13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्ट तालिम सम्पन्न

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्ट तालिम सम्पन्न


काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो ।


तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।


तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरुको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरुलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्ट सामग्रीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

कलेजले आफ्ना स्वास्थ्यकर्मीहरुलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समयसमयमा यस्ता तालिमहरु नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय कलेज विरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा आए पश्चात स्वास्थ्य सेवालाई सुधार्दै चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका तालिमहरु पनि सञ्चालन गर्न थालिएको छ । 

कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।
 


द फस्ट जेनेरेशनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

द फस्ट जेनेरेशनद्वारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं, जेठ १५ । काठमाडौंको बागबजारस्थित कन्सल्टेन्सी क्षेत्रमा बिशेष पशिचान बनाउन सफल द फस्ट जेनेरेशन कन्सल्टेन्सी प्रा.लि.को बिशेष आयोजनामा सामाखुसीस्थित स्काई पार्टी प्यालेसको प्रांगणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  

कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञाले अस्पतालहरुमा रगतको अभाव देखिएकाले त्यसलाई परिपूर्ति गर्न उक्त रक्तदान कार्यक्रम राखिएको उक्त प्रा.लि.का सञ्चालक एवं समाजसेवी दिपक थापाले जानकारी दिए ।

यस्तो निशेधाज्ञाको समयमा पनि रगत संकलन गर्न सहयोग गरेको भन्दै उक्त प्रा.लि.लाई नेपाल रेडक्रस सोसाईटीले प्रमाणपत्र सहित सम्मान गरेको थियो । उक्त रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गरेका छन् । थापाले संस्थाको सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । उक्त प्रा.लि.का सञ्चालक थापासहित समाजसेबी, बसद्धिजिबी, युवाहरु लगायत बिभिन्न व्यापारीहरुले रक्तदान गरेका थिए ।

उक्त प्रा.लि.ले वार्षिक रुपमा रक्तदान कार्यक्रमका साथै बिभिन्न पीडित व्यक्तिहरुलाई राहात तथा उद्धारको कार्य गर्दै आएको छ । 

 

 

 


व्यवसायी कार्की राष्ट्रिय युवा संघको सदस्यमा मनोनित

व्यवसायी कार्की राष्ट्रिय युवा संघको सदस्यमा मनोनित


काठमाडौं, ९ चैत । सिन्धुलीका युवा नेता एवं व्यवसायी वेनीबहादुर कार्की राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन् । 
एमालेको केपी ओली संस्थापन पक्षको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्यमा कार्की मनोनित भएका हुन् । 

शिव बहादुर कार्की फाउण्डेसनका अध्यक्ष एवं डिडि हुमन रिसोर्स प्रालिका सञ्चालक समेत रहेका युवा नेता कार्की जिल्ला बाहिर बसेपनि पार्टीका गतिविधिलाई अघि बढाउन सक्रिय रुपमा लाग्दै आएका छन् ।  उनले केपी ओलीले देशको विकास र निकासका लागि चालेको कदमले मात्र देशमा सुखि नेपाली समृद्ध नेपालको नारा साकार हुने बताए । अलमलमा नपरि सम्पूर्ण युवा शक्तिलाई ओलिको पक्षमा समाहित हुन पनि उनको आग्रह छ ।
उनले डिडि ह्युम्यान रिसोर्स नामक म्यानपावर सञ्चालन गर्दै आएका छन् । व्यवसायसँगै राजनीति र सामाजिक क्षेत्रमा पनि कार्की सक्रिय छन् ।


उदाउँदो सूर्यलाई अर्घ दिई  समापन गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरियो छठ


काठमाडौं, ६ मंसिर । व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिई शनिबार छठ पर्व समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरूभई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुले शनिबार बिहान नदी, ताल र पोखरीमा आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए । अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिने गर्दछ ।

 


नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण, ५३६४ संक्रमणमुक्त, २२ को मृत्यु (हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण, ५३६४ संक्रमणमुक्त, २२ को मृत्यु (हेर्नुहोस् कहाँ, कति संक्रमित ?)


काठमाडौं, ५ मंसिर । नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ । 
सोही अवधीमा ५ हजार ३६४ संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ । 

हेर्नुहोस् 


 


ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटिएपछि थप ४ कम्पनी कारबाहीमा

ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटिएपछि थप ४ कम्पनी कारबाहीमा


काठमाडौं, ३१ भदौ । औषधि व्यवस्था विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि थप ४ वटा ह्याण्ड स्यानिटाइजरलाई कारबाही गरेको छ । 
चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो। 

उक्त स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र सो प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकाले सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि विभागले सरोकारवाला निकायलाई सूचित गरेको छ। 

हेर्नुहोस् 


 


काठमाडौं टोखामा बिहीबार रक्तदान कार्यक्रम हुने

काठमाडौं टोखामा बिहीबार रक्तदान कार्यक्रम हुने


काठमाडौं, ३१ भदौ । कोरोना भाईरस, कोभिड १९ को महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद लाइन्स क्लब अफ काठमाडौं रेसुंगा र गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । सहकारीको उद्धघाटन कार्यक्रमको अवसर पारेर उक्त रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको सहकारी संस्थाका अध्यक्ष मित्रलाल पोखरेलले जानकारी दिए ।

‘रक्त दान जीवन दान’ को मूल नारा सहित असोज १ गते बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म सहकारी संस्थाको कार्यालय परिसर निर्मल बाटिका, टोखा–११ मा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको लाइन्स क्लबका अध्यक्ष बिष्णु बरालले बताए । 

उक्त रक्तदान कार्यक्रममा उपस्थितिको लागि सहकारी संस्थाका सचिव गणेश दाहालले सहकारीका सदस्य लगायत सबै सर्वसाधरणलाई आग्रह गरेका छन् । उनले भने, ‘हाम्रो यो सानो रक्तदान कार्यक्रममा रगत दिएर पुण्य कमाउने काम त भइनै हाल्छ तर उक्त रगतले कयौं नागरीकको ज्यान बाँचेको हुन्छ । तसर्थ सो रक्तदानमा रगत दान गरेर पुण्य कमाउन सम्पूर्णमा आग्रह गर्दछु । करिव १०० जना भन्दा बढी रक्तदाताहरुको सहभागी हुने सहकारी संस्थाले जनाएको छ ।


यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५

यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५


 बुटवल, साउन ३ । देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ ।

देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् ।

प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को मृत्यु भएकोमा यो प्रदेशमा मात्रै १३ को मृत्यु भएको छ ।

यसकारण मुक्त हुँदैछ
अन्यत्रको तुलनामा उच्च गतिमा सङ्क्रमण फैलिएको यो प्रदेशमा उच्च गतिमै निको हुनुमा विशेष कारण छन् । मन्त्री बरालका भनाइमा उच्च सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रको तत्काल व्यवस्था, स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितको उच्च मनोबल, सीमा व्यवस्था र लकडाउनको पालना जस्ता कारणले हट स्पटसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको हो ।

उनका भनाइमा सङ्क्रमण देखिनुअघि नै यहाँका सबै जिल्लामा ठूलो क्षमताका क्वारेन्टाइन, कोरोना विशेष अस्पताल र प्रयोगशाला बनाइएको थियो । सुरुमा परीक्षण किटको अभाव देखिए पनि तत्कालै व्यवस्था गरेर परीक्षणको दायरा विस्तार गरिएको थियो ।

त्यस्तै रोग प्रतिरोधी औषधि वितरण, नियमित र स्वस्थ खानपान, शारीरिक अभ्यास, मनोविमर्श, व्यवस्थित रेखदेखका कारण पनि धेरैले कोरोनालाई पराजित गरिरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक ज्ञवालीले लेखेका छन् ।  


नेपालमा शुक्रबार थप  १ सय १  जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, साउन २ ।  शुक्रबार थप १ सय १  जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

हालसम्म नेपालमा कुल १७ हजार ४ सय ४५ जना कोरोना संक्रमित फेला परेका छन् ।


 


तत्कालीन राजा वीरेन्द्रसहित उनको वंश नै नाश भएको आज १९ बर्ष पुरा, दरबार हत्याकाण्ड रहस्यकै गर्भमा

तत्कालीन राजा वीरेन्द्रसहित उनको वंश नै नाश भएको आज १९ बर्ष पुरा, दरबार हत्याकाण्ड रहस्यकै गर्भमा


काठमाडौँ, जेठ १९ ।  आज दरबार हत्याकाण्ड भएको १९ बर्ष पुरा भएको छ । १९ वर्ष अघि २०५८ साल  आजकै दिन राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो । 

रहस्यमय भनिएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यहरु रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो। 

सो गोलीकाण्डमा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए। जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको भएता पनि नेपाली जनताले अहिलेसम्म उक्त घटनालाई रहस्यमय नै मान्दै आइरहेका छन् ।