16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


ललिता निवास जग्गा हिनामिना सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, बिहीबार फैसला

ललिता निवास जग्गा हिनामिना सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, बिहीबार फैसला


काठमाडौं, २ फागुन । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दा हेर्दा हेर्दामा राखिएको छ । विशेष अदालतले आज नै फैसला सुनाउने तयारी गरेपनि काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । मुद्दाका सम्बन्धमा बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । 

मुद्दामाथि पक्ष विपक्षका वोकिलबाट लगातारको बहस सकिएसँगै अब मुद्दाको फैसला हुन लागेको हो । मुद्दाको पेशी भोलिका लागि तोकिएको छ । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई सरकारी जग्गा हिनामिना गरेकोमा मुद्दा चलाइएको छ ।


विकल र सुनिललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति 

विकल र सुनिललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति 


काठमाडौं, २ फागुन । सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन हिरासतमै रहने भएका छन् । 

विशेष अदालतले उनीहरु दुबै जनालाई थप २१० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरु थप १० दिन हिरासतमै रहने भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले दुबै जनाविरुद्ध १० दिनको म्याद थप भएको बताए । 

उनीहरु दुबै जनालाई माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यसयता उनीहरु अख्तियारको हिरासतमा छन् । 

पक्राउ परेपछि पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराउँदा उनीहरुले हिरासतमा नराख्न भन्दै आफ्नोतर्फबाट वकिल उतारेर बहससमेत गराएका थिए। सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि उनीहरु निलम्बित भएका थिए। २०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो। त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। 

मुद्दा दायरपछि दुवै निलम्बनमा छन्। मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु पक्राउ परेका हुन् ।
 


७८ एसपीको सरुवा(नामावलीसहित)

७८ एसपीको सरुवा(नामावलीसहित)


काठमाडौं, २ फागुन । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार(हिजो) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेको हो ।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ ।


यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार


काठमाडौं, २९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । सोमबार विभागको कार्यालय मीनभवनमै रिजालमाथि दुर्व्यवहार भएको हो । 

लाइसेन्स घोटाला प्रकरणमा छानबिन गरेको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । स्रोतका अनुसार क्रान्तिकारी युवा संगठनले दुर्व्यवहार गरेको हो । दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 


१ करोड ८२ लाख रुपैयाँ बराबरका नक्कली नोट बरामद

१ करोड ८२ लाख रुपैयाँ बराबरका नक्कली नोट बरामद


काठमाडौं, २९ माघ । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

उनका अनुसार भारतीय स्करपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो ।

ट्राफिक प्रहरीले शंकास्पद अवस्थाको स्कारपियो गाडी रोकेर खानतलासी गर्दा पछाडि लुकाएर राखिएको नक्कली नोट बरामद भएको एसपी रेग्मीको भनाइ छ । नक्कली नोट बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा भेटिएको थियो ।


 


विमानस्थल सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

विमानस्थल सुरक्षा प्रमुखमा एसएसपी पोखरेल


काठमाडौं, २६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेलले पाएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यहाँ कार्यरत डीआईजी अर्जुन चन्द ठकुरीलाई सरुवा गरेको केही दिनमै उनीमातहतका एसएसपी दीपशमशेर जबरालाई पनि सरुवा गरेका छन्।


१६ एसएसपीको सरुवा गर्दा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेलले पाएका हुन्। पोखरेल यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीमा कार्यरत थिए।


राजीनामा बुझाएका डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा

राजीनामा बुझाएका डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा


काठमाडौं, २६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका हुन् । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् ।
अहिले प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।
डीआईजी चन्दले राजिनामा पेश गरेका छन् । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन । 


आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी शुरु 

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी शुरु 


काठमाडौं, २६ माघ । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका छन् ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताएका छन् । “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उनले भने ।

‘ई-भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले जानकारी दिएको छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन् । विभागले सबै प्रकार सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ । सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ ।  विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली  प्रारम्भ गरिएको जानकारी दिएका छन् । उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताएका छन् । विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ  ।
 


युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ


काठमाडौं, २५ माघ । काठमाडौं, वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम सेवक सिंह रहेका छन् ।  

उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५५ हजार रूपैयाँ तलबमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिस संचालन गर्दा २ सय जनालाई ३ करोड ठगी गरेकोमा १ वर्ष ६ महिना जेल बसेर निस्केको, सरोज यादव, नागेन्द्र यादव र गुरूदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति ७ लाख रूपैयाँसम्म उठाएको र रामेश्वर सिंहले राम सेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरूपयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड ९ थान बरामद गरेको छ । 

उनीहरू उपर ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।


फेल भएकालाई पास बनाउँदै लाइसेन्स वितरण गरेको अभियोग लागेका १९ जनाले पाए सफाइ

फेल भएकालाई पास बनाउँदै लाइसेन्स वितरण गरेको अभियोग लागेका १९ जनाले पाए सफाइ


काठमाडौं, २५ माघ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नतिजा फेरबदल गरेको आरोपमा मुद्दा चलाइएका १९ जनाले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको बुधबारको इजलासले १९ जनालाई सफाइ दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ चैत २६ गते यातायात व्यवस्था कार्यालय भेरी, नेपालगञ्जका तत्कालीन प्रमुख पवन सुवेदीसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र बिक्री गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा प्रतिवादी बनाइएका सबैले सफाइ पाएका हुन्। सुवेदीसँगै तत्कालीन शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेलविरुद्ध मुद्दा दायर भएको थियो। 

कर्मचारी शाखा अधिकृत ध्रुवराज देवकोटा, नायव सुब्बा ललितबहादुर वली, नायव सुब्बा केशवराज डाँगी, नायव सुब्बा हुतराज पौडेल, नायव सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायव सुब्बा अरुण कुमार गौतम, नायव सुब्बा धर्मदत्त चौलागाई, नायव सुब्बा डिलाराम खरेल, नायव सुब्बा ओमबहादुर बस्नेत, नायव सुब्बा गणेशमान आचार्य, नायव सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणि नेपाली, खरिदार केशरकुमार चपाई, हलुका सवारी चालक ध्रुवराज अर्याल, असई प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देवकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।