08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना प्रविधि


 एनसेल आजीयाटाले शुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायर फ्रीप्लस सेवा

एनसेल आजीयाटाले शुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायर फ्रीप्लस सेवा


काठमाडौं, २२ साउन । एनसेलका उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटीसहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजीयाटा लिमिटेड पहिले (एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायर फ्री प्लस वाइफाइ सेवा शुुरु गरेको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलबार देखि शुरु गरेको हो ।

वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधिअन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबीडेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक,प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन् । गत महिना देखि कम्पनीले यो सेवालिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ्लिन शुरु गरेको थियो ।

वायरफ्री प्लस वाइफाइ सेवा शुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, 'वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं ।

यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।'

वार्षिक प्लानमा मासिक रु.६९० को शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमाकुनै पनि समुहअन्तर्गतको प्लानलिन सक्छन् । गोल्ड समुहअन्तर्गत ग्राहकले वार्षिक प्लानमामासिकमात्र रु ६९० ९कर बाहेक० शुल्कमा ६० जीबीवायरफ्रीप्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमामासिक ५ जीबी डेटा प्राप्तगर्दछन् ।
त्यस्तै प्लाटिनम समुहअन्तर्गत ग्राहकले मासिक मात्र रु.८६० ९कर बाहेक० शुल्कमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुहअन्तर्गत ग्राहकले मासिक मात्र रु.९५० (कर बाहेक) शुल्कमा १०० जीबीवायर फ्रीप्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् ।
ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् ।

प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्रतिर्नपर्ने ग्राहक शुल्क रु.५००, रु २,५०० वा रु.३,५०० तिर्नु पर्दछ ।
४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न शुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागिअझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेकपल जहाँभएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको
कम्पनीले जनाएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजी याटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै कम्पनीको वायरफ्रीप्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplus मा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिन्छ ।


टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था

टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था



काठमाडौं, १३ साउन । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था शुरु गरेको छ।

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड स्टार ४१२ ह्यास प्रयोग गर्न सकिने बनाएको हो।
कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। यसबाट आफ्नोमात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।

कम्पनीले उपलब्ध गराएका जिएसएम सेवा, सिडिएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटिटिएच भ्वाइस सेवा, एफटिटिएच डाटा सेवा, एडिएसएल सेवा, वाइम्याक्स सेवा र सीप सेवाहरुको टपअप (रिचार्ज) युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिने जनाएको छ।

त्यसैगरी नयाँ सिम सुरु गर्न हाल १४१५ मा कल गरी एफएसी (फस्ट कल एक्याटिभेसन) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार १४१५  ह्यास डायल गरी एफएसी गर्न सकिने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ।


टेलिकमको वेबसाइट परिमार्जित

टेलिकमको वेबसाइट परिमार्जित


काठमाडौं, १२ साउन ।  नेपाल टेलिकमले आफ्नो वेबसाइट परिमार्जित गरेको छ । कम्पनीले वेबसाइटलाई थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको दाबी गरेको हो ।

परिमार्जित वेबसाइटको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधा प्राप्त गर्न सकिन्छ । वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाबारे जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सबारे पनि जानकारी लिन सकिन्छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरूमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।

टेलिकमका अनुसार नयाँ सिमकार्ड लिनका लागि आवश्यक ग्राहक पहिचान फारामसमेत यहीँबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्डस एन्ड फ्यामिली सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुपजस्ता सेवाबारे जानकारी लिन पनि सकिन्छ । कम्पनीले उपलब्ध गराएको पोस्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाका थप विशेषताबारे यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ । 

त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंक मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका विविध गतिविधिका जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटरसमेत यहीबाट अध्ययन गर्न सकिन्छ । साथै कम्पनीले मासिक रूपमा प्रकाशन गर्ने एनटी न्युजलेटर कम्पनीको वेबसाइटबाटै सस्क्राइबसमेत गर्न सकिन्छ ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरूबारे जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरूबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरूको जानकारी उपलब्ध छ । यहीँबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । पछिल्लो समयमा लोकप्रिय मानिएका डाटा प्याकेजहरूलाई क्रमशः राखिएकाले धेरै ग्राहकले यसको प्रयोगलाई सहज मान्ने गरेका छन् ।

यसको अलावा नेपाल टेलिकम मोबाइल एपबारे जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध छ । मोबाइल एपको प्रयोग गरेर सहज रूपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ । साथै डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फाराम, बोलपत्र आह्वान आदि प्राप्त गर्न सकिन्छ भने न्युज एन्ड अपडेट्सबाट कम्पनीको वार्षिक स्मारिका, महत्त्वपूर्ण सूचनाहरू तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजा सहज रूपमा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका मोबाइल सेवा, ल्यान्डलाइन टेलिफोन, एफटीटीएच तथा एडीएसएल सेवाबारे विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरू दर्ता गराउन प्रयोग हुने विभिन्न सर्ट कोड पनि वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था टेलिकमले मिलाएको हो ।
 


कस्तो अवस्था सिम कार्डको म्याद सकिन्छ ?

कस्तो अवस्था सिम कार्डको म्याद सकिन्छ ?


काठमाडौं, ८ साउन । सिम कार्डको म्याद सकिने विषयमा नागरिकमा अझै अन्योल रहेको भन्दै नेपाल टेलिकमले थप प्रस्ट पारेको छ । विज्ञप्तिमार्फत टेलिकमले कस्तो अवस्थामा सिम कार्डको म्याद सकिएर सेवा बन्द हुने भन्ने जानकारी गराएको छ । 


सिम कार्डको म्याद सकिने सम्बन्धमा यस्तो छ टेलिकमको विज्ञप्ति –

(क) प्रिपेड सिमकार्ड

कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु (SIM Activate) गर्न १४१५ मा डायल गरी वा SIM Activate मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले SIM Activate गरेपश्चात् सो अवधिसम्म Top Up नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

प्रिपेड सिमकार्डमा रु. ५० Top Up गर्दा ३० दिन, रु. १०० Top Up गर्दा ६० दिन, रु. ५०० Top Up गर्दा एक वर्ष र रु. १००० Top Up गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड त्यउ ग्उ गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम Froze अवस्थामा पुग्छ । Froze अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र Top Up गरिएमा Top Up गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ Top Up गरिएको रकम अनुसार मात्र थप हुन्छ ।

कुनै सिम कार्ड Frozenमा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा Recycle गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।

(ख) पोस्टपेड सिमकार्ड
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम (म्गभ ब्mयगलत) उक्त मोबाइलको Credit Limit भन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि म्गभ ब्mयगलत भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम Frozen मा जान्छ । Frozenमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन-इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द (Terminate) हुन्छ ।

ग्राहकको सिम Terminate अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० Reconnectin Fee भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम Terminate भएको १८० दिन पश्चात कम्पनीले सिम Recycle गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री-वितरण गर्न सक्दछ ।

(ग) विदेशबाट Top Up गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने
विदेश जाँदा सँगै लगेको Prepaid-Postpaid SIM Online Banking, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै Top Up गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै Active अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।


एनसेलको नयाँ थिम ‘प्लस’अन्तर्गतको आकर्षक स्टार्टर प्याक

एनसेलको नयाँ थिम ‘प्लस’अन्तर्गतको आकर्षक स्टार्टर प्याक


 काठमाडौं, ८ साउन ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ याेजना ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । 

यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ मुख्य ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन् । 

नयाँ ग्राहकले करसहित मात्रै ९९ रुपैयाँमा यो सिम लिन सक्ने छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने कम्पनीले जनाएकाे छ ।

यो नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मुख्य ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने छन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने एनसेलले जनाएकाे छ ।

यो नयाँ सिमको प्रमुख विशेषता भनेकै सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ‘प्लस’ याेजनाले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने एनसेलकाे दावी छ ।


टेलिकमद्वारा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई ‘एण्ड्रोइड स्मार्टफोन’

टेलिकमद्वारा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई ‘एण्ड्रोइड स्मार्टफोन’


सुनसरी, असार १३ । सुनसरी जिल्लामा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई नेपाल टेलिकमले ‘एण्ड्रोइड स्मार्टफोन’ सिमकार्डसहित वितरण गरेको छ । कम्पनीले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पुगोस भन्ने हेतुले उक्त फोन वितरण गरेको हो । 

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टिसम्बन्धी अपांगता भएका १२ र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका अनुसार टेलिकमले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र एक वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।

कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरेका थिए । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवनयापनमा भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले कम्पनीको तर्फबाट गरिएको सहयोगले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने धारणा राखे । 

विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने बाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले विद्यार्थीहरु निकै खुसी देखिएका थिए ।  

‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रममार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्डसहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।


टेलिकमले धनकुटामा पनि शुरु गर्यो उच्च गुणस्तरको एफटीटीएच सेवा

टेलिकमले धनकुटामा पनि शुरु गर्यो उच्च गुणस्तरको एफटीटीएच सेवा


धनकुटा, असार ८ । नेपाल टेलिकमले धनकुटामा पनि एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवाको शुरुवात गरेको छ । एक कार्यक्रमबीच एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर धनकुटामा उक्त सेवाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरे । उनले २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आह्वान गरेका छन् ।

हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत सात सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ । आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि आठ एमबीपीएसको प्याक आठ हजार रुपैयाँमा उपलब्ध छ । 

नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने छन् । साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ । 


टेलिकमको अफर, चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसामै कुरा गर्न पाइने

टेलिकमको अफर, चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसामै कुरा गर्न पाइने


काठमाडौं, जेठ २७ । पछिल्लो समयमा नेपाल टेलिकमले ल्याएको चाइना कल अफरअन्तर्गत चीनमा कुरा गर्दा न्यूनतम प्रतिमिनेट तीन रुपैयाँ तीन पैसा शुल्क मात्रै लाग्ने भएको छ । केही महिना अघिसम्म पनि चीनमा फोन गर्दा धेरै महशुल लाग्ने गरेकोमा पछिल्लो समयमा भने टेलिकमले उक्त छुटसहित अफर ल्याएको हो । 

टेलिकमले चीनकै लागि भनेर चाइना कल अफर उपलब्ध गराएपछि उक्त अफर लोकप्रिय भएको छ । नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराइरहेको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत एक सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत पाँच सय रुपैयाँमा एक सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ । 

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट तीन रुपैयाँ ५० पैसा, साप्ताहिक तीन रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा तीन रुपैयाँ तीन पैसामा कुराकानी गर्न पाइन्छ । यो अफर सबै अन्तर्राष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा भने सामान्य अवस्थाको महशुल दर लागू हुन्छ । साथै, पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्धभन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ । 


एसईई विद्यार्थीहरुका लागि टेलिकमद्वारा ‘विद्यार्थी अफर’

एसईई विद्यार्थीहरुका लागि टेलिकमद्वारा ‘विद्यार्थी अफर’


काठमाडौं, बैशाख २० । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएको सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिएको हो ।  

सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । 

त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । 

निःशुल्क सिम उपलब्ध गराइने यो ‘विद्यार्थी अफर’ अन्तर्गत विविध सहुलियत एवं सुविधा तथा वोनस उपहारसमेत भएकोले यो अफर विद्यार्थीहरुबीच लोकप्रिय भइरहेको छ । यस अफर अन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ । 

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ । एसईई दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । 

त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । नेपाल टेलिकमको सिम लिएका उपभोक्ताहरुले कम्पनीका विभिन्न प्याकेज प्राप्त गर्नका लागि  *1415#  मा डायल गर्नु पर्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । 


प्रिपेड मोबाइलमा भोलिदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा हुने

प्रिपेड मोबाइलमा भोलिदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा हुने


काठमाडौं, बैशाख १५  । भोलिदेखि प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लागू हुने भएको छ । टेलिकमले सोमबारदेखि यो सेवा प्रथम चरणमा भारत र चीनमा लागू गर्ने जनाएको छ । यो सेवा सुरू भएसँगै नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन वा भारतमा रहँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । 

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सकिने छ । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने नेपाल टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ ।

त्यस्तै, नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी, नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट तीन सय ९७ रुपैयाँ लाग्ने छ । 

एसएमएसमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । 

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि ८१४१५३ डायल गर्नुपर्ने छ ।