09 Ashwin, 2080 / 26 September , 2023
-डा.अरुणा उप्रेती-
केही हप्तापहिले सरकारले १ देखि ५ कक्षासम्मका बालबालिकालाई दिइने दिवा खाजामा पत्रु खाना नदिने राम्रो निर्णय गरेको छ । यसको साथै ६ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि पनि स्कुलका क्यान्टिनमा पत्रु खाना बेच्न नपाउने नियम ल्याउन जरुरी छ ।
यसो गर्दा बालबालिका तथा किशोर–कोशोरीले स्वस्थ खाना खान पाउँछन् । यो अभ्यासले भविष्यमा उनीहरु र उनीहरुका सन्ततीलाई पनि स्वस्थ खाना खाने बानी पार्छ । तर यो नीति कतिसम्म सफल हुन्छ भन्ने कुरा शिक्षा र स्वास्थ्य मन्त्रालयले स्कुलमा कति अनुगमन गर्छ, त्यसमा भर पर्छ ।
स्वस्थकर खाना महँगो हुन्छ भन्ने कतिपयको बुझाइ हुन्छ तर हामीले दैनिक खाने दालभात, रोटी, ढिँडो, हरियो तरकारी, अचार, फलफूल आदि सबै पौष्टिक हुन्छन् । तर भोजन सही तरिकाले पकाएको र ताजा हुन जरुरी छ । खाना एकैचोटि धेरै पकाउने, बासी खाने चलनचाहिँ ठीक होइन ।
महिलाहरुमा रगतको कमी भयो भने गर्भवती अवस्थामा पनि रगतको कमी हुन्छ र भ्रूण सानो हुन जान्छ, जन्मिदा कम तौलको, कमजोर जन्मिने सम्भावना हुन्छ ।
फलामको भाँडामा पकाइएको खाना, कोदो, फापर, लट्टे, पालुङ्गो, दही आदि नियमित खाने हो भने यसले स्वस्थ हुन सहयोग गर्छ । स्थानीय रुपमा पाइने कर्कलो, सिस्नु, फर्सीको मुन्टाजस्ता सागपातको प्रयोग गर्दा रक्तअल्पताको समस्या हुँदैन । दक्षिण भारतमा महिनावारी शुरु भएकी किशोरीलाई मेथीको लड्डु बनाएर खुवाउने विशेष चलन छ । यो खाँदा रगतको कमी हुँदैन ।
यस्तै घरवरिपरि नै पाइने विभिन्न गेडागुडी, सागपात, फलफूल, माछामासु, अण्डा, दूध–दही, ठाउँअनुसार पाइने विभिन्न अन्नहरु जस्तो– मकै, गहुँ, कोदो, फापर, उवा, जौ, चना आदि गर्भवतीलाई पर्याप्त मात्रामा खुवाउन सके आमा र शिशु दुवैलाई रगतको कमी नहुने मात्र होइन कि अन्य भिटामिन र सूक्ष्म पोषक तत्वहरुको पनि कमी हुँदैन । तर यस्तो खाना पनि कोचेर खुवाउनुचाहिँ हुँदैन ।
परम्परागत नेपाली खाना स्वस्थकर छ । यसमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन, सूक्ष्म पोषण तत्व पर्याप्त छ ।
खाना पकाउँदा लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जीरा, मरिच, दालचिनी, टिम्बुर, जिम्बु, कागती आदि औषधीय गुण भएका वस्तुको प्रयोग गरिन्छ । स्वाद र स्वस्थता दुवै पाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यसरी पकाएको भोजनमा रोगसँग लड्ने शक्ति छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ ।
चामल, दाल गहुँ, कोदो फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्ड, कर्कलो, सिस्नुजस्ता खाद्यवस्तु पौष्टिकताले भरिपूर्ण छन् । चेपाङहरुले खाने गिठ्ठा, भ्याकुर आदि पनि ऊर्जाका स्रोत हुन् । यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्वहरु पनि हुन्छ ।
यसको साथै हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरु पनि पौष्टिक भोजनसँग जोडिएका छन् । वैशाखको अक्षय तृतियामा खाइने जौको सातु र सर्वत गर्मीमा लाभदायक छ । असार १५, साउने सङ्क्रान्ति, साउन १५, जनै पूर्णिमा, ठूलो एकादशी, दशैँ, तिहार, छठ, लोसार, माघे सङ्क्रान्ति आदि चाडपर्वमा खाने भोजन समयअनुसार आवश्यक पर्ने पौष्टिक खानासँग सम्बन्धित छन् ।
यस्तै विभिन्न जातजाति तथा समुदायले चाडपर्वहरुमा खाने खानाहरु पनि पौष्टिकताले भरिपूर्ण छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने खानाहरु र तिनमा पाइने पौष्टिक तत्वका बारेमा कृषि मन्त्रालयले सूची प्रकाशित गरेको छ । तर यो जानकारी समुदाय र आममानिससमक्ष पु¥याउन सकेको छैन ।
पहिले कर्णालीको गेडागुडी, फापर, जौ, कोदो अपहेलित थियो भने अहिले धेरै माग छ । अहिले त कर्णालीको ‘मार्सी चामल’ पनि काठमाडौंको बजारमा पाइन्छ । आमसञ्चारमा भएको प्रचारकै कारण यसो भएको हो । त्यसैले कृषि मन्त्रालयले तयार गरेका जानकारी आममानिसमा पुर्याउन जरुरी छ ।
कोदो, फापर मधुमेहका लागि स्वस्थकर हुन्छ भन्ने प्रमाणित भएपछि अहिले यी खाद्यवस्तु पाँचतारे होटल, ठूला मलहरुमा पनि पाइन थालेको छ । आममानिसले अहिले कोदोको मम, रोटी, पिज्जा, चाउमिन खोजेर खान थालेका छन् ।
हाम्रो परम्परागत ज्ञान बीचमा हराएको थियो । अहिले वैज्ञानिक अध्ययनले सिद्ध गरेपछि तिनको पुनः खोजी हुन थालेको हो । म त कोदो, फापर, सुप हरेक हप्तामा दुई–तीनचोटि खान्छु । कोरोना महामारीको समयमा धेरै नेपालीले बेसार, मरिच, दालचिनी आदि मसलाको बारेमा धेरै चासो दिए र प्रयोग गरे, जुन हाम्रो परम्परागत भान्सामा प्रयोग हुँदै आएको छ ।
-डा.अरुणा उप्रेती-
केहीअघि अछाम पुग्दा मेरो भेट त्यहाँको स्वास्थ्यकर्मीसँग भयो । एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको पाँच वर्ष भयो, बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा (परिवार नियोजनको सुई) लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’
यति भनिसकेपछि मैले उनलाई सोधें, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो, तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’
उनको जवाफले म अवाक भएँ । कुराकानी अगाडि बढाउँदै मैले भने, ‘हामी पनि परिवार नियोजनका साधन प्रयोग गर्न सिकाउँछौं तर एउटा बच्चा पाएपछि मात्र । जसले तपाईंलाई यो सिकायो उसले आफ्नो छोरी, बुहारी, भान्जी कसैलाई पनि एउटा बच्चा नजन्माई हर्मोनयुक्त साधन परिवार नियोजनको साधन प्रयोग गर्न लगाउँदैन । यो तपाईंप्रति गरिएको अन्याय हो ।’
परिवार नियोजनको साधनले महिलालाई गर्भवती हुनबाट रोक्छ । उनको जीवनको रक्षा गर्छ तर जथाभावी प्रयोग गर्दा यसले महिलाको स्वास्थ्य जीवनमा नराम्रा असर पर्न सक्छन् भन्नेबारे के स्वास्थ्य मन्त्रालयले विचार गरेको छ ?
एउटा पनि बच्चा नभई यसरी महिलाले परिवार नियोजनको सुई प्रयोग गर्दा कहिलेकाहीँ लामो समयसम्म बच्चै नहुने सम्भावना बढ्छ । सुदूरपश्चिमका महिलाहरूले गर्भ नरहोस् भनेर पहिलो बच्चा नहुँदै यसरी अनेक साधन प्रयोग गर्दा उनीहरूको बच्चा जन्मन ढिलो हुन्छ । यसले गर्दा उनीहरूलाई घर–समाजले अपमानित गरिन्छ । श्रीमान्ले ‘बाँझी भई’ भनेर अर्को विवाह गर्छन् । अनि ती महिलाका जीवनमा अनेक दुःख आइपर्छ ।
सुदूरपश्चिमका महिलाहरूलाई दिनदिनै यस्तो समस्या पर्छ तर भन्ने ठाउँ नभेटेर उनीहरू चुप बस्छन् । जनस्वास्थ्य कार्यालयको अनुगमनमा सायद यस्ता समस्याका बारे छलफलै हुँदैन । अनि महिला भएर जन्मनु श्राप नै होजस्तो हुन्छ, सुदूरपश्चिममा ।
सुदूर पच्छिमका महिलाहरू मात्र होइन अन्य बस्ने बिशोरी नवविवाहित दम्पतिहरू पनि ख्याल राख्नुमा एउटा बच्चा नभइकन जथाभावी हर्मोन युक्त डिपो, इलप्लाट जस्ता परिवार नियोजनका साधानहरू प्रयोग नै नगर्नोकस, यसले बेफाइदा गर्छ ।
यो लेख पढनेहरुले कृपया आफ्नो दिदी, श्रीमती, फूपु, काकीहरुलाई एउटा पनि बच्चा नभइकन महिलाले हर्मोन युत्त साधान प्रयोग नगरुन भनेर चेतना दिनुस् । काठमाडौँ बसे ठूला बडां, पढेलेखेकाले यसरी प्रयोग गर्दैनन् तर गाँउमा प्रयोग गर्न लगाइन्छ ।
हामी आफैँले विचार गरौँ ।
-डा.रवीन्द्र पाण्डे-
प्रदुषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैँ दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन ।प्रदुषण खतरनाक मन्द बिष हो । हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।
अहिलेको प्रदुषण हटाउनको लागि यी थोरै काम तत्काल गर्न सम्भव छ ।
-जोर / बिजोर सवारीसाधन संचालन
- वर्क फ्रम होम
- हप्तामा २ दिन बिदा
- महिनाको एकपटक ‘भेहिकल होली डे‘ को ब्यवस्था
- अनलाइन प्रणालीको भरपुर उपयोग
- पोलिथिन प्रयोगमा निषेध
- फोहोरलगायत अन्य वस्तु जलाउन निषेध
- आगालागी गर्नेलाई कडा कारबाही
- ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारी साधनमा जरिवाना
- इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण
- अभियानको रुपमा सरसफाई र वृक्षारोपण
यो खालको प्रदुषणले
- मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।
- मुटु र फोक्सोलाई धपेडी गराउँछ ।
- स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।
- दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ ।
- मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।
- फोक्सोको क्यान्सर हुन्छ ।
- फोक्सो ड्यामेज गराउँछ |
- मानसिक समस्या निम्त्याउँछ ।
- गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।
- आयु घटाउँछ । आदि !
सकभर घरभित्र बसौं । बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिताइजरको प्रयोग गरौँ ।
-डा. रवीन्द्र पाण्डे-
.अहिले भारतमा फैलिएको कोरोना संक्रमण अधिकांश लक्षणविहिन पाइएको छ | एउटा अध्ययन अनुसार गत फेब्रुवरी १० देखि मार्च २० सम्म मुम्बईमा देखिएका ८५,००० केसमध्ये ६९,५०० केस लक्षणबिहिन अर्थात एसिम्प्टोमाटिक भएको तथा अस्पतालमा गएकामध्ये ८,००० व्यक्तिमा हल्का लक्षणमात्र देखिएका थिए |
भारतमा देखिएको कोरोना दोस्रो लहरको मृत्युदर ०.६ प्रतिशत मात्र रहेको छ |
.हाल नेपालमा अन्य रिपोर्टको लागि तथा सर्जरी वा ब्लड ट्रान्सफ्युजन गर्दा लक्षण नदेखिएका व्यक्तिमा पिसिआर पोजिटिभ देखिएको छ |
.अहिले मौसम परिवर्तन तथा प्रदुषणको कारण रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन् | व्यक्तिगत तवरमा तथा सरकारले पिसिआर परीक्षण बढाउने हो भने संक्रमितको संख्या बढ्ने देखिन्छ | लक्षणविहीन संक्रमणले संक्रमितलाई कम असर गर्ने तथा अर्को व्यक्तिमा सर्ने दर कम हुने भएपनि जोखिम बर्गमा संक्रमण प्रवेश गर्यो भने खतरा बढ्ने देखिन्छ |
.भारतमा संक्रमण भयाबह रुपमा बढ्ने आंकडासंगै नेपाल आउनेको संख्या बढिरहेको छ | तसर्थ सरकारले सिमानाकामा कडाइ गर्ने, परीक्षण अनिबार्य गर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने, लक्षण देखिएका तथा पिसिआर नेगेटिभ भएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, समुदायमा परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी बनाउने, उपचारको तयारी गर्ने, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने तथा खोप आयातलाई प्राथमिकता दिनु जरुरी छ |
-डा.अरुणा उप्रेती-
आजभन्दा ४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनेमा तत्कालिन संस्कृति अनुसार आमाले उनलाई १२ दिनसम्म बन्द कोठामा राख्ने भएकाले दशैं नै धरापमा पर्ने निश्चित थियो। दशैंमा पाइने नयाँ लुगा र दक्षिणाबाट वञ्चित हुने भएकाले बालिकाले महिनावारी भएको कुरा आमालाई नभनेर आफैं व्यवस्थापन गरिन्।
त्यसपछि उनले झण्डै ३ वर्षसम्म दसैं, तिहार र श्राद्धमासमेत कसैलाई भनिनन्। महिनावारी भएको बेला मन्दिर पनि गइन्।
ती बालिकाले कसरी त्यो उमेरदेखि कसैले थाहा नपाउने गरी महिनावारी व्यवस्थापन गरिन, कसरी उनलाई ‘पाप’ को डर लागेन, त्यो शायद ती बालिकाले आफैं पनि भन्न सक्दिनन्, किनभने ती बालिका म आफैं थिएँ।
तर केही महिला अधिकारकर्मीले पनि ‘महिनावारी रगत दूषित नै हो, यो बेलामा नकारात्मक ऊर्जा पैदा हुन्छ,’ भन्ने जस्ता गलत धारणाले गर्दा हाम्रो पढाई र विचार अझै १८ औं शताब्दीकै रहेको भान हुन्छ।
केही वर्षअघि भारतको केरलास्थित शाबरीमाला मन्दिरमा प्रजनन् उमेरका किशोरी र महिलालाई मन्दिरभित्र प्रवेश निषेध र अदालतले दिएको ‘प्रवेश गर्न पाउने’ भन्ने आदेशले केरलाको राजनीति तताएको थियो।
त्यहाँ भारतीय जनता पार्टीका नेता कार्यकर्ताहरू ‘हजारौं वर्षदेखि चलिआएको धार्मिक भावनालाई आदर गर्दै महिलालाई मन्दिरभित्र जान दिनु हुन्न’ भन्दै अदालतको आदेशविरूद्ध आन्दोलित भए।
‘महिनावारी हुने महिला मन्दिर पसे त्यहाँका देवता महिलाको शरीर देखेर लोभिन्छन्,’ भन्ने सोच सायद मन्दिरका पूजारी ठान्छन् होला। यही विचारले प्रजनन् उमेरका महिलालाई त्यहाँ जान दिनु हुँदैन भन्ने तर्क छ।
अर्थात मन्दिरभित्र पस्ने कुरा पनि महिलाको यौनिकतासँग जोडिएको छ। हजारौं वर्ष पहिलेको ‘ज्ञान’ अहिले अज्ञानता हो भन्ने कुरा सिद्ध भइसकेको छ, तर पूजारीहरू ‘हजारौं वर्ष अघिकै कुरा’ ठिक भन्छन्।
देवतालाई महिलाको शरीरमा लोभ लाग्छ, तर किन देवीहरू भएको ठाउँमा कुनै पनि पुरूषलाई प्रवेश निषेध गरिन्नँ। के पुरूष देवतालाई मात्र महिलाको शरीर देखेर लोभ लाग्ने हो र ? देवीहरूलाई किन लोभ नलाग्ने होला?
महिनावारी हुने महिलालाई शाबरीमाला मन्दिर पस्न नदिने धार्मिक गुरू र राजनीतिक दलका नेतालाई अहिलेको विज्ञानसँग आधुनिक शरीर विज्ञानको ज्ञान छैन भन्ने स्पष्ट छ। पहिले-पहिले १३–१४ वर्ष पुगेपछि बालिकाको रजस्वला (महिनावारी) हुन्थ्यो। प्राय ४४–४५ देखि ४९ वर्षसम्ममा महिनावारी सुकिसक्थ्यो। तर अहिले त ८–९ वर्षकी बालिका पनि रजस्वला हुन्छिन् र कोही कोही ५२, ५५ वर्षसम्मका महिला पनि रजस्वला हुन्छन्। यद्यपी यो ज्ञान नभएकाले ५० वर्ष उमेर पुगेका महिलालाई शाबरीमाला मन्दिर पस्न दिइँदोरहेछ।
रजश्वला उमेरका महिलालाई मन्दिर पस्न नदिनुको कारण के महिलाको यौनिकतालाई ध्यानमा राखिएर गरिएको होइन र? ५२ वर्षकी महिलाको महिनावारी सुकेको छैन भन्ने कुरा के शाबरीमाला मन्दिरका देवाताले थाहा हुन्न र? अनि यदि ९ वर्षकी बालिकाको महिनावारी शुरू भइसकेको भए पूजारीले के चिन्ह देख्लान्?
मन्दिर प्रवेश गरेका महिलाको शरीर देखेर लोभले देवताको ध्यान भड्किने भन्ने कुरा के पचाउन सकिने कुरा हो?
हाम्रा धार्मिक किताबले भन्छ, ‘भगवान त घटघटबासी छन्। उनी त प्रत्येक मानिसको मुटुमा छन्,’ के शाबरीमाला मन्दिरमा रहेका भगवान चाँही घटघटबासी हैनन्, के उनी रजश्वला हुने महिलाको शरीरबारे जान्दैनन्। के रजश्वला हुनु पनि उनले नै बनाएको होइन र?
पहिले-पहिले हनुमान ब्रम्हचारी भएकोले उनलाई महिलाले पूजा गर्न हुँदैन, छुनु हुँदैन भनिन्थ्यो। गायत्री मन्त्र देवीको प्रार्थनाको मन्त्र पनि महिलाले सुन्नु र पढ्नु हुँदैन, उनीहरू विटुला हुन्छन् भन्ने मानिन्थ्यो। तर समयसँगै महिलाले गायत्री मन्त्र सुन्न र पढ्न थाले। गायत्री मन्त्र कति जनाको मोबाइलमा नै छ, अहिले त। ठाउँ ठाउँमा बजिरहन्छ।
महिलाको महिनावारीलाई ‘अपबित्र’ भन्नेले ‘कामक्षा’ देवीको महिनावारीलाई चाहिँ पवित्र मान्छन्। हरेक वर्ष असार महिनामा ४ दिनको लागि कामक्षा मन्दिरको ढोका बन्द हुन्छ। किनकि, ‘देवी’ रजश्वला भएकी हुन्छिन्। ४ दिन पछि देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेको कपडा’ चाहिँ प्रसादको रुपमा सबैलाई बाँडिन्छ।
यदि कामख्या शावरीमाला मन्दिरमा जान चाहेमा के त्यहाँ प्रवेश गर्न पूजारीले देलान् ? यी प्रश्नहरुको उत्तर पक्कै पनि काल्पनिक हुन्छ। कामक्षा पनि हरेक वर्ष महिनावारी हुन्छिन् भने ‘देवता’ को मन्दिरमा उनलाई कसरी प्रवेश दिने ?
डा.उप्रेतीको फेसवुकबाट
-लक्ष्मण सिटौला-
झलकमानले त्यतिबेला गायको यो गीत अहिलेसम्म पनि सार्थक भैरहेको छ। त्यतिबेला सायद छोराहरू रणमा होमिन जान्थे । मलाया लाहुरे, भारतीय सेना र बृटिस सेनामा ।रणमा जान लागेको आफ्नो छोरालाई दहि अक्षता लगाइदिएर आमाले बिदाइ गर्थिन छोराको दिर्घायुको लागि। जो युद्धमा जान्थ्यो उ फर्की आउँथ्यो वा आउदैनथ्यो केही भर हुदैनथ्यो । नेपाली सस्कृतीमा यो एउटा रोचक तर हिर्दयबिदारक प्रचनलन थियो। झलकमानले त्यही दृश्यलाई गीतको मालामा उनेका हुन्।
आज युद्धमा नभएर भोक र गरिबी बाट पार पाउन नेपालीका छोराछोरी काम गर्न बिदेश जान्छन् । युद्धमा जाने छोराहरुका लागि दहि अक्षता मुछेर रुने आमाहरू आज छोरा काम गरेको कर्मथलोमा लाइभ प्रसारण हेर्छिन र दङ्ग पर्छिन। समय बदलिएको छ। समय सग हामी बदलियौ। आज म को हु भन्ने कुरा सबैलाई ज्ञान छ। तर पनि यो म को हु भन्ने प्रश्न भने सदियौ देखि नेपालीको भाग्यमा प्रश्न बनेर लम्पसार अगाडि तेर्सिरहेको छ ।
म को हुँ ? मनको भित्तामा लेखिएको एउटा प्रस्न हु म स्वयं । मुटुको कित्तामा ठाेकिएको एउटा डाेब हुँ । साच्चै म को हु त ? के म झलकमान गन्धर्व हु ? कि म कविताको भोकले कलिलै उमेरमा मरेको धरानको बिमल गुरुङ पो हु कि ?सधैं मैले आफैलाइ सोध्दै आएको एउटा उत्तरहीन प्रस्न । म को हुँ ?
नाममा केही छैन । म जोसुकै हु । मतलब छैन । नाममा झलनाथ ठुलो कि झलकमान ? झलनाथ भुपु प्रधानमन्त्री । झलकमान एउटा जाबो गाइने । पोखराको गाइने । बैदामचोक तिर सारङ्गी रेटेर हिडथे रे ! झलकमान छैनन् । उनी देवताको प्यारा भएकोमा लाखौं लाई खिन्नता छ । झलकमान झलनाथ होइनन यति कुरो चै म ठोकुवा गरेर भन्न सक्छु । झलनाथ झलकमान पनि होइनन् । म चै के हु त ? कि म देवकोटाको मुनामदनको मदन हु ? पसिनाले सपना किन्न भोट जाने एउटा असफल लाहुरे । मदन उतै मरे ।मुना पनि मदनकै सम्झनामा यतै मरिन । इतिहास देखि बर्तमान सम्म यहाँ मुना र मदन बिचको बिछोडको कथा सारङीले गाइरहेकै छ तर कस्ले सुनिदिने । भोट जानेहरूको सपना कहिले पनि नतुइयोस भन्छु म तर बिधिको बिधान बिचित्रको छ ।
लाहुरेकै नियति भोगिरहेछ आज मेरो देशले। म देख्छु लर्को लर्को एयर्पोट बाट जाहाजको प्रत्येक खुड्किला ढोग्दै आमाको यादमा मुड्कीले छातीमा हान्दै जाहाज भित्र छिर्दै गरेका हुलका हुल युवाहरूलाइ । कि सहिद हुनुपर्यो कि लाहुर जान पर्यो अनि मात्रै परिवारको पेट पुजा हुन सक्छ यहाँ ।आजकल झुंडका झुन्ड सहिद हुन्छन । सहिद बन्नुमा कुनै तुक र अर्थ देख्दिन म । एबोर्सनमा फ्याकिने लाखौ भ्रुण पनि सहिद घोषणा हुन सक्छन कुनै दिन यदि यस्तै ताल हुने हो भने । नवरात्रीमा काटिने रागा र सहिद उस्तै उस्तै महत्वहीन बनाउन लागिसके राजनीतिक नेताहरूले । तीन करोड नेपाली लाई सहिद घोषणा गरिदिए हुन्छ बरु । सहिदको लिस्टमा मेरो नाम पर्योकी परेन भनेर झगडा गर्नुपर्ने दिन नआवोस ।
सहिद यहाँ जो पनि हुन्छ । कसैले नामै नसुनिएको सहिद हुनु छैन । आफ्नो टोल छिमेकीले पनि नाम नचिन्ने सहिद के काम ? मुर्दा माथी झन्डा ओढाउनु झन्डाकै अपमान । खै झलकमानले कहिले झन्डा ओढ्नु परेन । झन्डा बोकेर सडक जाम गर्नेहरूका लागि झलकमान झलमल गर्ने दुर आकाशमा चम्किने एउटा सितारा । झलमल गरि झलमलाउने नील आकाशका आवाज झककमान । अझैसम्म पाएका छैनन होला रेडियो नेपाल बाट आफ्नो अमर आवाजको रोयल्टी ।
" बाबाले सोध्लान नि खै छोरा भन्लान् रण जित्दै छ भन्दिए"
खै कस्ले जित्यो रण ! गल्फ मुलुकको तातो बालुवामा आफै देखि युद्ध गर्दैछन युवाहरु । कतिखेर को बाकसमा थुनिएर आउने हो। बिदेशी आवाजका ब्लुज र र्याप झ्याप गाउनेहरु सरकारको हन्डि खाएर बाचिरहेका होलान । के थाहा झलकमानको किड्नी पनि फेल भाको पो थियोे कि ? तर कहिले पनि बाटुले चौरमा बटुको थापेको थाहा भएन उनले । जङ्गलको बाघले उपचारको भिख माग्दैन । सापटि मागेका भए ऊनी पनि बाचिरहेका हुन्थे होलान् । आवाजका प्रथम उद्घोषक पश्चिमका लाली !
ज्युदा झलकमान कहिले बेचिएनन सापटिमा । झलनाथ भन्दा झलकमान प्यारो मलाई । झलनाथहरु पातलो दिसा आयो भने जाहाज बुकिङ गरेर बिदेश जान्छन् । झलकमानहरु उपचार नपाइ मर्छन। यहाँ राजनीतिक पर्खालमा अडेस लागेर रोगी बाच्नेहरुलाइ सुर्य जता पनि अस्ताउन सक्छ बाल छैन । मुटु फेरेर पनि बाच्न सकिने युगमा युवाका झरिला शरीर जब बाकस भित्र कोचिएर आउँछ अनि म सम्झिन्छु तिम्रै गीत झलकमान ! " आमैले सोध्लिननी खै छोरा भनी "
पुरस्कारको पसल थापेर लगानीको ब्याज माग्ने बौद्धिक भिखारीहरुको भिडमा झलकमान एक्ला एकलब्ब्य थिए वा प्रगीतका हरिभक्त कटुवाल थिए वा नुतनताका भीम बिराग थिए । थाहा छैन झलकमान के थिए तर झलकमान सहस्र नेपालीका छातीमा बाचिरहने नेपाल रत्न थिए। गायिने किरा भने कतिले उन्लाइ । सारङ्गी खोसिए हातबाट । लखेटेर पारी पुर्याउन पनि खोजियो तर झलकमान नेपाली गन्धर्वका नुतन धुन थिए ।
भोलि नाङ्गै नाच्ने ज्योति मगर सास्क्रुतिक मन्त्री भइन भने ज्युदा भजन शिरोमणि भक्तराजलाई उनैले दोसल्ला ओढाउलीन र त्यो बेला भक्तराजका आँखाबाट इतिहासको अश्रुधारा बहला र यही हेर्न बाकी त छ अब । यो भिल्लको देश हो यहाँ मणि मिल्किन्छन ।
तिमी बाचेको भए तिम्रा आसुले सिरानी धुन सेतीको पानी चाहिन्नथ्यो ओ मेरा प्रीय गायक झलकमान ! । तिम्रा सारङ्गी पेट भोकको र्याइ र्याइ गाउथ्यो । ठिकै भो बाचेर बौलाहा बनिनु भन्दा मरेर सबको छातीमा बाच्नु नै उत्तम हो कि ?
यहाँ देशभक्ती गीत होइन पार्टी स्तुतिको भाका हाल्न जान्नुपर्छ।
यहाँ साँस्कृतिक गीत होइन बैशकी नारीलाइ पोइल जान प्रेरित गर्ने गीत गाउनु पर्छ अनि मात्रै बिकिन्छ ।
ओ स्वर्गवासी झलकमान ! खै तिम्रो गीत ? सेती दोभानको बालुवा तिम्रा आसुले भिजे होलान , दरौदीको किनारमा तिम्रा गीत रुदै होलान। ओइ स्वभिमानी सितारा ! तिम्रा प्रसुन गीतहरु गङ्गामा बगिरहेको छ यतिबेला म कान थापेर सुन्दै छु । जीवन शर्मा ! तिमीले गायको नेपाली स्वाभिमानको गीत ! ओ पाख्रीन दाइ तिमी गाउँदा गाउदै रगत छादेर मंचमा ढल्यौ खोइ के पायौ र ? । तिमीहरूले यौनका गीत गायनौ पछि पर्यौ । स्वाभिमान नबेच्नेहरुको हालत यस्तै हुन्छ । जब बैशका यौवनका यौनका उत्ताउला गीत गाउँछौँ अनि मात्रै पो सम्मानित सभासद होइन्छ यहाँ । स्वाभिमान झुक्छ यहाँ बेमान उठछ ।
झलकमान ! तिम्रो मुर्छनाको लयमा म आफ्नो बिम्ब खोजिरहेछु । भक्तराज थलापरेको बिसौ बर्ष भो । यतिबेला राम पनि बनबास बाट अयोध्या फर्किसकेका थिए तर भक्तराजको घरमा कोहि फर्केका छैनन् होला । गीतका गालिवहरुको चिहानमा मृत माला चढाउनु मात्रै आउछ नेताहरु ! त्यो पनि एक दिनको पुन्ने तिथिमा ।
दिनदिनै अफिस जादा नारायण गोपाल चोकमा उभिएको शालिक देख्छु । मलाई त्यो शालिकले नेपालका शालिकरामहरुलाइ गिजाए जस्तो लाग्छ । तिनै गायक हुन जो किड्नी फेल भएर मरे । झलकमान ! तिम्रो आवाजको पुस्तौनी ध्वनि अन्नपूर्णको शुभ्र शान्त आकाश मुनि चुपचापले बसेको छ । धेरै भो त्यस्को लयमा म मुर्छित नभएको । मिल्छ भने अन्नपूर्ण लाई एक चोटि भनिदेउन बिन्ती त्यो सश्य श्यामल ओतमा गुन्जिउन तिम्रा माधुर्य मुर्छनाहरु । मलाई देउन छुन तिम्रो प्यारो सारङ्गी खै कहाँ राखेका छौ झलकमान ?।
मलाई स्वप्न स्वतन्त्रताको नेपाली रास्ट्र गीत गाउन मन लागेको छ । मलाई मर्स्याङदी पुत्र माधव घिमिरेको "ज्योतीको पन्ख उचाली" धुन गाउन मन लागेको छ । खै कहाँ छोडेर गयौ तिम्ले तिम्रो जीवन गीत बोलेको नेपाली सारङ्गी भनिदेउन झलकमान !
मलाई रिमालको " जङ्गी निशान हाम्रो " गाउन मन लागेको छ तिम्रै सारङ्गी रेटेर । मलाइ तारादेवीको " काली पारी दाइ कति राम्रो" गुनगुनाउन मन लागेको छ । भनन बिन्ती खै तिम्रो सारङ्गी ? इतिहासले बिर्सिदै गएको नातीकाजीको स्वर सङीत " नेपाली हामी रहौला कहाँ नेपालै नरहे" असाध्य गाउन मन लागेको छ । खै कहाँ छ तिम्रो सारङ्गी ?
तिमी सुतेको, तिमी हिड्ने सबै बाटोतिर हेरिसके तर देखिन तिम्रो सारङ्गी । कि तार छिनेर असरल्ल भैमा कतै रोएर पो बसेको छ कि । मैले देखिन । एकफेर देखे भने तिम्ले रेटेको त्यो सारङ्गीलाइ पेटभरि माया गर्ने धोको छ ।
तिमी नभए पनि तिमी त्यही सारङ्गीमा बाचिरहेको प्रतीत हुन्छ मलाई । मरी जाउ मलाई खै के भाको पो हो तिम्रो हातले छोएको त्यो सारङ्गीमा तिम्ले पिएको मीठो जाणको बास्ना पो आको होलानी ! केही बर्ष अगाडि मैले नारायण गोपालले बजाएको हारमोनियमको पर्दालाइ छोएको थिए । अलिकति गुनगुनाए म " जीवन देखि धेरै -धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर ।'
तिम्रो सिरानीमा तार छिनेको अवस्थामा नदेखु मैले त्यो सारङ्गी अव । किनकि मलाई गाउनुछ " हजार सपनाहरूको माया लागेर आउँछ "। भक्तराजको गोधुली आखामा अझैसम्म बाचिरहेको छ धेरै - धेरै सपना । हामी सबै नेपालीहरुको हजार सपना ! ओइ मेरा प्रीय मोजार्ट संभावनाको सारङी भिरेर सयौ युवाले बिदेशमै आफ्ना सपनाहरू खोजिरहेको यो परिवेशमा दिनदिनै तिनैको लासको बाक्सा एयरपोर्ट बाट सिलबन्दी भएर आउदा इतिहासमा हराएका थुप्रै अरनिको लाई सम्झन्छु म । सारङीले झुठो कहिले बोल्दैन । रेटियो भने बोल्छ नरेटेमा बोल्दैन । असाध्य सोझो छ यो सारङ्गी । सयौंका सपनाका गीतहरु गायो यस्ले । सयौंका बिछोडको गीत गायो यस्ले ।
कुनै बेला दरबार पस्न पनि अनुमति थियो यस्लाइ । कुनै बेला बाटुले चौरमा पनि गुन्जियो यो झलकमानको आवाज बाट । अहिले झलकमान छैनन । यतिबेला झलकमानको सारङ्गीमा धुलो जमेको होला । तारहरु असरल्ल छिनेको अवस्थामा होलान । कस्ले स्याहार सम्भार गर्ने यस्को ? आजकल कला सुन्दैनन मान्छे । कला बुझ्दैनन मान्छे । आजकल मान्छेको भिडले तरुनीको तिघ्रा हेर्छ । देखाउनेको पनि कमि छैन हेर्नेको पनि कमि छैन । दुवै दोषी छन । न स्त्री मात्रै दोषी न पुरुष मात्रै दोषी । अहिलेका बाबाहरुलाइ छोरी जोगाउनु गार्हो छ। आमाहरुले खोइ छोरा होइन खोइ छोरी भनेर पुकारी रहेका छन । समयले यसरी झुक्याएर हामीलाई यति पर ल्याइसकेको छ कि हामी पुरै डिजिटल भयौ। जे भयौ र जे भए पनि आखिर धुन निकाल्न त सारङी नरेटि सुखै रहेनछ । रेटु कर्मरुपी सारङ्गी र समयको प्रवाहमा बगु गतिशील त हुनुनै छ नत्र लेउ लाग्छ जिन्दगीको डुङ्गामा !
laxmanrajsitaula@gmail.com

पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामै गर्भपतनको औषधि खाइछन् । त्यसको एक हप्तापछि पेट एकदमै दुखेर बेहोस भइछन् । अस्पताल लगेपछि गर्भनलीमा गर्भ बसेको थाहा भएछ । त्यो फुटेर आन्तरिक रक्तश्रावका कारण उनको ज्यानै खतरामा परेको रहेछ । शल्यक्रिया गरेपछि ज्यान त बच्यो तर जोसँग उनको सम्बन्ध भएको थियो, उनले नचिनेझैं गर्छन् रे ! उनका परिवार अपमानित हुने डरका कारण प्रहरीकहाँ जान मानेनछन् । ती किशोर अहिले काठमाडौंमा उच्च शिक्षा लिँदै छन् । किशोरी मानसिक रोगको औषधि खाएर बसेकी छन् । पढाइ त छुट्यो नै, उनलाई आफूमाथि दुःखको ठूलो पहाड खसेजस्तै भएको छ ।
त्यहाँका एक शिक्षकले भनेका थिए,‘किशोरकिशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारीचाहिँ सिकाउन सकेनौं । यसले किशोरीहरूको जीवनमा धेरै नराम्रो असर परेको छ ।’
गर्भपतन, आकस्मिक परिवार नियोजन, कन्डम आदिबारे अनेक जानकारीमूलक वा व्यापारिक विज्ञापन सञ्चारमाध्यममा आउँछन् तर कुनैले पनि यस्ता साधनहरू जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ भन्दैनन्, न त शरीर परिपक्व भएपछि मात्र यौनसम्पर्क गर्नुपर्छ नै भन्छन् । किशोरीलाई नै लक्षित गरेर यौन–यौनिकतासम्बन्धी खासै कार्यक्रम रेडियो र टेलिभिजनमा आउँदैनन्, न त विज्ञापनहरूले नै यो विषयलाई समेट्छन् । उनीहरूका यौन र यौनिकतासम्बन्धी जिज्ञासा पनि कतै सुनिँदैन ।
धेरै किशोरीले यौनसम्पर्क गरेपछि ‘इमर्जेन्सी औषधि’ खाएको तर यसरी जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा कति नराम्रो असर परेको छ भन्ने विचार गर्दैनन् ।
झापाको ९ कक्षा पढ्ने १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँग यौनसम्पर्क भएपछि गर्भ बसेको रहेछ । दुवैले एक निजी औषधि पसलमा गर्भपतन गराउन कोसिस गरेछन् । अति रक्तस्राव भएकाले किशोरी अस्पताल जानुपरेको रहेछ । औषधि पसलेले किशोरको परिवारलाई यसबारे जानकारी दिए छन् । आमाबुबा अस्पताल नपुग्दै किशोर डराएर भारततिर भागे छन् ।
किशोरीको ज्यान बच्यो तर बेइज्जत हुने डरका कारण उनको परिवारले यो घटनाबारे कसैलाई भनेन । निको भएर घर फर्केपछि ती किशोरीको १८ वर्षमै विवाह गराइदिएछन् । विवाह गराइसकेपछि उनका आमाबुबाले उनलाई भनेछन्, ‘हाम्रा लागि अब तँ मरिस्, तेरो लोग्नेको घरमा जेसुकै होस्, हामीलाई वास्तै छैन ।’
यो हाम्रो समाजको प्रतिनिधि घटना हो । यस्तोमा किशोरकिशोरीले कहाँबाट गएर के कुरा बुझ्ने ? उनीहरूले यौनसम्पर्क गर्नु मात्र ‘प्रेम’ होइन भन्ने तथ्य कहाँबाट लिने ?
‘केटा साथी’ वा ‘केटी साथी’ बनाएर यौनसम्पर्क भएन भने जीवनै खेर गयो भन्ने भावना उनीहरूले कसरी त्याग्ने ? यौन सम्बन्ध पेडाजस्तो जुन बेला खाए पनि हुन्छ भन्ने कुरा गलत हो भन्ने कताबाट सिक्ने ? यी सबै प्रश्नको जवाफ दिन कतै न कतैबाट छलफलको सुरुवात हुनुपर्छ । किशोरकिशोरीलाई ‘यौनसम्बन्ध’ नै ‘प्रेम’ होइन, यो एकछिनको आकर्षण हो, हराइहाल्छ भन्ने जानकारी र परामर्श जति छिटो दिन सक्यो त्यति राम्रो ।
डा.उप्रेतीको फेसबुकबाट
-डा.अरुणा उप्रेती-
अझै पनि सुदूरपश्चिमकै केही भागमा गौरा उदास भएर रोइरहेकै छिन् । उनको आँसु पुछ्ने हातहरू सुदूरपश्चिममा छन् होला नि ? उनको आँसु रावल, चन्द, देउवाले देख्दैनन्, किनभने यी नेताका आमा, बहिनी र छोरीहरू छाउपडीमा बस्दैनन् ।
ती गौरा जो छाउपडीमा बस्दा रोग, सर्प र बाघको टोकाइ, बलात्कारबाट पिडित हुन्छिन्, उनको क्रन्दन सुनिदिने कोही छ र ? गौरालाई देवी मानेर पूजा गर्ने हामीहरु शायदै जिवीत गौरालाई सम्मान गर्छौं ।
डोटी र बैतडी अनि अछामका विभिन्न गाउँहरुमा गएरहेर्दा थाहा हुन्छ, कसरी त्यहाँ किशोरीहरु अझैँ पनि किशोरावस्थामा नै विवाह गर्न विवश गराइनछन् र चाँडै आमा बनेपछि उनीहरुको स्वास्थ्य नराम्रो हुन्छ । कसरी उनीहरु पाठेघर खसेर झर्ने व्यथाबाट रुन खोज्छन् तर उनीहरुको रुवाईलाई थिचेर राखिन्छ ।
पाठेघर खसेपछि पनि जबसम्म छोरा हुँदैन, त्यही खसेकै पाठेघरबाट श्रीमानलाई यौन सन्तुष्टि दिएर गर्भ बोक्नुपर्छ, सन्तान अर्थात छोरा पाउनै पर्छ । एउटी आमाले छोरीहरु पनि मेरा सन्तान हुन् भन्न पाउँदिनन् । ती गौराका बोलीको कुनै अर्थ छ्रैन सुदूरपश्चिमका मानिसहरुको लागि ।
गौरालाई पूजा गर्नेहरु नै जब ती ‘गौरा’ छोरीको रुपमा उनीहरुको घरमा आउँछिन्, आमालाई “हारेको कर्म” “धिक्कार” “अलच्छिनी” आदि जस्ता शब्दहरु भन्छन् । पत्थरकी गौरालाई फूल र सिँदूरले पूजेर देउडा नाच गर्नेहरु साँच्चीकै गौरालाई चाहीँ मानौं पत्थर हान्छन् । उनको शरीरलाई महिनावारी हुँदा अशुद्ध मानेर छाउगोठमा राख्छन्, मानौं ती किशोरी र महिला कुनै पशु हुन् ।
पशुहरुलाई शायद अलि उज्यालो, घाम आउने ठाउँमा राख्छन् मानिसहरुले किन भने पशहरुको दूध बेचेर पैसा आउँछ, तर जिवित गौरा चाहिँ शायद भार हुन्छिन्, अनि उनको अवस्था जे भए पनि हुन्छ भनेर सुदूरपश्चिमका मानिसले भन्छन् ।
सुदूरपश्चिमको गाउँमा भएको एच.आइ.भी.एड्सको संक्रमणबाट पनि ‘गौरा’ नै पिडित हुन्छिन् । श्रीमानले एच.आइ.भी. को संक्रमण ल्याएर, जिवित गौरालाई दिन्छन् । श्रीमान एड्सबाट मरेपछि ती एकल गौरा चाहीँ त्यो सुदूरपशिचमको समाजको आँखाको तारो बन्छिन् । उनी एड्सबाट संक्रमित भएकी श्रीमान्को कारणले नै हो भन्ने कुरा त्यो गाउँ र समाजले विचार गर्दैनन् । कति चोटी त अपमान, गरिबी सहन नसकेर गौरा, आत्महत्या पनि गर्न चाहन्छिन् ।
कहिले ‘गौरा’ मर्छिन्, कहिले बाँच्छिन् । तर बाँचे पनि प्रत्येक पल मानौं पहाड समान हुन्छ उनको जिवन, सुदूर पश्चिमका केही नाँगा डाँडा झैं जहाँ हरियाली छैन ।
एकातिर देवी गौरालाई सम्मान गर्नेहरु अर्कोतिर जिवित देवी गौराको शरीर, जिवनलाई किन सम्मान गर्न नसकेका होला । ?
किन प्रत्येक घरमा हुने देवी ‘गौरा’लाई विद्या, शिप आदीबाट वञ्चित गराएर उनको आँखामा आँसु र व्यथा दिइरहन्छन् ।?
किन सुदूरपश्चिमको गौराको आँसुको बेग पुग्दैन काठमाडौंसम्म ।?
काठमाडौंमा आइसकेपछि सुदूरपश्चिमका मानिसहरु “उतातिर सबै विकास भइसकेको छ अब सुदूरपशिचमका घर घरमा ‘किशोरी गौरा’ छमछम खशी भएर नाच्छिन्” भनेर काठमाडौंमा पनि देउडा नाचगान गर्न थालेको हो कि ?
कति जना सुदूरपश्चिमका गौराहरु सीता, सावित्रीहरु आप्mनो जिन्दगी सुधार गर्न धर्म बदलेर मरियम, सुजन, जुली भइसकेका छन् भन्ने कुरा हाम्रा पण्डित पूजारी र नेताहरुलाई शायद थाहा छैन होला ।
हरेक मानिसहरुलाई आप्mनो धर्म इच्छानुसार मान्ने हक छ तर त्यो हक आप्mनो स्वइच्छा र बुझेर गरेको हो भने त कसैलाई केही भन्ने अधिकार छैन । तर यी गौरा, अपमान सहन नसकेर त्यसबाट मुक्ति पाउन, पछि ‘गौरा’बाट ग्याब्रियल भइन् भने कसले उनलाई मान दिलाएर फेरी ‘गौरा’ बनाउला ? कसले गौराको आँसु पुछ्ला ? उनको हातमा सिप देला ? उनलाई सन्तान (अर्थात्) छोरा पाउन आपनो ज्यान नै जोखिममा हाल्नबाट बचाउला ? कसले ‘गौरा’ लाई छाउपडीको चिसो ठाउँमा गएर बस्ने बाध्यताबाट मुक्ति दिलाउला ?
गौरालाई बाहिरबाट पूज्नुको सट्टा उनलाई एक व्यक्ति मानेर एक मानव मानेर उनलाई मानवीय हक मात्र दिलाए पुग्छ ।
के नेताहरु मान्न तयार छन् ? के “छौपडी” जस्तो कुसंस्कार हटाउन तयार छन् ? यो प्रश्न अछाम र डोटीका गाउँहरुमा गएर हेर्दा थाहा हुन्छ की नेता, कानून यी सबै विवश छन् ‘गौरा’ को आँसु बगिरहेको हेर्न ।
छाउपडिमा एक कुसंस्कार हो भन्ने ज्ञान त सर्वोच्च अदालतले पनि मानेको छ । तर समस्या यो छ कि “यो कुसंस्कार हट्नु पर्छ भन्ने” मान्यता अछाम, बाजुर, कालीकोट, डोटीबाट चुनिएर आएका र सिंहदरबार भित्र बस्ने संसदहरुको मन भित्र पस्दैन ।
ती सांसदहरुलाई र मन्त्रीहरुलाई कसले बुझाईदिने होला लौन जिवित गौरालाई सम्मान गर्न सिक ? ।
छाउपडी प्रथा हटाउन मानसिक चिन्तन फेर्नुपर्ने र शिक्षा दिनुपर्ने भनेर अनेक छलफल हुन्छन्, तर शिक्षा र कानुनी कदम पनि चाहिन्छ भन्ने स्पष्ट छ ।
उप्रेतीको फेसबुकबाट साभार
-डा.अरुणा उप्रेती-
हरेक देशका व्यक्तिहरूको राष्ट्रिय चरित्र हुन्छ । जस्तो जर्मनहरूको चरित्र कसैलाई समय दिएपछि ठीक समयमा पुग्नु हो । त्यस्तै इजरायलीहरूको चरित्र धेरै मिहिनेत गर्नु, फ्रेन्चहरूको चरित्र जीवनमा आनन्द लिनु हो । यस्तै नेपालीहरूको राष्ट्रिय चरित्र फोहोर गर्नु र थुक्नु हो भन्ने जस्तो लाग्दैन ? के कोरोनाविरुद्ध कदम चाल्दा ‘साबुनले हात धोउ र जता पायो उतै नथुकौं’ भन्ने नारा नेपालीले मान्लान् ?
हामीमध्ये कतिले जथाभाबी थुक्नेलाई किन थुकेको भनेर सोध्ने साहस गर्छौं ? माइक्रो चालकलाई बाहिर नथुक भन्न सक्छौं र ?
४ वर्षअघि दसैंका बेला काठमाडौंबाट दोलखा जाँदाको ७ घण्टा (४२० मिनेट) समयमा बस चालकले झन्डै २०० पटक थुके । चालकले थुक्दा बाटोमा मोटरसाइकल चढेर गइरहेका कतिपय महिला र पुरुषको लुगामा थुक र खकार लागेको उनीहरूले थाहै पाएनन् । सायद अफिस वा घर पुगेपछि थाहा पाए कि । थाहा पाएपछि रिसाए होलान् तर गर्न पो के सकिन्थ्यो र ?
त्यसबेला मैले बस चालकलाई ‘कति थुकिरहेको, मान्छेको जीउमा परेको देखेनौ’ भन्छु भन्ने विचार गर्दै थिएँ, मसँगैको साथीले मेरो विचार बुझेर भनिन्, ‘तिमी चालकलाई केही नभन, रिस उठायो भने कतै लगेर बस ठोकाइदिन्छन्, त्यसैले थुकेको हेर्न मन छैन भने आँखा चिम्ल ।’ मैले साथीको कुरा सुनेर केही बोलिनँ । अहिले पनि माइक्रोबस वा ट्याम्पोमा चढ्दा चालकले थुकेको देखे पनि म केही बोल्न सक्दिनँ ।
यस्तो लाग्छ, मानौं थुक्नु राष्ट्रिय चरित्र हो ।
‘कोरोना’ को छलफलमा ‘खोक्दा’ रुमालले नाक, मुख छोप्नुपर्छ त भनियो तर कसैलाई पनि जथाभाबी थुक्नु, ख्याक्क र खुक्क गर्नु हुँदैन भनिएन । यो बानी असभ्य मात्र होइन, रोग सर्ने कारण पनि बन्न सक्छ । यो बानीका कारण कोरोना मात्र होइन, क्षयरोग पनि सर्न सक्छ ।
क्षयरोगले नेपालमा हरेक दिन २० जना मर्छन् । तर प्रायः मानिसहरूले यो तथ्यांकलाई खासै वास्ता गर्दैनन् । सामान्य निरोगी मानिसले जथाभाबी थुक्नु लज्जाको विषय हुनुपर्ने हो ।
सिंगापुरमा जाने नेपालीले त्यहाँको सडकमा ‘ख्याक्क’ थुक्दैन न त युरोप जाने विद्यार्थीले नै । तर नेपालमा त जसले जहाँ पनि थुकिरहन्छन् । मानौं यो ‘गिनिज बुक अफ वर्ल्ड’ मा लेखिन योग्य चरित्र हो ।
अरूको देशमा फोहोर गर्न डराउनेले नेपालमा किन फोहोर गर्ने होलान् ? यहाँको हावापानी नै फोहोर भएकाले वा देशमा क्रान्ति ल्याउँछु भनेर ठूलो स्वरले चिच्याउने नेताले कहिल्यै ‘सफाइ क्रान्ति’ का बारेमा नबोलेर पो हो कि ?
चार जना पुरुष वा युवाहरू चिया पसलको वरिपरि उभिएर चिया खाइरहेको दृश्य १० मिनेट हेरिरहनुभयो भने पक्कै पनि दुई–दुई मिनेटमा सबै जनाले एक–दुई पटक थुकी नै हाल्छन् । पान पसलअघि उभिएर पान खाइरहेको वा सुर्ती माडेका मान्छे देख्नुभयो भने पक्कै तिनका वरिपरि रातो थुक र सुर्ती पनि देख्नु हुनेछ ।
मधेसतिरको अफिसमा त प्रत्येक कुनाकुनामा थरीथरीका चित्रहरू बनाउँदै थुकिएको हुन्छ । त्यहाँ कसैले पनि यसरी थुक्नेविरुद्ध आवाज उठाउँदैन किनभने यो त त्यहाँको चरित्र नै हो । पान खाने मानिसले पान थुक्ने, चुइगम खानेले जताततै थुक्ने र सडकको छेउमा पानीपुरी खाएर मुख कुल्ला गर्दै पिच्च थुक्ने बेलामा कसैलाई पनि ‘मैले थुकेको थुक कसले सफा गर्छ होला ?’ भन्ने प्रश्न मनमा आउँदैन ।
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies