08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना प्रविधि


कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न समितिको निर्देशन

कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न समितिको निर्देशन


काठमाडौं, ८ भदौ । कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । 
जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परिक्षा गराउन समितिले मंगलबार निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् । कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।


बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं, ४ साउन । सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।


एनसेलको मेन ब्यालेन्सबाट डेटा चलाउँदा अझै सुलभ दरमा डेटा सेवा

एनसेलको मेन ब्यालेन्सबाट डेटा चलाउँदा अझै सुलभ दरमा डेटा सेवा


काठमाडौं, १४ असोज । एनसेलका ग्राहकले बढी शुल्क लाग्‍ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पे एज यू गो योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।

पे एज यू गो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक २ रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्न प्याक सुविधा नलिने ग्राहकलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्छन् त्यसैअनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदि ग्राहकले पे एज यू गोअन्तर्गत एक सातामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरे विद्यमान पे एज यू गो शुल्क २ रुपैयाँ प्रतिएमबी पर्छ । एक सातामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्नेबित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्छ । त्यसैगरी यदि ग्राहकले एक सातमा ५० रुपैयाँभन्दा बढी खर्च गर्नेबित्तिकै प्रतिएमबी मात्र ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।

साप्ताहिक चक्रमा हरेका साता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पे एज यू गो डेटाअन्तर्गत गरेको खर्चका आधारमा यो योजना सञ्चालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा पे एज यू गो डेटा सेवामा २३ रुपैयाँ खर्च गरे ग्राहकको मेन ब्यालेन्सबाट २० रुपैयाँभन्दा बढी खर्च हुनेबित्तिकै पे एज यू गो शुल्क त्यही साताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रतिएमबीमा झर्नेछ । त्यस्तै सोही ग्राहकको खर्च उक्त साता ५० रुपैयाँभन्दा बढी हुनेबित्तिकै ग्राहकले त्यस साताको शनिबार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् ।

आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकामा एनसेल निकै हर्षित रहेको कम्पनीले जनाएको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबैभन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुरु नगरी पे एज यू गोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्‍याउने विश्‍वास एनसेलले लिएको छ । 


ग्राहकले अब १ दिन र ३० दिनको प्याकबाट टिकटक वा फेसबुकको मजालिन सक्ने

ग्राहकले अब १ दिन र ३० दिनको प्याकबाट टिकटक वा फेसबुकको मजालिन सक्ने


काठमाडौं, ७ असोज । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि टिकटक र फेसबुकका लागि नन्स्टप अफरहरु ल्याएको छ। 

आफ्ना ग्राहकका लागि टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको कम्पनीले जनाएको हो। ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन्। ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन्। ग्राहकले मात्र रु २५ (कर सहित ३१.९२) रूपैयाँमा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन्।

त्यस्तै ग्राहकले ३६० (कर सहित ४५९.६८) रूपैयाँमा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन्। यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन्। 

एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सकिनेछ। ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सकिने कम्पनीले जनाएको छ। 

नन्स्टप अफरहरुअन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक १०० (कर सहित १२७.६९) रूपैयाँमा र युट्युब र फेसबुकको कम्बो प्याक १५० (कर सहित रु १९१.५४) रूपैयाँमा प्रदान गर्दै आएको छ। यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन्। 

साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ। यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म २० (कर सहित २५.५४) रूपैयाँमा ३५०० एमबी  थप फोरजी डेटा लिन सकिने कम्पनीले जनाएको छ। उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन्।


संविधान दिवसमा टेलिकमको विशेष अफर

संविधान दिवसमा टेलिकमको विशेष अफर


काठमाडौं, १ असोज ।  संविधान दिवसको अवसरमा नेपाल टेलिकमले विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।
असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । 

अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11#  डायल गरी प्राप्त गर्न सकिन्छ ।

 


ऐनसेल ‘प्लस’थिमअन्तर्गत आकर्षक ननस्टप अफरहरु

ऐनसेल ‘प्लस’थिमअन्तर्गत आकर्षक ननस्टप अफरहरु


काठमाडौं, १८ भदौ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदालिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार (भदौ १८) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । 

यस आकर्षक योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरे पछि त्यस प्याकको समयसिमा बाँकी भएसम्म ननस्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक रु १०० (कर सहित रु १२७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको ननस्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । 

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार मात्र रु २५ (कर सहित ३१.९२) मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले ४ जीबीबोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको ननस्टप युट्युब प्याक रु ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

७ दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्नुहुने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् । 

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स१ह्यास डायल गरी ननस्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् । 

एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकहरु माझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।”

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेल आजियाटाले वायर फ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।
 


टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’,  विद्यार्थी र शिक्षकलाई ५ सय रुपैयाँमा ३५ जीबी डाटा

टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’, विद्यार्थी र शिक्षकलाई ५ सय रुपैयाँमा ३५ जीबी डाटा


काठमाडौं, १६ भदौ । नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता सम्पन्न भएको छ । कोभिड-१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले टेलिकमले उक्त सम्झौता गरेको हो ।

भदौ १५ गते सम्पन्न भएको सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् । सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई-लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका हुन् ।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ आजैका मितिदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो ।

सो प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँ २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

सो सम्झौता अनुसार टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्त प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची edupack@ntc.net.np मा इमेलमार्फत पठाउनु पर्नेछ ।

यसका साथै विद्यार्थीहरुले कलेजको सहायता बिना नै आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि रजिष्ट्रेसन गर्न सक्नेछन् । यस्ता किसिमका ई-लर्निङ एप्लिकेसनहरुको प्रयोगको लागि भविष्यमा धेरै भोल्युमको आवश्यकता परेमा प्रयोगकर्ताहरुको आवश्यकता बमोजिम नेपाल टेलिकमले सस्तो दरमा थप भोल्युम तथा ई-लर्निङ एप्लिकेसनहरु समेत उपलब्ध गराउने छ । ह्याप्पी लर्निङ प्याक उपयोग गरी विद्यालय, विश्वविद्यालय र शैक्षिक संस्थाहरुमा आबद्ध रहेका ग्राहकवर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।


नेपालका आईएसपीमध्ये ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडी

नेपालका आईएसपीमध्ये ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडी


काठमाडौं, ७ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग शुरु गरेको छ । नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक भएको र विगत १ वर्ष अगाडीबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको छ।

कम्पनीले अहिलेको अवस्थामा आफ्ना ८० प्रतिशत भन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी ६ मा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराएको छ । इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरि सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी सिक्समा लानेगरि काम गरिरहेको हो । अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आईपी एड्रेस प्रयोग गरिरहेका छन् जुन आईपीभी ४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ।

यसले २^३२ आईपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आईपी एड्रेस भएका डिभाइसहरु मात्र समर्थन प्रदान गर्दछ। यो धेरै जस्तो देखिन्छ, तर सबै ४.२ अर्ब आईपी ठेगानाहरू तोकिइसकेका छन् अझ बुझ्ने भाषामा भन्दा सबै आईपीभी४ ठेगानाहरु सकिईसकेका छन् ।

अबको डिभाइसहरु आईपीभी६मा आधारित

हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आईपीभी६ प्रयोग गरीरहेको छ। ‘हामीले हाम्रो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागी आईपीभी६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन्। ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा हामी सबैभन्दा धेरै आईपीभी६ प्रयोग गर्ने कम्पनीमा अगाडी हौं । नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ ।

आईपीभी६ (इन्टर्नेट प्रोटोकोल संस्करण) इन्टर्नेट प्रोटोकलको छैठौं संशोधन हो र आईपीभी४ को सफल उत्तराधिकारी हो। यसले आईपीभी४ को जस्तै समान कार्य गर्दछ र यसले इन्टरनेट सपोर्ट उपकरणहरूसँग सम्पर्क गर्नको लागी अद्वितीय आईपी ठेगानाहरू प्रदान गर्दछ। आईपीभी६ ले १२८ बिट इन्टरनेट ठेगानाहरू प्रयोग गर्दछ। तसर्थ, यसले २^१२८ इन्टरनेट ठेगानाहरू ३४०, २८२, ३६६, ९२०, ९३८, ४६३, ३७४, ६०७, ४३१ ७६८, २११, ४५६ लाई समर्थन गर्न सक्दछ।

आईपीभी ६ ठेगानाहरूको संख्या आईपीभी४ ठेगानाहरूको संख्या भन्दा १०२८ गुणा ठूलो छ। त्यसैले त्यहाँ धेरै लामो समयको लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आईपीभी६ ठेगानाहरू उपलब्ध छन्। यहि विषयलाई ध्यानमा राखेर कम्पनीले आईपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवादिँदै आएको छ जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको छ।

कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनी हुन सफल भएको जनाएको छ। प्रत्येक सिडिएन कन्टेन्ट डेलिभरी नेटवर्कलाई प्राथमिकता हुनेछ र आईपीभी६ समावेश भएको हुन्छ। यसले क्लासिक टेकका मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकहरूको लागि निम्न किसिमका मुख्य फाइदाहरू दिन्छ-

  • थप एनएटी हुँदैन् (नेटवर्क एड्रेस ट्रान्सलेशन)
  • स्वतः कन्फिगरेसन
  • अधिक निजी ठेगानामा समस्याहरु छैनन्
  • मल्टिकास्टको लागि उत्तम मार्ग (राउटिङ्ग)
  • साधारण हेडर प्रारूप
  • सरलीकृत, अधिक कुशल मार्ग (राउटिङ्ग)
  • साँच्चिकै उच्च गुणस्तरको सेवा
  • अंतर्निहित प्रमाणीकरण र गोपनीयता सपोर्ट
  • लचिलो विकल्प र विस्तार गर्न सकिने
  • सजिलो एडमिनिस्ट्रेसन (थप डिएचसिपी छैन)
  • सेक्यूरिटी, गोपनीयता, प्रमाणिकरण र एकिकृत डाटा

नयाँ थिम ‘प्लस’अन्तर्गतको विषेश वाइफाइसिम

नयाँ थिम ‘प्लस’अन्तर्गतको विषेश वाइफाइसिम



काठमाडौं, २९ साउन । आफ्नो घर तथा साना कार्यालयको प्रयोजनकालागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेड ९पहिले एनसेल प्राइभेट लिमिटेड० ले चौथो पुस्ताको मोबाइल सेवाफोरजी(लङ्ग टर्म इभोलुसन ९एलटिई० नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिमप्लस’ सेवा ल्याएको छ ।
अल्ट्रा वाइफाइ सिमप्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको एक विषेश सिमकार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइन्छ ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।

ग्राहकले यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वावायरलेस डिभाइसमा यो सिम राखि डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् ।
ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखे पछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवाप्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ ।

“सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताकालागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिमप्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,” एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।”

यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत कर बाहेक मासिक रु ४३० रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिमप्लस सेवामा वायरलेस डेटा सेवाकालागि मासिक रुपमा ४० जीबी वायर फ्री प्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजीसिम पाउँछन् ।
हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र

तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढि जिल्लाहरुमा उपलब्ध हुने गरी आकर्षक वायर फ्रीप्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् ।

अल्ट्रा वाइफाइ सिम प्लस सेवाअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रहीएनसेल आजियाटाले वायर फ्रीप्लस वाइफाइ, आफ्ना फोरजी ग्राहककालागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिमप्लस सेवा ल्याइसकेको छ र ग्राहककालागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँभएपनि सेवामा पहँुच सुनिश्चित गराउने उदेश्य लिएको छ ।
इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिमलिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।


कम्प्युटर किन्दा उपभोक्ता ठगीमा परेको गुनासो बढ्यो : अध्यक्ष बानियाँ

कम्प्युटर किन्दा उपभोक्ता ठगीमा परेको गुनासो बढ्यो : अध्यक्ष बानियाँ


काठमाडौं, २५ साउन । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले अचेल कम्प्युटर किन्दा उपभोक्ता ठगीमा परेको र सो उपर कुनै सुनुवाइ नभएको उपभोक्ताको ब्यापक गुनासो बढेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत याे गुनासो हालसम्म कुनै निकाय तथा अधिकारीबाट सुनुवाइ नभएको बताएका छन् । कोभिड १९ को माहामारीसँगै घरबाट काम र विद्यालयले विद्यार्थीका लागि अनलाईन कक्षा संचालन गरेसँगै कप्युटरको उपभोक्ता माग र आपूर्तिमा असन्तुलन भएको उनकाे बुझाई छ ।  ।

यही बजार अभाव देखाइ आपूर्तिकर्ता र बिक्रेताले कृत्रिम अभाव तथा कृत्रिम मुल्यवृद्धि गरेको प्रारम्भिक अध्ययनबाट देखिएको पनि उनले बताएका छन् । उनले भनेका छन्,‘यसबाट उपभोक्ताले प्रति कम्प्युटरमा वास्तविक मुल्य भन्दा १० हजारदेखि ३० हजारसम्म बढी मुल्यमा किन्न बाध्य हुनु परेको पाइएको छ । बिक्रेताको पसलमा उपभोक्ता कम्प्युटर किन्न जाँदा बिक्रेताले सामान छैन भन्ने, फोन नम्बर टिपाएर छोड्नुस आएपछि वा अरु पसलमा भए खोजेर खबर गर्ने भन्ने र पछि उपभोक्तालाई फोन गरेर सामान त पाइयो चाहिने भए आउनुस् तर मुल्य बढी पर्ने भयो भनी सबै बिक्रताले आपसमा मिलेमतो गरि बिक्री कारोबार गरेको पाइएको छ ।नेपालमा बिक्रि हुने कम्प्युटरको अन्तर्राष्ट्रिय ब्रान्ड र त्यसको नेपाली आयातकर्ता सिमित छन्। डेलब्रान्डका ७ ,एसर ब्रान्डका ४, एचपि ब्रान्डका ४, लेनेबो ब्रान्डका ६, म्याक ब्रान्डका ६ आयातकर्ता रहेको बताइन्छ । यिनको आपसी मिलेमतो र बजार सं‌कुचनबाट अनुचित ब्यापारिक क्रियाकलाप र उपभोक्ता उपर लूट भइरहेको अध्ययनबाट देखिएको छ । यि आयतकर्ताले बिक्रि तह पनि सोल वितरण सुपर डिलर,मास्टर डिलर, डिलर गरि बजारको धेरै तह बनाइ कमिसन र मुनाफा बढी कायम गरि मुल्य निर्धारण गरिरहेको पाइएको छ ।' 

उनले नेपालमा आयात हुने कम्प्युटरहरु केहि Fair Treading बाट आउने भएपनि अधिकांश विदेशबाट एक/दुई वर्ष चलि पुनः बिक्रि गरिएका तथा भएका (जसलाई रेफर पिस भनिन्छ) र भन्सार मुल्य घटी गरि न्युन बिजकिकरण गरि आयात गरिएको कम्प्युटरहरु आयात गरि ल्याएको पाइएको र यही ब्यापारीक पद्धति नै कम्प्युटरको मुल्य र गुणस्तरमा उपभोक्ता ठगीको मुल कारण भएको पनि उनले बताएका छन् ।  

उनले भनेका छन्, ‘नेपालमा आयात गर्ने प्रत्येक कम्प्युटरको भन्सारमा नै उपभोक्ता बिक्रि मुल्य घोषणा गरि ल्याउनुपर्ने र सो मुल्य भन्दा बढी मुल्य उपभोक्तासग मुल्य लिन नपाइने कानुनी ब्यबस्था छ । सो मुल्य भन्दा बढीमा बिक्री गरेमा कालोबजार ऐन, उपभोक्ता संरक्षण ऎन र मुलुकी फौजदारी सहिता दफा ११० ले कसुर र सजाय हुने ब्यबस्था छ ।'

तर कानुन भएपनि कानुन कार्यनयन भएको छैन र आयातकर्ता तथा बिक्रेताले पनि कानुन थाहा नै नपाए झै गरिरहेको छन् । बढी बजार तह कायम गरि, आपसी मिलेमतोमा मुल्य कायम गरि कारोबार गर्ने मर्कन्टाइल, म्युटेरिक, जेनेक्स, म्याक्स आदि नेपाली आयातकर्ता कम्पनीहरुको राजनैतिक तथा प्रशासनिक पहुँच भएका आयातकर्ता र तिनलाई संरक्षण गर्ने तथा कानुन कार्यान्वयनमा अवरोध गर्ने can.org.np जस्ता सामाजिक सस्थाको नाममा खुलेका कर्पोरेट हाउसहरुको सक्रियताको कारणले यो क्षेत्रमा स्वच्छ बजार विरुद्धको काम र उपभोक्ता उपर ठगीले निरन्तरता पाइरहेको पनि उनले बताएका छन् ।  

यो आम उपभोक्ता उपरको मर्का र ठगीको सुनुवाइ,अनुगमन, छानबिन अनुसन्धान र कानुन कार्यान्वयन गर्न सबैमा अनुरोध छ । उपभोक्ता संरक्षण ऎन कार्यान्वयन गर्ने doc.gov.np ले तत्काल अनुगमन र कारबाही गर्न उनले अनुरोध गरेका छन् ।उपभोक्ता संरक्षण ऎन कार्यान्वयनको लागि काम गर्ने मुख्य अधिकारी निरीक्षण अधिकृत प्रतेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको हुँदा प्रत्येक जिल्लाका कम्प्युटर बिक्रेता बा पसलबाट बिक्रि हुने कम्प्युटरको भन्सारमा घोषणा भएको उपभोक्ता बिक्रि मुल्य र कति तहबाट यो पसलमा आएको प्रतेक तह्को बिल बिजक हेरि बिक्रेताले कति मुल्यमा बिक्रि गरिरहेको छ । अनुगमन गर्न पनि अध्यक्ष बानियाँले आग्रह गरेका छन् । 

बिक्रेताले भन्सार बिजक तथा Sole Distributor ले बिक्रेतालाई दिएको बिजक नदेखाएसम्म उपभोक्ता संरक्षण ऎन बमोजिम निरीक्षण अधिकृतले बस्तु कब्जामा लिन तथा बिक्रि कारोबार बन्द/सिल गर्न सक्ने हुँदा सो कारबाही गर्न पनि उनले अनुरोध गरेका छन् ।  यो Under the Carpet issues लाई सार्बजनिक गर्न र उपभोक्ता उपर ठगी विरुद्ध साथ दिन र कारबाही गर्न सबैमा उनले अनुरोध गरेका छन् । साथै यो उपभोक्ता ठगी विरुद्ध निरन्तर लागी पर्न तथा कानुनी कारबाही सहजीकरण गर्न उपभाेक्ता हित संरक्षण मञ्च का गाउँ/ नगर कमिटी, जिल्ला/प्रदेश कमिटीहरुलाई अध्यक्ष बानियाँले आग्रह गरेका छन् ।