06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


आज शिवरात्रीः पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

आज शिवरात्रीः पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो


काठमाडौं, २५ फागुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा आराधना गरी मनाइन्छ ।

यसै क्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्दछन् ।
शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ ।
पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाएको प्रवक्ता अधिकारीले बताए ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा रहेको छ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सव कमण्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्री पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको छ ।


सुन तस्करीमा संलग्न चिनियाँलाई नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ

सुन तस्करीमा संलग्न चिनियाँलाई नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ


काठमाडौं, २४ फागुन । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो। पक्राउ परेका अधिकृत अर्याल ललितपुरको महालक्ष्मी नगरपालिका ५ का हुन्। 

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पत्र पठाएको थियो। उनले जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत हुँदा चिनियाँलाई नागरिकता दिएको आरोप छ। 
उनले चिनियाँ नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिलाएको आरोप छ। उनीहरु ६१ किलो सुन तस्करीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।


 


जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो । सोरु गाउँपालिका वडा नम्बर ९ तन्दवाडा–छडा सिँचाइ आयोजनामा लागत अनुमानअनुसार काम नगरि रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको हो । अनुसन्धानमा रकम हिनामिना गरेको भेटिएपछि मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।
 


सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन काठमाडौं प्रशासनको आग्रह

सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन काठमाडौं प्रशासनको आग्रह


काठमाडौं, २१ फागुन । सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा सो को जानकारी उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रशासनले त्यस्तो सूचना र प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो । 

देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि त्यस्तो सूचना दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको हो । 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माबाट जारी सूचनामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धि सर्पन, गौचरण, घाट आदि जग्गाहरू कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोग चलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरू बलजफती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको भए त्यस्तो जग्गाबारे सूचना वा प्रमाण उपलब्ध गराइदिन आग्रह गरेको हो । 


सेनिटरी प्याडमा पनि भ्रष्टाचार, तत्कालीन नगर प्रमुख, उपप्रमुख र पत्रिका सञ्चालकविरुद्ध मुद्दा

सेनिटरी प्याडमा पनि भ्रष्टाचार, तत्कालीन नगर प्रमुख, उपप्रमुख र पत्रिका सञ्चालकविरुद्ध मुद्दा


काठमाडौं, २० फागुन । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार यादव र तत्कालीन उपप्रमुख शिला देवी कापरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सेनिटरी प्याड खरिदका क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख, उपप्रमुख, लेखापाल र एक पत्रिकाका मालिकविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले नगर प्रमुख र उपप्रमुखसहित, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्‍न यादव, लेखापाल लोकबहादुर नेपाली, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, श्री माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सव-इन्जिनीयर सरोज कुमार महतो र रेजा ट्रेडिङ्ग प्रालि धनुषाका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नगर प्रमुख र उपप्रमुख यादवले अर्को भ्रष्टाचार मुद्दामा चार दिन अघि मात्रै सफाइ पाएका थिए। उक्त नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरेको अख्तियारले जनाएको छ। त्यस्तै उनीहरूले उक्त सेनिटरी प्याड गुणस्तरयुक्त नकिनेको पनि अख्तियारको आरोप छ।

अख्तियारले उक्त प्रकरणमा अनुसन्धान गर्दा आ.व. २०७७/७८ मा नगरपालिकाले सशर्त अनुदानतर्फको सेनिटरी प्याड खरिदको लागि २०७७ फागुन १९ मा रेजा ट्रेडिङ्ग प्रालिसँग खरिद सम्झौता गरेको थियो।


तर उक्त खरिद सम्झौताअघि नै २०७७ फागुन १३ मा भुक्तानी गरेको भेटिएको छ। त्यस्तै शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा सेनिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौताअगावै र कहीँ कतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारले जनाएको छ।

यस्तै, शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको मिति २०७७ माघ २२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएको अख्तियारले जनाएको छ।

रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानुनी प्रावधानविपरीत झुट्टा विवरण एवम् सूचना तयार गरी गलत कागजातको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता गरिएको अनुसन्धानका क्रममा खुलेको छ।

उक्त कार्यमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको ठहरसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।


काठमाडौंमा नचलेको फ्रिजबाट एन्टि रेविज भ्याक्सिन जफत 

काठमाडौंमा नचलेको फ्रिजबाट एन्टि रेविज भ्याक्सिन जफत 


काठमाडौं, १८ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन गर्दा कुनैले  पनि आधारभूत मापदण्ड पालना गरेको भेटिएन । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं. १, २ र ३ को धेरै र अन्य वडामा विभिन्न ठाउँमा गरेर अनुगमन गरिएको हो ।
वडा नं. १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइयो । यसरी भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरियो । प्राणघातक रोेग रेविजविरुद्ध लगाइने एन्टिरेविज खोपमा गरिएको यो लापर्वाही गम्भीर प्रकृतिको हो । रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको भेटियो । यस्ता समस्या आम रुपमा भेटिए ।   
‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भन्नुभयो, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’  

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार औषधि पसलमा कुनै पनि खोप नलगाए हुन्छ । औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डवल लक हुनु पर्ने, त्यस्तो छैन । उहाँका अनुसार यस्ता समस्या औषधि पसलमा देखिएका साझा समस्या हुन् । यस्तै हरेकका छुट्टाछुट्टै समस्या पनि छन् ।

रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि पाइयो । सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि विक्री गरेको पाइयो । रोयल गन्तव्य हेल्थ केयर प्रा. लि. घट्टेकुलोको औषधि पसलमा व्यक्ति व्यक्तिको प्रमाण पत्र थिएन ।

अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिए । फ्रिजको सफाइ थिएन ।

अनुगमनका क्रममा भेटिएका यी केही प्रतिनिधि अवस्था हुन् । यी र यस्ता समस्या सबै जसोमा छन् । यो खराव अवस्था हो । राम्रो औषधि पसल चाहिँ कति भेटिए, प्रश्नको जवाफमा अनुगमन संयोजक श्रेष्ठ भन्नुहुन्छ, ‘नाम नै लिनु पर्ने गरीका कुनै भेटिएनन् । एक दुई वटा सामान्य देखिए ।’

औषधि पसलहरुको यो प्रवृत्ति र अवस्थामा तत्काल सुधारको खाँचो छ ।  


मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन


काठमाडौं, १६ फागुन । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्ष विहीन भएको छ। मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए।
 


निजगढ विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो 

निजगढ विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो 


काठमाडौं, १५ फागुन । बाराको निजगढमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। विस्फोटमा ६ जना घाइते भएका थिए। 

निजगढ नगरपालिका ७ मा रहेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार विस्फोट भएको थियो। उक्त वर्कसप रेशम मगरले सञ्चालन गरेका थिए।

वर्कसप सञ्चालक मगर र भारतका राकेश जैसवालको पनि उपचारकै क्रममा बयोधा अस्पतालमासोमबार मृत्यु भएको थियो।

अहिले घाइतेको उपचार भइरहेको छ। प्रहरीले जनाए अनुसार कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।


भजन शिरोमणि भक्तराज आचार्यको निधन 

भजन शिरोमणि भक्तराज आचार्यको निधन 


काठमाडौं, १४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज (सोमबार) ८२ वर्षको उमेरमा निधन भएको छ । अपराह्न ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको अपराह्न साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा निधन भएको हो। उनको पार्थिव शरीर भोलि (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका राखिने तयारी गरिएको छ। साथै उनको बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने बताइएको छ।
 


डलर साट्ने बहानामा ठगी गरेको आरोपमा तीनजना पक्राउ

डलर साट्ने बहानामा ठगी गरेको आरोपमा तीनजना पक्राउ


काठमाडौं, १३ फागुन । विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। उनीहरुले सस्तो दरमा डलर मिलाई दिन्छौं भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपैयाँ ठगी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सो कार्यमा संलग्न मुख्य योजनाकारको रुपमा रहेका सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ गाती घर भएका राम बहादुर तामाङ सहित ३ जना प्रहरी टोलिले फागुन १२ गते पक्राउ गरेको हो।

उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोकबाट ७१ रुपैयाँ अमेरीकी डलर ६०७ सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

साथै डलर ठगी कार्यमा डलर मिलाई दिने ब्यक्ति (फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक) शंकर रेग्मीको साथ बाट ३ लाख ६ हजार ५०० र अमेरीकन डलर ५८३ लगायत अन्य विदेशी मुद्राहरू बरामद गरिएको प्रहरीको भनाई छ।


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–४ बस्ने वर्ष ६० को रामबहादुर तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर–१ बस्ने वर्ष ५१ को बिबि तामाङ र रौतहटको चन्द्रपुर नगरपालिका–७ घर भई हाल गल्कुपाखा बस्ने वर्ष ३७ को (फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक) शंकर रेग्मी रहेका छन्।

निजहरु विगत १० वर्षदेखि डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ। यस्तै, ठगी गरको रकम विभिन्न सहकारीमा फिक्सड डिपोजिट गरी राख्ने गरको र केही रकम मिटरब्याजमा लगानी गर्ने गरको पाईएको छ।

निजहरु आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी ठगी कार्य गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।