11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


पोखरामा जहाज दुर्घटना

पोखरामा जहाज दुर्घटना


कास्की, २ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । पोखराको सेती किनारमा जहाज खसेको हो । पोखराबाट काठमाडौं उडेको यति एयर लाइन्सको जहाज दुर्घटना भएको हो ।  अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ । 


पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु

पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु


काठमाडौं, २४ पुस । शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्युपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र करिब १० राउण्ड अश्रुग्यास प्रहार गरेको हो । 

मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराको स्प्रिट सेवनबाट मृत्यु भएको हो। शुक्रबार औषधि खानका लागि उनले पानी मागेपछि शिक्षिक अम्बिका लम्सालले माउण्टेन ड्यूको बोतलमा रहेको स्पिरिट दिएकी थिइन्।

सिर्जनाले पानी ठानेरै स्पिरिट खाएपछि बेहोस् भएकी थिइन्। उपचारको लागि उनलाई कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा लगेकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो।

घटनाको विरोधमा आइतबार विद्यार्थीहरु मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। 


पाल्पाको सत्यवतीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु‚ १८ घाइते

पाल्पाको सत्यवतीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु‚ १८ घाइते


पाल्पा, २२ पुस । पाल्पा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती मधुवनमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राति  दुर्घटना भएको हो । घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ । 

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो । 

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।


 


 रत्नराज्य क्याम्पसमा झडप, ४ विद्यार्थी नेता घाइते

 रत्नराज्य क्याम्पसमा झडप, ४ विद्यार्थी नेता घाइते


काठमाडौं, १३ पुस । काठमाडौं प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप भएको छ । झडपमा ४ विद्यार्थी नेताहरु घाइते भएका छन् ।
स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए । 


काभ्रेमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु


काठमाडौं, २७ मंसिर । काभ्रे बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।
घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । 
 


जाजरकोट जीप दुर्घटनामा एकै वडाका सातसहित ११ जनाको मृत्यु     

जाजरकोट जीप दुर्घटनामा एकै वडाका सातसहित ११ जनाको मृत्यु     


जाजरकोटं, २६ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो । जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए । 
 


जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु


काठमाडौं, २६ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको हो । 
घटनास्थलमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 


कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,  सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,  सशस्त्र प्रहरीको मृत्यु


काठमाडौं, २५ मंसिर । काठमाडौं कीर्तिपुरमा स्कूल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो ।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।


किशोरी हत्या आरोपित सशस्त्रका जवान पक्राउ

किशोरी हत्या आरोपित सशस्त्रका जवान पक्राउ


काठमाडौं, १८ मंसिर । कैलाली । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीकै शिवनाथ गाउँपालिका–४ घर भएका कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० मोहनकुमार आचार्यले कोली पक्राउ परेका पुष्टि गरे । कोली माथि लुहारको हत्या गरेर फरार भएको आरोप छ ।
 


धनुषामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते

धनुषामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते


धनुषा, १७ मंसिर । धनुषामा शनिबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।     
     
मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।     
     
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् ।     
     
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom