11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरणः आरोपि सञ्जय भण्डारी सार्वजनिक

तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरणः आरोपि सञ्जय भण्डारी सार्वजनिक


काठमाडौं, ३१ भदौ । तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

उनलाई प्रहरीले सञ्जयलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो। शुक्रबार राति धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या गरेर उनी पेप्सीकोला स्थित साथीको घर पुगेका थिए।

राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए। तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरीले जनाएको छ। बोल्न नसक्ने सञ्जयले प्रहरी समक्ष चारै जनाको आफूले हत्या गरेको दोभासेमार्फत बयान दिएका छन्। नवीन राईले आफूलाई केही दिनअघि मोटरसाइकलले ठक्कर दिएपछि हत्या गरेको उनले बताएका छन्।

घटनामा मारिएका मोरङका नवीन राईले केही दिन अघि चलाएको मोटरसाइकलले आरोपीतलाई चाबहिलमा ठक्कर दिएको र सोही रिशमा हत्या गरेको भेटिएको छ।

आरोपित व्यक्तिले नवीन राई बस्ने गरेको ठाउँ खोज्दै गैरीगाउँस्थित सःमिल पुगेका थिए । राती सःमिल पुगेका उनले झोलामा राखेको खुकुरी निकालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नविनको हत्यापछि भुजेल परिवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।


बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते


काठमाडौं, २३ भदौ । बाँकेको शमशेरगञ्ज नजिक रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।


वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाटः ग्राण्डी अस्पताल

वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाटः ग्राण्डी अस्पताल


काठमाडौं, २१ भदौ । ग्राण्डी अस्पतालले काठमाडौं  महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ 


काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन


काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमण भएपछि उनलाई गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार बिहान निधन भएको हो ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । 


वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु

वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु


काठमाडौं, १८ भदौ । वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। आइतबार राति २ बजेतिर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको हो।
मृत्यु भएका व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्ष जतिका पुरुष व्यक्ति छन्। उनी बिरामी कुरुवा भन्दै अस्पतालमा छिरेका पाइएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
 
 


पेप्सीकोलामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, १२ घाइते

पेप्सीकोलामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, १२ घाइते


काठमाडौं, १७ भदौ । पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत  सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएको जानकारी दिए । दुई गाडी आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।

दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


 


पेप्सीकोला दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै

पेप्सीकोला दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै


काठमाडौं, १७ भदौ । छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। यस्तै ९ जना घाइते भएका छन्। आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमासमेत क्षति पुगेको छ।
जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ।

स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए। 

बोलेरोमा सवार ५ जना विद्युत्‌का कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ।
 


पाल्पामा जिपमाथी पहिरो खस्दा तीन जनाको मृत्यु

पाल्पामा जिपमाथी पहिरो खस्दा तीन जनाको मृत्यु


काठमाडौं, १३ भदौ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।  गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।  

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


दिवंगत अभिनेता सारुक ताम्राकारका बुबाको निधन

दिवंगत अभिनेता सारुक ताम्राकारका बुबाको निधन


काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ। सारुकको निधनपछि उनी अस्पताल भर्ना भएका थिए‌। उनी नर्भिक अस्पतालमा उपचाररत थिए‌।  ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।

उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। गत असार २१ गते सारुक आफ्नै घरमा मृत भेटिएका थिए। 
उनी नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यबाहक अध्यक्षसमेत हुन्।
 


तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु


काठमाडौं, ७ भदौ । भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन्। काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बारा प्रहरीले जनाएकाे छ । 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom