15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु

बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु


काठमाडौं, १३ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।

करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले सेतोपाटीलाई बताए।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो।

अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।
 


तनावग्रस्त बालकुमारी क्षेत्र

तनावग्रस्त बालकुमारी क्षेत्र


काठमाडौं, १३ पुस । ललितपुरको ग्वार्कोमा एउटा गाडीमा आगजनी भएको छ। मन्त्रीले प्रयोग गर्ने नम्बरप्लेट भएको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो। 
जलाइएको गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको बुझिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका छन्। 
प्रदर्शनका क्रममा उनीहरुले सडकमा ढुङ्गामुढा गर्नुका साथै गाडीमा समेत आगजनी र तोडफोड गरेका थिए। उक्त क्षेत्र अहिले तनावग्रस्त बनेको छ।


धनुषामा झडपः स्थानीय आक्रोशित, प्रहरीको गोली लागेर दुईजना घाइते

धनुषामा झडपः स्थानीय आक्रोशित, प्रहरीको गोली लागेर दुईजना घाइते


काठमाडौं, ६ पुस ।  धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् ।

स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको प्रहरीको कुटाइपछि मृत्यु भएसँगै आक्रोशित स्थानीय प्रहरीचौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

भीडलाई हटाउन प्रहरीले गरेको हवाईफायरका क्रममा दुईजनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ । अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो ।
प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते भएका स्थानीयले बताएका छन् ।
स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि आत्मरक्षाका निम्ति गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रूपमा जलाइदिएको तथा नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादका क्रममा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा लगिएको थियो । सो क्रममा प्रहरीका सई तुलानन्द ठाकुरको कुटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

गोली लागेर घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । 


झम्सीखेलमा प्रहरीले चलायो गोली, एकजना पक्राउ

झम्सीखेलमा प्रहरीले चलायो गोली, एकजना पक्राउ


काठमाडौं, २६ मंसिर ।  प्रहरीले ललितपुरको झम्सीखेलमा गोली हानेर मंगलबार एकजनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राई छन् । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई गोली हानेर नियन्त्रणमा लिइएको उनले बताए ।
 


लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु, १८ बिरामी

लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु, १८ बिरामी


काठमाडौं, २४ मंसिर ।  लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । सुन्दरबजार नगरपालिका–९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो ।  बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रबार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि  उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाइ छ । 
 


जाजरकोट भूकम्पः बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

जाजरकोट भूकम्पः बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु


काठमाडौं,  १४ मंसिर । जाजरकोट कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । 

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । 


तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, ३४ घाइते 

तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, ३४ घाइते 



काठमाडौं, १३ मंसिर । धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन ।

दुर्घटनामा धनकुटा साँगुरीगढीका ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

धरानबाट पोखरातर्फ जादै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


रुकुम पश्चिम जिप दुर्घटना, घाइते दुई जनाको मृत्यु

रुकुम पश्चिम जिप दुर्घटना, घाइते दुई जनाको मृत्यु


काठमाडौं, ४ मंसिर । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन्। बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए। 

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाँै पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए। 

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो। जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए।

जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो। घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ।
 


मुगु हत्या प्रकरणः भिसा नपठाएको निहुँमा चार जनाको हत्या

मुगु हत्या प्रकरणः भिसा नपठाएको निहुँमा चार जनाको हत्या


काठमाडौं,२४ कात्तिक । वैदेशिक रोजगारीका लागि कतारबाट भिसा नपठाएको निहुँमा मुगुमा एउटै परिवारका चार जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दशैं टीकाको भोलिपल्ट छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने श्रीदेवी बोहोरा, छोराछोरी ११ वर्षीय मनोज बोहोरा, छोरी सात वर्षीया अप्सरा बोहोरा र पाँच महीनाको रहर बोहोराको हत्या भएको थियो।

हत्या आरोपमा प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहोरालाई पक्राउ गरेको हो। 

मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा कतारमा राम्रो कम्पनीमा रहेका थिए। गोपालले भिसा पठाउन आग्रह गर्दा दीपकले नपठाएको निहुँमा परिवारका सदस्यहरूको हत्या गरेको प्रहरीले भनाइ छ।

कात्तिक २४ गते आरोपीद्वयलाई सार्वजनिक गर्दै नेपाल प्रहरीले भनेको छ, ‘गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई दुई वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन आग्रह गरेको, तर दीपकले सो कुरा अस्वीकार गरेकाले रिसइबीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ।’

प्रहरीका अनुसार गोर्खराज कात्तिक २१ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशी टोल र गोपाल कात्तिक २४ गते आफ्नै घरबाट पक्राउ परेका हुन्। हत्यापछि लुटपाट समेत भएको प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ, ‘गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको साढे दुई तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल लुटेर भागेको खुल्न आएको छ।’
https://www.himalkhabar.com/news/138828
 


जाजरकोट भूकम्पः १२ जिल्लाका ३५ हजार घरमा क्षति(सूचीसहित)

जाजरकोट भूकम्पः १२ जिल्लाका ३५ हजार घरमा क्षति(सूचीसहित)


काठमाडौं, २१ कात्तिक । घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ। भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १/१ घर पूरै ध्वस्त भएका छन्। 
भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १/१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ।