11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


सय किलो सुन प्रकरण : २ चिनियाँ नागरिक पक्राउ

सय किलो सुन प्रकरण : २ चिनियाँ नागरिक पक्राउ


काठमाडौं, २६ साउन । सय किलो सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) बाट पक्राउ परेका छन्।
हिमालय एयरलाइन्सको जहाजबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका हुन्। उनीहरूको नाम लिजिया लिन र लिउ फुयान रहेका छन् । 
त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ। 
राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए ।
 


यी ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना


काठमाडौं, २४ साउन । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबारको मौसम

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।


सुन तस्करीमा पक्राउ परेकालाई थप ७ दिन थुनामा राख्न अनुमति

सुन तस्करीमा पक्राउ परेकालाई थप ७ दिन थुनामा राख्न अनुमति


काठमाडौं, २२ साउन । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेका १८ जनालाई गरेको छ। उनीहरुलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

यसअघि थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएकोमा आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो।


नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ निर्माणमा ‘ब्रेक थ्रु’

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ निर्माणमा ‘ब्रेक थ्रु’


काठमाडौं, २२ साउन ।  नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो ।

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरुङभित्रै सहभागी थिए ।

मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।


टोखाबाट १२ जुवाडे पक्राउ

टोखाबाट १२ जुवाडे पक्राउ


काठमाडौं, १५ साउन । काठमाडौं टोखाबाट १२ जना जुवाडे पक्राउ परेका छन्।
आइतबार राति ९ बजे टोखा मिलन टोलस्थित एक होटलबाट जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई राजेन्द्रप्रसाद जोशीले सञ्चालन गरेको सेती गण्डकी गेष्ट हाउसबाट १२ जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट १० लाख ४४ हजार ५०० नेपाली नगद र २५ सय भारू बरामद गरिएको हो । 


बाढी पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

बाढी पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध


काठमाडौं, १४ साउन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको हो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन डेढ दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ ।
 


ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ


काठमाडौं, १४ साउन । सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको छ । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।
 


यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, १४ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आइतबारको मौसम
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


टोखा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर

टोखा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर


काठमाडौं, ११ साउन । काठमाडौं टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन थालेको छ । नगरभित्रका सार्वजनिक जग्गा अवैध रुपमा कब्जा गरेर बनाइएका संरचना डोजर लगाएर हटाउन थालिएको हो। 
नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ। लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए। 
 


ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप ७ दिन थुनामा राख्न आदेश

ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप ७ दिन थुनामा राख्न आदेश


काठमाडौं, १० साउन । ललिता निवास प्रकरणमा संलग्न भएकाे आरोपमा पक्राउ परेकाहरू थप एक साता थुनामा रहनुपर्ने भएकाे छ । ललिता निवासकाे सरकारी जग्गा व्यक्तिकाे नाममा गरेकाे अभियाेगमा पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले बुधबार थप ७ दिन हिरासतमा राख्न अनुमती दिएको छ ।
यस प्रकरणमा हालसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले २२ जनालाई नियन्त्रणमा लिइसकेकाे छ ।आरोपीहरूमाथि सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom