09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


अमेरिकाले दिएको खोप सोमबार  आइपुग्ने

अमेरिकाले दिएको खोप सोमबार आइपुग्ने


 काठमाडौं, २६ असार । अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन सोमबार बिहान नेपाल आइपुग्ने भएको छ।  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सोमबार बिहान खोप आउने जानकारी दिएका हुन्। अमेरिकी सरकारले कोभ्याक्समार्फत् अनुदानमा भ्याक्सिन पठाउन लागेको हो। जोन्सन एन्ड जोन्सनले बनाएको उक्त खोप एक डोज लगाए पुग्छ।

अमेरिकन सरकारले COVAX मार्फ़त अनुदानमा नेपाललाई दिन लागेको 15 लाख J & J Vaccine आगामी सोमबार बिहान काठमाण्डू आइपुग्ने भएको छ । US सरकार तथा पहलकर्ता सबैलाई धन्यबाद ।

— Rajan Bhattarai (@Rajanktm) July 10, 2021


काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं, २१ असार । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार बिहान साढे ६ बजेतिर भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भई ३.२ रेक्टर स्केलको धक्का गएको हो।

यो २०७२ कै महाभूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । 
 


मध्यरातिदेखि निरन्तर वर्षा, आज दिनभर जारी रहने सम्भावना

मध्यरातिदेखि निरन्तर वर्षा, आज दिनभर जारी रहने सम्भावना


काठमाडौं, १७ असार ।  काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको हो।

यी प्रदेशका एक दुई स्थानमा अहिले मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जनचट्याङ्ग सहित भारी वर्षा  भईरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार १७ गते (बिहीबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश प्रदेश २बागमतीलुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश प्रदेश २बागमतीलुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  


२०७८ असार १८ गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश प्रदेश २बागमतीलुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश प्रदेश २बागमतीलुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  

२०७८ असार १९ गते (शनिबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश प्रदेश २बागमतीलुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश प्रदेश २बागमतीलुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

 

प्रदेश  प्रदेश २बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश प्रदेश २बागमतीलुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षयपहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ 


पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं, ६ असार । सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सर्वोच्चले निर्देशन दिएको छ ।  


डव्लुएचओ केमा व्यस्त हो ? 

डव्लुएचओ केमा व्यस्त हो ? 


-शिवप्रसाद पोखरेल -

वरिपरिका छिमेकीले खोप सहयोग गरे ।  यिनीहरुलाई धन्यवाद छ । हामीले खरिद गर्नको लागि अग्रिम भुक्तानी गरेको चाँडो पठाउने पहल गरिदेऊ ।  
कि पहिला सहयोग भनेर पठाएको १० लाखमानै यसलाई हिसाब गरेको ? त्यसो हो भने सोको बारेमा नढाटी भन्देऊ । शुरुमा मानिसहरुले खोप लगाउन नमान्दा हतार गरेर हामीलाई पठाउने हाल मानिसहरु खोपलगाउन राजी हुँदा हामीलाई सुकाई दिने ?  

अनि यो डव्लुएचओ भन्ने जन्तु कुन कुनामा के गरेर समय कटाउँदै हो ? गरिब मुलुकका कम्तिमा २० प्रतिशत जनताको लागि खोप उपलव्ध गराउने भन्ने योजना सुनाएको पनि वर्ष दिन वितिसक्यो । नेपाललाई शुरुमा २२ लाख डोज दिने भन्ने थियो त्यसैको एक भाग भनेर तीन लाख ४८ हजार तिरिक्क पारेर बाँकी १८लाख जति मे महिनाको अन्त्य सम्म दिने भनेर खोक्दै थियो तर अहिले चुईंक्क आवाज आउँदैन् ।  

कि त्यो भारतको सेरमसँग मिलेर हामीलाई चिसो भुईंमा सुताई दिएको ।  सेरे नभए अन्य देशमा विरे, अरे वाला पनि थिए  खोप बनाउनेहरु, त्यताबाट मिलाई दिए हुँदैन । दोष चाहि सेरेलाई दिएर ढुक्कले बस्न मिल्छ ? हामी गरिब छौं ।  हाम्रो सरकारले तिम्रो संस्थामा कार्यरत कर्मचारीलाई ठूलै थुप्रो तलब दिनलाई धनराशी उपलव्ध गराउन सक्दैन भनेर वास्तानै नगरेको ? 

हाम्रो त कोहि पनि छैन् । सरकार पनि दुई तिहाईको सरकार ठूलो भयो भनेर ठीक्कको सरकार बनाउनका लागि पुरानालाई हटाउने र चाँडै चुनाव गर्ने भनेर आपसमा लडिरहननै व्यस्थ भएको थाहै छ होला ? शुरुमा विभिन्न देशमा बनेको खोप दिन्छौं भनेर उताकाले चासो राख्दा हाम्राले त्यस्तो जाबो खोप भनेर चासो दिएनन्, तर आज हाम्राले थोरै चासो लिंदा उताकाले खोलेर देखाइ देलान भन्ने डर थोरै भए पनि हामीलाई लाज चाहि छैन् ।   

डव्लुएचओले भाइरसको नाम बेटा, गामा, डेल्टा राखे भनेर हामी खुशी भएर बस्नु पर्ने ।  तिमिहरुको काम नाम राख्ने मात्र हो ? हामीले ठूलो धनराशी तिम्रो संस्थालाई दिन नसके पनि राम्रो स्थानमा कार्यालय संचालन गर्न दिएका छौं र सरकारले सकेको समन्ववय गरेकै छ१ हामीलाई तिमिहरुले खोपका लागि प्राथमिकतामा राख्नु पर्दैन् ? हाम्रो देशका नागरिको चित्कार सुन्देउन संगारेहरु ।   

ईतिः


चीनबाट आएको खोप जेठ २५ बाट ज्येष्ठ नागरिकलाई लगाइने

चीनबाट आएको खोप जेठ २५ बाट ज्येष्ठ नागरिकलाई लगाइने


काठमाडौं, १९ जेठ । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिन अघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो ।

प्रवक्ता डा. पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए । उनले ज्येष्ठ नागरिकसँग चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिए । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसङ्ख्या रहेको छ ।

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ ।

नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् । अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।


काठमाडौंमा काेभिड १९ सम्बन्धी अध्यादेश उल्लङ्घन गर्नेलाई १ वर्षसम्म कैद र ५ लाखसम्म जरिबाना

काठमाडौंमा काेभिड १९ सम्बन्धी अध्यादेश उल्लङ्घन गर्नेलाई १ वर्षसम्म कैद र ५ लाखसम्म जरिबाना


काठमाडौं, १० वैशाख । कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो ।

अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।

अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारबिाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेछ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।


काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी


काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पुनः थप गर्ने तयारी भइरहेको हो ।

यसअघि उपत्याकाका तीन जिल्ला प्रशासनमार्फत् सुरुमा वैशाख २२ गतेसम्म एक हप्ता निषेधाज्ञा लगाइएकाे थियाे । पुनः थपेर मसान्तसम्म लागाइएको निषेधाज्ञा फेरि अर्काेपटक थप गरेर जेठ १३ गतेसम्म लम्ब्याइएको थियो । थपिएको अवधि भोलि मंगलबार मध्यराति सकिँदै छ । त्यसअगाडि नै निषेधाज्ञा थप गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त नै रहेकोले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरेर थप निर्णय लिइने बताइएको छ । 


'कोरोना दोस्रो लहरः सिमाना पुरै बन्द गर्नुको विकल्प छैन'

'कोरोना दोस्रो लहरः सिमाना पुरै बन्द गर्नुको विकल्प छैन'


डा.रवीन्द्र पाण्डे

- नेपालमा नयाँ प्रजातिका कोरोना भाइरसको कारण हामी अप्ठ्यारो मोडमा पुगेका छौं | कन्ट्याक्ट ट्रेसिंग तथा समुदायमा परीक्षण नहुँदा पनि संक्रमितको संख्या तीब्रगतिमा बढिरहेको छ | यो बढोत्तरी निकै माथि पुग्ने स्वास्थ्य मन्त्रालयले पनि पटकपटक जानकारी गराएको छ |

- छिमेकी देश भारतको स्वास्थ्य प्रणाली फेलरको अवस्थामा पुगेको छ | भारतसंग विश्वका अधिकांश देशले उडान बन्द गरेका छन् र भारतीय नागरिकको प्रबेशमा अस्थायी रोक लगाएका छन् | सरकारले यसतर्फ सोंच्नु जरुरी छ | सिमाना पुरै बन्द गर्नुको बिकल्प छैन | भारतमा अक्सिजन र औषधिको चरम अभाव हुँदैछ | तसर्थ सरकारले अक्सिजन तथा जीवनरक्षक औषधि स्टोर गर्नु जरुरी छ |

May be an image of one or more people, hair, suit and outerwear

- दीर्घबिरामीले ६ महिना पुग्ने औषधि किनेर स्टक राख्नुहोला |

- सकभर घरभित्र बस्नुहोला | सम्भव भएसम्म घरबाहिर ननिस्कनुहोला |

- बालबालिकालाई घरभित्र नै राख्नुहोला | पसलमा तथा खेल्ने ठाउँमा नपठाउनुहोला |

- सानोतिनो समस्यामा अस्पताल / स्वास्थ्य केन्द्र / क्लिनिक नजानुहोला | पछि गर्न मिल्ने अप्रेसन सार्नुहोला |

- सकभर सार्वजनिक साधनको प्रयोग नगर्नुहोला | गर्ने परेमा डबल मास्क लगाएर तथा तथा स्यानिटाइजर प्रयोग गरिरहनुहोला |

- डबल मास्क लगाएर, दुरी कायम गरेर, भीडमा नगएर, भेटघाट / आवतजावत बन्द गरेर, भेन्टिलेसन पर्याप्त भएको ठाउँ प्रयोग गरेर तथा हात सफा गर्दै अत्यावश्यक काममा जानुहोला |

- प्रयोग गरेको मास्क खल्तीमा राखेर घरमा भाइरस नभित्र्याउनुहोला | जथाभावी मास्क नफाल्नुहोला | प्रयोग गरेको मास्क गाडेर वा फोहोरको थुप्रोमा राखेर असल नागरिकको दायित्व पुरा गर्नुहोला |

- सकभर घरबाटै काम गर्नुहोला |

- यो नयाँ प्रजातिको महामारी गतसालको भन्दा निकै संक्रामक तथा घातक छ | पोहोरसाल जस्तै पेलिन्छ भन्ने नसोंच्नुहोला |

- नयाँ प्रजातिको कारण बालबालिका, युवा तथा हरेक बर्गका व्यक्तिलाई निकै गाह्रो भएर अस्पतालमा भर्ना हुनुपरेको छ | हट्टाकट्टा व्यक्तिलाई पनि कोभिड निमोनिया भइरहेको छ |

- हामीले जनस्वास्थ्यका मापदण्ड पूर्णत पालना गरेनौं भने अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ | उपचार खर्चिलो, दुर्लभ तथा जोखिमपूर्ण बन्दैछ | तसर्थ रोकथामको लागि हरेक नागरिक जिम्मेवार हुनुको बिकल्प छैन |

- सरकारले समयसमयमा दिएका निर्देशन पालना गर्नुहोला | पाएसम्म खोप लगाउनुहोला |

- खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे संक्रमण हुनसक्छ | खोपले पुरानो प्रजातिको लागि काम गर्ने हो | नयाँ प्रजातिमा कम प्रभावकारी छ | खोप लगाएको व्यक्तिलाई संक्रमण भएमा गम्भीर हुने अवस्था सामान्यतया कम हुन्छ |

- हरेक टोल सुधार समिति, वडा, पालिका, क्लब, संस्था आदिले टोलटोलमा जनजागरणका कार्यक्रम संचालन गर्नुहोला |

- कोरोना भाइरस सबैभन्दा धेरै नाकबाट सर्छ | तसर्थ मास्क लगाउँदा नाक र मुख राम्रोसंग छोपिने गरि लगाउनुहोला \ तदनुरूप सल्लाह दिनुहोला |

- बैठक, भोजभतेर, जमघट नगर्नुहोला |

- परिवारमा एकजना संक्रमित भएमा सबैले परीक्षण गर्नुहोला | अहिले पुरै परिवार संक्रमित भएको अवस्था छ |

- कोरोना रोक्ने वा च्वाट्ट निको गर्ने कसैले भन्छ भने त्यो गलत हो | भ्रममा नपर्नुहोला |

- इम्युनिटी पावर बढाउने भनेर जथाभावी औषधि सेवन नगर्नुहोला | पोषिलो खाना, व्यायाम, आराम, निद्रा तथा तनाबरहित जीवनशैली नै आत्मबल बढाउने प्रमुख उपाय हुन् |

- कोरोना महामारीको बारे फैलाउने भ्रमको पछि नलाग्नुहोला | भ्रमको कारण संक्रमण धेरै बढेको छ |

- कोरोना संक्रमण हुन्छ कि भनेर नआत्तिनुहोला | आफुले सतर्कता अपनाएमा रोकथाम गर्न सकिन्छ |

- पिसिआर पोजिटिभ भएमा अत्यास नमान्नुहोला | तापक्रम, अक्सिजनको मात्रा नाप्ने, लक्षण अनुसारको औषधि सेवन गर्ने तथा गाह्रो भएमा अस्पताल जानुहोला | जथाभावी एन्टिबायोटिक लगायतका औषधि नखानुहोला | चिकित्सकको सल्लाह अनुरुप मात्र औषधिको सेवन गर्नुहोला | असम्बन्धित व्यक्तिले भनेको कुनैपनि औषधि सेवन नगर्नुहोला |

- एम्बुलेन्स, चिकित्सक तथा अस्पतालको फोन नम्बर राख्नुहोला | गाह्रो भएमा कुन अस्पताल जाने भनेर योजना बनाउनुहोला | यसले तनावलाई कम गर्छ |

- घरका जेष्ठ नागरिक, दीर्घबिरामी, अशक्त तथा बालबालिकालाई सकभर घरभित्र आइसोलेसनमा राख्नुहोला |

- कोरोना संक्रमण सर्ने आफन्त, साथी तथा छिमेकीबाट हो | प्रत्येक व्यक्तिलाई संक्रमित भएको ठानेर जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र भेट्नुहोला | लक्षण नदेखिने अवस्थामा यो रोग धेरैलाई सर्दछ |

- अनाबश्यक तनाब नलिनुहोला | यसको मृत्युदर कम छ | योजनाबद्ध रुपमा आफु तथा आफ्नो परिवारलाई सुरक्षित गर्नुहोला |

- हामी सबैले एकले अर्कोलाई सहयोग गरेर मानवताको उच्च उदाहरण बनौं | विषम परिस्थिति केहि समयपछि हट्छ | आगामी २ – ३ महिना धैर्य, संयम र सतर्क बनौं |

- सरकारले पुरै शक्ति लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गराउने, अस्पतालको क्षमता बढाउने तथा निशुल्क उपचारको प्रबन्ध गर्ने काम गरोस् |

 


यस्तो छ कोरोनाको दोस्रो लहरको अवस्था :  डा. पाण्डे

यस्तो छ कोरोनाको दोस्रो लहरको अवस्था : डा. पाण्डे


-डा.रवीन्द्र पाण्डे-

गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ । लक्षणविहिन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन्  ।बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रुपमा धेरै असर गरेको छ । बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ | दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन् । गतसाल देखिएका कोभिड्का लक्षण यसपटक फरक छन् | यसपटक ज्वरो, खोकी नभएपनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षणमात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ |

- कुनै लक्षण देखियो भने वा संक्रमितसंग भेट भएको अवस्था भए परीक्षण गर्न ढिलो नगरौं |

May be an image of one or more people, hair, suit and outerwear

- केहि बालबालिकालाई लक्षण नदेखिएर एक्कासी निमोनिया देखिएको र जांच गर्दा कोभिड पुष्टि भएको छ |

- केहि संक्रमितलाई पटकपटक पिसिआर नेगेटिभ देखिएपनि कोभिड निमोनिया भएर फोक्सो ड्यामेज भएको उपचाररत चिकित्सकले बताएका छन् |

- हरेक अस्पतालमा संक्रमितको चाँप बढेको छ |

- भारतसंग धेरै देशको हवाइ सम्पर्क बन्द छ | दैनिक हजारौं भारतीय नेपाल आएर अरब लगायतका देशमा जाँदैछन् | भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन | सिमानाकामा ब्यापक कडाइ / परीक्षण / क्वारेन्टिन / आइसोलेसनको पूर्ण तयारी गर्न ढिलो गर्नु हुँदैन |

- संक्रमण थोरै भएको बेला कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी हुन्छ | अहिले कन्ट्याक्ट ट्रेसिंग निकै फितलो छ | सरकार मापदण्ड पालनाको लागि कडा नहुने हो भने यो पटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ |

- जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो |

- संक्रमण फैलिएपछि दुख पाउनुभन्दा संक्रमण रोकथामको लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ | गतसाल गरेका गल्ती दोहोर्याउनु भएन |

- हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ | हाम्रै लापरबाहीले संक्रमण सर्ने हो | संक्रमित भएर भौतिक, आर्थिक, मानसिक लगायत असर भोग्नुपर्ने हामीले नै हो | तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिबार्य रुपमा नाक र मुख छोपिने गरि डबल मास्क लगाऔं | मान्छेबाट मान्छेमा सर्ने भएकोले मान्छेसँग दुरी कायम गर्न नचुकौं |

- जोखिम अवस्थामा बिद्यालय बन्द गरेर भएपनि बालबालिकालाई बचाउनु पर्दछ | एक बर्ष पढाइ ढिलो भए केहि असर होला तर जीवन अमुल्य छ | अनलाइन पढाइको बिकल्प छैन | बिद्यालयबाट संक्रमण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुनसक्छ |

- धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौँ | कार्यस्थललाई सुरक्षित बनाऔं |

- सरकारले जारी गरेका सुचना तथा निर्देशन पालना गरौँ | आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं | भ्रमको पछाडि नलागौं | भ्रम सबैभन्दा घातक महामारी हो |

- पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं | यसको अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं |

- पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन् |

- नलागुन्जेल कोभिड केहि होइन | लागेपछि बर्बाद हो | आइसीयुबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ. कोभिड के हो भन्ने ?

- देश लकडाउनको बाटोमा जानु हुँदैन | लकडाउनमा नजानको लागि जनस्वास्थ्य मापदण्ड पालना गर्ने / गराउने प्रमुख उपाय हो |

यो पटक एकदम सिरियस बनौं । डर / त्रास / अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं |

सबैले प्रण गरौँ – म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु |



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom