10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


प्रहरी सवार भ्यान दुर्घटनाः चार जनाको मृत्यु 

प्रहरी सवार भ्यान दुर्घटनाः चार जनाको मृत्यु 


काठमाडौं, ५ कात्तिक । बाणगंगा नगरपालिका ३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्र वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सुरक्षाकर्मी पुराएर फर्किएको ना १ ग ५५४ नम्बरको भ्यान साइकललाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।

घटनामा परी दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको मृत्यु भएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको मृत्यु भएको छ ।

यसै गरी दुर्घटनामा सई गोविन्द सुवेदी र प्रेम मल्ल, नेपाल प्रहरीका कुल बहादुर घर्ती समेत घाइते हुनु भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेनले बताए ।

मल्लको टाउकोमा रगत जमेको र घर्तीको आइसियु राखेर उपचार भएको बताइएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको छ ।


रोकिएन चितुवाको आक्रमण:  बन्दीपुरमा बालिकाको मृत्यु

रोकिएन चितुवाको आक्रमण: बन्दीपुरमा बालिकाको मृत्यु


काठमाडौं, ४ कात्तिक । तनहुँ बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए।

चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो।  बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन्। पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ।

गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
 


बझाङ जीप दुर्घटनाः सात जनाको मृत्यु 

बझाङ जीप दुर्घटनाः सात जनाको मृत्यु 


बझाङ, २ कात्तिक । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 
यस्तै कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 


ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन

ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन


ताप्लेजुङ, २ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला ४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिएका छन् । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।
अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।


नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु


पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो । सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।
 


प्राकृतिक विपदः ६ महिनामा २ सय ७९ जनाको मृत्यु, ५ सय ९५ जना घाइते

प्राकृतिक विपदः ६ महिनामा २ सय ७९ जनाको मृत्यु, ५ सय ९५ जना घाइते


काठमाडौं, २७ असोज । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखलाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा ‘प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ’ भन्ने रहेको छ । सन् १९८९ को राष्ट्र सङ्घ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरण बढाउने उद्देश्यले दिवसको सुरुवात गरेको थियो ।

नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ । बाढीरपहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो ।
 


हुम्लामा पहिरोले पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, ३ घाइते

हुम्लामा पहिरोले पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, ३ घाइते


काठमाडौं, २४ असोज ।  हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ । यस्तै पहिरोमा परेर ३ जनाको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीय ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । 

घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।

स्थानीय शाहीका अनुसार घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।
 


गोठाटार हत्याकाण्डः तीन जना पक्राउ

गोठाटार हत्याकाण्डः तीन जना पक्राउ


काठमाडौं, १४ असोज । प्रहरीले काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर शुक्रबार पत्रकार सम्मेलन गर्दै विधि र प्रविधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका तीन जनालाई काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जनाएको हो। पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन्। 
महोरम मियाँ र रेहान मियाँ घटनाको योजनाकार तथा हतियार व्यवस्थापन तथा सुस्मिता स्याङताङले मृतकको गतिविधिको निगरानी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए। 
उक्त घटनाका सम्बन्धमा पक्राउ परेका उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पाएर जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको बोहराले बताए। 
घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीका आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 


मृत भेटिइन् अमेरिकाकी चर्चित स्की पर्वतारोही

मृत भेटिइन् अमेरिकाकी चर्चित स्की पर्वतारोही


काठमाडौं, १२ असोज । अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत  भेटिएकी छन् ।  गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए।सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो। नेल्सन दुई दशकदेखि स्की पर्वतारोहणमा संलग्न थिइन्। विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन्।
 


सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु


सल्यान, १२ असोज । सल्यानको कपुरबोट गाउँपालिका ३ मुलपानीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर ढकेरीबाट सल्यानको रिमतर्फ जाँदै गरेको रा१ ज ५६३ नम्बरको जिप बुधबार बिहान साढे ३ बजे दुर्घटना भएको हो । 
जिपमा सवार नौ जनामध्ये ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना महिला र सात जना पुरुष छन् । एक पुरुष भने गम्भीर घाइते अवस्थामा भेटिएका छन् । मृतक र घाइते कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom