16 Mangshir, 2078 / 2 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


घुससहित पक्राउ परे मालपोतका अधिकृत 

घुससहित पक्राउ परे मालपोतका अधिकृत 


काठमाडौं, १५ मंसिर । चितवन चनौलीस्थित मालपोत कार्यालयका मालपोत अधिकृत मुकुन्द पौडेल ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अंशबण्डा एवम् बाटो कायम गरी जग्गाधनी प्रमाण पुर्जा बनाई दिए बापत सेवाग्राहीसँग पौडेलले सो रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिइ गएको टोलीले पौडेललाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुसररिसवत रकम लिइसकेको उनकै क्वाटरबाट नियन्त्रणमा लिएको हो। पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोग जनाएको छ।


सरकारले ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने

सरकारले ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने



काठमाडौं, १४ मंसिर । सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने भएको छ। 
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार भेटघाटमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले  ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्न लागिएको बताए । 

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको संक्रमण छ वा छैन भनेर निगरानी गरिरहेको जनाएको छ।


साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ

साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ



काठमाडौं, १४ मंसिर । काठमाडौं कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ परेका छन् ।  काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् ।  काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । 


तेस्रो अन्तर्राष्ट्रिय ग्लोबल सम्मेलन हुँदै

तेस्रो अन्तर्राष्ट्रिय ग्लोबल सम्मेलन हुँदै


काठमाडौं, १४ मंसिर । ग्लोबल कलेज इन्टरनेशनलले तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफम्यानेजमेन्ट, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य मिडिया र करियर पार्टनरसँगको सहकार्यमा यहि डिसेम्बर ११ मा सम्मेलन आयोजना गर्न लागेको हो ।
प्रिन्सिपल ठगुन्नाले तेश्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम तयारीबारे आवश्यक जानकारी गराउने उदेश्यका साथ प्रेस मिट कार्यक्रम गरेको जानकारी दिए । 
 डा.ठगुन्नाले ‘विश्वव्यापी प्रवृत्ति र व्यवस्थापनमा अनुसन्धान’ बारेमा सम्मेलन केन्द्रित रहने बताउँदै सम्मेलनको उदेश्य ज्ञान प्रदान गर्नु रहेको बताए । सम्मेलनमा व्यवस्थापनका ७ वटा विभिन्न विषयव स्तुर धाराहरुसँग सम्बन्धित नयाँ बहस, छलफल र प्रवचन हुने पनि उनले जानकारी दिए । 
जिआईसी–२०२१ कोभिड–१९ को बीचमा व्यवस्थापन शिक्षा र अनुसन्धानको क्षेत्रमा देखा परेका धेरै चुनौती र अवसरहरूबारे बहसमा छलफल हुने पनि उनले सहभागीहरूलाई जानकारी गराए । 
त्यसैगरि तेस्रो ग्लोबल इन्टरनेशनल कन्फरेन्सका संयोजक तथा ग्लोबल कलेज इन्टरनेशनलका आईक्यूएसी निर्देशक डा. देवराज पनेरुले तेस्रो जीआईसीले ग्लोबल कलेज इन्टरनेशनलको भिजन क्याप्चर गरेको र यसले अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट पाठ्यक्रमलाई कर्पोरेटसँग जोड्ने बताए । त्यस्तै, तेस्रो विश्व अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपालमा शासनका नीतिगत तहका प्रतिष्ठित नेतृत्व, सरोकारवाला, अन्तर्राष्ट्रिय पेशाकर्मी र प्राध्यापकहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले उल्लेख गरे । 


डा. पनेरुले ग्लोबल इन्टरनेशनल कन्फरेन्सको यो तेस्रो संस्करणमा थपिएका नयाँ कोसेढुङ्गाहरूबारे थप जानकारी दिँदै ग्लोबल कलेजले विश्वका विभिन्न भागहरूमा रहेका १६ विभिन्न विश्वविद्यालयहरूबाट १६ अन्तर्राष्ट्रिय प्राध्यापकहरूलाई आमन्त्रण गरेको जनाए । उनले प्रख्यात वक्ताहरूले वित्त, आईटी, उद्यमशीलता, मार्केटिङ, साना तथा मझौला व्यवसायको व्यवस्थापन मार कोभिड–१९ महामारीले थपेका चुनौती आदी महत्वपूर्ण विषयमा प्रकाश पार्ने खुलाए । 
साथै उनले एक अद्वितीय विशेषताको रूपमा, ग्लोबल इन्टरनेशनल कन्फरेन्सको तेस्रो संस्करणले वित्तीय र बैंक क्षेत्रबाट विशेषरूपमा आमन्त्रित विशेषज्ञ र नीति वक्ताहरूले सम्बोधन गर्ने सम्मेलनको अन्तिम सत्रको रूपमा प्यानल छलफल कार्यक्रम राखिएको पनि स्पष्ट पारे । प्यानल छलफलको अध्यक्षता नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले गर्ने छन् । ६ जना प्रबुद्ध अतिथिहरूले वक्ताका रुपमा दिगो विकासका लागि वित्तीय व्यवस्थापन र पारदर्शिता (नेपाल) विषयमा बोल्ने छन् ।               
डा. देवराज पनेरुले (शनिबार) ११ डिसेम्बर २०२१ मा भर्चुअल मोडमा तेस्रो विश्वव्यापी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आमन्त्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरूका १००० भन्दा बढी प्रतिनिधि, अनुसन्धानकर्ता, संकाय, विद्यार्थी, कर्पोरेट नेताहरू, विशेषज्ञहरू र वक्ताहरू रहने बताए । सम्मेलन कार्यक्रम ग्लोबल कलेजइन्टर नेशनलका अध्यक्षसमेत रहेका प्रा. पुष्कर बज्राचारीको अध्यक्षतामा हुने पनि जानकारी दिईयो । 
कलेजका प्रिन्सिपल करणसिंह ठगुन्नाले पत्रकार सम्मेलन माझ उठेका जिज्ञासा उपर प्रतिक्रिया  दिँदै ग्लोबल इन्टरनेशनल कलेजले समय सापेक्षरुपमा आफ्न ाविद्यार्थी, नेपाली समाज र सिंगो राष्ट्रलाई व्यवस्थापन, वित्त, अनुसन्धान आदीबारे नविनतम ज्ञान बाँड्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।  


थप २५९ जनामा कोरोना संक्रमण

थप २५९ जनामा कोरोना संक्रमण


काठमाडौं, १३ मंसिर । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ८८८ जनाको नमूना परीक्षण गर्दा सोमबार २५९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २३१ जनाको पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट २४३ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ। गत २४ घण्टामा २६४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन्।
 


कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन सतर्कता

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन सतर्कता


काठमाडौं, १३ मंसिर । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।    
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए । उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा.अधिकारीले भने, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।”    
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ । यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । 


 कोरोनाको नयाँ प्रजातिबारे छलफल गर्न सीसीएमसी बैठक बस्दै

 कोरोनाको नयाँ प्रजातिबारे छलफल गर्न सीसीएमसी बैठक बस्दै



काठमाडौं, १२ मंसिर । सरकारले कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाउने तयारी गरेको छ ।
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ। बैठकमा स्वास्थ्य विज्ञहरुको समेतद सहभागिता रहने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ।

बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।


 


दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रु एक हप्ता क्वारेन्टिन बस्नुपर्ने

दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रु एक हप्ता क्वारेन्टिन बस्नुपर्ने


 

काठमाडौं, ११ मंसिर । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ।  


नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए। 


दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उनको भनाइ छ।  

नयाँ भेरियन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा अधिकारीको जोड दिए। उनले भने, ‘हाल नेपालमा कोभिड–१९ सङ्क्रमितको सङख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन। स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ।’ नयाँ भेरियन्टको कोरोना जित्नेबारे थप अनुसन्धान भइरहेको छ। 


 ३० करोड बिगो राजस्व छलीको आरोपमा मुद्धा दर्ता 

 ३० करोड बिगो राजस्व छलीको आरोपमा मुद्धा दर्ता 



काठमाडौं, १० मंसिर । राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।  यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन् ।
विभागले उक्त राजस्व रकम असुल गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ ।
उनीहरुमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजस्व छली गरेको विभागको आरोप छ । उनीहरुले मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड १९ र आयकरतर्फ २० करोड अन्ठाउन्न लाख ७५ हजार राजस्व छली गरेको पाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
दर्तावाल लेखा परीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका–७ नादीका आरवी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबावु साहमाथि उक्त फर्मको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी राजस्व छलीमा मतियारको काम गरेको आरोप छ । 


थप ३०८ जनामा कोरोना संक्रमण

थप ३०८ जनामा कोरोना संक्रमण



काठमाडौं, ९ मंसिर ।  नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ।

बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ। काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti