09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


तनाव कम गर्न चीनसँग वार्ता आवश्यकः अमेरिका

तनाव कम गर्न चीनसँग वार्ता आवश्यकः अमेरिका


एजेन्सी । अमेरिकाले दुई शक्तिदेशबीच द्वन्द्व निम्त्याउन सक्ने असमझदारीबाट जोगिन चीनसँग वार्ता गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले जनाएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वसर्त भएको बताएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।


अवतरणका क्रममा विमानको ढोका खुलेपछि...    

अवतरणका क्रममा विमानको ढोका खुलेपछि...    


एजेन्सी । दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ ।     

संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ । डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । घटना आज मध्याह्नको हो ।     


बेलायतमा कूल आप्रवासन ६ लाखभन्दा बढी    

बेलायतमा कूल आप्रवासन ६ लाखभन्दा बढी    


एजेन्सी । सन् २०२२ मा बेलायतमा कुल आप्रवासन छ लाख छ हजारभन्दा माथि पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।  कोरोनाभाइरस महामारीपछि विश्वभर प्रतिबन्धहरू हटाउँदा आप्रवासन दरमा उच्च वृद्धि भएको हो । यसले वैदेशिक रोजगारीमा निर्भरता घटाउने प्रतिबद्धता जनाएको सरकारमाथि चर्को दबाब छ ।     

वृद्धिबारे बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयको अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले भन्नुभया, “कोरोनाभाइरस महामारीपछि प्रतिबन्धहरू हटाउँदा सन् २०२२ भरि आवागमनको शृङ्खला अत्यधिक बढेको यसको प्रभावस्वरूप बेलायतमा अन्तर्राष्ट्रिय आप्रवासनको उच्च स्तरमा वृद्धि भएको देखिएको छ ।”     
    
बेलायतमा लामो समयदेखि आप्रवासन एक प्रमुख राजनीतिक मुद्दा रहँदै आएको छ र यो सन् २०१६ मा भएको युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि भएको जनमत संग्रहको मुख्य विवादको बिषय भएको छ ।     
     
‘काम, अध्ययन र मानवीय प्रयोजनका लागि’ युरोपेली सङ्घबाहेकका देशबाट बेलायत आउनेको सङ्ख्या नै मुख्य आप्रवासनको उच्च स्तरमा वृद्धिको कारण भएको बेलायतले जनाएको छ ।     
     
उक्त तथ्याङ्कमा रूसको आक्रमणपछि युक्रेनबाट आएकाहरू र हङकङबाट आएकाहरू समावेश छन् । हङकङबासी बेलायतीलाई मध्यनजर गर्दै बेलायतले बेलायती विदेशी राहदानीधारकहरूका लागि प्रवेश नियमलाई खुकुलो बनाएको थियो ।     
     
कन्जर्भेटिभ सरकारले युरोपेली सङ्घबाट बाहिरिने र सदस्य राष्ट्रका मानिसहरूको स्वतन्त्र आवागमन अन्त्य गरेर बेलायतले आफ्नो सीमामाथिको ‘नियन्त्रण फिर्ता लिन’ सक्ने बारम्बार बताउँदै आएका छन् ।     
     
सन् २०१८ देखि, बेलायतमा शरणको लागि दावी गर्न सानो डुङ्गामा सफलतापूर्वक च्यानल पार गरी आउने गरेको दावी बेलायतको छ । रेको देखेको छ ।  गत वर्ष ४५ हजार भन्दा बढी आप्रवासीहरू बेलायत आएका थिए, जसका कारण अवैध रूपमा प्रवेश गरेका आप्रवासीहरूको प्रवाहलाई रोक्न कडा नयाँ उपायहरू लागू गरिएको थियो ।     
     
प्रधानमन्त्री ऋषि सुनकका पूर्ववर्ती बोरिस जोनसनले गत वर्ष रुवान्डासँग शरणार्थीको लागि दावी गरी शरण पाउन असफललाई मध्य अफ्रिकी मुलुकमा स्थानान्तरण गर्ने सम्झौता गर्नुभएको थियो । तर यो योजना कानुनी लडाईंमा फसेको छ र अझै सुरु भएको छैन ।     


अन्तरिक्षमा जाने पहिलो अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा

अन्तरिक्षमा जाने पहिलो अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा


एजेन्सी । अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छन् । अमेरिकाबाट आइतबार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुन् । उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ ।

आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उनले आफूमा र मानवतामा विश्वास गर्नुपर्नेमा जोड दिएकीछन् ।  बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहेकी बीबीसीले जनाएको छ ।
 


अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छः  बाइडेन

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छः  बाइडेन


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् । 

गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिए । 

गएको फेब्रुअरीमा वाशिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो ।

जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो । 

‘तपाईँ सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ । बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो’, उनले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भने । 
 


बेलायती प्रधानमन्त्रीसँग भारतीय समकक्षी मोदीको भेटवार्ता(भिडिओसहित)

बेलायती प्रधानमन्त्रीसँग भारतीय समकक्षी मोदीको भेटवार्ता(भिडिओसहित)


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन्। जी–७ सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता  गरेका हुन् ।


सो भेटवार्तामा दुई देशबीचको रणनीतिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। साथै, दुई देशबीच भएको एफटीए कार्यान्वयनको दिशामा हालसम्म भएको प्रगतिको समीक्षा गरिएको थियो।

#WATCH जापान: प्रधानमंत्री नरेंद्र मोदी ने हिरोशिमा में यूके के प्रधानमंत्री ऋषि सुनक के साथ द्विपक्षीय बैठक की। pic.twitter.com/zSOjsdiZtR

— ANI_HindiNews (@AHindinews) May 21, 2023

पाकिस्तानको हटमा कोइला खानीको विषयमा विवाद, १६ जनाको मृत्यु

पाकिस्तानको हटमा कोइला खानीको विषयमा विवाद, १६ जनाको मृत्यु


ऐजन्सी ।  पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।


भ्युज बढाउन युट्युबरद्वारा नियतवश प्लेन दुर्घटना, २० वर्ष जेल

भ्युज बढाउन युट्युबरद्वारा नियतवश प्लेन दुर्घटना, २० वर्ष जेल



एजेन्सी । आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्‍याएको छ ।
क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा 'आई क्र्यास्ड माई एयरप्लेन' नामक भिडियो युट्युबमा अपलोड गरेका थिए । झन्डै ४० लाख जनाले हेरेको उक्त भिडियोमा उनलाई आफ्नो प्लेनको सबै भागमा क्यामरा राखेर प्लेन उडाउँदै गरेको र केही समय पछि प्यारासुटको सहायताले ओर्लिएको देख्न सकिन्छ ।
पछि दुर्घटना गराएको स्थानमा फर्केर आफ्नो दर्शकलाई समेत ढाँटेका जेकबले अमेरिकी सरकारी निकाय नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई दुई दिनपछि मात्रै दुर्घटनाको जानकारी गराएका थिए । बोर्डले दुर्घटनास्थललाई अनुसन्धानको लागि जोगाउने भनेकोमा युट्युबरले हेलिकप्टरमा सो स्थानमा फर्केर प्लेनको बचेका टुक्रा लिएर हिँडेका थिए । उनलाई पछि अनुसन्धानकै क्रममा पनि बारम्बार ढाँटेको र अमेरिकाको संघीय न्यायिक अनुसन्धानलाई बारम्बार प्रभावित गर्न खोजेको आरोप पनि लगाइएको थियो । त्यसलाई उनले स्वीकार गरेका छन् । अमेरिकी कानुनअनुसार यस्तो अभियोगमा २० वर्षसम्म जेल सजाय हुन सक्छ ।
 


रुसबाट कच्चा तेल किन्दा भारतलाई १ वर्षमा ४० अर्ब भारु फाइदा

रुसबाट कच्चा तेल किन्दा भारतलाई १ वर्षमा ४० अर्ब भारु फाइदा


एजेन्सी । रुसबाट कच्चा तेल किन्दा भारतलाई एक वर्षमा ४० अर्ब भारतीय रुपैयाँ फाइदा भएको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेपछि रुसी तेल नकिन्न युरोप र अमेरिकाको दबाबका बीच रुसबाट तेल किनेको भारतलाई ४० अर्ब भारु फाइदा भएको बीबीसी हिन्दीले जनाएको छ ।

रुसले भारतलाई विश्व बजारभन्दा सस्तोमा कच्चा तेल दिएकोले फाइदा भएको हो । सन् २०२२ मा भारतले रुसको तेल खरिद अघिल्लो वर्षको तुलनामा १० गुणाले बढाएको छ । रुस–युक्रेन युद्धले कच्चा तेलको मूल्य बढेको बेला भारतले अरू देशको खरिद घटाएर रुसको बढाएको हो ।

सन् २०२२ मा भारतलाई अरू देशको तुलनामा रुसको तेल किन्दा प्रतिटन झन्डै सात हजार तीन सय भारु फाइदा भएको बीबीसी हिन्दीले जनाएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि अमेरिका र युरोपको नाकाबन्दीमा परेको रुसले चीन र भारतलाई सस्तोमा कच्चा तेल उपलब्ध गराइरहेको छ ।
 


यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ । 
लेखिका जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दयार गरेकी थिइन् । 

डोनाल्ड ट्रम्पले अदालतको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘मलाई यी महिला को हुन् भन्ने बिल्कुलै थाहा छैन । यो निर्णय अपमान हो ।’ लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom