05 Baishak, 2081 / 17 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु

नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु


-डा.अरुणा उप्रेती-

अझै पनि सुदूरपश्चिमकै केही भागमा गौरा उदास भएर रोइरहेकै छिन् । उनको आँसु पुछ्ने हातहरू सुदूरपश्चिममा छन् होला नि ? उनको आँसु रावल, चन्द, देउवाले देख्दैनन्, किनभने यी नेताका आमा, बहिनी र छोरीहरू छाउपडीमा बस्दैनन् ।

ती गौरा जो छाउपडीमा बस्दा रोग, सर्प र बाघको टोकाइ, बलात्कारबाट पिडित हुन्छिन्, उनको क्रन्दन सुनिदिने कोही छ र ? गौरालाई देवी मानेर पूजा गर्ने हामीहरु शायदै जिवीत गौरालाई सम्मान गर्छौं ।

डोटी र बैतडी अनि अछामका विभिन्न गाउँहरुमा गएरहेर्दा थाहा हुन्छ, कसरी त्यहाँ किशोरीहरु अझैँ पनि किशोरावस्थामा नै विवाह गर्न विवश गराइनछन् र चाँडै आमा बनेपछि उनीहरुको स्वास्थ्य नराम्रो हुन्छ । कसरी उनीहरु पाठेघर खसेर झर्ने व्यथाबाट रुन खोज्छन् तर उनीहरुको रुवाईलाई थिचेर राखिन्छ ।

पाठेघर खसेपछि पनि जबसम्म छोरा हुँदैन, त्यही खसेकै पाठेघरबाट श्रीमानलाई यौन सन्तुष्टि दिएर गर्भ बोक्नुपर्छ, सन्तान अर्थात छोरा पाउनै पर्छ । एउटी आमाले छोरीहरु पनि मेरा सन्तान हुन् भन्न पाउँदिनन् । ती गौराका बोलीको कुनै अर्थ छ्रैन सुदूरपश्चिमका मानिसहरुको लागि ।

गौरालाई पूजा गर्नेहरु नै जब ती ‘गौरा’ छोरीको रुपमा उनीहरुको घरमा आउँछिन्, आमालाई “हारेको कर्म” “धिक्कार” “अलच्छिनी” आदि जस्ता शब्दहरु भन्छन् । पत्थरकी गौरालाई फूल र सिँदूरले पूजेर देउडा नाच गर्नेहरु साँच्चीकै गौरालाई चाहीँ मानौं पत्थर हान्छन् । उनको शरीरलाई महिनावारी हुँदा अशुद्ध मानेर छाउगोठमा राख्छन्, मानौं ती किशोरी र महिला कुनै पशु हुन् ।

पशुहरुलाई शायद अलि उज्यालो, घाम आउने ठाउँमा राख्छन् मानिसहरुले किन भने पशहरुको दूध बेचेर पैसा आउँछ, तर जिवित गौरा चाहिँ शायद भार हुन्छिन्, अनि उनको अवस्था जे भए पनि हुन्छ भनेर सुदूरपश्चिमका मानिसले भन्छन् ।

सुदूरपश्चिमको गाउँमा भएको एच.आइ.भी.एड्सको संक्रमणबाट पनि ‘गौरा’ नै पिडित हुन्छिन् । श्रीमानले एच.आइ.भी. को संक्रमण ल्याएर, जिवित गौरालाई दिन्छन् । श्रीमान एड्सबाट मरेपछि ती एकल गौरा चाहीँ त्यो सुदूरपशिचमको समाजको आँखाको तारो बन्छिन् । उनी एड्सबाट संक्रमित भएकी श्रीमान्को कारणले नै हो भन्ने कुरा त्यो गाउँ र समाजले विचार गर्दैनन् । कति चोटी त अपमान, गरिबी सहन नसकेर गौरा, आत्महत्या पनि गर्न चाहन्छिन् ।

May be an image of 1 person and smiling

कहिले ‘गौरा’ मर्छिन्, कहिले बाँच्छिन् । तर बाँचे पनि प्रत्येक पल मानौं पहाड समान हुन्छ उनको जिवन, सुदूर पश्चिमका केही नाँगा डाँडा झैं जहाँ हरियाली छैन ।

एकातिर देवी गौरालाई सम्मान गर्नेहरु अर्कोतिर जिवित देवी गौराको शरीर, जिवनलाई किन सम्मान गर्न नसकेका होला । ?

किन प्रत्येक घरमा हुने देवी ‘गौरा’लाई विद्या, शिप आदीबाट वञ्चित गराएर उनको आँखामा आँसु र व्यथा दिइरहन्छन् ।?

किन सुदूरपश्चिमको गौराको आँसुको बेग पुग्दैन काठमाडौंसम्म ।?

काठमाडौंमा आइसकेपछि सुदूरपश्चिमका मानिसहरु “उतातिर सबै विकास भइसकेको छ अब सुदूरपशिचमका घर घरमा ‘किशोरी गौरा’ छमछम खशी भएर नाच्छिन्” भनेर काठमाडौंमा पनि देउडा नाचगान गर्न थालेको हो कि ?

कति जना सुदूरपश्चिमका गौराहरु सीता, सावित्रीहरु आप्mनो जिन्दगी सुधार गर्न धर्म बदलेर मरियम, सुजन, जुली भइसकेका छन् भन्ने कुरा हाम्रा पण्डित पूजारी र नेताहरुलाई शायद थाहा छैन होला ।

हरेक मानिसहरुलाई आप्mनो धर्म इच्छानुसार मान्ने हक छ तर त्यो हक आप्mनो स्वइच्छा र बुझेर गरेको हो भने त कसैलाई केही भन्ने अधिकार छैन । तर यी गौरा, अपमान सहन नसकेर त्यसबाट मुक्ति पाउन, पछि ‘गौरा’बाट ग्याब्रियल भइन् भने कसले उनलाई मान दिलाएर फेरी ‘गौरा’ बनाउला ? कसले गौराको आँसु पुछ्ला ? उनको हातमा सिप देला ? उनलाई सन्तान (अर्थात्) छोरा पाउन आपनो ज्यान नै जोखिममा हाल्नबाट बचाउला ? कसले ‘गौरा’ लाई छाउपडीको चिसो ठाउँमा गएर बस्ने बाध्यताबाट मुक्ति दिलाउला ?

गौरालाई बाहिरबाट पूज्नुको सट्टा उनलाई एक व्यक्ति मानेर एक मानव मानेर उनलाई मानवीय हक मात्र दिलाए पुग्छ ।

के नेताहरु मान्न तयार छन् ? के “छौपडी” जस्तो कुसंस्कार हटाउन तयार छन् ? यो प्रश्न अछाम र डोटीका गाउँहरुमा गएर हेर्दा थाहा हुन्छ की नेता, कानून यी सबै विवश छन् ‘गौरा’ को आँसु बगिरहेको हेर्न ।

छाउपडिमा एक कुसंस्कार हो भन्ने ज्ञान त सर्वोच्च अदालतले पनि मानेको छ । तर समस्या यो छ कि “यो कुसंस्कार हट्नु पर्छ भन्ने” मान्यता अछाम, बाजुर, कालीकोट, डोटीबाट चुनिएर आएका र सिंहदरबार भित्र बस्ने संसदहरुको मन भित्र पस्दैन ।

ती सांसदहरुलाई र मन्त्रीहरुलाई कसले बुझाईदिने होला लौन जिवित गौरालाई सम्मान गर्न सिक ? ।

छाउपडी प्रथा हटाउन मानसिक चिन्तन फेर्नुपर्ने र शिक्षा दिनुपर्ने भनेर अनेक छलफल हुन्छन्, तर शिक्षा र कानुनी कदम पनि चाहिन्छ भन्ने स्पष्ट छ ।

 

उप्रेतीको फेसबुकबाट साभार 

 

 


जता पायो उतै थुक्नेलाई पत्र

जता पायो उतै थुक्नेलाई पत्र


-डा.अरुणा उप्रेती-

हरेक देशका व्यक्तिहरूको राष्ट्रिय चरित्र हुन्छ । जस्तो जर्मनहरूको चरित्र कसैलाई समय दिएपछि ठीक समयमा पुग्नु हो । त्यस्तै इजरायलीहरूको चरित्र धेरै मिहिनेत गर्नु, फ्रेन्चहरूको चरित्र जीवनमा आनन्द लिनु हो । यस्तै नेपालीहरूको राष्ट्रिय चरित्र फोहोर गर्नु र थुक्नु हो भन्ने जस्तो लाग्दैन ? के कोरोनाविरुद्ध कदम चाल्दा ‘साबुनले हात धोउ र जता पायो उतै नथुकौं’ भन्ने नारा नेपालीले मान्लान् ?

हामीमध्ये कतिले जथाभाबी थुक्नेलाई किन थुकेको भनेर सोध्ने साहस गर्छौं ? माइक्रो चालकलाई बाहिर नथुक भन्न सक्छौं र ?

४ वर्षअघि दसैंका बेला काठमाडौंबाट दोलखा जाँदाको ७ घण्टा (४२० मिनेट) समयमा बस चालकले झन्डै २०० पटक थुके । चालकले थुक्दा बाटोमा मोटरसाइकल चढेर गइरहेका कतिपय महिला र पुरुषको लुगामा थुक र खकार लागेको उनीहरूले थाहै पाएनन् । सायद अफिस वा घर पुगेपछि थाहा पाए कि । थाहा पाएपछि रिसाए होलान् तर गर्न पो के सकिन्थ्यो र ?

त्यसबेला मैले बस चालकलाई ‘कति थुकिरहेको, मान्छेको जीउमा परेको देखेनौ’ भन्छु भन्ने विचार गर्दै थिएँ, मसँगैको साथीले मेरो विचार बुझेर भनिन्, ‘तिमी चालकलाई केही नभन, रिस उठायो भने कतै लगेर बस ठोकाइदिन्छन्, त्यसैले थुकेको हेर्न मन छैन भने आँखा चिम्ल ।’ मैले साथीको कुरा सुनेर केही बोलिनँ । अहिले पनि माइक्रोबस वा ट्याम्पोमा चढ्दा चालकले थुकेको देखे पनि म केही बोल्न सक्दिनँ ।

यस्तो लाग्छ, मानौं थुक्नु राष्ट्रिय चरित्र हो ।

‘कोरोना’ को छलफलमा ‘खोक्दा’ रुमालले नाक, मुख छोप्नुपर्छ त भनियो तर कसैलाई पनि जथाभाबी थुक्नु, ख्याक्क र खुक्क गर्नु हुँदैन भनिएन । यो बानी असभ्य मात्र होइन, रोग सर्ने कारण पनि बन्न सक्छ । यो बानीका कारण कोरोना मात्र होइन, क्षयरोग पनि सर्न सक्छ ।

क्षयरोगले नेपालमा हरेक दिन २० जना मर्छन् । तर प्रायः मानिसहरूले यो तथ्यांकलाई खासै वास्ता गर्दैनन् । सामान्य निरोगी मानिसले जथाभाबी थुक्नु लज्जाको विषय हुनुपर्ने हो ।

सिंगापुरमा जाने नेपालीले त्यहाँको सडकमा ‘ख्याक्क’ थुक्दैन न त युरोप जाने विद्यार्थीले नै । तर नेपालमा त जसले जहाँ पनि थुकिरहन्छन् । मानौं यो ‘गिनिज बुक अफ वर्ल्ड’ मा लेखिन योग्य चरित्र हो ।

अरूको देशमा फोहोर गर्न डराउनेले नेपालमा किन फोहोर गर्ने होलान् ? यहाँको हावापानी नै फोहोर भएकाले वा देशमा क्रान्ति ल्याउँछु भनेर ठूलो स्वरले चिच्याउने नेताले कहिल्यै ‘सफाइ क्रान्ति’ का बारेमा नबोलेर पो हो कि ?

चार जना पुरुष वा युवाहरू चिया पसलको वरिपरि उभिएर चिया खाइरहेको दृश्य १० मिनेट हेरिरहनुभयो भने पक्कै पनि दुई–दुई मिनेटमा सबै जनाले एक–दुई पटक थुकी नै हाल्छन् । पान पसलअघि उभिएर पान खाइरहेको वा सुर्ती माडेका मान्छे देख्नुभयो भने पक्कै तिनका वरिपरि रातो थुक र सुर्ती पनि देख्नु हुनेछ ।

मधेसतिरको अफिसमा त प्रत्येक कुनाकुनामा थरीथरीका चित्रहरू बनाउँदै थुकिएको हुन्छ । त्यहाँ कसैले पनि यसरी थुक्नेविरुद्ध आवाज उठाउँदैन किनभने यो त त्यहाँको चरित्र नै हो । पान खाने मानिसले पान थुक्ने, चुइगम खानेले जताततै थुक्ने र सडकको छेउमा पानीपुरी खाएर मुख कुल्ला गर्दै पिच्च थुक्ने बेलामा कसैलाई पनि ‘मैले थुकेको थुक कसले सफा गर्छ होला ?’ भन्ने प्रश्न मनमा आउँदैन ।


आरक्षण राज्य र जनताको निम्ति घातक हुन सक्छ  ?

आरक्षण राज्य र जनताको निम्ति घातक हुन सक्छ ?


-लक्ष्मण सिटाैला-

अस्ट्रेलियामा एबोर्जिनल (आदिवासी) लाई अस्ट्रेलियाको सरकारले यति धेरै मान्यता, माया र संरक्षण गरिरहेको छ कि उनीहरूको शिक्षा, स्वास्थ,यातायात, आवास र जिविकोपार्जनमा राज्य स्वयं निरन्तर लागेको छ। ती त्याहाका आदिवासी रैथाने हुन भनेर तिनको जातीय पहिचान जोगाउन सिङ्गो राज्य लागेको पचासौ वर्ष भयो होला । ती अबोर्जिन पहिलो कोटामा पर्छन् यदि कोहि कसैले कहि जागिर खान्छु या कुनै ब्यवसाय गर्छु भन्यो भने।

तर ! दु:खको कुरा राज्यले दिएको अनेकौं सुख सुविधा भोग

माया र आरक्षणका निहुँमा स्वयं ती आदिवासी यति धेरै अल्छि, अशिक्षित आवारा रक्स्या र लम्पट भएकि केही मिहिनेत नगर्ने र राज्यले दिएको पैसाबाट रक्सी खाने प्रवृत्ति बढ्यो तिनमा।

उनीहरू सोच्छन अस्ट्रेलिया उनीहरूको हो। यहाँ बस्ने गोराहरु सब शरणार्थी हुन। उनीहरूले गोरे सरकार विरुद्ध आवाज पनि उठाए। राज्यले तिनका माग सुन्दै आयो। माया गरिरह्यो। कहिले पनि तिनको भावनामा ठेस पुर्याएन राज्यले पनि । अनि हाम्रो देशमा आएर हामीमाथी नै हैकम भन्ने इगो जन्मियो तिनमा। राज्यले धेरै सुरक्षा दियो। त्यही आरक्षणकै कारण उनीहरू बिस्तारै सक्किए। रेल भित्र यात्रा गरिरहेका गोराहरुलाइ गालामा बिना कसुर थप्पड हान्यो भने पनि गोरेले प्रतिकार गर्दैन किनकि राज्यको कानुनले आदिवासीलाई राम्रै सुरक्षा दिएको छ। बसमा या रेलमा यात्रा गरेका यात्रुहरू एबोरजिनल देखेपछि थुर थुर हुन्छन् मानौ पुलिस आए जस्तो ।

ती आदिवासी केवल हुलहुज्जत गर्ने रक्सी खाने पार्कतिरै सुत्ने नियम विरुद्धका कामहरू गर्ने गर्छन। उनीहरूले रक्सी खाएर प्रहरीलाई पिटेपनी प्रहरी चुपचापले सहानुभूतिपूर्ण ब्यवहार गर्नुपर्छ। नेपालमा पनि यो दिन नआओस। यहाँका आदिवासी जनजाती दलित भन्नेहरू राज्यले आरक्षण दिहाल्छ हामीले किन धेरै मिहिनेत गर्नुपर्छ भन्ने भावले जित्यो भने फेरि अस्ट्रेलियाकै कहानी दोहोरिन सक्छ ।

कसैले कसैलाई आदिवासी र जनजाती दलित भनेर किन बिभाजन गर्नुपर्ने यो एक्कासौ शताब्दीमा ? । जातभात विभेद अन्त भयो र संविधानले यस्को अन्त गर्यो पनि भन्ने फेरि जातभातमा राज्यले कोटा छुट्याउने हो त ?

अस्ट्रेलियामा अहिले ती अबोर्जिनल जाती लोपुन्मुख अवस्थामा छ।राज्यले माया गरेपनि दुर्भाग्य त्यही बर्ग आज बीउ खोज्नुपर्ने अवस्थामा छ। राज्यले त काम गर्न र प्रतिस्पर्धामा उभिन सिकाउने हो आरक्षण दिने होइन। अनि मात्रै त्यो बर्ग आफै सक्षम हुन्छ । त्यसैले आरक्षण र जातीय राजनीति होइन राज्यले देशको सबै नागरिकलाई प्रतिस्पर्धामा उतार्नु सक्नुपर्छ अनिमात्र दलित जनजाती आफै उभिन सक्छन। र उनीहरुलाई कसैले पनि हेप्न सक्तैन । कोटाबाट जागीर पाउनु ठुलो कुरै होइन प्रतिस्पर्धाबाट छानिएकोमा पो गौरव अनुभुती गर्ने हो भन्ने कुरा अहिले व्यापक हुन थालेको छ।

स्त्री कोटाबाट कुनै दिन पुरुषले जागिर खायो भने या अन्य कुनै सुबिधा उपभोग गर्न थाल्यो भने यहाँ आस्चर्य मान्नु नपर्ला। किनकि सुबिधा लिनको लागि यहाँ जो जे पनि बन्न सक्छ। आरक्षण कोटाबाट राज्यबाट मलाई कुनै पनि सुबिधा लिनुछैन भनेर महिलाहरुलेनै बिरोध जनाइरहेको बेला फेरि जनजाती आदिवासी सीमान्तकृत दलित भनेर सरकारले नै नेपाली समाजमा बिभाजन ल्याइदिएको छ।

दलितहरु आफै दलित भएका होइनन् उनीहरूलाई राज्यसत्ताले नै दलित बनाइदिएको हो। बर्गबिहिन समाजको परिकल्पना गर्नुपर्ने आजको २१ औ शताब्दीका मनुष्य हामी फेरि पुरातनतिरै ढल्किदै त छैनौ? आजकल सुबिधा लिनकै लागि भए पनि मानिसहरू दलित बन्न थालेका छन। नागरिकता किनबेच हुने ठाउँमा थर परिवर्तन गर्न कति पनि गार्हो छैन। राज्यले नेपालको संविधान २०७२ मै आरक्षण योजनालाई लिपिबद्द गरिदियो स्त्री, अपांग ,जनजाती,दलित, दुर्गम क्षेत्र र संरक्षित बर्ग।नेपालमा लोप हुन लागेको राउटे र कुसुन्डा बर्गको बर्ण सुधार र तिनका जातिय उत्थानका लागि सरकार लागिपरेको छ। के यसबाट साच्चिकै राउटेको छोरा आरक्षण कोटामा पढेर डाक्टर भएको छ त आजसम्म ? यहीँ दलितको नाउँमा अरु गैर दलितले सुबिधा लिइरहेका छन। अहिले तपाईंको विद्वतालाइ होइन तपाईंको जातीय पहिचानलाई महत्व राख्छ। अहिले शिक्षा र सीपको भन्दा नि कोटाको महत्व धेरै छ। राज्य आफैले यो समाजलाई बर्गमा बिभाजन गरिदियो। सबैलाई समान अवसर दिने निहुँमा जातभातको र आरक्षण कोटाको अवधारणा बोक्यो सरकारले ।

अहिले राज्यबाट सुबिधा लिने बेलामा दलित भै जन्मिएकोमा गर्व गर्ने अनि फेरि हामीलाई तल्लो जातको भनेर हेप्छन भनी जात लुकाउने प्रवृत्ति बढिरहेको छ। सुबिधा लिदा यहि जात महत्व भयो अनि सुबिधा पाइसकेपछी यहि जात लुकाउने ढाट्ने छल्ने प्रवृत्ति बढ्नाले नेपाली समाजमा सामाजिक बिचलन आइरहेको छ। जो जति धेरै अछुत जात या तल्लो जातको छ उस्को कोटा बलियो भयो।मेहनत नगरे पनि उस्को जागिरमा नाम निस्किनी पक्का भयो। यो आरक्षण प्रवृत्तिले मानिसलाई मानिस बन्ने प्रवृत्ति बाट रोकेको छ।

धरतीलाइ माया गर्ने मुटुको आवश्यकता छ आज। तर सबै सत्ताकै सिनोमा घुमिरहेका छन। सबैभन्दा दुख चै यहाँ नेताकार्यकर्तालाई देश चाहिएन सत्ता चै चाहिएको छ ।

। देश बनाउने इछ्या कसैको छैन सत्तामा मोज गर्ने इछ्या सबैको छ।आखिर इछ्या सबैको साझा हुदोरहेछ । आखिर हामी नेपालीहरुको साझा सपना गरिबीबाट उन्मुक्ति ,थिचोमिचो र भेदभावपूर्ण ब्यवस्थापन बाट पार हुनु त थियो नि । आमाका पेटबाट जर्नेलको फुलि लाएर आउने जङ्गी शासनको बोझ पनि त हामीले खपेकै हो सहेकै हो भोगेकै हो नि अतीतमा । हिजो पनि शासकको बिरोध गर्दा गाली खाइन्थ्यो आजपनी शासकको बिरोध गर्दा जेल परिन्छ कि वा बन्दुक खाइन्छ भन्ने त्रासदी उस्तै त छ नि। अहिले पनि सत्तामा पुगेका जङ्गेहरुको फुर्ती उस्तै त छ। त्यो तितो हप्काइ त्यो नमीठो धम्की त्यो बाघ गर्जन त्यो हेपाइ र मिचाइ के तपाईंहरुले अनुभव गर्नुभएको छैन र ? आजको दिन सम्म पनि दलितले कुवा छुन पाँउदैनन गाउँघरमा ।

आज पनि दमाइले कपमा चिया पियो भने कोइला हालेर चोख्याउने चलन छ । तपाईंको गणतन्त्रमा फेरि पनि किन यस्तो हुन्छ महाराज ? मैले मेरो पारथोक गाउँको रामे दमाइलाइ चुलोसम्म लान्छु सगै बसेर चिया पिउछु भन्दा छिमेकीको लान्छना सहनुपर्छ । परिवर्तन भनेको सहरमा अग्लो अग्लो भवन थपिनुमात्रै थियो र भुकम्पले मुटु कोतरेका नेपालीहरु अझैसम्म पनि पालमै शीत ओढ्दै छन त्यो कुराको लेखाजोखा चै कहिलेसम्म हुने हुने हो । नबिर्सनु भुकम्प बाट कति धनी भए कति अझैसम्म पालमै रात बिताउदै होलान् ।

जातीय विभेद एउटा स्थाइ महारोग हो । मानिसमा लागेको क्यान्सर बरु उपचार पछि निको होला तर मानिस भित्रै रहेको छुवाछूत कहिले निको नहुने रहेछ । प्राकृतिक परिस्थिति जीवन जगतको उत्पत्तिको कारण हो । जात धर्म नाम मानिसले आफ्नो सजिलोका लागि बनाएको हो तर के थाहा यहि कारण नै कालान्तरमा मानिसलाई नै दुख दिने नियत बन्छ । प्राकृतिक रूपमा हामी मनुष्य हौ । मनुष्यले नै जातीय विवाद रोप्यो मानिस माथी । मनुष्य स्वभावतः आफ्नो अनुकुलता हेर्छ । जातीय बिभाजनले समाज परिवर्तनको अग्रगामी सोच र परिवर्तनको मुल उदेश्यलाइ सदियौ देखि प्रभावित पारिरहेकै छ । पुर्ण प्रजातान्त्रिक भनेर चिनिने हाम्रो देशलाई जात र भूगोलको आधारमा , जनजाती ,धर्म ,लिंग , बर्ण वर्गीकरणलाइ आधार बनाएर नेपालका नेता र पार्टीहरुले उपयोग गरिरहेकै छन।

धर्मका नाउँमा फुट ल्याउने गुट बनाउने अनि राजनिती गर्न सजिलो भएको छ पार्टीहरुलाइ । कहिले आदिवासी जनजातिका नारा लगाउदै उचाल्ने , कहिले तराईवासी उचाल्ने कहिले महिला मुक्ति र अधिकारका कुरा गरेर उछाल्ने , कहिले पिछडा वर्गहरुलाइ उचालेर जस आ आफ्नै पार्टीको नाउँमा लिने। तर जनताका दुख भने जस्ताको तस्तै रहिरहने ।

गणतन्त्र आएको पनि यतिका बर्ष भैसक्यो राजाको कारणले देशको उन्नति हुन नसकेको हो भनेर हिजो कुर्लिनेहरु आज राजाका ठाँउमा पुगेका छन तर परिस्थिति झन दुखदायी छ। झन पिडादायी छ, झन भयग्रस्त छ , झन् अन्योल र अराजकताको स्थिति सिर्जना भएको छ । सत्तामा पुग्ने र उनैका आसेपासे मात्रै खुसी छन । उनीहरूलाई मात्रै आएको जस्तो छ गणतन्त्र । हिजो जातभातका विरुद्ध बोल्नेहरु, हिजो शाशनका विरुद्ध कुर्लिनीहरु , हिजो अन्याय, गरीबी र भ्रष्टाचारको विरुद्ध जेहाद छेड्नेहरु आज महलको मलमलमा मस्त छन अनि खोइ कहाँ आयो परिवर्तन ? सत्ताको स्वाद चाख्ने राज्यको ढुकुटी हात पार्ने ठेक्काको जिम्मा पाउने र मिलिभगतमा कमाउने मान्छे मात्रै रमाइलो मानिरहेछन ।

उनैलाई मात्रै आएको छ गणतन्त्र । उनैलाई मात्रै आएको छ प्रजातन्त्र । गणतन्त्रले आफै सबै कुरा दिने होइन । कुनै पनि शासन ब्यवस्था आफैमा साध्य होइन। यो साधन मात्रै हो। भान्सामा पकाउने भाडाकुडा मात्रै भएर हुदैन । पकाउने अन्न नभएपछि ती सबै भाडाकुडाको के प्रयोजन ? आफुलाइ आवश्यक पर्दा दलित र जनजातिको तक्मा भिर्ने अनि आवश्यकता नपर्दा त्यही तक्मा लुकाउने यो प्रवृत्तिले नेपाली समाजमा बिचलन आइरहेको छ। हिजो जातीय बर्गिय भिभेद अन्त्यका लागि दस बर्ष युद्द भयो तर यस्ले त झन जातिय राज्य र बर्ग बिभाजनको राजनीतिलाई चरमताउन्मुख बनायो।

बुद्दले एक ठाउमा यस्तो भनेका छन- हामी जस्तो सोचाइ राख्छौ त्यस्तै बन्छौ। जनजाति दलीत र आदिवासीले अब आफ्नो धारणामा परिवर्तन ल्याउनु जरुरी छ।शारीरिक मानसिक अपाङ्गता भएका ब्यक्ती बाहेक अरु कसैलाई पनि यो राज्यले पाल्नुपर्ने जरुरत छैन।

दलित जनजाती र आदिवासीले यो सोच्नुपर्ने भएको छ कि हामी आफै सक्षम छौ कसैको हुन्डी खाएर बाच्नु जरुरी छैन । सरकारले नै जनजाति दलित र आदिवासीको मुद्दा उठाएर ती ब्यक्तिहरुको उन्नतिशील सोचलाई अपांग बनाइरहेको छ।बिर्सिदिनुस यहाँ कोहि दलित जनजाती आदिवासी छैन।यो देश सबको साझा घर हो हामी सब नेपाली आधुनिकवासी हौ।हाम्रो सभ्यता आदिम होला तर हामी आधुनिक हौ। आदिम सभ्यताको नुतनधारा मेची कोशी महाकाली सुनकोसीको बिम्ब बनेर बगिरहेछ हाम्रो शीरबाट ।

शब्दवद्द परिचय शरीरको हुन्छ पदार्थको हुन्छ भौतिकताको हुन्छ तर हामी चेतनाको त्यो आलोक हौ जो हिजै बुद्धले बालिसके सीताले जगाइ सकिन र यलम्बरले पुजित यो भुमिमा अब पनि कोहि दलित र आदिवासी होलान र ?। हामी कसरी आदिवासी हामी कसरी दलित र जनजाती ?

सभ्यताको चरण चर्चा आदिम होला ब्यक्ती र उस्को सम्पुजन आदिम हुदैन ।यदि आदिम हुन्छ भने उ जंगली युगको वा ढुङे युगको बनमान्छे हो नकि अहिले चरम सभ्यताको विवेकशील मान्छे।

दलितमाथिको विभेद र बिभाजन अन्त्यका लागि बरु राज्यको दाइत्तो प्रखर हुनु जरुरी छ। कडा कानुनको निर्माण दण्ड नीति र पुरस्कारको ब्यवस्थापन हुनुपर्छ । नेपालका जुन जातीले आफुलाई  दलित सम्झिन्छन जुन जातीले आफुलाइ यो देशको आदिवासी सम्झिन्छन तिन्ले यो बुझ्नु जरुरी छ कि अब कति युग सम्म यो बिल्ला भिरेर बसिरहने ? के उनीहरूले प्रतिस्पर्धामा उत्रनु आवश्यकता छैन?जातभातको कुरा जतिय नारा अन्त भयो भने के कुरामा राजनीति गर्छन् नेपालका पार्टीहरुले ! बिषय नै हुदैन ।

चुनावी एजेन्डा बिकासको नभएर जात भात र धर्मको हुन्छ । जस्ले जातलाई  जाती र वर्गलाई  उचाल्यो उस्ले चुनाव जित्यो।

laxmanrajsitaula@gmail.com


उपचार गर्ने मात्र कि मिर्गौला रोगको समस्या नपरोस् भनेर जन चेतना पनि  दिने  ?

उपचार गर्ने मात्र कि मिर्गौला रोगको समस्या नपरोस् भनेर जन चेतना पनि दिने ?


-डा.अरुणा उप्रेति-

अभिनेता, अभिनेत्री, कलाकार, लेखक, पत्रकार मिर्गौला, उच्च रक्तचाप, मुटुको रोगको समस्या भएर अस्पतालमा भर्ना हुन्छन् । समाचार बन्छ तर उनीहरू किन त्यस्तो समस्याबाट पीडित भए ? उनीहरूको जीवनशैलीमा के खराबी थियो, उनीहरूले कति चुरोट, रक्सी सेवन गर्थे ? वा कस्तो किसिमको अस्वस्थकर खाना खान्थे ? कति तनावमा थिए ? भन्नेबारेमा कहीँ कतै छलफल हुँदैन । पत्रपत्रिकामा आउँदैन ।
वास्तवमा मृत्यु र रोगमात्रै समस्या वा खबर नबनेर जीवनशैली सपारेर कसरी स्वस्थ रहन सकिन्छ भन्ने पनि बहस हुनुपर्ने होइन र ? ती नेता, अभिनेता, कलाकारहरू के गरेको भए स्वस्थ रहन्थे होला भन्ने छलफल गरे उत्तम हुँदैन र ?

एक अध्ययनअनुसार नसर्ने रोगहरू बढ्दै गएका छन् । त्यसअनुसार नेपालमा हाल ४२ प्रतिशत मृत्युको कारण नसर्ने रोगहरूबाट र त्यसमा पनि विशेष गरी मुटु, मिर्गौला रोग क्यान्सर, मधुमेहजस्ता रोगबाट भएको पाइएको छ ।
साधारण मानिसहरू भकाभक मर्दा, पक्षाघात हुँदा, मिर्गौलाको समस्याले पीडित हुँदा त्यो समाचार बन्दैन । खराब जीवनशैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगहरूको प्रमुख कारण भनेर प्रमाणित भइसकेको छ । जीवनशैली सुधार्न के गर्नुपर्छ भन्नेबारे विशेषज्ञहरूले भन्दै पनि आएका छन् । तर, औपचारिक रूपमा त्यस्ता छलफल गर्न र कुनै पनि सरकारी निकायमा रोकथामका लागि संस्थाहरू बनाइएका छैनन् । ठूला अस्पतालमा समस्या भएपछि उपचार त गरिन्छ तर तिनै अस्पतालमा जीवनशैली र भोजन सुधार्ने परामर्श दिने कोठा वा विभाग कतै देखिएको छ त ?
उपचारमात्रै गरिने तर नसर्ने रोगहरू नहोस् भन्ने उद्देश्यले उपाय नलगाउने हो भने त स्वास्थ्यका लागि राखेको सबै स्रोत उपचारमा नै सकिनेछ । यसले गर्दा केही प्राइभेट अस्पतालहरूको कमाइ त पक्कै बढ्छ तर जानकारीको अभावमा पिल्सिएर नसर्ने रोगबाट पीडित हुने गाउँका व्यक्ति वा सहरमा बस्ने गरिब व्यक्तिचाहिँ उपचारको अभावमा मर्छन् । झन् अहिले त कतिपय युवा पनि नसर्ने रोगबाट पीडित भएपछि उनीहरूले श्रम गर्न सक्दैनन् र देश विकासमा नै बाधा पुग्छ ।

सुर्ती र चुरोटको प्रयोग, पत्रु खानाको प्रयोग, बढी बोसो, मैदा भएका पदार्थहरूको प्रयोग, तनाव, योग र हिँडाइको कमी, चिनीको बढी प्रयोग र यसले गर्दा रगतमा नराम्रो खालको बोसो बढी हुनु, उच्च रक्तचाप हुनु, मधुमेह आदिले जनस्वास्थ्यमा खतरा निम्त्याएको छ । बोसो भएका पदार्थ विभिन्न चिसा पेयपदार्थ, केक, गुलियो पदार्थ आदि मिर्गौला / मुटुका लागि शत्रु नै हुन् । यो तथ्य स्वास्थ्यकर्मीले बारम्बार नभनेका पनि होइनन् तर जुन अस्पतालमा हृदयाघात भएका, मोटोपन भएर उच्च रक्तचाप भएका, मधुमेह भएकालाई भर्ना गरेर उपचार गरिन्छ, तिनै अस्पतालको खाजा खाने ठाउँमा केक, चिसो पदार्थ, डुनोटलगायतका पत्रु खाना बेचिन्छन् ।

भित्रपट्टि मिर्गौला बिरामी जीवन र मृत्युको संघर्ष गरिरहेका हुन्छन्, बाहिरपट्टि उनलाई उपचार गर्ने स्वास्थ्यकर्मी वा बिरामीका परिवार त्यस्तै खाना खाँदै उभिइरहेका हुन्छन् अर्थात् पैसा खर्च गरेर नसर्ने रोगहरू किनिरहेका हुन्छन् । यो अवस्था सरकारी र प्राइभेट दुवै अस्पतालका क्यान्टिनमा देखिन्छ । एकजना मुटुरोग विशेषज्ञले भनेका थिए, ‘हाम्रो अस्पतालमा जँचाउन आउने बिरामीमध्ये ६६ प्रतिशतको रगतमा नराम्रो खालको बोसो बढेको पाइएको छ । रगतमा नराम्रो खालको बोसो बढ्नु र राम्रो खालको बोसो घट्नु मिर्गौला /स्वास्थ्यका लागि खतरा हो ।'
विभिन्न किसिमको मिर्गौला समस्याका लागि यो जंक फुड एक कारक पनि हो तर त्यही अस्पतालकै खाने ठाउँमा नै त्यस्ता चिल्लो बढ्ने खाद्यपदार्थ र केकहरू मज्जासँग सजाएर राखिएका हुन्छन् । जब मिर्गौला मुटुरोग उपचार गर्ने अस्पतालमा नै पोषणका बारेमा बिरामीलाई जानकारी दिइँदैन भने अरू कसले यसबारे चिन्ता लिन्छ ?
स्वास्थ्य मन्त्रालयले मधुमेह, उच्च रक्तचाप आदि समस्याका बारेमा केही सानासाना पुस्तिका पनि निकालेको छ । तर नसर्ने रोगहरूलाई जनस्वास्थ्यको प्रमुख मुद्दा हो भनेर न जानकारी दिन कार्यक्रम बनाएको छ, न प्राथमिक उपचारकेन्द्र न त स्वास्थ्यचौकीमा यसका बारेमा ज्ञान दिने योजना बुनेको छ । गाउँघरमा पनि धूमपान, मद्यपान, बढी गुलिया पदार्थको प्रयोग, विभिन्न पत्रु खानाको प्रयोग बढ्दैछ । नेपालका जुनसुकै अनकन्टार ठाउँमा गए पनि प्याकेटका पत्रु खाना जहाँ पनि पाइन्छन्, स्कुलका सानासाना नानीदेखि लिएर वस्यक व्यक्तिहरू पनि पत्रु खाना र चिसो पेय पदार्थमा झुम्मिएपछि त मुटु, रक्तचाप र मिर्गाैलाका समस्या बढ्ने नै भए । यसले विस्तारै शरीरका अंगप्रत्यंग विस्तारै गल्दै जान्छन् ।
कुनै ठूला मान्छे रक्तचाप, मिर्गौलाको समस्या आदिबाट पीडित भए उनीहरू उपचारका लागि बाहिर जान्छन् । सरकारले उनीहरूको उपचार खर्च तिरिदिन्छ । अहिले अस्पतालमा मिर्गौला उपचार निःशुल्क गर्ने भनिएको छ । यो राम्रो कदम होला तर कति जनताको र कहिलेसम्म निःशुल्क उपचार गर्न सकिन्छ ?
नसर्ने रोग मुटु, मिर्गाैला आदिको समस्याबाट बच्ने उपायका लागि पैसा छुट्याइएको छैन । औषधिमात्र दिएर र उपचारमा खर्च गरेर ठूला नेताको समस्या त समाधान होला, साधारण जनताचाहिँ कता जाने ? समस्यामा पर्ने त साधारण जनता नै हुन् । साधारण जनतालाई यस्ता समस्याबाट बचाउनका लागि जानकारी दिन स्वास्थ्य मन्त्रालयले कुनचाहिँ कार्यक्रम ल्याएको छ ? थाहा पाउन पाए उत्तम हुन्थ्यो । 

 


मेरो जीवन गीत तिम्रै ओठबाट गुन्जिरहोस्  !

मेरो जीवन गीत तिम्रै ओठबाट गुन्जिरहोस् !


-लक्ष्मण सिटाैला-

हे धरा ! तिमीले मलाई आफ्नो कोमल काखमा हुर्कायौ बढायौ पालन पोषण गर्यौ। मलाई अकाल मृत्युबाट जोगायौ। मैले फेर्ने श्वासप्रश्वास तिमीले नै दिन्छ्यौ मलाई । मैले बोल्ने आवाज तिमीले नै भरिदिएकी हौ। त्यसैले हे धरा ! मलाई तिमी मन पर्छ। तिम्रो अशेष काख नै मनपर्छ, जहाँ अनन्तका असीमित गुलाफी रहरहरू फक्रीरहेका छन। रहर त आफै सिर्जना हो। हरेक मान्छे सग रहर छ। हरेक मान्छेसग उदेश्य छ, हरेक मान्छे सग उसको आफ्नै सपनाको आकाश छ। त्यो उसलाई कहिले बोझ लागेन ।कहिले भारी लागेन। जिन्दगीको अन्तिम घडिसम्म त्यो सपनाको भारी बोकेरै हिडिरहनु उस्को चरीत्र पनि हो। बिषद व्याख्या हुन्छ तिम्रो काखको, एउटा पुराण, एउटा कुरान, एउटा वाइवल र गीतामा नभेटेका कुराहरू छन् तिम्रो कोमल काखमा । तिम्रो शरणार्थी हौ हामी । तिमीले आकाशको ओत दिएकी छौ। तिम्रो सतत छायांमा प्रेम छ। बस त्यो नै सबैभन्दा ठूलो सार्वभौम सत्य हो। हरेक बिहान तिमी भएर उदाउछ मेरो सुर्योदय । अनि हरेक साझ तिमी छोएर अस्ताउछ मेरो न्यानो घाम। तिम्रो अपलक हेराइबाट नै आरम्भ हुन्छ मेरो जिन्दगी ! मलाई स्थान दिएकी छौ । म तिम्रै शान्त कोमल काखमा बाँचिरहेछु। मलाई कहि कतै पुग्नु छैन, कसैलाई भेट्नु पनि छैन र कसैलाई देख्नु पनि छैन। तिमी बाहेक कोहि छ जस्तो पनि लाग्दैन। तिमी देखेपछि पुग्यो मलाई। यो परिब्याप्ती तिमीमै त समाहित भएको छ। तिमी छौ र पो म पनि छु।

मैले हेर्ने तिम्रो प्रेममय क्षितिजमा अनन्तताको अमृत छ। बस त्यहींबाट म तृप्त र शान्त हुन्छु, । म तिम्रै गोधुलीमा जिन्दगीको मुरली धुन खोज्छु। मेरो जीवन गीत तिम्रै ओठबाट गुन्जिरहेको छ। । मेरा प्राप्तिहरू तिम्रै कारण हुन र यो सम्पुर्णता अन्ततः तिमी मै गएर बिलिन हुन्छ। सबै सबै भौतिक र अभौतिक अस्तित्वको कारण र कार्य तिमी नै हौ। र अन्ततः तिमीमै बिलय हुन्छु म र मेरा यावत प्राप्तिहरु। उनीहरूले कमाए भन्छन् खुसी हुन्छन् । दम्भ देखाउछन। दगुर्छन।उफ्रन्छन। दङ्ग पर्छन। प्राप्ती हुँदा खुसी हुने र गुमाउनु पर्दा दुखी हुने यो अबोध चेतना तिमीले नै हालिदियौ। प्राकृति ! तिन्ले कहिले बुझेनन् यो सब प्राप्तिको मुहान त तिम्रो कोमल काख त थियो नि। र यी सब भौतिक प्रपन्च बिलाएको पनि तिम्रै काखमा नै हो । पाएर पनि पाए कोहि भन्दैनौ हामी ।

असन्तोषको गाग्रीको पीधमा प्वाल परेको छ । हामीहरू माथी बाट थप्तै जान्छौ र तलबाट चुहुदै जान्छौ। हामी भरिएको भाडाे हेर्न बर्सौदेखी लालयित छौ। तर हाम्रो लोभको भाँडाे कहिले भरिएन। त्यो भाडाे नभरिदै हामीहरू यो दुनियाँ बाट बिदा भैसकेका हुन्छौ । प्राप्ती के हो? सन्सारमा सुखी को होला ? के मिल्यो भने सन्सारको सारा सन्तुष्टि हामीलाई मिल्छ? भनेर जति चिन्तन गरे पनि यस्को उत्तर कसैसँग छैन।

हिमाल देखि समुन्द्र सम्म बगिरहेको पानीले आफ्नो गति कहिले बिर्सिन्न। उ कहिले थाक्तैन। न उ कहिले निदायो। उ आफ्नो समानन्तर लयमा गीत गाउँदै निरन्तर बगिरहेकै छ। नदी थाकेको कहिले देखेनौ हामीले ।नदिको हरेक पानीको थोपा थोपा एक आपसमा कहिले छुट्तैनन।

त्याहा कहिले खाली देखिन्न। धारा एक आपसी नछुट्टीने भएको ले नै धार भनिएको होला। एक लहरसँग अर्को लहर,एक बुद सग अर्को बुद, एक थोपा सग अर्को थोपा नटुटि मिलिजुली सबै सबै सागर पुग्छन् । पुग्नत मनुष्य पनि अन्तत सागर नै पुग्छन तर मृत पछि मात्रै । उ सागर पुग्दासम्म उस्ले आफ्नो जीवन गति सक्काइकाइसकेको हुन्छ। यो परिब्याप्तीको सघनतामा मनुष्य त्यस्तो एउटा जीव हो जस्ले प्रकृतिलाइ बदल्छ आफ्नो खुसीको लागि।तर प्रकृति बदलिनु पर्दा दुखी हुन्छिन र आफ्नो रौद्र रुप प्रदर्शन गर्छिन। प्रकृति बदलिँदो छ र सारा मनुष्यका सपनाहरू आकान्क्ष्याहरु बढ्ने क्रममा छन। हामी भित्रको लोभले अन्ततः एकदिन गम्भीर समस्यामा पुर्याउछ त्यस दिन मनुष्यले हारेको महसुस गर्ने छ।

आजको मनुष्य दुइटा कुरामा चुकिरहेको छ। उस्को पहिलो चुकाइ हो धन । दोस्रो चुकाइ हो यौन। धन र यौनको रागमा आजको मानिस नराम्रो सग भौतारिरहेको छ। यी दुई बिषयको वरिपरि बिश्व मनुष्य घुमिरहेको छ। जीवनलाई सहज बनाउने उपाय सोच्दा सोच्दा यो सन्सार यस्तो डिजिटल भैसकेको छ कि अब कोहि आफन्त साथीहरू बिरामी हुँदा उस्लाइ भेट्न् अस्पताल सम्म जानू पर्दैन फेसबुक बाट नै "शिघ्र स्वास्थ लाभको कामना" भने पुग्छ । कोहि आफन्तको मृत्यु हुँदा घाटसम्म जानुपर्दैन फेसबुकमै "रिप" लेखे पुग्यो। कसैले राम्रो काम गरेबापत प्रत्येक्ष भेटेर हातमा हात मिलाएर

बधाई

दिनु जरुरत छैन फेसबुकमै "कङ्र्याच"भने पुग्यो। केटा केटीलाई प्रेम गर्न डेटिङ जानुपर्दैन एउटा एन्ड्रयुड मोबाईल बाट नै काम तमाम हुन्छ। टुइटर फेसबुक टिकटक बाट आजकल यौन र यौन अङ्गका सबै तमासाहरु देखाइन्छ। स्त्रीमा लाज हराइ सकेको छ। मति बिग्रेका पुरुषहरु भ्रष्ट भमरा हुन। उनीहरू स्त्रीलाई सम्पत्तिको रूपमा हेर्छन।मायाले होइन आजकल डिजिटल सन्सारले रङ्गिएको छ दुनियाँ।

हामीले शरीरलाई छोप्ने होईन दुनियाँलाई देखाउने बस्तुका रूपमा परिभाषित गर्न थाल्यौ। देखाउनु पर्ने चिज छोपिदै गए। छोपिनु पर्ने चिज खोलिदै गए। लाजले पनि लाज मान्न थालेको छ आजकल । यो साइबर युग हो। यहाँ कुनै कुरा पनि लुकाउने स्थान छैन। शरीरमा लुकेको आत्मा पनि बडाे धर्म सन्कस्टमा परिरहेको छ। मनुष्यको बशमा भएको भए त्यो लुकेर रहेको आत्मालाइ पनि खोलेर देखाउथे र भन्थ्यो मनुष्यले यी हेर मेरो आत्मा यस्तो छ। त्यो आत्मालाइ झिकेर टिकटकमा नचाउथे र फेसबुकमा प्रदर्शनका लागि राख्थे । आत्मालाइ भाइरल बनाउथे।

तर अहिलेका हामी बिचरो मनुष्य शरीरलाई मात्रै भाइरल बनाउन सक्छौ आत्मालाई सक्तैनौ। आत्मा बस्ने यो पवित्र मन्दिर रुपि घरलाई फेसबुक, टिकटक र टुइटरमा प्रदर्शनमा हालेको छौ र भनिरहे छौ कि मलाई सबैले मन पराए। म भाइरल भए । मैले आजसम्म नबुझेको कुरा कि शरीर देखाउदा भाइरल होइन्छ कि भाइरस होइन्छ ?

शरीर प्रदर्शनीमा राखिएको एउटा सप्रीएको मुला जस्तो भएको छ जस्ले पनि हेर्न पाइने जे पनि भन्न र जे पनि लेख्न पाइने।

मानिसहरू सबै डिजिटल भैसकेका छन। यस्तो लाग्छ अब मनुष्यले मनुष्यको प्रत्येक्ष स्पर्श नै पाउदैन। आफू रमाउने चाहनामा आफुपछी आउने पिडिलाइ हामीले कागजको फूल दिदैछौ र मनुष्य कृतिम बाच्न बिवस हुनेछ एकदिन। आजको प्रेममा कलकल कोमल मायाको मृत्यु भैसकेको छ। शौन्दर्यलाई शौचालय जस्तै बनाइरहेका छौ हामीले। मानिसको कारण पृथ्वी माताले लाज मान्नुपर्ने अवस्था भयो।

आफ्नो अङ्गलाइ हरियाली रुखबिरुवाले ढाकेकी छिन धराले। कतै निर्मल गङ्गाले छोपेकी छिन आफ्नो चपल अस्तित्व त कतै महा समुन्द्रले लुकाएर बाचेकी छिन आफ्नो अतल लाज। हामीले धरती बाट सिक्नुपर्ने हो तर ठिक उल्टो भयौ। सारा लुगा खोल्दै गयौ । नाङ्गिदै गयौ। श शरीर नाङ्गिनु भनेको बिचार पनि नाङ्गिनु हो। नाङ्गिएको विचारमा विवेक शुन्य हुन्छ। बिवेक शुन्य हुनु भनेको संबेदनसिलताले हार्नु र पशुत्वले जित्नु हो। पशुहरु बिवेक नभए पनि मायालु छन। अन्जान छन। अबोध छन। ती हाम्रै चारु चरणमा समर्पित छन।

हे धरा ! म तिम्रो काखको सुन्दरतामा जीवन खोजिरहेको छु। म तिम्रो चपल चादनीमा गीत गाइरहे छु।, म तिम्रो अस्तित्वमा उन्माद खोज्दिन, एउटा शान्त जिन्दगी खोज्दछु, एउटा निर्मल माया पाइरहेको छु मैले,म एउटा भर खोज्दै छु तिम्रो ब्याप्तिमा । एउटा वैशाख मात्र होइननि जीवन । यहाँ शिशिरले उप्काएका छन्, पीडाका पाप्राहरूलाई, रक्ताम्य मनहरूलाई आँखाका औलाहरूले छोएका छन् । म प्रेमको खोजीमा भौतिक भौतारिरहेछु तर आफ्नै निनाद अनन्त आकाश बोकेर म थाकेकै छैन। मैले मेरो आकाशको भारी बोकेर हिडिरहेको हजारौं बर्ष भो। राम युग हुँदै कृष्णका लीलामृत बोक्तै यो माथिको आकाश खै कहिले बोझ बनेन हामीलाई तर आकाश बोक्ने कल कल कला हामीमा कहिले भएन। राम र कृष्ण युगको सुल्झिन नसकेको झगडा बुद्ध युगमा आएर शान्त हुनुपर्ने हो तर यो युगका मानिसहरूले बुद्धलाई बुद्दु भने । बुद्धलाई सोझो भने र उनको सोझोलाई भजाएर हामीले खाइरह्यौ।

बुद्ध युगमा शान्ति होइन क्रान्तिले स्यावासी पायो। । म पुरुष भएर जन्मेकोभा कुनै गर्व गर्दिन किनकि मैले फेरी बुद्धलाई तिम्रो गर्भमा गर्भधारण गराउन सकिन । बुद्ध किन एक फेर मात्रै जन्मिए , कृष्ण किन बारम्बार जन्मिएनन !

हामी बुद्धलाई माया गछौ, हामीले पुज्नुपर्ने त प्रेमलाइ हो शान्तिलाई हो तर हामीले शरीरलाई पुज्यौ। हामीले कवितालाई होईन कविको कायालाइ सुन्यौ। हामीले नारीका निर्मलतालाइ होइन उन्को बैशलाइ पुज्यौ। स्त्रीले पुरुषका शान्त स्वभावलाई होईन उस्को अहम र अहंकारलाई पुजे। उस्को बैशलाइ पुजे। र परिणामत दुनियाँमामा प्रेम मर्दै गयो। बिश्वास मर्दै गयो। कसैले पनि आफू माथिको शान्त आकाशलाई बोकेर हिंड्न् चाहेनन् ।

सबै सबै उन्मुक्त हुन चाहिरहे आकाश फालेर। यस्तो लाग्दै छ कि हामी आफ्नो अस्तित्वको आबरु फालेर फेरि नाङ्गै जंगली हुँदै छौ।

laxmanrajsitaula@gmail.com


पत्रु खाना स्वस्थ छैन ?

पत्रु खाना स्वस्थ छैन ?


-डा.अरुणा उप्रेती-

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ।“

यो धेरै अगाडि आउनु पर्ने एउटा सकारात्मक कदम हो। तर यसमा थुप्रै चुनौतीहरु पनि छन्। कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई जङ्क फुड खुवाउन निषेध गरिएको भनिएको छ। तर समस्या मैले कहाँ देख्छु भने ६ देखि १० कक्षा सम्मका बालबालिकालाई चाहिँ के गर्ने त?

सरकारले आजभन्दा ७–८ वर्ष अगाडि पनि स्कुलहरुमा पत्रु खानेकुरा खान नपाइने नियम बनाएको थियो। तर त्यो नियम एकहप्ता नपुग्दै भताभुङ्ग भयो।

पत्रु खाना बनाउने कम्पनीका मालिकहरुले मन्त्री तथा सचिवहरुलाई भेटेर उक्त निर्णय सच्याउन माग गरेपछि त्यो निर्णय फिर्ता लिइएको थियो।

देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने भनिएको छ। सरकारले ६० प्रकारको मेनु तयार गरेको छ, त्यो सबै स्कुलहरुमा पुग्नु पर्यो। तर खाजा पुगेको या नपुगेको अनुगमन कसले गर्छ भन्ने कुरा एकदमै महत्वपूर्ण छ।

तर कमसेकम एउटा सुरुवात भएको छ। त्यसैले यस कदमलाई सरकारले साँच्चिकै चाहने हो भने अनुगमन गर्नुपर्ने हुन्छ र ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको हकमा स्कुलको क्यानटिनहरुमा नै पत्रु खाना निषेध गरिनु पर्ने नियम बनाउनुपर्ने हुन्छ।

पत्रु खानाहरुले कसरी बच्चाहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्नेबारेमा पनि स्कुलमा छलफल गर्नुपर्छ।

पौष्टिक तत्व नभएको तथा कम भएको खानेकुरालाई नै पत्रु खाना भनिन्छ। यसमा विभिन्न किसिमका रसायनहरु मिसाइएका हुन्छ। जङ्क फुडका बेफाइदाहरु मात्र छन्। यसले हाम्रो संस्कृतिलाई पनि नष्ट गर्छ।

पत्रु खानेकुरामा जति उनीहरुले बाहिर नुन हाल्छौँ भनेर लेखेका हुन्छन् त्यो भन्दा कयौँ गुना बढीसम्म हालेको पाइन्छ।

यस्तो किसिमको पत्रु खाना बच्चाहरुले प्रयोग गर्ने हुँदा सानै देखि उनीहरुको मिर्गौलामा समस्या पर्न सक्छ। पत्रु खानेकुरा खाने बच्चाहरु धेरै मोटो हुन्छन्।

अर्कोतिर स्वस्थकर खाना नखाई पत्रुकर खाना मात्र खाएपछि उनीहरुलाई कुपोषण पनि हुन्छ। मोटो बच्चाहरुलाई ठूलो भएपछि मधुमेहको समस्या हुन्छ, उच्च रक्तचापको समस्या तथा घुँडा दुख्न पनि सुरु गर्छ।

मोटो भइसकेपछि उनीहरुले समाजमा अपमानित फिल गर्छन्। बाहिर साथीहरुसँग घुमफिर गर्न जाँदैनन्। आत्मविश्वास नै कम हुन्छ।

कुपोषणले बालबालिका र वयस्कहरुमा शारीरिक साथसाथै मानसिक रुपमा पनि प्रभाव पार्छ। बच्चाहरु एकोहोरो हुने, नबोल्ने जस्ता समस्या पनि भएका छन्।

यस कारणले खानेकुराले मान्छेको शारीरिक तथा मानसिक दुवै कुरामा प्रभाव पार्छ। दीर्घ रुपमा रोग लागिसकेपछि यसले आर्थिक अवस्थालाई पनि खराब पार्छ। रक्सी र चुरोटले जत्तिकै असर गर्छ यस पत्रु खानेकुराले।

पत्रु खाना स्वस्थ छैन भन्ने थाहा हुँदा पनि धेरै अभिभावकले आफ्ना बच्चाहरुको स्वास्थ्यमा वेवास्ता गर्छन्। जस्तो कि चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्द विष हो, जसले शरीरलाई कमजोर बनाउँछ।

यस किसिमका खानालाई पत्रु भनेर कुनामा फाल्ने हो। न्यूनिकरण गर्नका लागि घरकै स्वस्थकर खानेकुरा मात्र खानुपर्ने हुन्छ।

बालबालिकालाई पत्रु खानाको बानी हटाउन अभिभावकले नै आफ्नो बानीमा सुधार गर्नुपर्ने हुन्छ।

डा.अरुणा उप्रेतीको फेसबुकबाट

 

 

 

 

 


आमा बिरामी पार्ने कानून ?

आमा बिरामी पार्ने कानून ?


-डा.अरुणा उप्रेती-

दस वर्षअघि अस्ट्रेलियामा २७ हप्तामा जुम्ल्याहा जन्मिए । छोरी बाँची । छोराको मृत्यु भयो र उसलाई गाड्न लैजानुअघि आमाले हेरून् भनेर कम्बलमा बेरेर दिइयो । आमाले बच्चाको कम्बल हटाइन् र मृत शिशुलाई आफ्नो छातीमा टाँसिन् ।

‘म तिमीलाई धेरै माया गर्छु अब तिमी आफ्नो घर जाऊ’ भनेर आँसु खसाल्दै उनले दुई घण्टा च्यापेपछि बच्चा चलमलायो । एकै छिनपछि आँखा पनि खुल्यो । यो देखेर आमा खुसीले चिच्याइन् । डाक्टरले बच्चा हेरे र भने, ‘यस्तो घटना कहिल्यै भएको थिएन, यो जादु नै हो ।’ २७ हप्तामा जन्मेको तर मृत ठानिएको बच्चा अहिले दस वर्षको भयो ।

२७ हप्तामा जन्मेको बच्चालाई बचाउने सम्भावना छ, तर नेपालमा भने २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुन बनिसक्यो, जसका बारे सर्वसाधारणलाई थाहै नहुन सक्छ । चिकित्सकहरू भन्छन्, ‘बाँच्न सक्ने बच्चालाई तुहाउनु महिला स्वास्थ्यविरोधी काम हो, यस्तो कानुन स्विकार्न सकिन्न ।’ आफ्नो नाम नखुलाउने सर्तमा केही स्त्रीरोग विशेषज्ञले भने, ‘२८ हप्तामा गर्भपतन हुँदैन, सुत्केरी हुन्छ । पूर्ण तर सानो बच्चा जन्मन्छ ।’ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले मसँगको कुराकानीमा भन्नुभयो, ‘यदि व्यवहारमा यस्तो भयो भने म यो कानुन आमा मार्न ल्याएको भन्छु ।’

स्त्रीरोगविज्ञहरूको संस्थामै मैले ‘यो कानुनको किन विरोध गर्नुपर्छ’ भनेर २ हप्ताअघि इमेल पठाएकी थिएँ । उक्त संस्थाले औपचारिक उत्तर दिएको छैन । त्यहाँका व्यक्तिहरूसँगको अनौपचारिक कुराकानीबाट थाहा भयो, उनीहरूसँग छलफलै नगरी कानुन ल्याइएको रहेछ ।

एक स्त्रीरोगविज्ञको भनाइ थियो— विशेषज्ञले समेत महिलाविरोधी मानेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई विधायिकाले पारित गरेर कार्यान्वयनमै ल्याइयो भने म यो कानुनलाई स्विकार्न सक्दिनँ । हामीले सुरक्षित गर्भपतनको कानुन ल्याएको आमाको ज्यान बचाउन हो, २८ हप्ताको बच्चा मारेर निकाल्न होइन ।

धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्राकार भन्छन्, ‘यस्ता कानुनले गर्दा आमा र बच्चाको जीवन जोखिममा पर्छ । हामीले २८ हप्तामा जन्मेका बच्चालाई बचाएका छौं ।’ धेरैजसो स्त्रीरोगविज्ञहरू ‘२८ हप्तामा गर्भपतन हुँदैन’ भन्छन् । तैपनि यस्तो कानुन कसरी बन्यो, सांसदहरूले कसको सल्लाह सुझाव लिए ? ४० वर्षभन्दा बढी अनुभव सँगालेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुधा शर्माले आफ्नो पुस्तकमा लेखेकी छन्, ‘२८ हप्तामा गर्भपतन गराउने कानुन किन र कसरी ल्याइयो थाहा छैन, २८ हप्ते भ्रूण पतन गराउन पाउने कानुनी अधिकारले आमाको भलो गर्दैन ।’

स्त्री रोग विज्ञहरूको संस्थामै मैले ‘यो कानुनको किन विरोध गर्नुपर्छ’ भनेर २ हप्ताअघि इमेल पठाएकी थिएँ । उक्त संस्थाले औपचारिक उत्तर दिएको छैन । त्यहाँका व्यक्तिहरूसँगको अनौपचारिक कुराकानीबाट थाहा भयो, उनीहरूसँग छलफलै नगरी कानुन ल्याइएको रहेछ ।

डा. भोला रिजालले मसँग भन्नुभयो, ‘मलाई एक सांसदले यो विधेयक ल्याउनुभन्दा अघि सोधेका थिए र मैले यस्तो ल्याउन हुँदैन भन्दा ती सांसदले तपाईंको विचार सोधेको होइन, हामीलाई यो कानुन ल्याउन सहयोग गर्नू भनेका थिए ।’ विश्व स्वास्थ्य संगठनले समेत २२ हप्तासम्मको गर्भपतनलाई मात्र मान्यता दिएको छ । यो मान्यताविपरीत नेपालमा किन यस्तो प्रावधान आयो ?

पृथ्वीनारायण शाह ७ महिनामै जन्मेका थिए भनी हामी इतिहासमा पढ्छौं । गाउँघरमा ७ महिनामा जन्मेका शिशु बाँचेका उदाहरण धेरै छन् । विदेशमा ६ महिना maa जन्मेका

बच्चालाई पनि बचाइएका घटना थुप्रै छन् । यस्ता उदाहरण हुँदाहुँदै कसरी २८ हप्ते बच्चालाई मार्ने कानुन ल्याए हाम्रा सांसदहरूले ?

आमा र भ्रूणको रक्षा नगर्ने कानुन किन पूर्वसांसदहरूले ल्याए ? यसको उत्तर कस्ले दिने ?

उप्रेतीको फेसबुकबाट साभार 

 


यादका धुँवाहरु‍‍‍...

यादका धुँवाहरु‍‍‍...


-रुपा थापा- 

एक मुठ्ठि श्वासको गहिराइलाई 

कैद गरेका पवनहरुसँग

लाग्छ यति खेर मेरा ओठबाट छुटेका

चुरोटका धुँवाहरुकेा भेट बादलसँग हुनेछ र

फेरि पनि सफा हुनेछ आकाश त्यस्तै गरी

केहि पुराना डुङ्गाहरु नियाल्दै छु यतिखेर

जसका रङहरु बिस्तारै बिस्तारै हराउँदै छन्

किनारा त फर्किनेहरुको लागि मात्र हो

थाहा त थियो महासागरबाट तिमिले

फेरि अब त्यो झरनासम्मको यात्रा तय गर्ने छैनौँ भनेर

डायरिका पानाहरु फेरि पनि पल्टाइदिन्छ

भर्खरै चलिरहेका ति बतासहरूले

जहाँ समुन्द्रकाे गहिराइसँगै

झन झन मधुरो हुँदै थियो

काेरिएका ती रेखा चित्रहरू

समयको फ्रेमसँगै बिलिन हुँदै गएका

तिम्रा केहि सम्झनाहरु

सायद हराउँदै थिए कत्तै

जीन्दगीका बिशाल राजमार्गबाट

प्रेम तिमी प्रतिक्षा बनेर

फुलि रहेछौँ एतिखेर मायाको ओठमा

र मेरा मुस्कानहरु त्यहि तिम्रा मायाका

मुस्कानहरुसँग फुलि रहेछन् यति खेर

यादका धुँवाहरु पनि त

त्यहि तुवालोसँगै बाफ बनेर छुट्दो रहेछ

जहाँ मधुरो सुर्यकाे प्रकाशसँगै

हराउँदै थिए सितका थोपाहरु

भुमध्ये सागरमा खिचिएका रेखाहरु

जो फेरि फेरि भेटिदैनन एक अर्कासँग

बस त्यहि एक पल थियो

जहाँ तिम्रो र मेराे मुस्कानलाइ कैद गरेको थियो

समयका सुनाैला रङका किरणहरुले

बाफ बनेर उड्दै गरेका

प्रेमका ति प्यालाहरुसँग

न त तिमीसँग नै मेरो कुनै गुनासो छ

न त तिम्री मायाका ति रङहरुसँग नै

मेरो कुनै गुनासो छ

मलाई  त नियाल्नु थियो बस तिमिलाई 

छुटिरहेका ती बाफहरूसँगै

जहाँबाट छुटिएका थिए

तिम्रेा र मेराे जीन्दगीका गन्तव्यहरू

 


'आँसुको दहमा डुबिरहेको इतिहास र सडकमा छटपटाइ रहेको वर्तमान'

'आँसुको दहमा डुबिरहेको इतिहास र सडकमा छटपटाइ रहेको वर्तमान'


-लक्ष्मण सिटाैला-

पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्ने समयमा बेलायतमा भुमिगत रेलसेवाको बिकास भैँसकेको थियो। जतिबेला हामी अर्धजङ्गली थियौँ त्यतिबेला युरोप अमेरिकाले अभुतपुर्व बिकासको छलाङ मारिसकेका थिए।

विकसित देशहरूले चन्द्रमा यात्रा गरिसक्ता हामी सतिप्रथा कसरी अन्त गर्ने भन्ने समाज सुधारको चिन्तनमा थियौँ। तत्कालिन युवराज वीरेन्द्रले लन्डनको ख्यातिप्राप्त इटन कलेज पढ्दा उनले त्यहाँको आधुनिक बिकास र प्रगति पनि पढेका भए त्यहाँको सिकाइ र अनुभुतीले त्यो बेलाको नेपाललाई कसरी बिकास गर्न सकिन्थ्यो होला अहिले अनुमान लगाउन मात्रै सक्छौ हामी ।

राजा महेन्द्रले अन्तर्राष्ट्रिय जगत खासै देखेका थिएनन् तर महेन्द्रको समयमा जति नेपालको बिकास आजसम्म पनि भएको छैन। महेन्द्रकै जति बुद्धि महेन्द्रका छोराहरूमा यदि भएको भए नेपालको समृद्धि एशियाली मापदण्डमा पुग्थ्यो। वीरेन्द्रले शान्ति क्षेत्र घोषणा बाहेक अरु गणना गर्न लाएकको खासै काम गर्न सकेनन् ।

महेन्द्रका छोरा नातीहरु रक्सी र तरुनीमा रमाए। फलस्वरूप राजसस्थाको पतन भयो। राजाको कार्यकालमा एउटा बोलिले ठुलो महत्व राख्थ्यो। राजाको सवारी हुँदा सवारी हुन लागेको स्थानमा रातारात बिकास हुन्थ्यो। त्यतिबेला जनताको सुख र चाहमा बिकास हुने भन्दा पनि राजाहरुको सुबिधाका लागि हुन्थ्यो।त्यो पनि ठिक थियो कमसेकम बिकास त हुन्थ्यो । अहिले त पार्टी झगडामा भएको बिकास पनि भत्काउने काम हुन्छ र सबैलाई आआफ्नो पक्षमा उभिनु छ। राजा देशको पक्षमा उभिन्थे भने अहिले नेता पार्टीका पक्षमा उभिन्छन ।

राजा वीरेन्द्र नारायणहिटी दरबार बाट नागर्जुन दरबारतर्फ सिकार खेल्न जान लाग्दा बालाजु बाइसधारा आसपास बाइपास नजिक एउटा जनताको गाडीले उनको सवारीलाई अवरोध पुर्याएको कारण बाइपास देखि सिधै चक्रपथ सम्म जोडिने अर्को लिन्क रोड रातारात तयार भएको थियो । त्यो बाटो राजाको सवारीका लागि भनेर तयार भयो। तर पछि जनताले पनि उपयोग गरे। राजाहरूको मुखमानै कानुन थियो। त्यतिबेला गर्न चाहेको भए नेपाल बिकास र सम्पन्नताको दृस्ठिकोणले धेरै भन्दा धेरै अगाडि बढ्न सक्थ्यो।

हुकुम नै कानुन भएको बेलामा महाराजहरु सुरा र सुन्दरीमै मोहित भएर बसे उनीहरूले भविस्य देखेनन। हो राजा महेन्द्रले पचास बर्ष अगाडिको बिकास देखे र नेपाललाई बिकासको आधुनिकतामा पुर्याए। नेपालका राजाहरूमा पृथ्वीनारायण र महेन्द्र मात्रै नेपालको राष्ट्र  बिभुती बन्न लाएक छन अरु सबै गन्तिमा मात्रै परेका हुन्। आज केपी ओलीले रेलको सपना देख्दा हिजो राजा महेन्द्रले त्यसलाई  बिपनामा परिणत गरिसकेका थिए।

बिरगन्ज, रक्सौल, अमलेखगञ्ज, जयनगर, जनकपुर आदि भुमिमा रेलका लिकहरुको कन्काल मात्रै छ अहिले । इतिहास बनाउन तर्फ होइन इतिहास मेट्न तर्फ लाग्यौ हामी फलस्वरूप बिक्रि गरेर खाइए धेरै उद्योग कारखाना । त्यो बेलाको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार र कुटनितिक रणनिती अहिलेको जस्तो कम्जोर थिएन। अहिले हामी इतिहास त कलन्कित

थियौ भन्छौं र आफू चाहिँ काम गर्न छोडेर सडक नाटक मंचन गरिरहे छौ खोइ कस्तो समृद्धि ल्याउन खोजेको हामीले?

अन्तर्राष्ट्रिय जगतमा नेपाल हिन्दुराज्य र सार्वभौम राष्ट्रका रूपमा ख्यातिप्राप्त थियो पुजित थियो बिश्व आखामा। हामी भन्दा गरिब भोका सार्क राष्ट्रका देशहरूले अहिले अभुत्पुर्व बिकास गरे । हामी अझैसम्म गरिबीको रेखा मुनि छौ। भुटान आज जि.डि.पि मा कहाँ पुगिसक्यो हामी जस्ताको तस्तै छौ। राजनीतिले देश सपार्ने होइन बिगार्न तर्फ उद्दत भयौ हामी । यो नै सबैभन्दा दु:खद र दुर्भाग्यपूर्ण पक्ष हो ।

नेपाल बिकासमा पछाडी पर्नुको मुख्य कारण पदमा पुगेका ब्यक्तिमा शक्तिको दम्भ, पदीय लोलुपता र उन्माद अनि षड्यन्त्र हो। भिमसेन थापा देखि केपी ओली सम्मको युगलाई अध्ययन गर्दा नेपालको राजनीतिक इतिहास केवल षड्यन्त्र र शक्ति दुरुपयोगले भरिएको छ।

प्रधानमन्त्रीलाई सांसद विघटन गर्ने पुर्ण अधिकार छ कि छैन ? र कस्तो अवस्थामा प्रधानमन्त्रीलाई त्यो अधिकार संविधानले प्रदान गर्छ यस्को बारेमा स्पष्ट ब्याख्या संविधानले कुनै पनि धारामा भन्न सकेको छैन। संविधानले त अन्कगणित जस्तो सूत्रबद्ध र एउटा मात्रै ब्याख्या बोल्नुपर्ने होइन र? तर नेपालको संविधानमा घुमाउरो पारामा ब्यक्त गरिएको छ प्रधानमन्त्रीको अधिकारको बारेमा र विघटनका बारेमा ।

संविधानले बिघटनका बारेमा स्पष्ट नभनेपछी सबैले आआफ्नै पारामा तर्क र ब्याख्या गर्न थाले। पार्टीका नेताले,कार्यकर्ताले, बुद्धिजीवीले न्यायिक क्षेत्रका मान्छेले नागरिक समाजले ब्यक्तिले ब्यक्त गरिरहेका भावनाहरु तर्क सङ्गत पनि छन तर्क सङ्गत पनि छैनन् । अहिले बिकासका मुद्दाहरु ब्यापक थाती परिरहेको छ भने राजनीतिक मुद्दाले देश तताएको छ। दिनहुँ सडकमा बेरोजगार मान्छे गाइजात्रा देखाइ रहेका छन।

एउटै पार्टी भित्रका एकै उदेश्य राखेका नेता कार्यकर्ताका एक आपसका गाली गलौज सुनिनसक्नु छ। पदको स्वार्थ , ब्यक्तिगत इगो, शक्तिको दुरुपयोग , बिदेशी इशाराको गुलामी , र अहंकारको बिस्फोट भन्दा अरु केही तुक छैन दुवै पक्षको सडक नाटकमा।

यो नौटंकी भन्दा अरु केही होइन। हामी कामै छोडेर पशु बनेर सडकमा दिनहुँ भौतारिरहेका छौँ यो केका लागि ? कस्का लागि र किन ? । केपि ओलि पक्ष र प्रचण्ड माधव पक्षको धुन्दुली बजिरहेको छ। सडक घन्टाै जाम हुन्छ। गरेर खानेहरु समेत अलमलिएको अवस्था छ। सडक बन्दले गर्दा ठेला गाडा चलाउने देखि श्रम बेचेर खानेहरुका पसल बन्द छन। नेतालाई कुकुरको गाली दिनेहरू अब थाकिसके। नेपाली जनतामा चेतना आएको रेछ भन्नेहरु एकातिर छन। तर म भन्छु यो चेतना होइन यो त पागल पन हो।

हिजो परिवर्तनका लागि जनगीत गाउनेहरु आज सत्ताको भजन गाइरहेछन। हिजो निर्दललाइ निर्दयीहरुको शासन सत्ता भनेर रगत छाद्ने गरि भाषण गर्नेहरू आज गणतन्त्रमा भुडी पड्किने गरि अघाइरहेछन । हिजोको बिरोध त आज धनी हुन पो रहेछ।

हिजोको असन्तुष्टि त आज करोडको गाडी चढ्न र आफन्तलाई जागीर र ठेक्का दिन पो रैछ। हिजोको रुवावासी त आज यिनै भोट दिने जनतालाई धेरै कर लगाउन पो रैछ। हिजो त कमसेकम ठेलागाडा धकेलेर परिवार पाल्ने हर्कजितहरु आनन्दले त निदाउथे । आज फेरि तिनैलाइ छ परिवारको चिन्ता छ । तिनैलाइ छ देशको पनि चिन्ता । यहाँ पेटभर भात खान नपाउनेलाई छ देशको चिन्ता । भुडी पड्काउने त रास्ट्रवादको अभिनय मात्रै गर्छन। परिवर्तन कस्को लागि हो? हिजो नाङले पसल थाप्ने फुलमाता तामाङले बच्चालाई भरपेट खुवाएर सरकारी स्कुलमा त पढाउथिन आज तिनै फुलमायालाले थापेको नाङले पसलहरु पनि सक्तिका लागि सडक बन्द गर्नेले ओगटेको अवस्था छ। मानिसहरू किन सडकमा नौटन्कि देखाइ रहेछन काम गर्न छोडेर ।

अरबौ कमाउनेले राज्यलाई कर तिरेका छैनन् । न्यायाधीश तिनै कर छल्नेलाइ कर नतिर भन्छ उस्कै पक्षमा मुद्दा फैसला गर्छ। कर छल्ने काला ब्यापारीको पक्षमा मुद्दा फैसला हुँदा सरकार मौन बसिदिन्छ। झन यो देशमा कर छल्ने कर्तुतहरुको मनोबल उच्च रहन्छ । नक्कली भ्याटबिल बनाएर राज्य छल्नेहरुले दोहोर सुबिधा लिइरहेका छन। को दुखी ? को गरिब? को अपराधी ? को काला ब्यापारी यहाँ कुनै मतलब छैन। जस्ले पार्टीलाई अकुत पैसा बुझायो उस्ले फेरि तिनै निर्दोष जनता मार्ने हुन। अन्तत ठगिने र मारिने निर्दोष जनता मात्रै हुन्।

हरेक दिन शेयरमूल्य बढेकोमा मलाई केही प्रभाव पार्दैन किनकि मसग सेयर छैन । सिधै भन्नुपर्दा मसग सेयर किन्ने पैसा छैन । सर्वहाराहरु सर्वोच्च पदमा पुग्नैका लागि यदि राजनीति गर्छन् भने ती सर्वहारा होइनन् ती कर्महारा हुन धर्महारा हुन। तिन्ले कहिले जनताको गीत गाएनन र गाउदैनन पनि । मलाई सेयरमूल्यमा गिरावट आउँदा दुख पनि लाग्दैन र मुल्य बढ्दा खुसी पनि लाग्दैन। सेयर कारोबार कस्ता मनुष्यले गर्छन् भनेर मलाई राम्रोसग थाहा छ । शेयरमूल्य भनेको आधुनिक भौतिकवादी शहरीया नव धनाड्यहरुले कमाएको धनलाइ बैधानिक बनाउने खेल मात्रै हो ।

अफिसको काम छोडेर पल पल मोबाइलमा सेयरको भाउ हेरेर बस्ने कर्मचारी देख्दा धिक्कार्न मन लाग्छ मलाई। त्यस्ता लठैतहरु जागीर छोडेर किन पुरै सेयर कारोबारमा लाग्दैनन ?। तिनको सेयर घट्दा यता अफिसमा पो साइसाइसुइसुइ। रुवावासी छ कहिले । कहिले उफ्राइ छ बुर्लुक्क बुर्लुक्क। भाउ बढेको दिन अफिस नै खाली पारेर चिया खाने लैजाने कर्मचारीलाइ । भाउ घट्यो भने दुई चार दिन अफिस नै नआउने।अहिले हरेक सरकारी र सस्थानका कार्यलयमा यो प्रवृत्ति हाबी भएको छ । अफिसको नुन देखि घुन सम्म घुस देखि भुस सम्म चपाउने तर नुनको इज्जत कहिले नगर्ने तिनै बज्रस्वाठहरुले बिगार्छन इमानदारीताको माहोल कार्यालयमा ।

घरबाट सिँगान पुछ्न नसकेर छोराले फोन गर्दा अर्थमन्त्रालय बाट फोन आयो भनेर हाकिमलाई तर्साउदै अफिसबाट भाग्ने प्रवृत्ति आजसम्म पनि उस्तै छ । गणतन्त्र त्यस्तै मान्छेलाई आको छ । निर्दलमा यिनै हा टा गरेर खान्थे आज गणतन्त्रमा पनि यिनैले हा टा गरेर खाइरहेका छन। आज यस्तै मनुवाहरु हरेक अफिसका भाइरस हुन। त्यस्ता भाइरसहरु नेपाललाई समृद्धि तिर उक्लनु नदिने रोग हुन। ती आफू चै सप्पन्न छन तर रास्ट्रलाई चै गरीब बनाउछन खोक्रो बनाउछन। तिनले कहिले बुझेनन् कि नेपाल धनी भयो भने म पनि धनी हुन्छु भन्ने कुरा । फेरि तिनै लम्पटहरु रास्ट्रवादका कुरा गर्छन् । आफू केही नगर्ने । अरुले गरेको काममा बितृस्णा जनाउने। आफ्नो आङमा भैंसी नदेख्ने आर्काको चै धोतीको जुम्रा केलाउने यिनै सिल्ली शिल्पटहरुको आधिपत्य छ हाम्रोमा अझैसम्म । अनि यो परिवेशमा मुलुकको समृद्धिको कुरा गर्नु केवल कल्पना मात्रै हुने रहेछ।

एकातिर जागीरेको पगरी त्यो माथी पनि अफिसर अर्कोतिर भ्रष्टाचार गरेर कमाएको धन शेयरमा लगानी । कार्यलय आयो । हाजिर गर्यो । एक दुई साथीलाई च्याप्यो। तिनीहरूलाई चिया खाजा ख्वायो। आफ्नो बनायो। एक दुई छाक खाजा खाएसी ती खन्चुवाहरु पनि उसैको वरिपरि रिंगन थाल्छन् । सरकारमा भएका एक दुई जना मन्त्री र समानुपातिकमा , आरक्षणमा त मेरा आफन्त हुन नि भन्ने भ्रम फैलायो। तिनै आरक्षणमा परेका माननीय साम्सदको नाम भजेर बेचेर कार्यलयका सोझा कर्मचारीलाई प्रयोग गर्यो । नेपालमा लोकतन्त्र आउनु पहिले पनि फटाहाहरुको हालीमुहाली थियो र अहिले पनि तिनै फत्तुर फटाहाहरुकै हालीमुहाली छ । परिवर्तन चाहनेले परिवर्तनको कहिले महसुस गर्न सकेका छैनन् यो देशमा ।जो अघाएका छन खानेकुरा तिनैको अगाडि गएर थुप्रीन्छ यो कस्तो बिडम्बना ।

परिवर्तन तिनैलाइ मात्रै आएको छ जो यो देशमा परिवर्तन कहिल्यै चाहदैनथे ! रोल्पेलीको आगनमा खुसी छाडिएका छैनन् ।जुम्लेलीको आखामा उस्तै छ भोकको आँसु र निराशाको शोक गीत उहि पाराले बजिरहेको छ । पाचथर हाङपाङ हायुको ब्यथा उस्तै छ । ऋण गरेरमात्र चाड मनाउन पाउछन तिन्ले। कोहि नेपाली भोकले र रोगले मर्दैनन भनेर भन्ने नारामा त ठिकै होला तर ब्यवस्थापन र ब्यवहार त्यस्तो छैन।

केही कमाउन लाहुरे नै हुनुपर्ने । दरवानी नै हुनुपर्ने अवस्था आज पनि उस्तै छ । हिजो पन्चायतकालमा ईन्डियन आर्मीमा भर्ती हुन भनेर नेपाली युवाहरूलाई गल्लुवालले चक्रपथमा रगत छादुन्जेल उफ्राएको दौडाएको यहि आखाले देखेको हो र आज पनि त्यही दृश्य देखिरहन्छु । हिजो बृटिस आर्मीमा भर्ती हुन तछाडमछाड थियो आज त झन लाहुरेको महत्व बढेर गएको छ । हाम्रो देशमा परिवर्तन आएको भए किन लाहुरेहरुको इज्जत यति धेरै दिनदिनै बढेर जान्थ्यो होला र ?

लाहुरेमा भर्ती हुने प्रथा कायम नै छ। फरक त्यति हो कि पहिला गाउँलेको परियार दाइले काधमा कल बोकेर आफुले कमाएका बिष्टहरुको घर घरमा गएर लुगा सिउथे आज आफ्नै घरमा टेलर खोलेका छन । हिजो लुगा सिउने आज पनि त्यही लुगा सिउदै छन। पेशा परिवर्तन भएको छैन मात्रै काम गर्ने शैली र ढंग परिवर्तन भएको छ। साना ब्यावशाय गर्नेको बरु बिचार परिवर्तन भए तर ठुलो नेता भन्नेहरूको दिमाग पुरातन ढंगमै चलिरहेको छ आजसम्म पनि । लोकतन्त्रको दियो सधैं बलिरहोस। लोकतान्त्रिक शासन ब्यावस्थाको अरु कुनै दोस्रो विकल्प छैन र नहोस् पनि । हामीले चाहेको हामीले रोजेको शासन पद्धति यहि हो । तर जनता खुसी रहे मात्रै हो कुनै पनि शासन ब्यावस्थाले स्थायित्व पाउने। जनताको खुसीमा नै निर्भर छ सरकारको आयु र शासन ब्यवस्थाको भविस्य । जनताका लागि सरकार नै अभिवावक हो ।

सरकार नै दुख बिसाउने स्थान हो । सरकार सगै हो जनताले असन्तुष्टि पोख्ने पनि तर असन्तुष्टि पोख्यो भनेर उसलाई थुन्ने धम्क्याउने हतकडि लगाउने हिंड्न् डुल्न र उस्को आवाज समेतलाइ बन्देज लगाउने काम लोकतान्त्रिक सरकारले गरेको सुहाउँदैन । हिजो लोकतान्त्रिक पक्षधरलाई मारेको थियो निर्दयी पन्चायत शासन ब्यावस्थाले फेरि त्यही सिको आजको सरकारले पनि गरिरहे छ। राजा हुन मनलागेर हो अठार हजार नेपाली मारेर सत्तामा पुगेको कम्न्युस्ट सरकार ? यदि हो भने लोकतन्त्रको लागि लडाइँ लडेर रास्ट्रका लागि साहादात प्राप्त गर्नेहरूका अमर आत्माले अवस्य सराप्ने छ ।

सबैसँग सबैको बिचार मिल्दैन ।मिल्नु पर्छ भन्ने जरुरी पनि छैन। बिचार आआफ्नै हुन्छन। सोच भिन्न हुनुपर्छ । भिन्न सोच र चिन्तनको उपज नै हो आजको विकसित एक्काइसौं सताब्दीको सघन यो रुप । एकै सोचको एेजेरुमा फुल्ने फूलहरु राम्ररी फक्रदैनन । सोच जस्ले जस्तो राखेपनी देशको समृद्धिका लागि सबै नेपाली एक हुनुको विकल्प छैन अब। लोकतान्त्रिक बिचारधारा भन्दा अर्को धारणा राख्नेलाइ पनि सम्मान दिन सक्नु वा सम्मान गर्नु त्यो चै सबैभन्दा विकसित लोकतन्त्रको रुप हो ।

एउटा कुरा हामीले हेक्का राख्नु जरुरी छ कि सबै समान कोहि कहिले हुन्नन। कुनै पनि युगमा अपार समानताको परिब्याख्या हुन सकेको छैन । पाँच हजार बर्ष अगाडि धर्मको नास भयो भनेर अवतार लिने श्रीकृष्ण युगमा पनि सबै प्राणिमा समभाव थिएन। कृष्णले समानताको राज्य सस्थापन गर्नकै लागि महाभारत युद्द रचना गरे । हिजो राम राज्यमा पनि समानताको कुरा छेउ लागेकै हो । लोक के चाहन्छ भन्ने कुरालाइ गौण मानियो र शासकहरु आफ्नो इच्छा अनुसार चल्न थाले भने तिनले आफ्नो इतिहास बिगार्छन ।

तिनै राम हुन जस्ले आफ्नो भक्त सबरीको जुठो बयर पनि खाए अनि तिनै राम हुन आफ्नै सीताको सतित्वमा सन्खा लागेर श्रीमतीलाइ आगोमा होमिन पनि बाध्य बनाए । यो लोकको लाज राखिदिनाका लागि थियो। त्यसैले हामीले इतिहास देखिनै भन्दै आयौ कि लोक सम्मतिको आधार नै प्रजातन्त्रको मुटु हो । संविधान मात्रै त केवल कोरा दस्ताबेज हो जतिबेला जनता दुखी हुन्छन् । जनता सुखी र खुशी हुने संविधानका अनेक धारा र उपधाराले होइन। जनता खुसी हुने आधार त सरकारले प्रत्याभूत गरेको जनप्रीय कामले हो।जवसम्म सरकारले जनप्रीय काम गरिरहन्छ तवसम्म लोकतान्त्रीकरणको नुतन धाराहरु अवलम्बन भैरहन्छ। समाजमा सम्मानित भएर बाच्न चाहन्छ हरेक मान्छे । त्यो सम्मान शहरमा शेयरमूल्य बढेर होइन जुम्लेलिले हुम्लेलीले भरपेट भात खान पाउदामा मिल्छ सरकारलाई पनि । अर्थमन्त्रीले शेयरमूल्य बढाेस भनेर भन्दा हुम्लाको गरिब टोपीको घेरा फाटेको हुम्लेलीलाइ के फाइदा छ र ? शहरमा मात्र सम्पन्नताको दियो बालेर लोकतन्त्रको स्थायित्व सम्भावना छैन।

भुमिहिन कृषकसम्म राज्यको आँखा पुगेको खण्डमा लोकतन्त्रको दियो सदाझैँ बलिरहने छ । शेयर दलालको पुँजि वृद्धि र पुजि डुबानको चिन्तामा होइन गरीब गाउँलेका घर जहान र परिवारको चिन्तामा जब राज्य पनि सँगै चिन्तत हुन्छ अनि सतिले सरापेको यो देशमा पनि सत्य युग आउँछ कि !

सिटौलाको फेसबुकबाट


आउ राष्ट्रपति  आमा

आउ राष्ट्रपति आमा


-रुपा थापा-

आउ राष्ट्रपति आमा

जोर शङ्ख फुकेर आउ

अब ति रक्त पिपाषुहरुसँगै

हामिले पनि त्यो मसानघाटको यात्रा गर्नै पर्छ

जो मनाउँदैछन् यति खेर मसानघाटमा

कलिला ति छोरीहरुको म्रृत्युको उत्सव

रक्ताम्य भइ ढलेका मेरा छोरीहरुको

कलिला ति योनिबाट बगेका

रगतका ति धाराहरुले

चुर्लुम्म भिजेका छन तिम्रा ति चोलीहरु

तिमिले लगाउने रेशमका ति सारीहरु र

मेरा छोरीहरुको योनिबाट बगेका

रगतहरुले छिचोलेको त्यो सेतो कात्रो

आजकाल त मलाइ

उस्तै उस्तै लाग्छ राष्ट्रपती आमा

आउ राष्ट्रपति आमा

यो म्रृत्यृको उत्सब अब मनाउनै पर्छ हामिले

निर्वस्त्र भइ लडेका

मेरा कलिला ति छोरीका लाजहरुलाई 

जब ढाक्न सकिँदैन नि

तिमिले लगाउने ती फरिया र चोलीले

यहाँ सर्वहारा वर्गका छोरीहरुको श्वास

कुल्चन सक्छन हर काेहिले सजिलैसंग

त्यसैले आजकाल त मलाइ लाग्छ

ए राष्ट्रपती आमा

तिमिले लगाउने जुत्ता पनि

मेरा त्यहि छोरीहरुको

कलिलो छालाले बनेको छ

आउ राष्ट्रपति आमा

जल्न बाँकि ति कलिला छोरीहरुको

लासबाट उड्दै गरेका ति धुँवाहरुलाई नियाल्न

अनि चिह्यानमा गाड्न बाँकि

ति कलिला छोरीहरुको म्रृत्युकाे जितमा

मस्त उत्सव मनाइरहेका

ति रक्त पिपाषुहरुसंग

एउटा म्रृत्युको उत्सब मनाउनलाई 

जो सजाइरहेछन यहा रात्रि भोजको टेवलमा

मेरा कलिला छोरीहरुको योनिबाट बगेका

ति रगतका भेलहरुलाई  विभिन्न परिकारहरु बनाएर

सर्वहारा वर्गका छोरीहरुको लुटिएको अस्मितालाई 

रोकिन्छ यहाँ न्यायालयसम्म पुग्न र

आफ्नै जीन्दगीलाइ आफैले ओढेको सलले

जब पासोमा लगाउन बिवस हुन्छिन उनि

आजकाल त राष्ट्रपती आमा

तिम्रो त्यो रेसमको सारीको सप्कोले पनि

मेरो छोरीले अन्तिम पल्ट ओढेको

त्यहि रातो सललाई  सम्झाउँछ मलाई 

आउ राष्ट्रपति आमा

मेरा कलिला छोरीहरुको योनीबाट बगिरहेको

ति रगतहरुलाई तिम्रा कोमल पाउले टेक्दै टेक्दै

कलिला ति छोरीहरुको योनिलाई 

लुछिरहेको ति गिद्दहरुलाइ नियाल्न

जब मैनको पुत्ला झै निर्जिव बनेर

बाच्नु पर्छ भने

ए राष्ट्रपति आमा तिमीले

ति छोरीहरुको योनिबाट बगेका

रगतका धाराहरूले छिचोलेर भिजेकाे

त्यो सेतो कात्रोसँगै रक्ताम्य भएको

तिम्रो रेसमको सारी र चोलीलाई 

सक्छयौ भने ए राष्ट्रपती आमा

त्यहि गंगाको भेलसँगै बगाएर

या त योगमायाले झैँ आत्मदाह गर्नलाई  आउ

या त फुलन देवीले झैँ

ति छोरीहरुको आत्मसम्मानको रक्षाको लागि

हातमा हतियार बोकेर आउ


थापाको फेसबुकबाट साभार