11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


स्वीकृतिविना सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई म्यानपावर कम्पनी कारबाहीमा

स्वीकृतिविना सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई म्यानपावर कम्पनी कारबाहीमा


काठमाडौं, ३१ साउन । स्वीकृतिविना सामाजिक सञ्जाल प्रयोग गरी वैदेशिक रोजगारीमा पठाउने भनी विज्ञापन गर्दै राहदानी संकलन गर्ने दुई म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ।
विभागले क्यापिटल रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि. र इगल म्यानपावर कन्सल्टेन्ट प्रा.लि.लाई दुई–दुई लाख जरिवाना गराएको हो। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विभागबाट इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था छ।
त्यसैगरी, ऐनको व्यवस्थाविपरीत सामाजिक सञ्जालमा वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन प्रकाशन गरी भ्रम सिर्जना गर्ने ललितपुरस्थित सुयान एजुकेसन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमाथि अनुसन्धान गरिरहेको विभागले जनाएको छ।

विभागले वैदेशिक रोजगारीमा जान इच्छुकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ।


वैदेशिक रोजगारीः १५ वर्षमा ५८ लाख विदेशिए

वैदेशिक रोजगारीः १५ वर्षमा ५८ लाख विदेशिए


काठमाडौं, ३१ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो १५ वर्षमा करिब ५८ लाख अर्थात् ५७ लाख ७२ हजार १६० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 
आर्थिक वर्ष २०६५–६६ देखि २०७९–८० सम्मको अवधिमा उनीहरु वैदेशिक रोजगारीमा गएका हुन् । यो संख्या वैधानिक तरिकाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको मात्र हो ।  अवैध तरिकाले वैदेशिक रोजगारीमा गएकाहरु यसमा समावेश गरिएको छैन । 
कूल वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको संख्या ६.२० प्रतिशत रहेको छ । बाँकी ९३.८० प्रतिशत पुरुष रहेका छन् ।  बोर्डको तथ्याङ्कअनुसार पछिल्लो १५ वर्षमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष २०७९–८० मा गएका छन् । 
उक्त वर्ष ७ लाख ७१ हजार  ३२७ जना वैदेशिक रोजगारीमा गएका थिए ।  वैदेशिक रोजगारीमा सबैभन्दा कम आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ मा गएको देखिन्छ ।   कोरोना भाइरसको महामारीका कारण देशहरु लकडाउनमा रहेकाले ती वर्ष नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या कम भएको हो । 
पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक वर्ष ३ लाख ८४ हजार ८१० जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ ।  सो अवधिमा प्रत्येक दिन एक हजार ५४ जनाभन्दा बढी नेपाली रोजगारी खोज्दै विदेश गएको देखिन्छ । 


वैदेशिक रोजगारीः साउदीमा जरिवानामा परेका श्रमिकलाई विववरण टिपाउन दूतावासको अनुरोध

वैदेशिक रोजगारीः साउदीमा जरिवानामा परेका श्रमिकलाई विववरण टिपाउन दूतावासको अनुरोध


काठमाडौं, ३० साउन । साउदीमा जरिवानामा परेका श्रमिकलाई विववरण टिपाउन नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल(रोजगारदाता)ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ ।

रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी दूतावासले श्रमिक माथि लगाएको जरिवाना मिनाहामा पहल गर्ने छ । 

सूचनामा दूतावासले भनेको छ ‘विवरण सङ्कलन भएपछि उनीहरूको जरिवाना वा फाइन मिनाहाको प्रक्रिया अघि बढाई स्वदेश पिर्तीका लागि पहल गर्ने छौँ, त्यसका लागि पहिला कति जनाले यो समस्या भोगिरहनुभएको छ भन्ने तथ्याङ्क आवश्यक छ ।’

दूतावासमा दूतावासमा https://sa.nepalembassy.gov.np/registration-form/मार्फत अनलाइनबाटै आफ्नो विवरण टिपाउन सकिन्छ ।मार्फत अनलाइनबाटै आफ्नो विवरण टिपाउन सकिन्छ ।

यसबारे थप जानकारी आवश्यक भएमा दूतावासमा ०११ ४६१११०८ नम्बरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ । दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म ०११२८८३७९५ नम्बरसमेत खुला रहने दूतावासले जनाएको छ ।

यस्तै नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०९ मा सम्पर्क गरेर समेत बुझ्न सकिन्छ ।
 


वैदेशिक रोजगारीः पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीः पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने व्यक्ति पक्राउ


काठमाडौं, २९ साउन । वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन् । 
उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ । उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरुलाई पटकपटक गरी ३९ लाख रुपैयाँ उठाएर भागेका थिए । 

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 


विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वः घोषणा कक्ष सञ्चालन

विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वः घोषणा कक्ष सञ्चालन


काठमाडौं, २८ साउन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वः घोषणा कक्ष सञ्चालनमा ल्याएको छ। विदेशबाट फर्केका यात्रुले मापदण्ड भन्दा बढी सुनका गर-गहना, विदेशी मुद्रा, टिभी तथा मोबाइल फोन ल्याउने र स्वः घोषणा नगरी बाहिरिदा भन्सार छली अनुसार कारबाहीको भागीदार हुने गरेका थिए। 
स्वः घोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वः घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने छन्। विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउँछन्। त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारी सहित स्वःघोषणा कक्षको व्यवस्था गरेको छ।

यसअघि त्यस्तो कक्ष नहुँदा यात्रुहरू मापदण्डभन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए। 

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनका गहनामा भन्सार तिर्नु पर्दैन।

यसैगरी पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन। एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ।
 


वैदेशिक रोजगारी: ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारी: ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं, २६ साउन । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय शालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रु ५० हजार, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै रु दुई लाख ५५ हजार तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै रु दुई लाख ५६ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो। 
उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
 


श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल

श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल


काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो।
छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिए । 
छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए । 
 


वैदेशिक रोजगार विभागको अनलाइन सेवा पुनःसञ्चालनमा

वैदेशिक रोजगार विभागको अनलाइन सेवा पुनःसञ्चालनमा


काठमाडौं,२५ साउन । वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा बिहीबार पुनःसञ्चालनमा आएको विभागले जनाएको छ । 
उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले श्रम स्वीकृतिका लागि अब सहज भएको छ । अवरुद्ध भएको ‘एफइआइएमएस’ प्रणाली पुनःसञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले सूचनामार्फत सेवाग्राहीलाई पनि जानकारी दिएको छ । 
 


वैदेशिक रोजगारः घरेलु काममा साउदी पुर्‍याइएका चार महिलाको उद्धार 

वैदेशिक रोजगारः घरेलु काममा साउदी पुर्‍याइएका चार महिलाको उद्धार 


काठमाडौं, २५ साउन ।  कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरी त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ । साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेका उनीहरूलाई उद्धार गरी तीन महिना सेल्टरमा राखेर बुधवार स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पु¥याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेण्टले उनीहरूलाई साउदी अरब पु¥याईएका थिए ।

साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको दूतावासले जनाएको छ ।

दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्कन्छु भन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् । 
 


पीडितलाई क्षतिपूर्ति नदिने २ मेनपावर कम्पनीको लाइसेन्स खारेज

पीडितलाई क्षतिपूर्ति नदिने २ मेनपावर कम्पनीको लाइसेन्स खारेज


काठमाडौं, २४ साउन । पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने श्रमिकलाई ठगी गर्दै क्षतिपूर्ति नदिने दुई वटा मेनपावर कम्पनीको लाइसेन्स खारेज गरेको हो । 
विभागका महानिर्देशक मदन दाहालले पीडितलाई क्षतिपूर्ति नदिने डि स्क्वायर र डिलक्स एचआर मेनपावरको इजाजतपत्र नै रुद्ध गरिएको जानकारी दिए । दुवै कम्पनीले पीडितहरूलाई करोडौं रुपैयाँ बराबरको क्षतिपूर्ति नदिएपछि इजाजतपत्र नै खारेज गरिएको महानिर्देशक दाहालले बताए । 

डि स्क्वायरले दुई जना पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै आएका थिए । त्यसपछि महानिर्देशक दाहालले वैदेशिक रोजगार ऐन २०६४ को दफा ५१ अनुसार इजाजतपत्र रुद्ध गर्ने निर्णय गरेका हुन् । 

वैदेशिक रोजगार ऐन विपरीतको कार्य गरेको पाइएमा विभागले मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गर्ने व्यवस्था रहेको छ । सोही आधारमा निर्णय गरिएको महानिर्देशक दाहालले बताए । 

त्यस्तै १५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै डिलक्सको समेत इजाजतपत्र खारेज गरिएको हो । बुधबार महानिर्देशक दाहालले इजाजतपत्र खारेज गर्ने निर्णय गरेका हुन् । 

दुवै संस्थाले इजाजतपत्र रुद्ध गर्ने निर्णयमाथि चित्त नबुझेमा उक्त निर्णय भएको जानकारी पाएको ३५ दिनभित्रमा श्रम मन्त्रालयमा पुनरावेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ । सोही आधारमा मन्त्रालयले निर्णय गर्नेछ । 

दाहाल महानिर्देशक भएर आएपछि ऐन विपरीतका कार्य गर्ने मेनपावर व्यवसायीमाथि कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । उनले उनीहरूलाई पटक पटक ऐन विपरीतको कार्य नगर्न चेतावनी दिँदै आएपनि क्षतिपूर्ति दिन लामो समयदेखि आनाकानी गर्दै आएपछि इजाजतपत्र खारेज गरिएको बताए ।


 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom