13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


आज भूकम्प स्मृति दिवस मनाइँदै

आज भूकम्प स्मृति दिवस मनाइँदै


काठमाडौं, १२ वैशाख ।  विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।

भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।

यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।


भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः वैशाख १३ गते सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपाल्चोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्यो ।

विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । 


विपिन रिहाइका कतारी राजासँग राष्ट्रपति पौडेलको आग्रह

विपिन रिहाइका कतारी राजासँग राष्ट्रपति पौडेलको आग्रह


काठमाडौं, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी राजा शेख तमिम बिन हमाद अल थानीसँग आग्रह गरेका छन्।

दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारका राजा थानीसँग राष्ट्रपति पौडेलले शीतलनिवासमा भएको औपचारिक भेटवार्तामा विपिन जोशीको रिहाइका लागि कुरा राखेका थिए।

कुराकानीका क्रममा थानीले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएका थिए। इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन छन्। हराएका विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी हुन्।
 


एक सईसहित १६ प्रहरी सम्पर्कविहीन,  एक साताभित्र सम्पर्कमा आउन सूचित

एक सईसहित १६ प्रहरी सम्पर्कविहीन, एक साताभित्र सम्पर्कमा आउन सूचित


काठमाडौं, १० वैशाख । प्रहरी प्रधान कार्यालयले सम्पर्क विहीन भएका १६ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन सूचित गरेको छ।  सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई सम्पर्कमा आउन भएको हो। 

सूचनामा आफूखुसी गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ। अन्यथा सेवाबाट हटाएर कारवाही गरिने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 


गोरखा वीरेन्द्र तालमाथि हिमपहिरो खस्यो

गोरखा वीरेन्द्र तालमाथि हिमपहिरो खस्यो


काठमाडौं, ९ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । तालमाथि हिमपहिरो खस्दा तालको पानी बाहिर आउँदा तल्लो क्षेत्रमा बाढी आएको छ ।
बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको छ । 

वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दूरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

मौसम परिवर्तन पछि जमेको ‘आइस’ खसेको उनले बताए । पहिरो पछि तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको उनले बताइन् । वीरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ ।

सामागाउँ प्रहरी चौकिबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदै छ । पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ । अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो ।


प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । 


बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै


काठमाडौं, ६ वैशाख । आज र भोलि (वैशाख ६ र ७ ) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ । कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
 


पोखरा महानगरमा घुस प्रकरण: अर्का इन्जिनियर शिवराज पक्राउ

पोखरा महानगरमा घुस प्रकरण: अर्का इन्जिनियर शिवराज पक्राउ


काठमाडौं, ५ वैशाख । घुस प्रकरणमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर पनि पक्राउ परेका छन् । घर सम्पन्नको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया पक्राउपछि अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा शाखाकै अर्का इन्जिनियर शिवराज बराल पक्राउ परेका हुन् ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।

बराललाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइएको छ ।
 


आज चैते दसैंः नवदुर्गाको पूजाआराधना गरी मनाइँदै

आज चैते दसैंः नवदुर्गाको पूजाआराधना गरी मनाइँदै


काठमाडौं, ४ वैशाख । पञ्चांगअनुसार हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन पर्ने नवदुर्गाको पूजाआराधना गरी आज चैते दसैं पर्व मनाइँदै छ। आज विभिन्न शक्तिपीठ एवं दुर्गाभवानी देवीका मन्दिरमा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैते दसैं पर्व मनाउने पौराणिक चलन छ। यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दसैं हो।

चैते दसैं अवसरमा काठमाडौं उपत्यका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हनुमानढोकामा आज बलिसहितको पूजा गरिन्छ।

चैते दसैंमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। अष्टमीको दिन देवी उपासना र बलिसहित पूजा गरिन्छ। नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ। 

चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ।

बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, वज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ।

शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरे शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। हनुमानढोका दरबारको दसैंघरमा चैते दसैंका दिन विशेष पूजा गरिन्छ। 
 


नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु


काठमाडौं, ३ वैशाख । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो।

निर्माणको सुरुवाती समयमा कोरोना महामारी र त्यसपछि निरन्तर स्थानीयको अवरोधका कारण अवरुद्ध बनेको उक्त सुरुङ मार्गमा यातायात सञ्चालन हुन भने अझै एक वर्ष लाग्ने आयोजनाका सिनियर डिभिजनले इन्जिनियर गोविन्द दमरुले जानकारी दिए।

‘सुरुङमार्गको आज ब्रेक थ्रु भयो। बाँकी काम भनेको सुरुङभित्र लाइनिङ गर्ने, उपकरण जडान र फिनिसिङका कामहरू बाँकी छन्, ती काम सकेर यातायात चलाउन अझै एक वर्ष लाग्छ’, उनले भने। यसअघि २०८० साउन २१ मा आयोजनाको आकस्मिक (रेस्क्यु) सुरुङमार्गको ब्रेक थ्रु भएको थियो।

गत फागुन ६ मा धादिङतर्फका स्थानीयले मुआब्जा, खानेपानीको व्यवस्था र सिँचाइ लगायतका माग राखेर आयोजनामा अवरोध गर्दै आएका थिए । एक महिना लामो अवरोधपछि गत चैत ८ गतेबाट आयोजना निर्माण कार्य पुनः अघि बढेको छ।

४२ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी जापानी ठेकेदार हाज्मा एन्दो जेभीले वि.सं. २०७६ कात्तिक २६ गतेदेखि निर्माण सुरु गरेको थियो।
 


नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ हुँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ हुँदै


काठमाडौं, ३ वैशाख ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ सोमबार छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार सोमबार एक औपचारिक कार्यक्रमबिच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो ।

सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।


इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह


काठमाडौं, २ वैशाख । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।

साथै दुताबासले आवश्यक परेमा दुताबासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूताबासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।

इरानले इजरायलमा गएरातीदेखि आक्रमण शुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा– भेला नगर्न निर्देशन जारी गरेको छ ।