09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


 मन्त्रालय भागवण्डा टुंगियो

मन्त्रालय भागवण्डा टुंगियो



काठमाडौं, २ माघ । सत्तारूढ दलको चार घण्टा लामो छलफल सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंग्याएको छ। जसअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुनेछ। बालुवाटार बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। सम्बन्धित पार्टीबाट मन्त्री बन्नेहरू नाम प्राप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।
छलफलमा एमालेले ८ वटा मन्त्रालय, माओवादीले प्रधानमन्त्रीसहित ५ र एक राज्यमन्त्री, राप्रपाले तीन र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा मन्त्रालय र जसपालाई दुई मन्त्रालय दिने सहमति भएको छ। यद्यपि जसपले अझै यसमा आनाकानी गरेको छ। जसपाले मन्त्रालयको विषयमा पार्टीमा छलफल गरेर नाम दिने बताएको छ।सहमति अनुसार स्वतन्त्र पार्टीले अब शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। यसअघि स्वास्थ्य मन्त्रालयमा पनि स्वतन्त्र पार्टीको दाबी थियो। तर अब उसले उक्त मन्त्रालय नपाउने भएको छ। स्वास्थ्य कुन दललाई भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन।


नेकपा एमालेको सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित


काठमाडौं, २३ मंसिर । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । समानुपातिक सांसद छनौट गर्न आज बस्न लागेको एमालेको सचिवालय बैठक स्थगित भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउंसो १ बजेका लागि बोलाइएको थियो ।


चोलेन्द्रविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन

चोलेन्द्रविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन


काठमाडौं, २३ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको हो ।
इजलासमा हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले रिट दायर गरेका थिए ।
जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार माात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।

जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो । उनी २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउनेछन् ।


दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन


काठमाडौं, १२ मंसिर । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।

यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।


वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।
 


प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ वटाको नतिजा सार्वजनिक, कहाँ को विजयी ?

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ वटाको नतिजा सार्वजनिक, कहाँ को विजयी ?


काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४०, एमाले २९, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।

त्यस्तै, राप्रपाले पनि ५ ठाउँमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई ठाउँमा विजयी भएका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक÷एक ठाउँमा जित हासिल गरेका छन् ।

कसले कहाँ जिते :

नेपाली कांग्रेस :
मोरङ ६–डा. शेखर कोइराला
सिन्धुुपाल्चोक २–मोहन बस्नेत
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १–विनोद चौधरी
बर्दिया १– संजयकुमार गौतम
दाङ ३ –दिपक गिरी 
सुर्खेत १– पूर्ण बहादुर खड्का 
नवलपरासी बर्दघाट शुस्ता पूर्व २ –विष्णुकुमार कार्की
सप्तरी ३ – दिनेशकुमार यादव 
धादिङ २ – रामनाथ अधिकारी
रौतहट–४ देवप्रसाद तिमलसेना 
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १–शशांक कोइराला
तनहुँ १–रामचन्द्र पौडेल
सिन्धुली १ – श्यामकुमार घिमिरे
बाँके ३–किशोर सिंह राठोर
भक्तपुर २–दूर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाईँ
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया 
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

एमाले
धनुषा ३– जुलीकमारी महतो (महासेठ)
कञ्चनपुर १– तारा लामा तामाङ्ग
पाँचथर–बसन्तकुमार नेम्वाङ्ग
बारा ३–ज्वालाकुमारी साह
सर्लाही १–हरि उप्रेती
बारा १– अच्युतप्रसाद मैनाली 
कास्की ३–दामोदर पौडेल ‘बैरागी’
कपिलवस्तु –१ बलराम अधिकारी
बैतडी–दामोदर भण्डारी 
बाँके १–सुर्यप्रसाद ढकाल
सिरहा १– राम शंकर यादव 
धनकुटा राजेन्द्रकुमार राई
झापा ४– लालप्रसाद साँवा लिम्बु 
सोलुखुम्बु १– मानवीर राई विजयी 
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता 
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली, 
ताप्लेजुङ –योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र
रुकुम पश्चिम–जनार्दन शर्मा
भोजपुर–सुदन किराँती
मोरङ ४– अमनलाल मोदी
खोटाङ –रामकुमार राई 
दाङ २–रेखा शर्मा
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’ 
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन 
जाजरकोट–शक्ति बस्नेत
वाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुम पूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल

एकीकृत समाजवादी
दाङ १–मेटमणी चौधरी
डोल्पा – धनबहादुर बुढा 
धादिङ १ राजेन्द्र पाण्डे
रौतहट १ –माधवकुमार नेपाल
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी 

राष्ट्रिय स्वतन्त्र पार्टी 
चितवन १– हरि ढकाल 
चितवन २ – रवि लामिछाने
ललितपुर ३–डा. तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोविता गौतम 
काठमाण्डौ ७– गणेश पराजुली 
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ ध्रुवबहादुर प्रधान 
झापा ३ –राजेन्द्र लिङदेन विजयी
मकवानपुर १–दिपकबहादुर सिँह
बाँके २ – धवल शमशेर राणा
जुम्ला–ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)

लोसपा
सर्लाही १ –रामप्रकाश चौधरी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल
नागरिक उन्मुक्ति पार्टी
कैलाली १– रञ्जिता चौधरी 
कैलाली ३ – गंगाराम चौधरी

जनता समाजवादी पार्टी
सप्तरी १–नवलकिशोर शाह सुडी
पर्सा २ – प्रदीप यादव 

जनमोर्चा 
बाग्लुङ १ –चित्रबहादुर केसी 

जनमत पार्टी
सप्तरी २– सिके राउत

नेमकिपा
भक्तपुर १–प्रेम सुवाल

स्वतन्त्र
रौतहट २–किरण कुमार साह
सर्लाही ४– अमरेशुकमार सिंह
रौतहट –३ प्रभु शाह
मोरङ – ५ मा योगेन्द्र मण्डल
बर्दिया–२ लालवीर चौधरी  

 


ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.कार्की जित नजिक

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.कार्की जित नजिक


काठमाडौं, ७ मंसिर । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की जित नजिक पुगेकी छन् । 
बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाएका छन्। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाएकी छन् । अझै केहि मत गणना गर्न बाँकी रहेको छ । 


प्रधानमन्त्री देउवा भारी मतान्तरले विजयी

प्रधानमन्त्री देउवा भारी मतान्तरले विजयी


काठमाडौं, ७ मंसिर ।  डडेलधुराकाे  प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रधानमन्त्री एवं कांग्रेस उम्मेदवार शेरबहादुर देउवा भारी मतान्तरले विजयी भएका छन् । उनले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएर पराजित भए ।

यसैगरी नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण बहादुर मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ७८४ मत प्राप्त गरेका छन् ।


नेकपा माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक(पूर्णपाठ)

नेकपा माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक(पूर्णपाठ)


काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिबद्धता जनाएको एक नेताले बताए ।


गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, सोमबार शीर्ष नेताको बैठक बस्ने

गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, सोमबार शीर्ष नेताको बैठक बस्ने


काठमाडौं, २८ भदौ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन ।  आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । 
आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभयो । 

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिनुभएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए । 
सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ  ।


गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, सोमबार शीर्ष नेताको बैठक बस्ने

गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, सोमबार शीर्ष नेताको बैठक बस्ने


काठमाडौं, २८ भदौ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन ।  आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । 
आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभयो । 

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिनुभएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए । 
सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ  ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom