10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


वैदेशिक रोजगारीः रेमिट्यान्समा २२.७ प्रतिशतको वृद्धि

वैदेशिक रोजगारीः रेमिट्यान्समा २२.७ प्रतिशतको वृद्धि


काठमाडौं, २६ असार । चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ महिनासम्म एघार खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २, लाख ६० हजार २६२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।


वैदेशिक रोजगारीः माल्टा पठाइदिन्छु भन्दै ठगी, महिला पक्राउ 

वैदेशिक रोजगारीः माल्टा पठाइदिन्छु भन्दै ठगी, महिला पक्राउ 


काठमाडौं, २५ असार । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक–पटक गरी ५ लाख ८५ हजार रुपैयाँ  लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।


कपन लगायतका क्षेत्रमा बाढी

कपन लगायतका क्षेत्रमा बाढी


काठमाडौं, २५ असार । काठमाडौंको कपन लगायतका क्षेत्रमा बाढी आएको छ। सोमबार दिउँसो परेको वर्षाका कारण बूढानिलकण्ठदेखि कपन मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्रमा बाढी आएको हो।  हरेक वर्ष यस क्षेत्रमा आएको बाढीले कयौं क्षति हुने गरेको छ। 

स्थानीयका अनुसार अहिले कपनको मिलनचोकदेखि दुर्गामन्दिर सम्मको क्षेत्रमा ठूलो बाढी आइ घरहरु डुबानमा परेको छ। 


 


श्रम स्वीकृतिको संख्या ४६.६ प्रतिशतले वृद्धि

श्रम स्वीकृतिको संख्या ४६.६ प्रतिशतले वृद्धि


काठमाडौं, २५ असार । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको छ । आज नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को एघार महिनाको तथ्याङक सार्वजनिक गर्दै यस्तो बताएको छ ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या ४६ प्रतिशतले बृद्धि ४,५९,४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २,६०,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।


’केयरगिभर’मा थप ५०० नेपाली लैजाने इजरायलको प्रस्ताव 

’केयरगिभर’मा थप ५०० नेपाली लैजाने इजरायलको प्रस्ताव 


काठमाडौं, २५ असार । इजरायलले नेपालबाट थप पाँच सय दीर्घकालीन सहायक श्रमिक ’केयरगिभर’ लैजान प्रस्ताव गरेको छ। यस विषयमा छलफलका लागि काठमाडौंस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बोलाएको मन्त्रालयले जनाएको छ। 

इजरायलले नेपालबाट केयरगिभर लैजान २०७७ असोज १४ गते श्रम सम्झौता गरेको थियो। त्यसपछि यहाँबाट पहिलो चरणमा इजरायल पठाउनका लागि एक हजार १४७ जना श्रमिक छनोट गरिएको थियो। उनीहरू विभिन्न चरणमा इजरायल गइरहेका छन्। 

इजरायलले म्यानपावर कम्पनी र बिचौलियारहित भर्ना प्रक्रियामार्फत नेपाली कामदार लैजान थालेको छ। सरकार सरकार (जिटुजी) प्रकृयामार्फत कामदार लैजान थालेको हो।

नेपालीहरू एकल ट्रान्जिट उडानमार्फत इजरायल पुग्छन्। त्यहाँ जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेको खण्डमा कामदार आफैंले ब्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।
 


वैदेशिक रोजगारीः ११ महिनामा ७ लाख नेपाली बाहिरिए

वैदेशिक रोजगारीः ११ महिनामा ७ लाख नेपाली बाहिरिए


काठमाडौं, २५ असार । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। राष्ट्र बैंकको ११ महिनाको समीक्षाअनुसार जेठ मसान्तसम्ममा ७ लाख १९ हजार ६७७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ।

श्रम स्वीकृति लिनेको संख्या यो वर्ष २०८.३ प्रतिशतले बढेको छ। ११ महिनामा ११ खर्ब १२ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। जेठ मसान्त सम्ममा  रेमिट्यान्स (विप्रेषण आप्रवाह) २२.७ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो। 


वैदेशिक रोजगारः जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए    

वैदेशिक रोजगारः जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए    


काठमाडौं, २४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।     
उनीहरूको कागजात अध्ययन गर्दा केही शंकास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ ।     
जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शंकास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको बताए । 
उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।     
 


कोरियामा १२ वर्षे भिसा छिट्टै लागू हुँदै

कोरियामा १२ वर्षे भिसा छिट्टै लागू हुँदै


काठमाडौं, २२ असार । दक्षिण कोरियाले विदेशी कामदार सम्बन्धी केहि नियमहरु परिवर्तन गर्ने भएको छ । जुलाई ५ गते पारित गरेको केही नियमहरुमध्ये १२ वर्षे भिसालाई पनि सम्बोधन  गरेको छ ।
कार्यस्थल परिवर्तनलाई सहज बनाउन तथा कम्पनीले आफू खुशी उठाउँदै आएको बसोबस खर्चलाई ब्यवस्थापन गर्ने गरी नियम यहि सेप्टेम्बरबाट लागू गर्दैछ । 
कम्पनीले विदेशी कामदारले आफ्नो कारणले छोडेर विदेशी कामदार राख्न चाहेमा ७–१४ दिन कोरियन कामदारको लागि छुट्टाएको समय खारेज अबदेखि सिँधै विदेशी कामदारको आवेदन दिन सकिने भएको छ ।


दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं, २१ असार ।  वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने सप्तरीका एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका–४ ठेलीया घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने ३२ वर्षीय विरु पौडेल रहेका छन्।
उनले विजय चौलागाईं लगायतलाई दुबई पठाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। आकर्षक तलब हुन्छ भन्दै रकम लिएर फरार भएका उनलाई बुधार प्रहरीले लोकन्थलीबाट पक्राउ गरेको हो। 
 


यूएईको सडकमा रातो बत्तीको नियम पालना नगरे झण्डै १८ लाख रुपैयाँ जरिवाना

यूएईको सडकमा रातो बत्तीको नियम पालना नगरे झण्डै १८ लाख रुपैयाँ जरिवाना


काठमाडौं, २१ साउन ।  यूएईमा हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम अर्थात् झण्डै १८ लाख रुपैयाँ जरिबाना र डिपोर्ट हुने भएको छ ।

यूएईले आफ्नो ट्राफिक नियमको विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलङ्घन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो ।

यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सिजसमेत गर्न सक्ने छ ।

यसका साथै यदि कसैले गति नियन्त्रणका लागि सवारीको जानाजान मोडिफाइ गरेमा, नम्बर प्लेट बिना चलाएमा वा ठुलो आवाजसहित चलाएमा पनि कारबाही हुने छ । 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom