10 Ashwin, 2080 / 27 September , 2023
डा. हेमराज कोइराला
मल निस्कासनको स्वभावीक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।
विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु भय, चिन्ता, शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रम बाट भाग्नेहरु लाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।
लक्षणहरुः
मलत्यागको प्राकृतिक आवृतिमा विलंब हुनु, मलत्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारीहुनु वा दुख्नु, भोक नलाग्नु मुखविग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।
जोखिम
कब्जीयत सामान्य, अहत्वपूर्ण तथा बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जीयतलाई भवावही रोगहरुको जननी मानीएको छ । कब्जीयत हु“दा लामो समय सम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौ लामो समय सम्म आन्द्रामा मल रहीरहदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ । यी विषात पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्वूूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुुसार कब्जीयतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुुदद्धार खस्नुु, डकार आउनुु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्नीएर विकृत हुनुु (इकतभय ब्चतजचष्तष्क) मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडीनुु जस्तै पटक पटक इन्फेक्सन भईरहनुु, सर्दी–मर्कीले सताई रहनुु, ज्वरो, खोकी वल्झी रहनुु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनुु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हारमोनहरुको मात्र घटवड भइरहनुु, कोलेस्टेरोल, यूूरोक एसीड आदी रगतमा भएका तत्वहरुका मात्रा घटवड भईरहनुु रक्तअल्पताको समस्या देखापर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ ।
उपचारः
विशेष रोगावस्थाका कारणले कब्जियत भएकोभए रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्नलिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ।
१. कब्जियत भएकाहरूले पाचन अंङ्गहरुलाई अधिकतम विश्राम दिनकालागि १६ घण्टे उपवाश विधि अपनाउनु पर्ने हुन्छ । यो उपवाश गर्नका लागि शाझ ६ःः०० बजे भन्दा पहिल्यै खाना खाएर विहान १०ः०० बजे भन्दा पछाडी मात्र खाना खाने गर्नु पर्दछ ।
२. शाझको खानामा अन्नलाई समाबेश नगरेर फलफूल, तरकारी र झोलीलो कुरालाई मात्र समाबेश गर्ने गर्दा कब्जियतलाई जीत्न सजिलो हुन्छ।
३ं. बिहानको नास्ता पुर्व कुभीण्डो वा लौकाको जुस खानेगर्दा यो रोगको लागी अत्यन्त राम्रो गर्दछ।
४. विहानको नास्तामा आफ्नो तौलको एक प्रतिशत जस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसको लागि ६०० ग्राम, मौसम अनुसारको चार किसिमका फलफुलहरु जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।
५ ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहँुको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ ।
६. बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।
७. माछा, मासु अन्डा, घ्यू, पनिर,दुध, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।
ब्यायमः
अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ ।
उपचारः
१.पेटलाई सफागर्ने षटकर्म विधिहरू जस्तै एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।
२. पेटको मांशपेशीहरूलाई प्रभाव तुल्याउने किसिमका उपचार पद्धतिहरू जस्तै तातोको सेकाई, पेटको व्यायाम आदि गर्दा पनि राम्रो लाभ पु¥याउदछ।
कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।
सावधानीहरु
१. राती चाँडै सुत्ने बिहान ब्रह्म मूर्हत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय) भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जती मन तातो पानी पुउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पु¥याउदछ ।
२. दैनिक ३० मिनेटको व्यामलाई जीवन शैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पु¥याउछ ।
३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सुुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्य एक हो । भोजन गर्दा खुुब चपाई चपाई खाने गरौ । भोजनको समयमा बातचित गर्ने, उठी उठी बा टिभी, कम्प्युुटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।
४. कुुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौ ।
५. खानामा मौसमी तथा क्षेत्रीय (लोकल) अन्न तथा सागसब्जिहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जि, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।
६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्याग सम्बन्धि सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जीयत हुने सम्भावन रहन्छ ।
७. कब्जीयतका उपर्यूूक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्स लिई रोगको निदान गर्न तिर लागौ ।

काठमाडौँ, २८ चैत । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २४ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ।
आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार देखि नै हटाइएको हो।

काठमाडौं, २४ चैत । विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा खटिएका बेला मारिने नेपाली सैनिकको संख्या ७२ पुगेको छ।
शान्ति मिसनअन्तर्गत विभिन्न मुलुकमा खटिएका नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरी बल ९एपीएफ० का २ जना पनि आक्रमणमा परी मारिएका छन्।
नेपाली सेनाका अनुसार शान्ति मिसनमा खटिँदा सबैभन्दा पहिला सैनिक गंगाबहादुर दर्लामीको निधन भएको थियो। सेनाको ‘फस्ट राइफल गण’ का दर्लामी २०३६ पुस ५ गते लेबनानमा विद्रोहीको आक्रमणबाट मारिएका हुन्।
यस्तै अहिलेसम्म शान्ति मिसनमा खटिएका ६६ नेपाली सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ। संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक र पर्यवेक्षक सन् १९४८ देखि खटाउन थालेको हो। नेपाली सैनिक भने सन् १९५८ देखि शान्ति मिसनमा खटिन थालेका हुन्। सुरुमा नेपाली सैनिक लेबनानमा खटिएका थिए।
नेपाली सेनाका अनुसार नेपालका तर्फबाट विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि अहिलेसम्म १ लाख ४० हजार २ सय २ सैनिक खटिएका छन्, जसमा विश्वका ४३ मिसनमा शान्ति स्थापनार्थ खटिएका उनीहरूमध्ये १ हजार ८ सय ३८ महिला छन्।
नेपाल गत वर्षदेखि शान्ति सैनिक पठाउने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ।
डा.अरुणा उप्रेती
कैलालीकी १२ वर्षकी ५ कक्षामा पढ्ने सञ्जना थारूकी आमाले बुबाले धेरै रक्सी खाने भएकाले छाडेर गइन् । बाबु रक्सीखाएर मातिएपछि केही मतलबै गर्दैनन् । ‘साबुन र चर्पी’ त यो परिवारकालागि ‘विलासिता’ बराबर हो । साबुनले हात धुनुपर्छ भन्ने थाहा पाएर के गर्नु घरमै नभए पछि! त्यसकारण खरानी नै प्रयोग हुन्छ ।
बर्दिया र सुदूरपश्चिमका केहीगाउँका मानिससँग मैले १ महिनाअघि नै सोधेकीथिएँ, ‘तपाईंहरूकहाँ चर्पी छ ?’ केही विशेष समुदायका ७०प्रतिशत परिवारमा चर्पी नभएको र नित्यकर्मगर्न झाडी, जंगलजाने, तर ‘बच्चालाई घरनजिकै दिसापिसाब गराउने’ चलन भएको पत्ता लाग्यो । त्यहाँका सरकारी स्कुलमा पनि प्रायः ‘भएमाचर्पी अति नै फोहोर, पानी नभएकाले प्रायःजंगलमै’ दिसापिसाब फेर्न जाने गरेकोकिशोर÷किशोरीले बताए ।
स्कुलमाजाँदा प्रायःशिक्षकका लागि ‘भिन्दै शौचालय भएका र ताल्चा लगाएर राखिएका’ फेला परे । त्यहाँका शौचालयबारे समुदायसँग छलफल गर्दा थाहाभयो– ज्ञान नभएर होइनकि शौचालय बनाउने ठाउँ नभएर ‘जंगलमा शौच’गर्न जान परेको, कसैकसैका घरमा भएका शौचालयचाहिँ पानी नभएर तथा फोहोर भएर गन्हाउने हुनाले प्रयोग नगरेको, नजिकै जंगल छ,किन घरको चर्पी प्रयोग गर्ने भन्ने विचारले नगरेको भन्नेहरू पनि पाइयो । यस्तो जवाफप्रायःदलित, मुसहर, पूर्वकमैया समुदायबाट आयो ।
विभिन्न समुदायमा साबुन र चर्पी नहुनु अहिलेको सरकारले नगरेर आएको समस्या होइन । यो त सयौं वर्ष अगाडि देखि राज्य, कानुन, समाजले गरेको व्यवहारको प्रतिफल हो । त्यसैले अहिले सरकारले यो गरेन, त्यो गरेन भनेर प्रतिपक्षले धारे हात लगाउनै पर्दैन । पञ्चायतकालमा आफ्नो हातमा सत्ताभएका बेलापञ्चहरूले सीमान्तकृत समुदायलाई अघि बढाउन एक पाइलापनि चालेनन् । ४६ सालपछि सबभन्दा बढी सरकारमा बसेको कांग्रेसले पनि आफ्ना घोषणापत्रमा त अनेक लेख्यो, तर व्यवहारमा‘सीमान्तकृत, जनजाति, अछूत’ आदिको विकासकालागि कुनै काम गरेन । उनीहरूको पहुँचमा साधारण मनवीय सुविधापनि पुगेन ।
४६ सालदेखि अहिलेसम्मपनि ‘मुसहर, डोम, चमारहरू पढ्न नगएको, उनीहरूको स्वास्थ्य राम्रो नभएको, बालविवाहभएको, बच्चाहरू झाडापखाला लागेर मर्ने गरेको’बारेमा कांग्रेसकाकुनै नेताले चासो देखाएको पाइन्न । मुसहर र चमारकै बस्तीनजिक बस्ने मधेसका नेताले नै ‘चमार÷पासवान’कालागिकुनै काम गरेनन् । चमार र मुसहरकालागि ४६ भन्दा अघि र पछिको परिस्थितिखासै फरकभएन ।वामपन्थी सत्तामा झल्याकझुलुक आउँदा ‘केही हुन्छ कि जस्तो लाग्ने’ गथ्र्यो । तर वाम नेताकाआँखापनि मधेसका नेताका जस्तै मुसहर, चमार, वादी समुदायमा पुगेन ।
त्यसैले कांग्रेसी सरकारका पालामा ‘सम्पूर्ण साक्षर’ भनिएकाजिल्लाका दलित र सीमान्तकृत समुदायकामानिसलाई अहिले पनि पढ्न आउँदैन । समुदाय चर्पी विहीन भएकाले ’खुल्ला दिसा मुक्त’ छैन । कागजमा घोषित ‘खुल्ला दिसा मुक्त’ले झाडापखाला र आउँ रोक्दैन । तर तराईका राजनीतिक नेतायो कुरा बुझ्दैनन् र रट लगाइरहन्छन्– ‘हामीले चर्पी बनाउन पैसा, प्रेरणा दिएका छौं । सबै ठाउँमा चर्पी छ ।’ राजनीतिक नेता साँच्चै आफ्नो भनाइमा विश्वस्त छन् भनेम आग्रह गर्छु– ‘आउनुस् सँगै विभिन्न मुसहर बस्तीमा गएर हेरौं, चर्पी छन् कि छैनन् ?’
कोरोना भाइरसको महामारी फैलिएका बेला‘चर्पी र साबुन’ त झन् एक बलियो हतियार हुन सक्छ–संक्रमण रोक्ने । कतिपय समुदायमा त साबुनले हात धुनुपर्छ भन्ने सन्देश नै पुगेको छैन होला, पुगे पनि साबुनन भए खरानी प्रयोग गरिहाल्छौं भन्ने विचार पनि छ होला। तर यसले जनस्वास्थ्यमा कस्तो असर पर्ला ?
साबुनप्रयोग नगरिँदा त कोरोना भाइरस मात्र होइन,अन्यविभिन्नस्वास्थ्य समस्या आउँछन् । लुतो, जुम्रा, घाउखटिरा, पखाला, आउँ, हैजा आदि गर्मी महिनामाहुने समस्या त एउटा परिवारमा मात्र सीमित हुँदैन । यो त समुदायमापनि फैलिन्छ । तर पनि यस्तो संक्रमण सीमान्तकृत समुदायमा फैलिने सम्भावना बढी हुन्छ ।
(यो लेख हामीले डा. उप्रेतीको फेसबुकबाट साभार गरेका हौं )
-डा.रवीन्द्र पाण्डे-
हिजोमात्र २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ पोजिटिभ भयो । यो सानो कुरा हैन । गृह प्रशासन र स्वास्थ्य मन्त्रालयले आदेश र बिज्ञप्ति निकालेर बसेका छन् । कहाँ छ, मापदण्ड पालना ? के यहि हो स्मार्ट लकडाउन ? यहि गतिमा संक्रमण बढ्ने हो भने अकल्पनीय अवस्था आउन सक्छ । तसर्थ
१. सरकारी ल्याब र हरेक वडाबाट नि:शुल्क पिसिआर परिक्षण गर्ने ब्यबस्था होस् |
२. प्राइभेट अस्पताल तथा ल्याबमा रु. ५०० मा पिसिआर टेस्ट होस् |
३. एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिंग हुने ब्यवस्था लागु होस् |
४. कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी होस् |
५. संक्रमित आइसोलेसनमा बसे नबसेको निगरानी होस् |
६. सिमानाकामा कडाइ, परिक्षण, क्वारेन्टिन र आइसोलेसनको ब्यबस्था होस् |
७. प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमन होस् |
८. हरेक स्वास्थ्य संस्था / टोल / क्लब आदिबाट निशुल्क मास्क वितरण होस् |
९. हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको निशुल्क उपचारको लागि औषधि उपकरण तम्तयार होस् |
१०. खोपमा देखिएको ढिलासुस्ती हटोस् | हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने ब्यबस्था होस् |
११. स्थानीय निकाय र प्रदेश सरकारको सक्रियता बढोस् |
१२. आम नागरिक, ब्यबसायी तथा देशकै अर्थतन्त्रको लागि लकडाउनमा नजाने प्रत्याभूति होस् |
.पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परिक्षण वडावडाबाट गरिएको थियो, कन्ट्याक्ट ट्रेसिंग हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेन्टिन / आइसोलेसन केन्द्र सबैतिर थिए | के हामी हरेक क्षेत्रमा झनपछि झन ओह्रालो लाग्दै गएको हो ? सरकारको नागरिकप्रतिको दायित्व हराउँदै गएको हो ?
यादहरुका चिसो हिउँसँगै पग्लिएर
यस न्यू इएरको साँझमा
रङ्गिन बनेर तिम्रो हातमा सजिएको
रङ्गिन व्हिस्किको चुस्किसँगै मिसिएका
केहि स्यामस्वेत तस्विरहरु नियाल्दै
फेरि पनि लम्किएका छन्
मेरा पाइलाहरु अन्जान शहरमा
एक तमासले बजिरहेका
जीन्दगीका ति गितारका धुनसँगै
उसै गरि सजिएका छन् आँखामा
जीन्दगीका रङ्गिन चाहनाहरु
न्यु इएरको साझमा
केहि पल मुस्कुराउँदै
पर्खिरहेका जीन्दगीका बेलगामा घोडाहरुले
लाग्छ कतै बसाइ सरि रहेछन्
अनगिन्ति यादका भारीहरू बोकेर
यहि न्यु इएरको साझ
तिमीले सोधेका थियौ
हातमा बाधिएको रोलेक्स घडिसँगै
जीन्दगी कसरी रोकिन सक्छ
या भनौ एउटा एक्युरिएममा सजिएर
जीन्दगी फेरि पनि कसरी मुस्कुराउन सक्छ
सोच्दै थिए जीन्दगीको यो रङ्गिन साझमा
मेरा ओठबाट छुटेका
जीन्दगीका ति धुँवाले
साच्चै कहा गएर गुनासो गर्छन होलान
या भनौ प्रत्येक दिन
आकाशगङ्गा बाट छुटेर बिलाएका
ति ताराहरु कसैको हत्केलामा
सजिन्छन या सजिदैनन होलान
छालहरुसँगै बगेका सुनामीले
लाग्छ फेरि पनि
कहि न कहि भेटाउनेछ हाम्रा सपनिलाई
देख्छु एक्युरिएम भित्र छटपटाइरहेछन
केहि सुनौला रङ्गका माछिहरु र
बन्द भएको छ
मेरो प्रिय रोलेक्स घडिको आवाज र
म भने यति खेर उसै गरि
नियाल्दै छु बाफ बनेर छुटेका
जीन्दगीका केहि पललाई
यहि न्यु इएरको साँझमा
-डा.रविन्द्र पाण्डे-
अहिलेसम्मको तथ्यांक हेर्दा ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै कम घातक देखिएको छ । हालसम्म ओमोक्रोनको कारण संसारमा कसैको पनि मृत्यु भएको छैन । अफ्रिका तथा युरोपमा फैलिएको यो लहरमा डेल्टा प्रजाति प्रमुख हो । हामीले दोस्रो लहरमा भोगेको डेल्टा प्रजाति अहिले अफ्रिका र युरोपमा फैलिएको छ । त्यसमा ओमिक्रोन पनि मिसिएको छ । तर अति न्यून । अफ्रिकन मुलुकमा ओमिक्रोनले बालबालिका तथा युवा बढी प्रभावित भएका छन् । तर अस्पताल भर्ना हुने वा आइसीयु चाहिने संख्या एकदम न्यून छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्ति तथा पहिले संक्रमित भएका व्यक्तिलाई यो नयाँ प्रजातिले हालसम्म कम प्रभावित गरेको छ । यसको अर्थ खोप तथा संक्रमणबाट प्राप्त एन्टिबोडीले काम गर्दछ ।
भारतका बिज्ञ समुहले जनवरीदेखि फेब्रुअरीसम्म तेस्रो लहर आउन सक्ने र फेब्रुअरीमा तेस्रो लहर पिकमा पुग्ने अनुमान गरेका छन् ।
नेपालमा देखिएका २ जना संक्रमित सामान्य लक्षण हुँदै संक्रमणमुक्त भएका छन् । ती २ जनाको सम्पर्कमा आएका ७८ जनामा ओमिक्रोन प्रजाति नदेखिनुको अर्थ डेल्टा प्रजातिजस्तो सर्ने दर पनि यसको त्यति तीब्र छैन ।
ओमिक्रोन नयाँ प्रजाति भएको तथा यसको पर्याप्त अध्ययन र फैलाबट नभएको हुँदा भविष्यमा कुन रुप लिने हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यसको विस्तृत विवरणको लागि करिब १ महिना कुर्नुपर्ने हुन्छ ।
नेपालमा खोप कार्यक्रम हाल निकै सुस्त छ । खोप स्टकमा थन्किएका छन् । कुन वर्ग र स्थानमा खोपको पहुँच कम छ । खोजि खोजि खोप लगाउनु जरुरी छ । त्यस्तै बालबालिकामा खोप लगाउनको लागि पर्याप्त खोप तुरुन्त ल्याउनु जरुरी छ ्र जोखिम बर्गमा रहेका पेशा र व्यक्तिलाई बुस्टर डोज सुरु गर्नु जरुरी छ ।
सिमाना तथा एयरपोर्टमा कडाई तथा क्रस परिक्षण, क्वारेन्टिन तथा जनस्वास्थ्यका मापदण्डमा कडाइ नगर्ने हो भने कमजोर भएपनि जोखिम बर्गलाई असर गर्न सक्दछ । तसर्थ यसको रोकथाम तथा उपचारको लागि सरकार तयारीका साथ बस्नु जरुरी छ ।
मेडियाले आफ्नो समाचार बिकाउने नाममा डरलाग्दा र अतिरंजित समाचार दिनु हुँदैन । दिएपनि हामीले त्यो पढ्नु । हेर्नु हुँदैन । मुसोलाई हात्ती तथा हात्तीलाई मुसो बनाएको हामीले बुझ्नुपर्दछ ।
संक्षेपमा, ओमिक्रोनसंग डराउनु पर्दैन । हामी नागरिकले खोप लगाउने, मास्कलाई सहि तरिकाले लगाउने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको खुला ठाउँमा मात्र भेटघाट गर्ने लगायत गर्यौं भने यसबाट बच्न सकिन्छ ।
सरकार तथा नागरिकले आआफ्नो कर्तब्य पुरा गर्ने हो भने संक्रमण फैलिने÷लकडाउन हुने । अस्पतालमा चाँप हुने आदि हुँदैन । हामीले लापरबाही कत्ति पनि गर्नुहुँदैन । सानो गल्तीले पनि महँगो मुल्य चुकाउनु पर्ने अवस्था सिर्जना गर्नु हुँदैन ।
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies