11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


धरानमा गोली हानी एक जनाको हत्या

धरानमा गोली हानी एक जनाको हत्या


काठमाडौं, ५ साउन ।  सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी एक जनाकाे हत्या भएकाे छ । आज शुक्रवार विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएकाे छ । मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट पनि भएको प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार चौधरीको साथमा भएको नगद रकम र मोबाइल लुटिएको छ ।


चितवनको दासढुङ्गामा बस दुर्घटना

चितवनको दासढुङ्गामा बस दुर्घटना


काठमाडौं, २९ असार । चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।


मनाङ हेलिकप्टर दुर्घटनाः ६ जनाकै शव फेला 

मनाङ हेलिकप्टर दुर्घटनाः ६ जनाकै शव फेला 


काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ६ जनाकाे शव फेला परेकाे छ । उक्त दुर्घटनामा परेर ६ जनाको निधन भएकाे पुष्टि  विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले गरेका छन् ।

मनाङ एयरकाे ९एन एएमभी (एएस५०) काे हेलिकप्टर बिहान १० बजेर १३ मिनेटदेखि सम्पर्कविहिन भएकाे र साेलुखुम्बुकाे लिखुपिखे वार्ड नं ५ लामजुरा नजिक भेटिएकाे थियाे । पाइलट लगायतका अन्य पाँच जना यात्रुहरूकाे शव स्थानिय तथा प्रहरीले फेला परेकाे पनि विमानस्थलका तिवारीले जानकारी दिए । उद्धार कार्यमा २ एल्टिच्युड हेलिकप्टर परिचालन गरिएकाे थियाे । 


खराब माैसमी अवस्थाका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न सकिएकाे थिएन । जसकारण उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर भकान्जे नजिकअवतरण गरिएकाे छ । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने पहल भइरहेको छ ।

यसैगरी, सिम्रिक एयरकाे अर्काे हेलिकप्टर पनि उद्धार कार्यका लागि परिचालित गरिएकाे छ ।
 


मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला


काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।  

उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार असई निराजन बस्नेतको टोलीले उद्दार जारी राखेको छ।  

दुर्घटनास्थलमा हेलिकप्टरमा सवार  ६ मध्ये पाँच जनाको शव भेटिएको छ।  अर्का एक जनाकाे अवस्था अज्ञात छ। सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। क्याप्टेन चेतबहादुर गुरूङले  हेलिकप्टर उडाएका थिए भने पाँच म्याक्सिनकन सवार थिए। 


मनाङ एयरको हेलिकोप्टर  लामाजुरामा दुर्घटना

मनाङ एयरको हेलिकोप्टर लामाजुरामा दुर्घटना


काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टर सोलु दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भएको छ। 

सोलु दूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्वु शेर्पाका अनुसार हेलिकोप्टर दुई पालिकाको सिमाना क्षेत्रमा दुर्घटना भएको खबर स्थानीयले गराएको र घटनास्थलतर्फ प्रहरी गइरहेको छ। हेलिकोप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए।

दुर्घटना भएको हेलिकप्टरमा पाँचै जना यात्रु मेक्किकन नागरिक भएको खुलेको छ। सोलुखुम्बुबाट काठमाडौका लागि १० बजे उडेको हेलिकोप्टर लामाजुरा पुगेपछि सम्पर्कविहीन भएको थियो।

९ एन एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टरमा एक जना पाइलट र अन्य सबै मेक्सिकन नागरिक भएको पुष्टि भएको सोधु दूधकुण्डका प्रमुख शेर्पाले बताए। 

हेलिकोप्टर उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। 


नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह


काठमाडौं,१५ असार । बिहीबार दिउँसो देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।    
बिहीबार दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ। यहाँ हिजो बिहान साढे ९ बजे सुख्खा पहिरो खसेको थियो।
सो पहिरो साढे १० बजे हटाएपछि दुई तर्फी नै सवारी साधन गुड्न थालेका थिए। फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्। दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।


ओखलढुंगामा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता

ओखलढुंगामा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता


काठमाडौं, ८ असार । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बाह्रखरीलाई जानकारी दिए । 

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए । 

बिहीबार राति पहिरो जाँदा उक्त हताहत भएको हो । अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।


गोरखामा जन्ती सवार जिप दुर्घटनाः पाँचजनाको मृत्यु 

गोरखामा जन्ती सवार जिप दुर्घटनाः पाँचजनाको मृत्यु 


काठमाडौं, ८ असार । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चारजना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं ५ का १९ बर्षीय प्रविन थापा, २८ वर्षीय वीर बहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीय नबिना थापा र ६४ वर्षीय धन ब. थापा रहेका छन् । 
तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको थियो । दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् । 

जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जितमा कति सवार थिए यकिन नभएको तर १८ देखि २० जना सवार रहेको जानकारी आएको बताईएको छ । अहिले दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले उद्दार गरिरहेको छ । 
 


बझाङ दुर्घटनाः उपचारका क्रममा मन्त्री सिंहको निधन

बझाङ दुर्घटनाः उपचारका क्रममा मन्त्री सिंहको निधन


काठमाडौं, ५ असार । गाडी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः३३ बजे निधन भएको बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए । 

मन्त्री सिंहसँगै घाइते भएका सवारीचालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि कोहलपुर लगिएको थियो ।

बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार आज दिउँसो बझाङमा भएको सडक दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सवार गाडी मंगलबार दिउँसो पौने २ बजे बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको हो ।


बझाङ दुर्घटनाः २ जनाको मृत्यु, मन्त्री सिंहसहित ३ जनाको उपचार हुँदै

बझाङ दुर्घटनाः २ जनाको मृत्यु, मन्त्री सिंहसहित ३ जनाको उपचार हुँदै


काठमाडौं, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। 
मृत्यु हुनेमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह रहेका छन्। 

उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हाे । 

मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा सडकबाट खसेर दुर्घटनामा परेको हो। 

दुर्घटनामा सिकिस्त बनेका मन्त्री सिंह, गाडीचालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको छ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom