07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा झठप, स्थिति नियन्त्रणमा लिग कर्फ्यू लगाइयो

सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा झठप, स्थिति नियन्त्रणमा लिग कर्फ्यू लगाइयो


काठमाडौं, ५ फागुन ।  सरस्वतीको मुर्ति सेलाउने विषयमा विवाद हुँदा रौतहटमा झडप भएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको हो।

झडपलाई नियन्त्रणमा नियन्त्रणमा लिग कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए।

उनकाअनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो। त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए।

शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो। सहमतिपछि पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको हाे।

झडपमा दुबै पक्षका मानिसहरु घाइते भएका छ। घट्नास्थलमा ठूला संख्यामा प्रहरी परिचालन गरिएको छ। 
 


निषेधित क्षेत्रको अवधि बढाइयो 

निषेधित क्षेत्रको अवधि बढाइयो 


काठमाडौं, ४ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगतमा निषेधित क्षेत्र तोकिएका स्थानलाई आगामी दुई महिनासम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित  स्थलका रूपमा निरन्तरता दिएको छ । 

यही फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो । 


राष्ट्रपति कार्यालय शीतलनिवासको पूर्व पुरानो पवित्र वर्कसप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट, दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेध गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारको पुरानो पवित्र वर्कसप चोकबाट रसियन राजदूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ एक सय मिटर र इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको हो । 

“जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क)बमोजिम देहायको क्षेत्रमा मिति २०८०/११/०५ देखि बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।
 


गृहका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन

गृहका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन


काठमाडौं, ४ फागुन । गृह मन्त्रालयले आफू मातहतका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । गृहले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा शुक्रवार पाँच सदस्यीय समायोजन समिति गठन गरेको हो । समितिको सह–संयोजकको जिम्मेवारीमा मन्त्रालयकै सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेको गृहले विज्ञप्तिमार्फत जनाएको छ ।
समितिका सदस्यमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी), मन्त्रालयका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत रहेका उपसचिव रामबहादुर शाही सदस्य सचिव रहेका छन् । संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन समिति गठन गरिएको गृहले जनाएको छ ।

‘नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालयले निरन्तर रुपमा कार्य गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’


 


डीडीसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै कालोमोसो दल्ने प्रयास

डीडीसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै कालोमोसो दल्ने प्रयास


काठमाडौं, ४ फागुन । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुव्यवहार भएको छ ।  आज क्रान्तिकारी युवा संगठनले(डीडीसी)महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्ष मै कालोमोसो दलेको हो ।

महानिर्देशकको कार्यकक्षमा कालोमोसो पोखिएको र अनुहारमा छ्याप्ने प्रयास गरेको संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

दुग्ध विकास संस्थानले किसानको भुक्तानी गर्न नसकेको आरोपमा कालोमोसो दल्न खोजेको बुझिएको छ ।


ललिता निवासको करिब १ सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम

ललिता निवासको करिब १ सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम


काठमाडौं, ३ फागुन ।  विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधीग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुनेगरी फैसला गरेको हो ।


विशेष अदालतको यो फैसलासँगै हाल विभिन्न व्यक्तिका नाममा रहेको सबै जग्गा जफत गरी फिर्ता ल्याउन सरकारलाई बाटो खुलेको छ । २०४९, २०६२/६३, २०६६/६७ र २०७९ का मालपोत, भूमिसुधार, मन्त्रालय र मन्त्रिपरिषद्का गैरकानुनी निर्णयका आधारमा तत्कालीन भोगाधिकारी, विचौलिया, व्यापारी र कर्मचारीले सरकारी जग्गा हडपेका थिए ।
 


२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)


काठमाडौं, ३ फागुन । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।

सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।

 

 


ललिता निवास जग्गा हिनामिना सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, बिहीबार फैसला

ललिता निवास जग्गा हिनामिना सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, बिहीबार फैसला


काठमाडौं, २ फागुन । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दा हेर्दा हेर्दामा राखिएको छ । विशेष अदालतले आज नै फैसला सुनाउने तयारी गरेपनि काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । मुद्दाका सम्बन्धमा बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । 

मुद्दामाथि पक्ष विपक्षका वोकिलबाट लगातारको बहस सकिएसँगै अब मुद्दाको फैसला हुन लागेको हो । मुद्दाको पेशी भोलिका लागि तोकिएको छ । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई सरकारी जग्गा हिनामिना गरेकोमा मुद्दा चलाइएको छ ।


विकल र सुनिललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति 

विकल र सुनिललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति 


काठमाडौं, २ फागुन । सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन हिरासतमै रहने भएका छन् । 

विशेष अदालतले उनीहरु दुबै जनालाई थप २१० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरु थप १० दिन हिरासतमै रहने भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले दुबै जनाविरुद्ध १० दिनको म्याद थप भएको बताए । 

उनीहरु दुबै जनालाई माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यसयता उनीहरु अख्तियारको हिरासतमा छन् । 

पक्राउ परेपछि पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराउँदा उनीहरुले हिरासतमा नराख्न भन्दै आफ्नोतर्फबाट वकिल उतारेर बहससमेत गराएका थिए। सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि उनीहरु निलम्बित भएका थिए। २०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो। त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। 

मुद्दा दायरपछि दुवै निलम्बनमा छन्। मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु पक्राउ परेका हुन् ।
 


७८ एसपीको सरुवा(नामावलीसहित)

७८ एसपीको सरुवा(नामावलीसहित)


काठमाडौं, २ फागुन । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार(हिजो) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेको हो ।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ ।


यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार


काठमाडौं, २९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । सोमबार विभागको कार्यालय मीनभवनमै रिजालमाथि दुर्व्यवहार भएको हो । 

लाइसेन्स घोटाला प्रकरणमा छानबिन गरेको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । स्रोतका अनुसार क्रान्तिकारी युवा संगठनले दुर्व्यवहार गरेको हो । दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।