08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


पेप्सीकोलामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, १२ घाइते

पेप्सीकोलामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, १२ घाइते


काठमाडौं, १७ भदौ । पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत  सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएको जानकारी दिए । दुई गाडी आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।

दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


 


पेप्सीकोला दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै

पेप्सीकोला दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै


काठमाडौं, १७ भदौ । छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। यस्तै ९ जना घाइते भएका छन्। आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमासमेत क्षति पुगेको छ।
जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ।

स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए। 

बोलेरोमा सवार ५ जना विद्युत्‌का कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ।
 


पाल्पामा जिपमाथी पहिरो खस्दा तीन जनाको मृत्यु

पाल्पामा जिपमाथी पहिरो खस्दा तीन जनाको मृत्यु


काठमाडौं, १३ भदौ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।  गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।  

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


दिवंगत अभिनेता सारुक ताम्राकारका बुबाको निधन

दिवंगत अभिनेता सारुक ताम्राकारका बुबाको निधन


काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ। सारुकको निधनपछि उनी अस्पताल भर्ना भएका थिए‌। उनी नर्भिक अस्पतालमा उपचाररत थिए‌।  ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।

उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। गत असार २१ गते सारुक आफ्नै घरमा मृत भेटिएका थिए। 
उनी नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यबाहक अध्यक्षसमेत हुन्।
 


तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु


काठमाडौं, ७ भदौ । भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन्। काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बारा प्रहरीले जनाएकाे छ । 
 


त्रिशूली नदीमा बस खस्यो,  ८ जनाको मृत्यु

त्रिशूली नदीमा बस खस्यो,  ८ जनाको मृत्यु


काठमाडौं, ६ भदौ ।  काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

घाइते ८ जनाको उद्धार भएको छ। काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो।
 


काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


काठमाडौं, ३ भदौ । काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ जना घाइते भएका छन्। आज (आइतबार) बिहान ७:३० बजेको समयमा काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा कलंकीबाट बालाजुतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको  बाग्मती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा १ जना महिला र पुरुषको मृत्यु भएको छ। अन्दाजी १० वर्षीया बालिका घाइते भएकी छन्। मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय राम कुमार भारतीको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन्। दुर्घटनामा घाइते भएकी १० वर्षीया बालिकाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

प्रहरीले दुर्घटनामा परेका दुवै सवारी साधनसहित बसका चालक दानबहादुर थापालाई नियन्त्रणमा लिएको छ। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 


आठ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा २० घाइते

आठ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा २० घाइते


काठमाडौं, ३१ साउन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो।

उक्त दुर्घटनामा बा प्र ०६–००१ प ९९८१,  बा प्र ०३–००५  प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१  प ४१४७  मोटरसाइकल र बा प्र ०६–००१  प २२९४ र बा।प्र।०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एकापसमा ठोक्किएको थियो।


सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खुला


काठमाडौं, २९ साउन । कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्। सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। 

बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्। आज (सोमबार) बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ। कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो। कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।


मुस्ताङमा बाढीको वितण्डाः १० घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङमा बाढीको वितण्डाः १० घर, प्रहरी चौकी र पुल बगायो


काठमाडौं, २९ साउन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।  
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन  विद्युत्का पोल बगाएको बताएको बताए । 
मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदैं  उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । 

विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।