11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


काठमाडौं महानगर र ई:बीच सहमति

काठमाडौं महानगर र ई:बीच सहमति


काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका र आन्दोलनरत ई: बीच सहमति जुटेको छ । फुटपाथ व्यवसायीको पक्षमा महानगरविरुद्ध उभिएर आन्दोलन गरिरहेका ई: बीच बुधबार राति सहमति जुटेको हो ।

मंगलबार दुई पक्षबीच वार्ता भएर चार बुँदे सहमतिपत्र तयार भएको थियो । तर सहमतिको ४ नम्बर बुँदामा महानगर प्रमुख बालेन्द्र शाह(बालेन) ले संशोधन गरेपछि त्यसलाई आन्दोलनरत पक्षले अस्वीकार गरेको थियो ।

तर आज फेरि भएको वार्तामा चौथो बुँदालाई संशोधन गरेर सहमति जुटाइएको हो । महानगरका प्रमुख शाहका सञ्चार सहयोगी सुरेन्द्र बजगाईंले महानगर र आन्दोलनरत पक्षबीच सहमति भएको बताए ।
सहमतिपछि प्रदर्शनरत ई:ले पत्रकार सम्मेलन गर्दै आन्दोलन स्थगन घोषणाको तयारी गरेका छन् । उनी अहिले ९ बजेसम्म गरेर १९९ घन्टा उभिएका छन् ।


डाक्टरमाथि कुटपिट गर्दा हुने सजाय सम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

डाक्टरमाथि कुटपिट गर्दा हुने सजाय सम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन


काठमाडौं, १० असोज । गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजाय सम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको छ ।

गृह मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न दोषीलाई ऐन बमोजिम कारबाही गर्न मातहत निकायलाई निर्देशन दिएको छ ।

मंगलवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरोकारवालाको छलफलले डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना स्वास्थ्य संस्थामा राख्ने र कुटपिट तथा तोडफोडमा संलग्नलाई कारबाही गर्ने सहमति गरिएको थियो । गृह मन्त्रालयले विज्ञप्तिमार्फत आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन आह्वान गरेको छ ।


 


धर्नामा रहेका ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगको आग्रह

धर्नामा रहेका ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगको आग्रह


१० असोज । विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा सो सम्बन्धमा आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेको उल्लेख गर्दै धर्नामा रहेकाको स्वास्थ्य अवस्थाप्रति संवेशिल बन्न हुन भनेको हो। अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ। 

रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ‘ई’ को दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ। त्यस्तै, महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासोे प्रदर्शनकारीले गरेका छन्। आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको छ।

निज ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ। संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ।

धर्नामा रहेका व्यक्ति ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ। 
 


इन्द्र जात्राको अवसरमा ललितपुर १ मा पहिलो पटक सांस्कृतिक कार्यक्रम हुने

इन्द्र जात्राको अवसरमा ललितपुर १ मा पहिलो पटक सांस्कृतिक कार्यक्रम हुने



काठमाडौं, ९ असोज । इन्द्र जात्राको अवसरमा असोज ११ र १२ गते ललितपुर महानगरपालिका १ वडा भवन परिसरमा हुन गइरहेको विविध सांस्कृतिक कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले सहयोग गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार बोर्डको बार्षिक योजनामै इन्द्र जात्रा सञ्चालनको लागि सहयोग स्वरुप बजेट छुट्टाउने बताए ।
मानव सभ्यताको महत्व बोकेको बागमती नदिको किनारमा अवस्थित ललितपुर महानगरपालिका १ वडा कोपण्डोल क्षेत्रमा इतिहासमै पहिलो पटक इन्द्र जात्रा मनाउन लागिएको हो । यस कार्यक्रमका संयोजक विवेक तण्डुकारले जात्रा व्यवस्थापन तथा सञ्चालनको लागि करिब सबै तयारी पुरा भएको बताए । उनले संस्कृति सम्पदा प्रेमी सम्पूर्ण नागरिकहरुलाई सपरिवार सहित आफन्त, इष्टमित्र र छरछिमेकी सबै उपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिनु हुन अनुरोध गरे । 
इन्द्रजात्राको शुभ अवसरमा आयोजित यस कार्यक्रममा विभिन्न देवी देवताको नृत्य हुनेछ । आगामी आश्विन ११ गते बिहीबार २ बजेर ३० मिनेट देखि कोपुण्डोलमा अवस्थित पवित्र बागमती किनारको धार्मिक स्थल चारधाम मन्दिर र वडा कार्यालयको बीच भागमा यस कार्यक्रम सञ्चालन हुनेछ ।
जात्राका महाकाली नाच , मिप्वा लाखे नाच , चर्या नाच , धिमे बाजा तथा नाच , अन्य सांस्कृतिक कार्यक्रमहरू विभिन्न खाद्य तथा हस्तकला सामाग्रीका स्टल तथा प्रदर्शनीहरू रहनेछ ।
 


हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान 

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान 


काठमाडौं, ९ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ।
 
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ। समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । 
 
इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो। यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो। आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।


टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने

टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने


काठमाडौं,९ असोज । चीनले लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भ्रमणका क्रममा चीन सरकारले जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको जनाइएको छ ।
त्यस्तै लिजी–नेचुङ बन्दरगाह र झाङ्मु–खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ । २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका भोटेकोशीको बाढी, कोरोनाकालमा बेलाबेला खुल्ने, बन्द हुने भइरह्यो । उक्त अवधिमा सामान आयात भए पनि आउजाउ भने बन्द थियो ।
तीन साताअघि औपचारिक रूपमा नाका खुलेयता सोमबारसम्म चीनबाट ८ सय २० पर्यटक नेपाल घुम्न आएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले बताए । विशेषगरी तिब्बतको ल्हासा र सिगात्सेबाट नेपाल घुम्न आउनेको संख्या अधिक रहेको अध्यागमन कार्यालयले बताएको छ ।

त्यस्तै छेन्ताङ–किमाथांका र रिवु–ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ । यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ । ’दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित देश बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

त्यस्तै टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन् । उक्त आयोजनाले नेपाल–चीन सम्पर्कमा नयाँ आयाम थप्ने पनि दुवै मुलुकले जनाएका छन् । त्यस्तै काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ ।

त्यस्तै जिलोङ÷केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।


यस्तो छ संयुक्त वक्तव्य


पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर


काठमाडौं, ८ असाेज । पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्तिआर्जन मुद्दामा दोषी ठहर भएका छन् । हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा विशेष अदालतले सोमवार फैसला गरेको हो ।
यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । श्रेष्ठ पूर्व पर्यटन, शान्ति तथा खेलकुदमन्त्री हुन् ।


सडकमा सुतेर आन्दोलन

सडकमा सुतेर आन्दोलन


काठमाडौं, ७ असोज । शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गरेका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् । 
राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए । 
गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।


सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीलाई हस्तक्षेप गर्दैनौंः गृहमन्त्री

सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीलाई हस्तक्षेप गर्दैनौंः गृहमन्त्री


काठमाडौं, ७ असोज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 
उनले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारेका हुुन्। उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पु¥याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे। 

सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडी बढ्ने पनि उनले बताए।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको पनि बताए। सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो।

त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए। उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए।

गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभएपनि सांसदहरूले मन्त्रि श्रेष्ठलाई बोलाउन माग गरेपति समिति सभापतिले उनलाई बोलाएका थिए। 
 


सिम्रौनगढ नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, ७ असोज । भवन निर्माणमा अनियमितता गरेको आरोपमा बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोले आइतबार विशेष अदालतमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मावि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूले मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका–८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको सूचना पाइएपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीलाई स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिएको खुलेको र परिणामभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको हानिनोक्सानी भएको अख्तियारको भनाइ छ।

यस्तै निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको र नगरपालिकासँग भएको सम्झौताबमोजिम सर्त पालना नगरी स्वीकृत भएकोभन्दा बढी रकम भुक्तानी लिएको पनि अख्तियारले ठहर छ। सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो रकम कायम गरी कैद सजायको मागदाबीसमेत गरेको छ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom