09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट


‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ ।

सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत भएका छन् ।

पुरस्कारको मापदण्ड भए पनि सो मापदण्ड लागू हुन नसक्दा पुरस्कारमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’पर्ने गरेको गुनासो आमकर्मचारीको छ । यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको गुनासो कर्मचारीको छ । मन्त्रिपरिषद्ले सोमबार मात्रै १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ ।

यसअघि मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले ४० जनालाई पुरस्कार प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसरी सिफारिस गर्दा सर्वोत्कृष्ट कर्मचारीको सिफारिस किन गर्न सकिएन भन्ने प्रश्न उठेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।


संघीय संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

संघीय संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस


काठमाडौं, १९ भदौ । सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।

संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।


शीर्ष बैठक: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति

शीर्ष बैठक: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति


     
काठमाडौं, १५ भदौ । सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको मंगलबार पनि टुङ्गो लगाउन सकेन । मंगलबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले टुङ्गो लगाउन नसकेको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ ।

बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपस्थित थिए । सत्ता सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएपनि ठोस निर्णय लिन नसकेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार केहि दिन ढिलाइ हुने भएको छ ।


खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?


कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत मनपरी रूपमा मूल्य वृद्धि कायमै राखेका छन् ।

फितलो बजार अनुगमन र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले पटकपटक मूल्य बढाउने गरेका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार करीब ३ महीना अघिसम्म बजारमा २ सय ५० रुपैयाँ प्रतिलिटर पर्ने तोरीको तेलको मूल्य यति बेला बढेर ३ सय ७० रुपैयाँसम्म पुगेको छ । यसअघि प्रतिलिटर २ सय २० रुपैयाँ रहेको भटमासको तेलको मूल्य हाल बढेर २ सय ५५ रुपैयाँसम्म पुगेको छ भने सनप्mलावर तेलको मूल्य पनि प्रतिलिटर ५० रुपैयाँले बढेर २ सय ८० रुपैयाँ कायम भएको छ ।

खानेतेलसँगै दाल र चामलको मूल्य पनि बढेको छ । वैशाख दोस्रो साता निषेधाज्ञा शुरू हुने समयमा प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय ३० रुपैयाँसम्म पुगेको छ ।मासको दालमा प्रतिकिलो २० रुपैयाँ सम्मले वृद्धि हुँदै १ सय ६० बाट १ सय ८० रुपैयाँ पुगेको छ । त्यसैगरी हरेक ब्रान्डको चामलमा प्रतिवोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढेको संघले जनाएको छ । यति बेला मूल्य बढाउनुपर्ने खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने बताइएको छ ।

त्यसैगरी चियापत्ती, हर्लिक्स, महलगायत चक्लेटको मूल्य पनि बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार गत वैशाखसम्म ३ सय ७० रुपैयाँ पर्ने ५ सय ग्राम हर्लिक्सको मूल्य अहिले बढेर ४ सय रुपैयाँ पुगेको छ । प्रतिकिलो ६ सय रुपैयाँ पर्ने मह ६ सय ५० रुपैयाँ र ९० रुपैयाँको टोकला चियाको मूल्य १ सय ३० देखि १ सय ४० रुपैयाँ सम्ममा विक्री हुँदै आएको छ । त्यसैगरी हरेक किसिमका चक्लेटको मूल्यमा १० रुपैयाँसम्म वृद्धि भएको छ । अहिले हरेक खाद्यवस्तुको मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएको उनले बताए । यति बेला खाद्यवस्तुको मूल्य बढ्नुपर्ने खासै कारण नभए पनि निरन्तर मूल्य बढ्नुले उपभोक्ताहरू मारमा परिरहेको बताइएको छ । बजारमा लगातार रूपमा अस्वाभाविक रूपमा खाद्यवस्तुको मूल्य वृद्धि हुनुका पछाडि फितलो बजार अनुगमन र राजनीतिक अस्थिरता प्रमुख कारण रहेको सरोकारवालाहरूले बताएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार हस्तक्षेप र अनुगमन गर्ने सरकारी संयन्त्र कमजोर हुनु र हालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले हरेकजसो खाद्यवस्तुको मूल्य बढाउने गरेको बताए । अहिले ठूला होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता बढी खाद्यान्न खपत हुने स्थानहरू बन्द भएकाले खपत घट्दा पनि मूल्य बढिरहनु सान्र्दभिक नभएको उनले बताए । यसका लागि सरकारी संयन्त्र नै इमानदारपूर्वक लाग्नुपर्ने उनको तर्क छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा


सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् ।

सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा भर्ना भएकाहरू अझै इन्स्पेक्टर नै छन् । २०६४ सालमा भना भएकाहरू डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ । यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ । इन्स्पेक्टर र डिएसपीको बीचमा चिफ इन्स्पेक्टर पद  सिर्जना गरेर समस्या समाधान गर्न महानिरीक्षक खनालले प्रक्रिया अघि बढाएका छन् । तर, १६ वर्ष इन्स्पेक्टर भएपछि डिएसपी हुने पालो कुरिरहेका अधिकृतलाई चिफ इन्स्पेक्टर पद निल्नु न ओकल्नु हुने अवस्था देखिन्छ । यसले उनीहरूको मनोबल बढ्ने अवस्था छैन ।

आजको दृष्टिसाप्ताहिक समाचार छ ।


साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन

साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।

पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले यही साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उनले बताए । 

माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । 

यस्तै, गठबन्धनको घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफनो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ । 

माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबीन गर्न सरकारसँग माग गरेको छ । यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता श्रेष्ठले सो घटनाको सत्यतथ्य छानबीन गरी भारतीय पक्षसँग गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारवाही गर्न सरकारको ध्यानकर्षण गराइएको बताए । 

माओवादी केन्द्रले केही दिनभित्रै सरकार विस्तार हुने विश्वास व्यक्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । 


जसपा संसदीय दलको नेता यादव चयन   

जसपा संसदीय दलको नेता यादव चयन   


काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए ।     
निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।    


एमाले स्थायी कमिटी बैठक  बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौं, १६ साउन ।  नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।


पैसा कमाउने लोभमा गुणस्तरहीन सामान बजारमा

पैसा कमाउने लोभमा गुणस्तरहीन सामान बजारमा


काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा विभागले खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा २ हजार ८ सय ३४ नमुना संकलन गरेको थियो ।

प्रवक्ता महर्जनले खाद्य उद्योग तथा बजार अनुगमन तथा निरीक्षण गरी नमुना संकलन गर्दा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १ सय थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको बताए । प्रवक्ता महर्जनले जसमध्ये सबैभन्दा बढी गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको बताए ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।


यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा


निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ। 

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।  मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै  गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’ 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom