोटका घटना घट्न सकेका छैनन् । यसअघि सन् २०१५ मा उत्तरी बन्दरगाह शहर तियानजिनमा भएको शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो । 
 


पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता

पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता


एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता भएको छ । एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी हराएको बीबीसीले जनाएको छ । 

अहिले पनडुब्बीको खोजी भइरहेको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु  थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ । 

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 


साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्याको अभियोगमा ३ जनालाई मृत्युदण्ड

साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्याको अभियोगमा ३ जनालाई मृत्युदण्ड


एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन् जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरेबियाकाे गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ । उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतवार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।
 


कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै भेटिए

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै भेटिए


एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।  कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार अमेजनमा 'जङ्गलका बच्चाहरू' जस्तै बाँचेको एक महिनाभन्दा बढी समयपछि चारजना बच्चाहरू जीवित फेला परेका हुन्।

बीबीसीका अनुसार ति बालबालिका १३, नौ, चार र एक वर्षका छन्। उनीहरु आफ्नी आमा, एक पाइलट र को-पाइलटसँगै मे १ मा विमान दुर्घटनामा परेका थिए।  

उनीहरुसँगै रहेका तीन वयस्कको शव सेनाले दुर्घटनास्थलमा फेला पारेको थियो। तर जिवितै रहेका बालबालिका भने भग्नावशेषबाट उम्कन र मद्दत खोज्न अमेजन जंगलमा छिरेको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक जानकारीका आधारमा रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

राष्ट्रपति गुस्ताभो पेट्रोले हप्तौंको खोजीपछि बालबालिका फेला पार्नु 'पूरै देशका लागि खुशी'भएको बताएका छन्। राष्ट्रपति पेट्रोले ४० दिनदेखि बेपत्ता भएका भाइबहिनीहरूलाई हेरचाह गर्दै गरेका सैन्य र आदिवासी समुदायका धेरै सदस्यहरूको फोटो सार्वजानिक गर्दै उनीहरु भेटिएको खबर दिएका हुन्।  

उनले यसलाई 'जादुई दिन' को संज्ञा दिँदै भने, 'उनीहरू एक्लै थिए, उनीहरूले आफैंले पूर्ण अस्तित्वको उदाहरण हासिल गरे जुन इतिहासमा रहनेछ।'

'आदिवासी परिवारहरूबाट उनीहरूको सिकाइ र जंगलमा बस्ने उनीहरूको सिकाइले उनीहरूलाई बचाएको छ,' पेट्रोले बताएका छन्।

ति बालबालिकाहरु हुइटोटो आदिवासी समूहका हुन् र तिनीहरूको समुदायका सदस्यहरूले फलफूल र जङ्गल बाँच्न सक्ने सीपहरूको ज्ञानले उनीहरूलाई बचाइराखेको आशा गरिएको छ।  


डोनाल्ड ट्रम्पविरुद्ध गोप्य दस्तावेज आफैंसँग राखेको आरोप

डोनाल्ड ट्रम्पविरुद्ध गोप्य दस्तावेज आफैंसँग राखेको आरोप


एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग लागेको छ। 
अनधिकृत रुपमा महत्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप र उक्त अभियोगमा उनलाई पक्राउ गर्न सकिने बीबीसीले जनाएको छ। 
ट्रम्प विरुद्ध कानुन उल्लंघन गरेको, गलत अभिव्यक्ति दिएको लगायत ७ वटा आरोप प्रारम्भिक रुपमा अनुसन्धान गर्नुपर्ने देखिएको छ। गोप्य दस्तावेज आफैंसँग राखेको घटनामा पहिलो पटक पूर्वराष्ट्रपति विवादमा तानिएका हुन्।  
ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारी गरिरहँदा यस्तो घटना सार्वजनिक भएको हो। आरोप लागेपछि उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी पूर्वराष्ट्रपतिमाथि यस्तो आरोप लाग्नेबारे आफूले कहिल्यै नसोचेको टिप्पणी गरेका छन्।


‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति


काठमाडौं, २६ जेठ । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् । 

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उहाँले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पारेका हुन् । 

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएकोसमेत बताए ।  

यो राजनीतिक विषय बन्न नहुने बताउँदै र छिमेकी मित्र मुलुकले यो विषयका बारेमा बुझिसकेका छन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै उहाँले छिमेकी मुलुकहरूलाई स्पष्टीकरण चाहियो भने पनि त्यो ठुलो कुरा नभएको धारणा व्यक्त गरे । 


६ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार    

६ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार    


एजेन्सी । फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित ६ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् । बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै सुरक्षा स्रोतले एएफपीलाई बताएको छ । आक्रमणकारीलाई पक्राउ गरिएको छ । आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले बताएको छ ।     
प्रधानमन्त्री एलिजाबेथ बोर्न आक्रमणबारे जानकारी लिन र त्यहाँको वस्तुस्थिति बुझ्न घटनास्थल जाने तयारमी हुनुहुन्छ । फ्रान्सेली सञ्चारमाध्यममा आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसद्का सदस्य एक मिनेट मौन भएका थिए ।     
आक्रमणकारी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।     


युक्रेनमा  प्रमुख बाँध भत्कियो, जोखिम क्षेत्रमा उद्धारको काम चल्दै

युक्रेनमा  प्रमुख बाँध भत्कियो, जोखिम क्षेत्रमा उद्धारको काम चल्दै


एजेन्सी ।  रुसको नियन्त्रणमा रहेको युक्रेनी भू–भागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने अहिले पनि उद्धारको काम भैरहेको छ ।

युक्रेनका आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताएका छन् ।  कतिपय मानिस बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ ।

खेअर्सन सहरमा बाढीको उच्च जोखिम छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दुरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ । बीबीसीका अनुसार ड्नीप्रोको पश्चिममा युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा रुसी नियन्त्रण क्षेत्रबाट २५ हजार गरी झण्डै ४२ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ ।

राष्ट्रपति भोलोदिमिर जेलकेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएको आरोप लगाउनुभएको छ । रुसले आरोप अस्वीकार गरेको छ । 


अफगानिस्तानमा ८० महिला विद्यार्थीसहित ८७ जनालाई विष खुवाइएको पुष्टि

अफगानिस्तानमा ८० महिला विद्यार्थीसहित ८७ जनालाई विष खुवाइएको पुष्टि


एजेन्सी । अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलितले सोमबार जानकारी दिएका हुन् । 
अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गरेकी छिन् । 
अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको बताए । 


 'रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं'

 'रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं'


 नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।    
"यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन" मन्त्रीले भने।  "हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं," भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन् । 
विद्युतीय सङ्केत र अन्य विभिन्न कुराहरू यसका पछाडि जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजिनक गर्नु नहुने उनको तर्क छ ।     
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom